धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दाबाद

Main News
बिसन्तर शाक्य
राजा ज्ञानेन्द्रबाट दलहरुलाई प्रजातन्त्रलाई आफ्नो स्वार्थको लागी मात्र प्रयोग भइरहेको र नेपाली जनतालाई प्रजातन्त्रको उपभोग नपाएको भनिबक्सँदै प्रजातन्त्र टाठा बाठा र आर्थिक आर्जनकोलागी मात्र प्रयोग नगर भनेर दलहरुलाई चेतावनी दिइबक्सेको थियो ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजाबाट व्यक्त गरिबक्सेको सदासयलाई दुइतिहाईको अहँमतामा नेपालका प्रधानमन्त्री केपी ओलीले राजालाई धम्की दिंदै हामीले माघ १९ र जेठ १९ लाई बिर्सेका छैनौं । हामीलाई केही उपदेश दिएर हिडिरहेको छ भनेर राजालाई अपमान गर्ने कार्य गरेको थियो ।
यसरी राजाको अपमान गर्दा र धम्कि दिंदा पनि राजाले त्यसको जवाफ दिइबक्सेन । राजाले चाहीबक्सेको भए राजाले पनि हामीले पनि झापा काण्ड, टनकपुरकाण्ड, एमसीसी काण्ड, होली वाइन काण्ड, गुठी काण्ड, आदी काण्डहरु बिर्सेका छैनौं भनेर भन्न सकिबक्सन्थ्यौं । तर राजा र यी विदेशी दलाल नेताहरुको बीचमा फरक नै यही हो कि राजा सदैब देश र जनताको हितमा बोलीबक्सन्छ भने यी विदेशी दलाल नेताहरु आफ्नो स्वार्थकोलागी ।
तर राजाले केही बोल्नै नपर्ने गरि काण्डै काण्ड मच्चाइ रहेका गणतन्त्रवादीहरुको शासनमा फेरि प्रधानमन्त्री ओलीका प्रिय एवं सरकारी प्रवक्ता गोकुलप्रसाद बास्कोटा ७० करोड कमिसन माग्दैै गरेको अडियो सार्वजनिक भएको छ । त्यो पनि सबूत प्रमाण सहित ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता भनेर भनीरहेको समयमा तथा उनले नै सबैभन्दा स्वच्छ, इमान्दार एवं नैतिकवान भनेर भनिएका सरकारी प्रवत्ता बास्कोटाला नै भ्रष्टाचारमा सप्रमाण सहित पुष्ठि हुँदा यसमा प्रधानमन्त्रीको आलीको पनि सहभागीता रहेको छ कि भन्ने प्रश्न जनमानमा तिब्र भएको छ किनकी यस काण्डबारे प्रधानमन्त्रीलाई डेढ महिना अघि नै जानकारी गराइसकेको समाचार पनि सप्रमाण सहित आएको छ । त्यसैले त कमिशसनखोर गोकुलप्रसाद बास्कोटालाई राजीनामा मात्र गराएर कारवाही केही गरिएन । अझ सप्रमाणसहित गोकुलप्रसाद बास्कोटाको भ्रष्टाचारलाई उजागर गर्दा पनि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति मात्र होइन पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ घटनाले गणतन्त्र भनेको नेपाल र नेपालीहरुको लागी कति घातक छ भनेर देखाइरहेको छ ।
हुनत यी गणतन्त्रवादीहरु कति सम्म देश र जनतामारा छन् भन्ने कुरा तकेही समय अघि मात्र ललितनिवास काण्डमा नेकपाका प्रवक्ता बिष्णु पौडेलले सरकारी जग्गा हडप्डा जग्गा फिर्ता दिएको भनेर कारवाही गरिएन । सरकारी जग्गालाई व्यक्तिगत बनाउन निर्णय गर्ने पुर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई मन्त्रीपरिषदको निर्णयलाई अख्तियारले हेर्न नमिल्ने कानून बनाएर बचाए । त्यसैगरि सरकारी निकायमा रहेका व्यक्तिहरुले भ्रष्टाचार गरे ५ बर्ष भित्र अनुसन्धान गर्नुपर्छ । ५ बर्ष पछि मुद्धा लाग्दैन भनेर कानून बनाएर नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्ने कार्यमा लागेका कम्युनिष्ट शासन भनेको नेपाल र नेपालीहरुकोलागी होइन नेता तथा उनका कार्यकर्ताहरुकोलागी मात्र हो भन्ने कुरा त निर्मला हत्या काण्ड, वाइदी काण्ड, फोर जी काण्ड, बालुवातार काण्ड, गोकुल काण्ड आदीले स्पष्ट गरिरहेको छ ।
त्यसैले त राजाले आफ्नो सन्देशमा प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा भल्कनु पर्दछ । प्रजातन्त्र कुनैं अलंकार नामान्तरण वा रुपान्तरण मात्र होइन त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ । राष्ट्रको प्रतिष्ठा प्रवद्र्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो ।” भनेर भनिबक्सेको थियो । वास्तवमा नै आज प्रजातन्त्र नेपाली जनताकोलागी होइन गणतन्त्रवादी नेता तथा कार्यकर्ताहरुकोलागी मात्र हो भन्ने कुरा त पत्रपत्रिका तथा सामाजिक संन्जालमा नेताहरुको विरोध गर्ने, उनीहरुको विरुद्ध लेख्नेलाई ५ बर्ष कैद वा १५ बर्ष कैद सजाय तोक्ने दुस्साहष गर्नुले पनि स्पष्ट गर्दछ ।
यसरी जनतालाई दुख दिइरहेको समयमा जनताको दुखमा साथ दिइ बक्सँदै राजाबाट आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्र हो भनेर दलहरुलाई घचघच्याइ रहेकोमा समयमा नेपाली जनताले पनि राजाको हस्तेमा हाइस्ते गर्नु आवश्यक रहेको छ ।
वर्तमान गणतन्त्रको शासकहरुले जनताको मौलिक हक अधिकार मात्र होइन नेपाली जनतालाई जनता पढेर शिक्षित हुन नपाओस भनेर राणाकालीन समयमा झैं शिक्षालाई जनताबाट बन्चित गर्न १० प्रतिशत कर किताबमा राखिदिएको छ । त्यत्तिले मात्र नपुगेर नेपाली जनता गणतन्त्र विरुद्ध आवाज बुलन्द गर्न नसकोस् सदैब कमजोर होस भन्ने योजना सहित नेपाली जनताले आफ्नो पुर्खाको सम्पत्ति हस्तान्तरण गर्दा पनि कर लगाएका छन् । दैनिक मजदुरी गर्ने कामदारको कमाइमा कर लगाएका छन, आज त्यस्तो कुनै क्षेत्र छैन जहाँ कर तिर्नु पर्दैन । अहिले जनता मरे मरोस तर हामीलाई कर तिर भनेर जनतालाई लुटी रहेका छन् ।
त्यसैले त राजाले आफ्नो सन्देशमा भनिबक्सेको प्रजातन्त्र केही टाठा बाठाका निमित्त मात्र होइन, केही आर्थिक स्वार्थका लागि मात्र होईन ः प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनु पर्दछ । तर आज ठीक यसको विपरित प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुकुल र भ्रष्टाचारकोलागी, जनतामारा करकोलागी, विदेशी दलाली गर्नुलागी मात्र उपयोग गरिरहेका छन् भन्ने कुरा त प्रचण्डले हिजो मात्रै नेपालमा कम्युनिष्टहरुको अवसान हुदैछ भनेर भन्नुले पनि स्पष्ट हुन्छ ।
त्यसैले अब त अति नै भयो यो  काण्डै काण्डकाे गणतन्त्रको शासन । अब यसको अन्त आवश्यक छ । र राजाले हाम्रो भौगोलिक, सामाजिक, सांस्कारीक र मौलिक मान्यता बुझेर अघि बढून् । प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी कार्यमा लागौं भनिबक्से झैं नेपाली जनता पनि राजतन्त्र पुनस्थापना गर्ने कार्यमा लागौं र राजा र जनताको सहभागी , सहकार्यले मात्र नेपाल र नेपालीहरुको अस्तित्व, पहिचान, सुख शान्ति, समृिद्ध, , एकता एवं सुरक्षित हुन्छ भन्ने कुरा ऐना झैं छर्लग भइसकेको छ । तसर्थ अब नेपाली जनताले गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दाबाद भन्दै सडकमा आउनु पर्दछ । सबैलाई चेतना भया ।

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

Main News
राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेका थिए। साे समयमा अधिराजकुमारी शोभा शाह र कुमार मोहन बहादुर शाही पनि स्वर्ण मन्दिर दर्शनमा सहभागी थिए। करिब दुई साताका लागि भारत प्रस्थान गर राजा अमृतसरबाट शनिबार दिल्ली फर्कने बताइएको छ।दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी गत आइतबार विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे थियाे । करिब दुई साता भारतमा राज हाेइबक्सेर राजा रानी नेपाल फर्किबक्सनेछ । राजा दिल्लीमा राजहाेइबक्सँदा राजनीतिक भेटघाटसमेत गरिबक्सने खबर रहेकाे छ । नेपालको वामपन्थी सरकार उत्तरी छिमेक र यूराेप सँग ढल्किएको भारतको बुझाइका बिच राजाको भ्रमणलाई राजनीतकवृत्तमा अर्थपूर्ण मानेका छन् ।

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

Main News
ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ फागुन १४ र १५ गते आयोजना हुँदैछ । पाटनको हिरण्यवर्ण महाबिहार (गोल्डेन टेम्पलको) अगुवाईमा हुने सम्यक महादानमा यसपटक ललितपुरका १८ विहार र १५ बहीबाट निम्तालु भएर आएका बुद्ध भगवानका विविध रुपलाई महादान गरिन्छ । साथै यस पर्वमा नेवार बौद्ध परम्परा अनुसार शाक्य तथा वज्राचार्य भिक्षुहरु तथा ललितपुरका साथै काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट देवदेवताहरु बोलाई ललितपुरको नागबहालमा ल्याएर सँगै पूजा एवं दानप्रदान गर्ने परम्परा रहेको छ । यसका लागि दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा देवी, आर्य तारा लगायतका देवदेवीहरुलाई विशेष आमन्त्रण गरेर पूजास्थलमा भेला गराइन्छ । यस पर्वलाई हिरण्यवर्ण महाविहार क्वाबहालका विभिन्न बौद्ध पर्वहरु मध्ये एक अद्वितीय पर्व भएको बताइएको छ ।पाटनका विहार र बहीमा रहेका भगवान बुद्धका मुर्तीहरुलाई नागबहालमा ल्याएर सम्यक महादान हुनेगर्छ। सबै प्राणीहरुमा एकताका लागि मनाइँदै आएको सम्यक महादानलाई बुद्धका विभिन्न स्वरुपमध्य दिपंकर बुद्धको पर्व पनि भन्ने गरिन्छ। अायाेजकहरूका अनुसार फागुन १४ गते बुधबार बेलुकी ७ बजे ती देवताहरु पाटन दरवार क्षेत्रमा भेला गराइ राती १० बजे नागबहालमा बिराजमान गराइने र १५ गते बिहिबार मूल आयोजक व्यक्तित्वहरु अथवा आःजुहरुद्वारा पूजा गरी सम्यक महादन पर्व सम्पन्न हुन्छ । सम्यक महादान पर्वमा भक्तालुहरुले चामल, गहुँ, नुन, केराउ, औथा (रोटी), मूलाको तरकारी, सियो र धागो, फलफूल, खीर र दक्षिणा दान गर्ने गरिन्छ । सम्यक महादानको सुरुवात 'बोधिसत्वको प्रारम्भ त्यागबाट हुने मान्यता अनुसार सम्यक महादान पर्व मनाइँदै आएको हो' सम्यक महादानको सुरुवात हिरण्यवर्ण महाबिहारमा स्वर्ण मन्दिर स्थापना गर्ने राजा भाष्करदेब बर्माकै खलकका एकजना भलिभारो नाम गरेका ब्यक्तिले सात सय वर्ष अघि सुरुवात गरेको विश्वास गरिन्छ । पौराणिकमान्यता अनुसार भलिभारो अति नै दरिद्र रहेको र उसले गोबर समेत भण्डार कोठामा राख्ने गर्थे। श्रीमतीसँग समेत गोप्य राख्दै उनले भण्डारमा गोबर जम्मा पारेका थिए। एकदिन श्रीमतीले भलिभारो बाग्मतीमा स्नान गर्न गएका बेला भण्डारको चाबी भेटछिन्। भण्डारमा गोबरको साटो सुनले भरिएको श्रीमतीले पाइछन्। त्यसपछि भलिभारोले आफ्नौ दरिद्रतामा पश्चताप गर्दै गुठी स्थापना गरी सम्यक महादानको सुरुवात गरेको मान्यता रहँदै आएको छ । सम्यक महादान बि.सं. १७६१ सम्म वर्षेनी मनाउँदै आए पनि हिरण्यवर्ण महाबिहारको आयस्रोतले नपुग्ने भएपछि चारवर्ष पुरा भएको बर्ष आयोजना हुनेगर्छ। उपत्यकाका तीनै शहरमा मनाइने सम्यक महादान पर्व काठमाडौंमा १२ वर्षमा ललितपुरका पाँच र भक्तपुरमा बर्षेनी मनाइन्छ।

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

Main News
राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ ।
७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो ।
राजाबाट भनिबक्सेको छ ः
केही टाठा बाठाका निमित्त मात्र होइन, केही आर्थिक स्वार्थका लागि मात्र होईन ः प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनु पर्दछ । त्यसैले हामी चाहन्छौं यिनै विषयका निम्ति सबै जिम्मेवारहरु सचेष्ट होउन ।
राजाबाट आज बक्सेको सन्देशमा दलहरुलाई जनतालाई खोक्रो आश्वासन र मिठो सपना देखाएर जनतालाई मूर्ख नबनाउन चेतावनी दिइबक्सँदै कुरा हैन काम गर्न सुझाव दिइबक्सँदै भनिबक्सेको छ ः हामीले हाम्रो इतिहास नभूलौंं, वर्तमानलाई नर्बिसौं र भविश्यको कोरा सपना मात्र बाँढेर समय खेर नफाली सर्वहितकारी प्रजातान्त्रिक धर्मको निर्वाह गरौं ।
राजाबाट ७० औं प्रजातन्त्र दिवशको उपलक्ष्यमा देशवासीको नाउँमा बक्सेको सन्देस
नेपाली दिदी बहिनी तथा दाजुहरु,
आज हामी ७० बर्षको लामो इतिहासको सम्झना गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मनाई रहेका छौं । यस अवसरमा हामी हाम्रा जिजुबुबा प्रजातन्त्रदाता राष्ट्रपता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौं ।्
प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा भल्कनु पर्दछ । प्रजातन्त्र कुनैं अलंकार नामान्तरण वा रुपान्तरण मात्र होइन त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ । राष्ट्रको प्रतिष्ठा प्रवद्र्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो ।
हामी देश दर्शन र विभिन्न वैदेशिक भ्रमणमा जब जान्छौं त्यहाँ प्रायः सुन्ने, बुझ्ने गर्दछौं ः नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन । केही टाठा बाठाका निमित्त मात्र होइन, केही आर्थिक स्वार्थका लागि मात्र होईन ः प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनु पर्दछ । त्यसैले हामी चाहन्छौं यिनै विषयका निम्ति सबै जिम्मेवारहरु सचेष्ट होउन् , अनि हाम्रो भौगोलिक, सामाजिक, सांस्कारीक र मौलिक मान्यता बुझेर अघि बढून् । यस अवसरमा हामी भन्दछौं ः हामीले हाम्रो इतिहास नभूलौंं, वर्तमानलाई नर्बिसौं र भविश्यको कोरा सपना मात्र बाँढेर समय खेर नफाली सर्वहितकारी प्रजातान्त्रिक धर्मको निर्वाह गरौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
२०७६ साल फागुन ७ गते

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

Main News
राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । माैसुफ दिल्लीबाट पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शनका लागि सवारी हाेइबक्सने निर्मल निवास सचिवालयले जानकारी दिएकाे छ । भ्रमण टोलीमा माैसुफकी बहिनी अघिराजकुमारी शोभा शाही तथा मोहनबहादुर शाही र राजरिवारका सदस्यहरू रहेका छन । राजाबाट गोल्डेन टेम्पल दर्शनपछि पुनः दिल्ली फर्किबक्सने करिब दुई साता राज हाेइबक्सेर राजा रानी नेपाल फर्किबक्सनेछ । राजा दिल्लीमा राज हाेइबक्सँदा राजनीतिक भेटघाटसमेत गरिबक्सने खबर रहेकाे छ । नेपालको वामपन्थी सरकार उत्तरी छिमेक र यूराेप सँग ढल्किएको भारतको बुझाइका बिच राजको भ्रमणलाई राजनीतकवृत्तमा अर्थपूर्ण मानेका छन् ।

भिक्षु आनन्दलाई बहिस्कार कहिले सम्म ?

Main News
बिसन्तर शाक्य
भगवान बुद्धले धम्मपदमा आज्ञा हुनु भएको छ “बैरभावले वैरभाव कहिल्यै शान्त हुँदैन अवेरभावले मात्र वैर भाव शान्त हुन्छ । ” शाक्युमनीको यस महान उपदेशलाई आज उहाँकै अनयायी भिक्षुहरुले अनुशरण गर्न सकिरहेको छैन भन्ने कुरा भिक्षु आनन्दले आफ्नो गल्तिलाई स्वीकार्दै पटक पटक क्षेमा याचना सहितको पत्र भिक्षुमहासंघलाई पठाईसक्दा पनि कुनै सुनुवाई नगरी वैरभाव राखी भिक्षु आनन्दलाई बहिस्कार गरिराखेको कार्यले देखाइरहेको छ ।
बुद्धभूमी नेपालमा आज भिक्षुहरुको संख्या हेर्ने हो भने ३ सय जना भन्दा बढी छैन जुन बुद्धभूमीकोलागी नै दुःखदायी कुरा भइरहेको समयमा भएका भिक्षुहरुको बिचमा पनि वैरभाव राखेर बहिस्कार गरेर एकआपमा मनमुताव राखेर जग हसाइरहेको छ ।
२०७३ साल देखि भिक्षु महासंघले भिक्षु आनन्दलाई बहिस्कार गरेको थियो । अहिले २०७६ सालको अन्तमा पुग्न लागी सकेको छ । यस बिचमा भिक्षु आनन्दले पटक पटक क्षेमा याचना सहितको पत्र पठाईसकेको छ भने उपासक उपासिका, बौद्ध संघसंस्थाहरुले पनि भिक्षु आनन्दलाई लगाइएको बहिस्कारलाई हटाएर भिक्षुसंघमा सामेल गर्न पत्राचार गरिसकेको छ । तर कसैको पनि कुरालाई वर्तमान भिक्षुमहासंघ भने झैं कानमा तेल हालेर बसीरहेका छन् । के यो बुद्धशिक्षा अनुरुपको कार्य हो ? आज भिक्षुमहासंघले विचार गर्नु पर्दछ ।
भिक्षु आनन्दका गुरु एवं युगपरुष संघनायक स्व. भिक्षु अश्वघोष महास्थविरकै चाहना बमोजिम भिक्षु आनन्दले संघनायक भन्तेबाट क्षेमा याचना गरेको पत्र भिक्षु महासंघलाइ पठाएमा संघमा पुनबहाली तुरन्तै हुने आज्ञा भए बमोजिम संघनायकसंग क्षेमा याचनापछि संघनायकबाट नै भिक्षु आनन्दलाई पुनबहाली गर्न निर्देशन गर्नु भएको पत्रलाई समेतलाई वेवास्ता गरेर संघनायक भन्तेको अगौरब एवं अपमान गरेको छ ।
संघनायक स्व. भिक्षु अश्वघोष महास्थविरबाटै भिक्षु आनन्दलाई बहिस्कार नगर्न पत्राचार गर्दा पनि भिक्षु आनन्दलाई बहिस्कार गर्ने कार्यलाई भिक्षु महासंघले निरन्तरता दिनुले शाक्यमुनी बुद्धले धम्मपदमा “ मलाई कुट्यो, मलाई गाली गरयो, मेरो लग्यो, मेरो अपमान भयो भनेर बारम्बार मनमा राख्नेको वैरभाव शान्त हुन्दैन ” भनेर आज्ञा हुनु भए झैं आज भिक्षु महासंघ पनि यही रोगबाट ग्रष्ट भएको देखिन्छ ।
( हुनत मलाई पनि संघनायक गुरु अश्वघोष भन्तेले आनन्दलाई बहिस्कार गर्ने कार्य अब पुग्यो उसलाई भिक्षुसंघमा पुन समावेस गरेको हेर्न मन छ भनेर भन्नुभएको कुरा म झलभल सम्झिरहेको छु अर्थात संघनायक भन्तको अन्तिम इच्छा नै भिक्षु आनन्दलाई भिक्षुसंघमा पुन सामेल गर्नु थियो ।)
भगवान बुद्धलाई ३ पटक मार्न खोज्ने देवदत्तलाई माफी दिनु भयो । सारीपुत्र महास्थविरले आफुलाई कुट्न आउने ब्राम्हणलाई माफी मात्र होइन उसलाई पिट्न आउने उपासकहरुलाई समेत गाली गरेर पठाउनु भयो । यसरी “ क्रोधलाई मैत्रीले, असत्यलाई सत्यले जित्ने ” शिक्षाको प्रणेता शाक्यमुनी बुद्धको अनुयासी भिक्षुहरुमा म , मेरो , मलाई भन्ने अहँमताले भरिपूर्ण भएको देखिएको छ । यदी भिक्षुमहासंघ नै आफ्नो सदस्यले माफी माग्दा माफी नदिई अहमता देखाउने हो भने भिक्षुहरुले दिने उपदेशलाई गृहस्थीहरुलाई कसरी लिने र कसरी सम्झाउने ?
भिक्षुृ आनन्दले गल्ती गरयो होला , गल्ती मानिसबाटै हुन्छ पनि तर ताली एक हातले बज्दैन भन्ने कुरालाई पनि नकार्नु हुँदैन । तैपनि भिक्षु आनन्दले गल्ती नै गरेको भए ३ बर्ष सम्म उनलाई बहिस्कार गरेर दण्ड त दिइसकेको छ र उसले भोगी सकेको छ भने अहिले सम्म केका लागी यो वैरभाव हो ? के भिक्षु महासंघले एकपटक बहिस्कार गरेपछि आजिवन नै बहिस्कार गर्ने नियम हो कि ? बौद्ध जगतलाई जवाफ दिनु पर्दछ भिक्षु महासंघले ।
होइन भने किन भिक्षु आनन्द स्वयं संघको समक्ष गएर क्षेमा याचना गर्दा पनि वेवास्ता गरिएको छ ? पटक पटक माफी माग्दा पनि माफी नपाउनुको कारण के हो यसको पनि जवाफ भिक्षु महासंघले दिनु पर्दछ । होइन भने यसरी आफुखुसी गर्ने अधिकार भिक्षुमहासंधलाई अधिकार छैन ।
यसरी लिखित मौखिक रुपमा आफु नतमस्तक भई क्षेमा याचना गर्दा पनि सहानुभूति समेत देखाउन नसक्न्ो भिक्षु संघको कार्यले संसारलाई धर्म, नैतिकता, मैत्री करुणा तथा शान्तिको शिक्षा दिने भिक्षुसंघ कतै आफ्नै मार्गबाट भत्किएर अतिवादी, अशान्तिवादी महासंको दर्जामा त गएन ? सोच्नु आवश्यक छ
भिक्षु महासंघ कुनै दल, संघसंस्था होइन , यो विशुद्ध धार्मिक संस्था हो । निर्वाण प्राप्त गर्न आफ्नो परिवार, घरवार त्याग गरेर भिक्षु भएर उपासका उपासिकाहरुको दानबाट आफ्नो जिविका चलाउनु पर्ने भिक्षुहरुको चरित्र नै यस्तो भएमा यसले भिक्षुहरुको बदनाम हुने् मात्र नभई बुद्ध शासनलाई हानी गर्नेछ ।
तसर्थ भिक्षु महासंघले भिक्षु आनन्दबाट पठाइएको माफीपत्रलाई गम्भिरपुर्बक लिएर भिक्षुमहासंघबाट के कस्तो प्रकृया अपनाउनु पर्ने भए अपनाएर तत्काल भिक्षु आनन्दलाई भिक्षुसंघमा सम्मिलित गराउनु पर्दछ । होइन यसरी नै वैरभाव र अहमता राखेर बसिरहे भिक्षुसंघ र बुद्धशासनलाई नै हानी पुरयाउने निश्चित छ ।
आखिर भिक्षु आनन्द पनि घरवार परित्याग गरेर श्री लंकामा बुद्ध शिक्षा अध्ययन गरेर देश विदेशमा बुद्ध शिक्षालाई प्रचार गरिरहेका एक सक्षम र सबल भिक्षु हुन । पुर्वसभासद जस्तो भइसकेको यस्ता सबल र सक्षम भिक्षुलाई बहिस्कार गरेर संघलाई फाइदा होइन बेफाइदा नै हुनेछ । तसर्थ संघको यस्तो असहिष्णु व्यवहारले अन्तत संघमा नै घात प्रतिघात, आन्तरिक कलह भएको संघको रुपमा जनमानसमा उजागर हुनेछ ।
त्यसैले बुद्धले “ एकदिन मर्नु पर्छ भन्ने विचार गर्ने वित्तिकै कलह शान्त हुन्छ” भनेर आज्ञा हुनु भए झैं भिक्षुमहासंघले आफ्नो गरिमा, गौरब र संघको चरित्रलाई अनुसरण गर्दे माफी मागीसकेका भिक्षु आनन्दलाई तत्काल माफी दिएर भिक्षुमहासंघमा सामेल गराउनु नै आजको आवश्यकता हो । बुद्धशिक्षाको चरित्र हो । नत्र भिक्षु महासंघको औचित्यमा माथि नै प्रश्न चिन्ह उठ्नेछ र यसको जवाफदेहीता स्वयं भिक्षुमहासंघ नै हुनेछ । र “सुखा संघस्स समागम” भन्ने बुद्धको उपदेशको नै अपमान हुनेछ । सबैलाई चेतना भया ।





नेता देखि लिएर उच्च पदस्थ व्यक्तिहरुले भगवान बुद्धलाई अन्तरास्ट्रिय सम्बन्ध स्थापना गर्ने माध्यम मात्र बनाईरहे

Main News
बिसन्तर शाक्य
बुद्ध जन्मेको देश भनेर गर्वसाथ छाति फुलाएर विदेशमा भन्छौं र घाँटी सुक्ने गरि प्रचार गर्छौं तर जहाँ बुद्ध जन्मिए हुन् त्यहाँ नै बुद्धको अपमान हुन्छ भने अब प्रचार गर्नुको के सार्थकता छ र ? सुर्खेतको काँक्रे विहारमा विधिवत रुपमा प्रशासनको स्वीकार्यतामा स्थापना गरिएको भगवान बुद्धको मुर्ति बलजफ्ती पुलिस प्रशासनमा लगेर चोरलाई झैं सिक्रिले बाँधिएर राखिएको छ । यसलाई विधिवत रुपमा स्थापना गर्न कसैले पहल गरिएको देििखएको छैन ।
त्यसैगरि पश्चिम नेपालको रूपन्देहीम जिल्लामा गौतम बुद्धको इतिहाससँग जोडिएको एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएको छ। कपिलवस्तुको तिलौराकोटबाट माइती मानिने रूपन्देहीको देवदह जाँदा सिद्धार्थ गौतमकी आमा मायादेवी कुमारवर्तीमा बास बसेको किंवदन्ती अहिले पनि प्रचलित छ। मन्दिरमा मायादेवीको मूर्ति र एउटा प्राचीन इनार छन्। त्यसैगरि तिलोत्तमा नगरपालिकाले राखेका मुर्ति तोडफोड गरेको गरिएको थियो । गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धका मुर्ति तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याएको छैन ।
बुद्धकै नाम जोडेर सरकारले पर्यटन बर्ष २०२० र प्रदेश देश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाई रहेको अवस्थामा पुलिस प्रशासनमा लगेर चोरलाई झैं सिक्रिले बाँधिएर राखिए, बुद्धका मुर्ती तोडफोड तथा बुद्धको इतिहाससँग जोडिएको मानिने एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएकोको घटनामा प्रदेश सरकार, लुम्बिनी विकास तथा बौद्ध जगत मौन रहेको छ ।
त्यसैगरि बुद्धको जन्मस्थल लुम्बिनीमा विदेशीले चढाएका मुद्रा नेपाल राष्ट्र बैंकले विनिमय नगर्ने भएकोले गर्दा लुम्बिनीमा स्वदेशी तथा विदेशीले चढाइएका स्वदेशी र विदेशी कैयौं नोट धुजाधुजा भएका छन। कुनै कुनै मुलुकको एउटै नोट एक लाखसम्मको छ । दानबाट संकलित १९ करोड रुपैयाँभन्दा धेरैका विदेशी मुद्रा कागजको खोस्टो सरह बनीरहेका छन् । सरकारले श्रद्धापूर्वक चढाएका मुद्राहरुलाई सतही गरि लुम्बिनी विकासमा लगाउनु पर्नेमा उल्टै सटही नै नगरी करोडौं भेटीलाई खेर फालेर लुम्बिनीमा भेटी नचढाओस भन्ने षडयन्त्र गरिरहेका छन् ।
त्यसैगरि सिद्धार्थ गौतमको जन्मस्थलको अकाट्य प्रमाणको रुपमा रहेको विश्वसम्पदा सूचीमा सूचीकृत २२ सय ५० वर्ष पुरानो पुरातात्विक र धार्मिक महत्वको बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको अशोक स्तम्भमा क्षयीकरणको खतरा देखिएको छ । स्तम्भमा त्यस क्षेत्रको बिग्रँदो वातावरणीय प्रभाव पर्दा स्तम्भ खिइन थालेको छ । लुम्बिनी क्षेत्रमा बढ्दो प्रदूषण र सिमेन्ट कारखानाबाट आउने हानिकारक कण टाँसिएर स्तम्भमा रासायनिक प्रतिक्रियाबाट क्षयीकरण भइ मक्किन थालेको विज्ञहरुले बताइरहेका छन् । खुला आकाशमुनि रहेको स्तम्भमा चढाइएका पूजा सामग्री, प्रसाद, ‘परफ्युम’ र तेलका कारण पनि नकारात्मक असर स्तम्भलेखमा पुगेको देखिन्छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने ठोस प्रमाण यही अशोक स्तम्भ हो । जसमा ब्राह्मी लिपि र पाली भाषामा गौतमबुद्धको जन्म यही स्थानमा भएको उल्लेख गरिएको छ । तर, अहिलेसम्म सरकारले कुनै कदम चालेको छैन । लुम्बिनी विकास कोष मुकदर्शक मात्र बनिरहेको छ । न त सिमेन्ट कारखाना नै अन्यत्र सारिएको छ ।
नेपालका नेताहरु देखि लिएर उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा बुद्धको मुर्ति नै उपहार दिन पछि पर्दैन, शान्तिको बिषयमा बोल्दा भाषण दिंदा बुद्ध कै नाम लिन पछि पर्दैन तर स्वदेश मै बुद्धको अपमान गरिंदा कोहि बोल्दैन? आखिर किन? किन भने यी नेता देखि लिएर उच्च पदस्थ व्यक्तिहरुले भगवान बुद्धलाई अन्तरास्ट्रिय सम्बन्ध स्थापना गर्ने माध्यम मात्र बनाईरहेका छन् ।
यसरी बुद्धभूमीलाई देखावति रुपमा वर्तमान सरकारले प्रचार गरेर साथ दिएको जस्तो गरेर भित्रभित्रै बुद्धधर्मलाई समाप्त गर्ने कार्य तर्फ अग्रसर भइरहेको देखिएकोछ भने भारतले बुद्धभूमीलाई आफ्नो बनाउन षडयन्त्र गररहेको समयमा अहिले भइरहेको गतिविधिले कतै लिपुलेक झैं लुम्बिनीलाई पनि भारतीय बनाउने कार्यमा सहयोग गरि रहेको छैन भन्ने शंका पनि रहेकोले यस तर्फ सबै बौद्ध जगत सजग र सर्तक हुनु आवश्यक रहेको छ । सबैलाई चेतना भया ।

राजसंस्थाView All

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । […]

राजा रानी दार्जिलिङ सिक्किम को भ्रमणमा सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेब तथा रानी कोमल राज्यलक्षमी देवी शाहर साताब्यापी भारतको दार्जिलिङ र सिक्किमको यात्रामा सवारी हाेइबक्सेकाे छ । मौसुफहरू आइतबार बिहान झापाबाट सिलिगुडीतर्फ प्रस्थान गरिबक्सेको हाे । […]

बाैध्द-गतिविधिView All

ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न

ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा तथा ग्वाननी ज्ञानमाला भजन खल: को ब्यवस्थापनमा ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय ज्ञानमाला समितीद्वारा गठित ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा […]

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ […]

न्याखाचोकमा भिक्षु महासंघबाट महापरित्राण पाठ

ललितपुरको १६ वडा स्थित न्याखाचोकमा महापरित्राण पाठ सम्पन्न भएको छ । हिजो शनिवार सबै टोलवासि, ज्ञाति बन्धुहरूको सहित सबै सत्वहरूको सुखशान्ति र निरोगी कामना गरि पुजनीय भिक्षु महासंघबाट “ महापरित्राण […]

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुबाट स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी ४५ जना बौद्ध भिक्षुहरुले बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका छन ।स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि […]

राजनीतिView All

/ राजनीति

भएका ईतिहास मेट्दै नयाँ निर्माण गर्नु हुँदैन , पूरानालाई नै संरक्षण गर्दै जानू पर्दछ : राष्ट्रपती बिद्या भण्डारी

माघ -२५ राष्ट्रपती बिद्या भण्डारीबाट २०७२ बैशाख १२ गएको बिनासकारी महाभूकम्प र तत्पश्चातका पराकम्पणबाट ध्वस्त बनाएको ऐतिहासिक मरुसत्त:(भुतिसत:/काष्ठमण्डप)को भैरहेको पूनर्निर्माण कार्यको स्थलगत निरिक्षण गर्नु भयो । भुकम्पले बिगारेका ऐतिहासिक, धार्मिक […]
/ राजनीति

पाटनकाे सुन्धारा सडक लामो समयसम्म कालोपत्र नभएपछि स्थानीयबासीबाट चरणबद्ध आन्दोलन गर्ने तयारीमा

२५ माघ ०७६,सुन्धारा । सुन्धारा सडक लामो समयसम्म कालोपत्रे नगरेपछि पाटनबासीले विरोधस्वरुप साइनबोर्ड राखेर विरोध जनाएका छन् । विगत दुई बर्षदेखि भत्केको सडक कालोपत्र नगर्दा आक्रोसित स्थानीयबासीले विरोधस्वरुप यो बोर्ड […]
/ राजनीति

नेवाः विरोधि राज्यसत्ता विरुद्ध नेवा समुदायबाट माघ १६ गते बिशाल खबरदारी सभा

शहिद दिवसको दिन अर्थात माघ १६ गते बिहिबार नेवा समुदायले खरदारी सभा गर्ने भएको छ । पहिचान पक्षधर नेवाः आयोजकहरुका अनुसार १६ गते बिहिबार २ः३०मा वंघमा शहिदहरुको सपना राज्यबाट वेवास्ता […]
/ राजनीति

सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्तं) ले सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गरेको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ […]

विविधView All

/ विविध

दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो […]
/ Main News / विविध

रातको समयमा केही कुरा पोलिएको चर्को गन्ध , केको गन्ध हो भन्ने अझै यकिन भइसकेको छैन

काठमाडौं उपत्यकाका बासिन्दा केही दिनयता रातको समयमा केही कुरा पोलिएको चर्को गन्धले आजित भएको गुनासो गर्न थालेका छन् । यस्तो गन्ध एउटा टोलमा मात्र नभएर विभिन्न ठाउँमा अनुभव गरिएको छ […]
/ विविध

रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचे

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । […]
/ विविध

लामा वांगडोर रिम्पोंछेले लियाे समाधि, ७ दिन पछि पनि मृत शरीर ताजा नै

जिगर बौद्ध मंदिर रिवालसर काे प्रमुख लामा वांगडोर रिम्पोंछे उर्फ ओंगदू १८ सितम्बर को बिहान 2 बजेर ५२ मिनटमा अाफ्नाे देह त्याग गरेर समाधिमा लीन हुनुभयाे , याे खबर फैलना […]
Go to Top