धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

खाेकनाकाे माैलिक संस्कृति हराउँदै गएकाे समयमा अाजबाट खोकना पर्यटन महोत्सव २०७६ शुरु

सामाजिक
माैलिक संस्कृतिकाे एेना खाेकना महाेत्सव: कृषि अर्थतन्त्रमा अाधारित माैलिक संस्कृति, संस्कार, धार्मिक अास्था, अाैजार, संगीत,कला, सीप सहित मल्लकालीन काठमाडाै उपत्यकाको जीवनशैली प्रस्तुत गर्दै अाज फागुण ९ गते शुक्रबार शुरू खाेकना महाेत्सवमा शुरू भएकाे छ । खोकनामा आन्तरिक र बाह्य पर्यटक विकास गर्न अाजबाट खोकना पर्यटन महोत्सव २०७६ शुरु भएकाे हाे । अाज गृहमन्त्रि रामबहाद्र थापा बादलले खोकना पर्यटन महोत्सव २०७६काे उद्घाटन गर्नु भएकाे हाे । याे महोत्सव अाज ९ गते देखि ११ गते सम्म तीन दिन हुनेछ। फास्त ट्रयाककोकाे नाउँमा तथाकथित विकासे अायाेजनासंगै राज्यकाे संरक्षणकाे अभावमा खाेकनाकाे माैलिक संस्कृति हराउँदै गएकाे समयमा अायाेजित महाेत्सवले खाेकनाकाे माैलिक पहिचानलाइ बचाउने अास गर्न सकिन्छ ।

नागबहालमा ३२ हाते अग्लो योसी (लिंगो) ठड्याए

सामाजिक
ललितपुर स्थित नागबहालमा बिहीबार बिहान हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) का आजुहरू उपस्थितिमा विधिवत पूजाआजा गरी ३२ हाते अग्लो योसी (लिंगो) ठड्याएसँगै सम्यक महादान पर्व सुरू भएको छ । पर्वका लागि मंगलबार नागबहालमा विराजमान वासुकी र चम्पक नागराजाको पूजाआजा गरिएको थियो। पर्वको अवसरमा उपत्यकाका विहार र महाविहारबाट अागामी बुधबार र बिहिबार १ सय २६ देवीदेवताका मूर्ति नागबहालमा ल्याइ बौद्ध परम्परा अनुसार पूजाआजा तथा प्रदर्शनी गर्ने चलन छ। त्यसरी गरिने पूजाआजामा ३३ कोटी देवतालाई सहभागीता गराउनुपर्ने मान्यता छ। देवीदेवतालाई निमन्त्रणा दिन लिंगो ठड्याइएको आजुहरूका बेताजु (सचिव) चक्रराज बज्राचार्यले बताए। लिंगोको टुप्पोमा स्वयम्भु, बज्रसत्व, योगाम्बर, पञ्चरक्षा देवी, दशपारमिटा, अष्टबोधीसत्व, चतुरमहाराज, चन्द्रसूर्य विराजमान गराइएको छ। डमरू र घण्टा पनि झुन्ड्याइएको छ। ‘यसको अर्थ लिंगोमा विराजमान देवीदेवताले डमरू र घण्टा बजाएर ३३ कोटी देवतालाई निमन्त्राण गर्ने विश्वास छ,’ बेताजु बज्रचार्यले भने, ‘अब सोमबार हिरण्यवर्ण महाविहारका आजु र विहार सुधार समितिका पदाधिकारीको उपस्थितिमा पर्वमा देवीदेवतालाई सहभागी गराउन निमन्त्रणा दिन जाने कार्यक्रम छ।’ लिंगो ठ्याएसँगै पर्व अवधिभर अशुभ नहोस् भनेर पाटनको संकटा मन्दिरमा पनि तान्त्रिक विधिपूर्वक पूजाआजा गरिएको छ।

शान्ति स्तुपको निर्माणकर्ता स्वर्गीय युताका नामातामे बुद्ध शान्ति पदक प्रथमबाट विभुषित

सामाजिक
प्रदेश ५ सरकारले स्थापना दिवसको अवसर शान्ति स्तुपको निर्माणकर्ता स्वर्गीय युताका नामातामे बुद्ध शान्ति पदक प्रथमबाट विभुषित छ । बुद्ध शान्ति पदक प्रथमबाट विभुषित स्वर्गीय युताका नामातामे लुम्बिनिस्थित शान्ति स्तुपको निर्माणकर्ता हुन्। भिक्षु नामातामे सन् १९५२ अगष्ट ७ मा जापानको इवालागीमा जन्मेका हुन् र १९९३ मा लुम्बिनीमा शान्ति स्तुप बनाउने र लुम्बिनी बस्ने गरी आएका थिए। सन् १९९३ नोभेम्बर ३० मा शान्ति स्तुपको शिलान्यास भयो । शान्तिस्तुप निर्माण गर्न सक्रिय ४५ वर्षीय नावातामेको १९९७ जुलाई ३ को राति सुतिरहेको बेला लुम्बिनीमा हत्या भएको थियो । उनी मरेर गए पनि भिक्षु नामातामेले निर्माण थालेको लुम्बिनी शान्ति स्तुप सबैका लागि आर्कषक स्तुप भएको छ । मरणोप्रान्त बुद्धशान्ति पदकबाट विभुषित नामातामेको पदक उनका उत्तराधिकारीका रुपमा शान्ति स्तुपमा रहेका भिक्षु मा सातोलाई प्रदान गरिएको छ। प्रदेश ५ सरकारले स्थापना दिवसको अवसर पारेर ३५ जनालाई विभिन्न पदकबाट विभुषित गरेको थियाे । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले वितरण गरेको पदक पाउने ३५ जनामध्ये जापानी नागरिक भिक्षु नामातामे पनि एक थिए ।

हिरण्यवर्ण महाविहारमा कोरोना भाइरसको सङ्क्रमणबाट दिवंगतहरूकाे चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन

सामाजिक
चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो । दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए । नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको असल मित्र र विकासको साझेदार चीनले भोग्नु कठिनाइको परिस्थितिमा हाम्रो साथ र सहयोगको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए । साइनो नेपाल कल्चर एण्ड प्रमोसन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपालको मुख्य पर्यटन बजारको स्रोतलाई कायमै राख्न र छिमेकी मुलुकप्रतिको सकारात्मक सद्भाव राख्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त व्यक्त गरे । नेपालका चिनियाँ भाषी पथप्रदर्शकको आयोजनामा उक्त कार्यक्रम भएको थियो । नेपालमा करीब ४०० को संख्यामा चिनियाँ भाषाका पथप्रदर्शक क्रियाशील छन् ।

दिवंगत पूर्व मेयर बेखारत्न शाक्यको शोकमा सोमबार भाेली ललितपुर महानगरपालिकामा सार्वजनिक विदा

सामाजिक
ललितपुर महानगरपालिकाले भोली (सोमबार) शोक बिदा दिने भएको छ । ललितपुर महानगरपालिकामा लामो समयसम्म नेतृत्व गरी उल्लेखनीय योगदान गरेका पूर्व प्रमुख बेखारत्न शाक्यको शोकमा महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पूर्व प्रमुख बेखारत्न शाक्यको आइतबार निधन भएको थियो। नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व प्रमुख शाक्यको ८८ वर्षको उमेरमा निधन भएको थियो । शाक्य लामो समयदेखि बिरामी थिए । २०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उपनगरपालिकाको पहिले मेयर बनेका थिए। शाक्यका दुई छोरी, एक छोरा र श्रीमती छन्। सोमबार शोकका लागि ललितपुर महानगरपालिका कार्यालय र अन्तर्गतका १ देखी २९ वटै वडा कार्यालयहरुमा सार्वजनिक विदा दिईएको नि प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर क्षेत्री जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यकाे निधन

सामाजिक
तत्कालिन ललितपुर नगरपालिका भूतपूर्व मेयर बेखारत्न शाक्यको आज बिहान ७:३० बजे मेडिसिटी अस्पताल,नखुमा देहावसान भएको छ ।उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलिको लागि उहाँ कै निवास झम्सिखेल, सानेपामा राखिएको थियो भने सोमबार करिब ११ बजे शवयात्रा गरी अपरान्ह शंखमुलमा बौद्ध संस्कार अनुसार अन्तिम संस्कार गरिएकाे छ । नेपाली कांग्रेसका पुराना नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्य केही वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो र करिब ७ महिनादेखि मेडिसिटीमा उपचाररत हुनुहुन्थ्यो । दिवंगत शाक्य नेपाली कांग्रेसमार्फत नेपालको राजनीतिक परिवर्तनका लागि सक्रिय जीवन बिताउनुभएको थियाे । १७ सालको परिवर्तन पछि धेरै समय मलेशिया र हंगकंग बस्नुभयो र ४६ साल पछि मात्र नेपालमा फर्कनुभयो । त्यस पछिनेपाली कांग्रेसका तर्फबाट २०४९ सालमा ललितपुरको मेयरमा निर्वाचित भएका थिए। उहाँले आधुनिक ललितपुर शहर बनाउन मेयर हुँदा ठुलो भूमिका खेल्नु भएको थियो । उहाँ ललितपुरको राजनीतिमा अहिले पनि प्रभावशाली थिए । बौद्ध उपासक, समाजसेवी भूतपूर्व मेयर बेखारत्न शाक्य २००७ सालमा निर्वासनमा परेका भन्तेहरु फेरि नेपालमा फर्केर आएदेखि उहाँले बुद्ध धर्मको लागि आफ्नो जीवन अर्पण गर्नुभयो । त्यही बेलामा उहाँले आफ्नो कार्यक्षेत्र त्रिशुलीमा सक्रिय भएर सुगत बौद्ध मण्डल नामक संस्था बनाएर त्यहाँ बुद्धधर्मको पुनरुत्थानमा लाग्नुभयो । यहाँ ललितपुर फर्केर पनि यहाँ विभिन्न धार्मिक संघसंस्थाहरुमा रहेर सक्रिय सहयोग गर्नुका साथै उहाँले बौद्ध पुस्तक प्रकाशन गर्न र विहार निर्माण गर्न पनि आर्थिक सहयोग गर्दै आइरहनुभएको थियो । । उहाँको श्रीमति, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

ललितपुरको दरवारक्षेत्रमा आर्यतारा ब्रत

सामाजिक
ललितपुरको एतहिासिकस्थल दरवारक्षेत्रमा आज आर्यताराको पुजा भइरहेको छ । काठमाडौं निवासी सुकुकाजी महर्जन तथा उनका श्रीमती दशमाया महर्जनको आयोजना भइरहेको आर्यतारा पुजामा करिब ७ सय ५० जना श्रद्धालुहरुको सहभागीता रहेको छ । ललितपुरको दरवार क्षेत्र पुरै हरियोरंगले सजिएको आर्यताराको पुजाले सबैलाई आर्कर्षित गरिरहेका छन् । यसरी भब्य रुपमा गरिरहेको पुजाको सम्बन्धमा बुद्धवाणी अनलाईनले पुजा कार्यक्रम ब्यवस्थापन समितिका अध्यक्ष शान्तराज महर्जनसंग जिज्ञासा राख्दा उहाँले १२ वटा पवित्र स्थलमा संचालन हुँदै आइरहेको हो यसैक्रममा ११ औं पुजाको रुपमा हामीले ललितपुरको यस एतिहासिक नगरको दरवारक्षेत्रमा गरिरहेका छौं । १२ औं तथा अन्तिम पुजा काठमाडौंको बसन्तपुरमा गरि समापन गरिने बताउनु भयो । नेपाल र नेपाली जनताको सुस्वास्थ्य तथा निरोगीता एवं सबै प्राणीहरु सुखी र कल्याण होस भन्ने आसय सहित यो पुजा भइरहेको हो । अहिले सरकारले भ्रमण बर्ष २०२० मनाईरहको अवसरमा हाम्रो धर्मसंस्कृतिको प्रचार प्रचार पनि हुने र पर्यटकहरुलाई पनि हाम्रो धर्मसंस्कृतिको जानकारी हुने र पर्यटकहरुको आगमनमा वृद्धि हुने विश्वास गरिरहेको अध्यक्ष महर्जनकाले बताउनु भयो । सबै प्राणीहरुलाई दुख, कष्ट एवं रोगब्याधी नहोस भनेर व्यक्तिगत रुपमा सुकुकाजी महर्जन तथा उनका श्रीमती दशमाया महर्जनको दम्पत्ति आयोजना गरिरहेको यो कार्य अत्यन्तै सह्रानीय रहेको छ । आयोजक महर्जन दम्पत्तिले आर्यताराको मात्र नभएर १२ वटा तिर्थस्थलहरुमा बसुन्धरा ब्रत समेत सम्पन्न गरिसकेको छ भने आर्यताराको पुजा पनि विशेष गरि रोगब्याधी नहोस भनेर गरिने पुजा पनि हो ।




राजसंस्थाView All

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । […]

राजा रानी दार्जिलिङ सिक्किम को भ्रमणमा सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेब तथा रानी कोमल राज्यलक्षमी देवी शाहर साताब्यापी भारतको दार्जिलिङ र सिक्किमको यात्रामा सवारी हाेइबक्सेकाे छ । मौसुफहरू आइतबार बिहान झापाबाट सिलिगुडीतर्फ प्रस्थान गरिबक्सेको हाे । […]

बाैध्द-गतिविधिView All

ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न

ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा तथा ग्वाननी ज्ञानमाला भजन खल: को ब्यवस्थापनमा ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय ज्ञानमाला समितीद्वारा गठित ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा […]

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ […]

न्याखाचोकमा भिक्षु महासंघबाट महापरित्राण पाठ

ललितपुरको १६ वडा स्थित न्याखाचोकमा महापरित्राण पाठ सम्पन्न भएको छ । हिजो शनिवार सबै टोलवासि, ज्ञाति बन्धुहरूको सहित सबै सत्वहरूको सुखशान्ति र निरोगी कामना गरि पुजनीय भिक्षु महासंघबाट “ महापरित्राण […]

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुबाट स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी ४५ जना बौद्ध भिक्षुहरुले बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका छन ।स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि […]

राजनीतिView All

/ राजनीति

भएका ईतिहास मेट्दै नयाँ निर्माण गर्नु हुँदैन , पूरानालाई नै संरक्षण गर्दै जानू पर्दछ : राष्ट्रपती बिद्या भण्डारी

माघ -२५ राष्ट्रपती बिद्या भण्डारीबाट २०७२ बैशाख १२ गएको बिनासकारी महाभूकम्प र तत्पश्चातका पराकम्पणबाट ध्वस्त बनाएको ऐतिहासिक मरुसत्त:(भुतिसत:/काष्ठमण्डप)को भैरहेको पूनर्निर्माण कार्यको स्थलगत निरिक्षण गर्नु भयो । भुकम्पले बिगारेका ऐतिहासिक, धार्मिक […]
/ राजनीति

पाटनकाे सुन्धारा सडक लामो समयसम्म कालोपत्र नभएपछि स्थानीयबासीबाट चरणबद्ध आन्दोलन गर्ने तयारीमा

२५ माघ ०७६,सुन्धारा । सुन्धारा सडक लामो समयसम्म कालोपत्रे नगरेपछि पाटनबासीले विरोधस्वरुप साइनबोर्ड राखेर विरोध जनाएका छन् । विगत दुई बर्षदेखि भत्केको सडक कालोपत्र नगर्दा आक्रोसित स्थानीयबासीले विरोधस्वरुप यो बोर्ड […]
/ राजनीति

नेवाः विरोधि राज्यसत्ता विरुद्ध नेवा समुदायबाट माघ १६ गते बिशाल खबरदारी सभा

शहिद दिवसको दिन अर्थात माघ १६ गते बिहिबार नेवा समुदायले खरदारी सभा गर्ने भएको छ । पहिचान पक्षधर नेवाः आयोजकहरुका अनुसार १६ गते बिहिबार २ः३०मा वंघमा शहिदहरुको सपना राज्यबाट वेवास्ता […]
/ राजनीति

सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्तं) ले सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गरेको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ […]

विविधView All

/ विविध

दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो […]
/ Main News / विविध

रातको समयमा केही कुरा पोलिएको चर्को गन्ध , केको गन्ध हो भन्ने अझै यकिन भइसकेको छैन

काठमाडौं उपत्यकाका बासिन्दा केही दिनयता रातको समयमा केही कुरा पोलिएको चर्को गन्धले आजित भएको गुनासो गर्न थालेका छन् । यस्तो गन्ध एउटा टोलमा मात्र नभएर विभिन्न ठाउँमा अनुभव गरिएको छ […]
/ विविध

रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचे

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । […]
/ विविध

लामा वांगडोर रिम्पोंछेले लियाे समाधि, ७ दिन पछि पनि मृत शरीर ताजा नै

जिगर बौद्ध मंदिर रिवालसर काे प्रमुख लामा वांगडोर रिम्पोंछे उर्फ ओंगदू १८ सितम्बर को बिहान 2 बजेर ५२ मिनटमा अाफ्नाे देह त्याग गरेर समाधिमा लीन हुनुभयाे , याे खबर फैलना […]
Go to Top