Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

स्वयम्भूमा रहेका बुद्धमूर्तिहरुलाई विस्थापित होइन संरक्षण गर

Main News
सुखी नेपाली र समृद्ध नेपालको नारा सहित शासनमा आएका गणतन्त्रवादी शासकहरु किन यति धेरै नेपाल र नेपाली विरोधी भइरहेको छ भनेर बुझ्न सकिरहेको छैन । गुठी बिधयेक मार्फत नेपाल कै धर्म संस्कृति समाप्त गर्न तम्सेका , सडक विस्तारको नाउँमा परम्परागत बस्ती नै समाप्त गर्दै आएका वर्तमान सरकार अब बौद्ध धर्मलाई समाप्त गर्ने कार्य लागी परेको छ ।
चक्रपथ विस्तारको नाउँमा स्वयम्भू स्थित ६७ फिट अग्लो बुद्धको मूर्ति तथा ६४ फिट अग्लो पद्य्म सम्भव तथा अवलोतिकेश्वरको बिशाल मुर्तिहरु स्थापित बुद्ध पार्कलाई विस्थापित गर्ने निर्णय गरेको छ । सरकारले यही कार्तिक मसान्त सम्ममा बुद्ध पार्कलाई विस्थापित गर्ने निर्णय गरेको यसकोलागी काठमाडौं महानगरपालीले समेत समन्वय गर्ने निर्णय भएको खबर आएको छ ।
बुद्धको जन्मभूमी नेपालमा नै बुद्धमुर्तिहरुलाई विस्थापित गर्नु भनेको बुद्धशिक्षालाई अपमान मात्र होइन बुद्धभूमकिो नै अपमान हो र यति मात्र होइन यसले वर्तमान सरकार बुद्धधर्म विरोधी हो भनेर स्पष्ट रुपमा विश्वसमुदायमा नकारात्मक सन्देश जाने निश्चित नै छ ।
२०२०मा नेपाललाई भ्रमण दिवश घोषणा गर्दा बुद्धमुर्तिलाई त्रिभूवन विमानस्थलमा राख्ने, म्यान्मार लगायत बौद्ध देशहरुमा गएर बुद्धको नाम लिएर प्रचार गर्ने तर नेपालमा भने नेपालमा स्थापित सबैभन्दा ठूला बुद्धमुर्तिलाई विस्थापित गर्ने दोहोरो चरित्रले वर्तमान सरकार आफ्नो आर्थिक स्वार्थकोलागी बुद्धलाई बेच्न र विस्थापित गर्न पनि पछि पर्दैन भनेर देखाइरहेको छ । त्यसैगरि धर्मलाई अफिम मान्ने गणतन्त्रवादीहरु वास्तमा नै धर्म विरोधी नै हुन भनेर पनि देखाइरहेको छ । बाटो फराकिलो बनाउनु पर्छ यसमा कुनै विरोध होइन तर विकासको नाउँमा आध्यात्मिक स्थललाई नै विस्थापित गर्नु कुनै पनि हालतमा सही र सह्य मान्न सकिन्न । त्यसमा पनि ६७ फिट अग्लो नेपाल कै ठूलो बुद्धमुर्ति मध्ये एक रहेको र थकित र अशान्त मन भएका सबैकोलागी मन शान्ति गर्ने तथा आराम गर्ने पवित्र स्थलको रुपमा निर्माण गरिएकोलाई विस्थापित किन गर्नु परयो ? जहाँ बुद्ध पार्क निर्माण गरिएको छ त्यो स्थानको बाटो सानो छैन र त्यहाँ बाटो निस्तार गर्नु आवश्यक नै छैन पहिलो कुरा यदी गर्नु नै परेको भए त्यसलाई छाडेर बाटो बिस्तार गर्न सकिन्छ यसले त्यस स्थानको सौर्दयलाई थप निखार्नेछ । र आर्कषक केन्द्र पनि बन्नेछ । यसले स्वदेशी तथा विदेशीहरुकोलागी आर्कषणको केन्द्र पनि बन्ने । यसले स्थानीय र सरकारलाई पनि आर्थिक रुपले फाईदा नै हुने । यसरी आर्थिक रुपमा फाइदा गर्न सक्ने स्थानलाई आफ्नो कमिशनको चक्करमा विस्थापित गर्न खोज्नेको विरुद्ध सबै बौद्ध तथा शान्तिकामी जनताले विरोध गर्नु पर्छ । यसलाई विस्थापित हुनबाट जोगाउनु पर्छ ।
हुन अहिले बौद्ध उपासक कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री बनेको छ । त्यसैले उहाँबाट यस तर्फ ध्यान दिनेछ । बौद्ध सम्पदालाई विस्थापित हुनबाट जोगाउने कार्य गर्नेछ भनेर अहिलेको लागी आसा र विश्वास गरौं किनकी विहिवारबाट उहाँले मन्त्री पदको शपथ ग्रहण गर्नु भएको छ । उहाँको पहिलो कार्य नै बौद्ध सम्पदालाई जोगाउने पवित्र कार्य सहित शुभारम्भ गरोस भन्ने कामना गर्दछौं । बिडम्बना के रहेको छ भने भारतको अयोध्यामा रहेको बौद्ध सम्पदाहरुलाई जोगाउनु पर्छ भनेर भारतीय दुतावासमा गएर ज्ञापनपत्र बुझाउने तथा आन्दोलन गर्नेहरु आफ्नै देशमा बौद्ध सम्पदाहरुलाई समाप्त गर्न लाग्दा भने मुखमा दही जमाएर बसेको छ ।
आज सडक विस्तारको नाउँमा बौद्ध सम्पदालाई विस्थापित गर्न लाग्दा यसको विरोध गरिएन भने भोली यसको आँट र हौसला अझ बढ्नेछ र बौद्धहरु भनेको कमजोर लाचार हुन भनेर विहार तथा गुम्बा तथा बहाबहीलाई पनि विस्थापित गर्न पछि पर्ने छैन । त्यसैले यसलाई रोक्न तत्कल बौद्धहरु सडकमा आउनु आवश्यक छ । भगवान बुद्धले पनि अन्याय गर्ने भन्दा अन्याय सहने महाअन्यायी हुन भनेर आज्ञा हुनु भएको छ । शाक्यमुनी बुद्धले पनि धर्ममा आक्रमण गर्नेहरुको विरुद्ध आवाज बुलन्द गर्नु भएको बोद्ध इतिहास यथावत रहेको छ । त्यसैले अहिले विस्थापित गर्न लागेको बौद्ध सम्पदालाई जोगाउन शान्ति होइन क्रान्तिको आवश्यकता रहेको छ । बुद्धले पनि तत्कालीन समयको जातपात, बलिप्रथा, महिला माथि हुने अन्याय, देवताको नाउँमा मानिसलाई गर्ने शोषणको विरुद्ध आवाज बुलन्द गर्नु भएकोले आज बुद्धलाई महामानव भन्ने गरिन्छ क्रान्तिकारी भनिन्छ । त्यसैले वास्तवमा बौद्ध हो भने बौद्ध सम्पदालाई जोगाउन आजैबाट आफ्नो क्षेत्रबाट आवाज बुलन्द गरेर सरकारलाई दवाव दिउँ र बौद्ध सम्पदा जोगाउँ । सबैलाई चेतना भया ।

लुम्बिनी बौद्ध विश्वविद्यालयकाे ऐन संशोधन गर्न बनेको विधेयक तत्काल खारेज गर

Main News
बिसन्तर शाक्य

शाक्यमुनी बुद्धको जन्मभूमी नेपालमा विश्वका शान्तिकामी जनता तथा दुःख मुक्त हुने निर्बाण प्राप्त गर्न चाहने मानवकोलागी प्रेरणाको श्रोतको रुपमा रहेको लुम्बिनीमा बुद्ध शिक्षाको अध्ययन अध्यापन तथा विश्व मानवकोलागी बुद्धको पवित्र शिक्षा प्रदान गर्ने मुख्य थलोको रुपमा विकास गर्न राजा ज्ञानेन्द्रको शासन कालमा १४ माघ २०६१ मा यस विश्वविद्यालयको स्थापना गरिएको थियो ।
यस विश्वविद्यालको स्थापना नै विशेषत बुद्धशिक्षालाई नै केन्द्रमा राखेर अध्ययन अध्यापन गराउने रहेको थियो । यसरी बुद्धभूमीमा बुद्ध शिक्षाको केन्द्रको रुपमा राजाबाट स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्ध शिक्षाको अध्ययन केन्द्र हुन नदिन विधयेक संशोधन गर्ने दुस्प्रयास गरेको छ ।
शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक गत चैत्र १ गते संसदमा दर्ता भयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दर्ता भएको उक्त विधेयक पारीत गरिएको छ। विधेयकमा विभिन्न विश्वविद्यालयका ऐनलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ। दर्ता भएको विधेयकले निम्न ऐन परिवर्तन गर्न खोजेको छ –विधेयकको ९ नम्बर बुँदामा भनिएको छ– लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को दफा ३ को उपदफा (१) मा रहेको वौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृत भन्ने शब्दहरुको सट्टा वौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति र अन्य विषय लेखिएको छ।
विश्वविद्यालय स्थापना भएको १६ बर्षपछि अब यो विधेयक पास भयो भने बुद्धशिक्षा, बौद्ध साहित्य क्रमस समाप्त हुदै जानेछ। र, यो विश्वविद्यालय अब विशुद्ध धार्मिक विषयहरु भन्दा बजारमुखी विषयहरु अगाडि बढ्न थाल्छ। यसरी विधेयकले स्थापनाताकाको विश्वविद्यालयको उद्देश्यलाई नै पाखा लगाउने बुद्ध शिक्षा , बुद्ध दर्शन , बौद्ध इतिहास तथा लुम्बिनीलाई विश्व समुदायमा पहिचाने दिने विषयहरु पढाउने विश्वविद्यालयको जुन लक्ष्य थियो त्यो अब पूरा नहुने निश्चित भएको छ ।
विशुद्ध बुद्धशिक्षाकोलागी स्थापित विश्वविद्यालयको उद्देश्यलाई नै परिवर्तन गरेर अन्य विषय राखेर विधेयक पारित हुँदा निजीकरण प्रबद्र्धन गर्ने विषयहरुको सम्बन्धन दिने बाटोतिर अघि बढिने निश्चित छ । त्यसैले यसको सबै बौद्धहरुले तत्काल विरोध गर्नु पर्दछ । यो बुद्धधर्मलाई समाप्त गर्ने षडयन्त्रको रुपमा गणतन्त्रवादी सरकारल रचेको प्रपन्च हो । त्यसैले यसको शसक्त विरोध गर्नु पर्दछ । जुन उद्दे्श्यले स्थापना गरिएको हो त्यसबाट विचलित वा परिवर्तन गर्न दिनु हुदैन । किनकी यो बुद्ध शिक्षा तथा बौद्धहरुको धरोहर हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अहिले बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको छ। पहिलो वुद्धिष्ट सम्मेलन–१९९१ ले लुम्बिनी विश्वविद्यालयको कल्पना गरेको थियो। अहिले यहाँ बुद्धिजमको तीन वर्षे डिप्लोमा कोर्सका साथै एमए र पीएचडी कार्यक्रम पनि छ। बुद्धिष्ट फिलोसफी, साहित्य र संस्कृति यस विश्वविद्यालयका आकर्षण हुन्।
लुम्विनी बौद्ध विश्वविद्यालय ऐन २०६३ को प्रस्तावनामै बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृती अध्यापन गराइने उल्लेख गरिएको छ। गौतम बुद्धको उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शन सन्देशका रुपमा स्वीकार र अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावना प्रवर्धन गर्न उल्लेखित विषयहरु अध्यापन गर्ने बताइएको छ।
यसरी स्पष्ट रुपमा लक्ष्य र उद्देश्य सहित स्थापित विश्वविद्यालयमा अन्य विषय भन्ने शब्द राखेर निकट भविश्यमा नै लुम्बिनी विश्वबिद्यालयलाई बुद्ध शिक्षाबाट विमुख गराउने योजना हो भनेर स्पष्ट रुपमा भन्न सकिन्छ । बुद्धभुमीमा स्थापित एक मात्र विश्वविद्यालयलाई नै समाप्त गर्ने गरि गरिएको संशोधनको आजै विरोध गर्न सकिएन भने भोली विश्वविद्यालय नाम मात्र हुनेछ काम भने बुद्धशिक्षा नदिने मात्र होइन नाम नै परिवर्तन गर्न पनि पछि पर्ने छैन । त्यसैले समयमा नै सर्तक बनौं र विधयेक परिवर्तनको विरोध गर्नुपर्दछ र बुद्धशिक्षाको पवित्र थलोलाई बचाउनु पर्दछ ।
तर विडम्बना लुम्बिनी भारतमा पर्छ भन्दा बुद्ध वाज बर्न इन नेपाल भनेर आन्दोलन गर्ने बौद्ध जगत, भारतको अयोध्यामा बुद्धकालीन अवशेष संरक्षण गर भनेर आन्दोलन गर्ने बोद्ध जगत आज बुद्धभूमीमा रहेको लुम्बिनी विश्वबिद्यालयको औचित्य, अस्तित्व तथा यसको पहिचान र लक्ष्यलाई नै समाप्त गर्ने कार्य नेपाल सरकारले गर्दा पनि बौद्ध जगत मुखमा दही जमाएर बसेको देख्दा नेपाल बौद्ध जगत कति सम्म लाचार र निकम्मा छन भनेर देखाएको छ ,। त्यसैले बल्लतल्ल स्थापित बुद्धशिक्षाको थलोलाई बुद्धशिक्षाको थलोको रुपमा स्थापित गर्ने कार्यमा आजै लाग्नु पर्दछ । होइन भने भोली पूर्पोरामा हात राखेर रुनु र पश्चाताप सिवाय अरु केही पाइने छैन ।

अब तत्काल मठ मन्दिरहरु सरकारले सुचारु गराउनु पर्छ

Main News
बिसन्तर शाक्य
नेपालमा अहिले कोरोनाको संख्या बढेर ५५ हजार नाघेको छ भने मृत्यु हुनेहरुको संख्या ३६० पुगेको छ । जसले गर्दा सरकारले उपत्यका लगायत नेपालका अधिकाँस जिल्लाहरुमा निषेधाज्ञा जारी गरिराखेको अवस्था रहेको छ । कोरोना संक्रमणबाट बच्ने उपाय भनेको नै समाजिक दूरी, माक्स लगाउनु तथा साबून पानीले समय समयमा हात धुने भनेर विश्वब्यापी रुपमा प्रचार तथा यसलाई पालना गरिराखेको छ । यसको औषधी अहिले सम्म विश्वका कुनै पनि मे हुँ भन्ने देशहरुले बनाउन सकिरहेको छैन ।
कोरोना संक्रमण हुने भनेको नै सामाजिक दूरी कायम गर्ने भनेर भनिएको समयमा नेपालमा कर कार्यालय, यातायात कार्यालयमा यसको कुनै परिपालना भएको छैन । तर नेपाली जनतालाई भने घरबाट बाहिर आउन हुँदैन भनेर नजरबन्द गरिराखेको अवस्था छ । कर कार्यालय कर असुल्ने सरकारी निकायमा जतिसुकै भिडभाड गरे पनि कोरोना नहुने तर जनता घरबाट निस्केमा कोरोना हुने सरकारी कार्यले कतै कोरोना नै छैन कि भन्ने शंकाउपशंका पनि गर्न थालेको छ । त्यसमा पनि भक्तपुरमा गाइजात्राको दिन भक्तपुर पूर्णरुपले जात्रमामय भएको थियो , जसले गर्दा भक्तपुर पुरै कोरोना संक्रमित हुनु पर्ने हो तर भएको देखिन्न । ललितपुरमा पनि करुणामयको रथ तान्ने क्रममा र झडपको अवस्थामा भएको भिडले ललितपुर जिल्ला नै कोरोना संक्रमित हुने शंका तथा डर उत्पन्न भएको थियो तर ललितपुरमा पनि कसैलाई कोरोनाले संक्रमित भएको खबर आएन ।
यसरी माथि उल्लेखित घटनाहरुलाई हेर्ने हो भने कोरोना संक्रमण हुने भनिएको सामाजिक दूरी, माक्स लगाउनु तथा साबून पानीले समय समयमा हात धुने भनेर विश्वब्यापी रुपमा प्रचार गलत भएको त छैन भनेर सोच्नु पर्ने अवस्था पनि आएको छ । त्यसमा पनि उपत्यका तीन जिल्लाहरुमा प्रत्येक दिन एकै प्रकारको कोरोना संख्या आउनु र यूरोप जस्तो विकसित देशहरुमा पनि कोरोनाको भ्रम फैलाएको भन्दै हजारौं जनता सडकमा आएर विरोध गरेको घटना पनि ताजै रहेको छ । जब यूरोपमा कोरोनाको विरुद्ध र विश्व स्वास्थ्य संगठन विरुद्ध आवाज बुलन्द भए तब विश्व स्वास्थ्य संगठनले माक्स पनि लगाउनु पर्दैन र सामाजिक दूरी पनि कायम गर्नु पर्दैन भनेर भन्नुले यो कोरोना कतै राजनीतिक षडयन्त्र वा व्यापारिक षडयन्त्र त होइन भनेर पनि अहिले चर्चा परिचर्चा हुन थालेको छ ।
हुनत कोरोना भन्ने रोग नभएको होइन छ तर अहिले कोरोनालाई जसरी भयाबह बनाएर मानिसलाई त्रसित बनाउन खोजिएको छ त्यो चाहिं होइन भन्ने कुरा विस्तारै पुष्ठि हुँदै आएको छ । त्यसैगरि प्रधानमन्त्री ओली पनि कोरोनालाई अन्य सामान्य रोग जस्तै हो भनेर भनीरहेको कुरा अहिले आएर वास्तमा नै हो की भन्ने चर्चा पनि चलेको छ । त्यसैले अहिले नेपालमा कोरोनाको घटनाक्रमलाई हेर्ने हो भने नेपालमा कोरोना त्यत्रि फैलिन नसकेको वा कमजोर हो भनेर देखाउँछ ।
त्यसैले अहिले कोरोनाको डरले सरकारले गरेको लकडाउनको कारण धेरै नेपालीहरुले रोजगारी गुमाएका छन्, आत्महत्या गर्नेहरुको संख्या दिनपरिदिन बढीरहेको छ । हत्या हिंसा, बलात्कार भ्रष्टाचार, चोरी डकैटी बढ्न थालेको छ । तसर्थ नेपाल सरकारले यस तर्फ तत्काल कार्य गर्नु पर्दछ । गत चैत्रबाट शुरु भएको लकडाउनले नेपाली जनताको जनजीवन अस्तब्यस्त तथा मानसिक रोगी समेत हुन थालेको छ । यसले नेपालमा भयाबह परिस्थिति ल्याउने निश्चित नै छ ।
हुनत अहिले कम्युनिष्टहरुको सरकार छ धर्म नमान्ने दलहरुको राज भइरहेको छ । जसले गर्दा आपत विपदमा पुकार्ने मठमन्दिर , विहार गुम्बा लगायत सबै धार्मिकस्थलहरु बन्द गरिराखेको छ । मानिसलाई जब दैवीय प्रकोप आउँछ जब जब संकत र पीडा हुन्छ तब सहारा भनेको नै आआफ्नो आस्थाको भगवानलाई पुकार्ने हो र भगवानले सबैलाई बचाउने हो । विगतमा पनि बचाएको नै हो । यस्तो विपतको समयमा धार्मिक चिन्तनमननलाई जोड दिनु पर्नेमा उल्टै सबै धार्मिक स्थल बन्द गरिदिंदा मानिसहरु मानसिक रोगी, आत्महत्या गर्ने, तथा हिंसक बन्दै गएको छ । नेपाल भनेको पवित्र धार्मिक तिर्थस्थल हो , बुद्धको जन्मभूमी, रातो मछिन्द्रनाथ, सेतो मछिन्द्रनाथ, पशुपतिनाथ, मनकामना, मुक्तिनाथ ,स्वयम्भू बौद्ध, जानकी आदी हजारौं पवित्र स्थल रहेको यस भुमीमा दैवीय प्रकोप कमजोर हुन्छ भन्ने कुरा त गत २०७२ सालको भूकम्पमा काठमाडौं नै पूर्णरुपले ध्वस्त हुन्छ भनेर भनिएको अवस्थामा १० प्रतिशत मात्र क्षती भएर महाभूकम्प टरेर गएको छ । भारत लगायत विभिन्न देशमा सलह किराबाट अन्नबाली नष्ट गरेर अत्यन्तै पीडा दिएको अवस्थामा नेपाल आएर पनि केही नगरेको मात्र होइन यहाँ उनीहरुको मृत्यु हुन थालेको घटनाले पनि नेपालमा दैवीय शक्ति रहेको छ भनेर पुष्टि भइरहेको छ ।
त्यसैले नेपालमा अहिले कोरोनाले महामारी लिन सक्दैन भनेर भन्न सकिने अवस्था पनि भएको हुँदा र सबै खुल्ला गरिसकेकाे अवस्थामा धार्मिकस्थल मात्र बन्द गर्नु धर्म विराेधी कार्य हाे वा गणतन्त्रका शासकहरू काेराेनाकाे अाडमा धर्रमलाइ समाप्त गर्दैछ भन्ने पुष्टि हुन्छ । हाेइन भने तत्काल सबै देवी देवालय तथा धार्मिक कार्यलाइ सूचारु गरि देशलाई आध्यात्मिक बनाउनु आवश्यक छ । यसले मात्र अहिलेको विषम परिस्थितिबाट बचाउने छ र दे श र जनता सुखी हुनेछ । सबैलाई चेतना भया ।

राजाको समयमा नेपालको शासन व्यवस्था परिवर्तन गर्ने हैसियत भएका नेवा समुदाय आज कमजोर, अपमानित र अपहेलित हुन बाध्य

Main News

बिसन्तर शाक्य
करुणामयको रथ बनाएर ,रथारोहण गराएर ५ महिना सम्म वेवारिस अवस्थामा पुल्चोकमा राखिएको थियो । करुणामय जस्तो विश्वप्रशिद्ध भगवानलाई बिच बाटोमा विचल्ली गरेर छाडेर धर्मप्रति आस्था विशेष गरि आजका युवा समुदायलाई धर्म भनेको छैन , भगवानको कुनै शक्ति हुँदैन भनेर देखाउन र युवाहरुलाई धर्मप्रति वितृष्णा जगाउने योजना रहेको छ भन्ने कुरा त करुणामयको रथ तान्न पटक पटक साइट निकाल्ने तर नतान्ने कार्यले देखाइरहेको छ ।
दलका कार्यकर्ताहरुले जुलुस गर्दा कोरोना नलाग्ने तर करुणामयको रथ तान्दा कोरोना हुने , दलका कार्यकर्ताले जुलुस गर्न अनुमति हुने धार्मिक कार्यकोलागी अनुमति नहुनु र नदिनु धर्मलाई समाप्त गर्ने षडयन्त्र हो । यसैको विरुद्धमा विहिवार ललितपुरका स्थानीय जनताले रथ तान्ने प्रयास गरे । कसैको निर्देशनमा नभई स्वत स्वफुर्त रुपमा स्थानीवासीहरु आएर रथ तान्दा प्रशासनले रथ तानीरहेको समयमा पछाडीबाट छापामार शैलीमा पानीको फोहरा तथा तथा अश्रुग्यास प्रहार गरेपछि विहिवार दिनभर ललितपुर तनावग्रस्त भयो ।
आफुलाई ललितपुरको जातीय समाजका अगुवा भन्नेहरु १९ वटा जातीय समुदायले रथ तानीरहेको समयमा यसरी रथ नतानौं , अब हामी यसरी रथलाई तान्ने छौं भनेर भन्न आएको भए कुनै घटना नै हुने थिएन तर उल्टै स्थानीयवासीहरुलाइं नै अराजक तथा उछिंगल व्यक्ति भन्दै प्रशासन मार्फत दमन र घरपकड गराउने कार्य भएको छ ।
झडपको दिनमा पक्रिएर मात्र नपुगेर शुक्रबार त ललितपुरमा कफ्र्यु गरेर टोल टोलमा आतंक मच्चाउँदै घर घरमा आएर स्थानीयवासीहरुलाई पक्राउ गर्ने काम समेत भयो । यसरी घर घरमा आएर पक्राउ परेपछि आक्रोसित स्थानीय जनताले ललितपुरका १९ जातीय समाजका नायकेहरुलाई धेराबन्दी गरेपछि सबैलाई रिहा गर भन्दै १९ जातीय समूहले वक्तब्य निकाल्न बाध्य भयो र यही वक्तब्य लिएर ललितपुरको सिडियो कहाँ गएर सबैलाई निशर्त रिहा गर्न माग गरे । तर बिडम्बना ललितपुरका १९ जातीय समूहको आग्रहलाई ललितपुरको सिडियोले टेरपुच्छर नै लगाएन । पटक पटक सिडियोसंग भेटेर रिहा गर्न माग गर्दा पनि जातीय समूहको कुरालाई कुनै महत्व दिएन । यसले हिजो राजाको समयमा नेपालको शासन व्यवस्था हल्लाउने मात्र होइन व्यवस्था नै परिवर्तन गर्ने हैसियत भएका नेवा समुदाय आज एउटा सिडियोको अगाडी लचार र निकम्मा हुन बाध्य भएको छ ।
राजाले राज्य कब्जा गरे, नेवा समुदायको नाक काटे , राजा भनेको नेवा विरोधी हो भनेर भन्ने गणतन्त्रवादीहरुको पछि लागेर राजालाई हटाएमा आत्म निर्णय सहितको नेवा राज्य हुन्छ भन्ने गणतन्त्रवादी दलहरुको सपनाको पछि लागेर राजासंग नाता तोड्न साथ आज राजा पनि कमजोर भयो नेवा समुदाय पनि कमजोर र लाचार हुन बाध्य भएको छ । आज नेवा समुदायको हरेक तहतप्कामा आक्रमण गरिरहेको समयमा बाकी रहेको धर्म संस्कृति परम्परलाई पनि समाप्त गरेर नेवा समुदायको अस्तित्वलाई समाप्त गर्न लागेको छ ।
आज नेवा समुदायको हैसियत के हो भन्दा ललितपुरका १९ जातीय समूह अर्थात ललितपुरका जनताको आदेशलाई एउटा सिडियोले नटेर्ने अवस्थामा पुगेको छ । आफ्नै जात्रामा प्रहरीले ताण्डव नृत्य गर्दा , घरघररमा विना सूचना, विना बारेन्टी , विना कसूर पक्रिन आउँदा पनि केही गर्न नसक्ने निकम्मा भएको छ ।
नेवा समुदायको इतिहासमा यति सम्म लाचार, कमजोर अपमानित र अपहेलित भएको यो अवस्थामा जातीय समूहको नेतृत्व गरिरहेका व्यक्तिहरुमा कुनै आत्माग्लानीको अनुभूति समेत नदेख्नु दुखद र गम्भिर अवस्था हो । त्यसमा पनि धर्मसंस्कृति परम्परालाई बचाउनु पर्छ भनेर परम्पराको रक्षा गर्न आएका स्थानीयहरु थुनामा राखेर ज्यापु समाजको अगुवाईमा १९ जातीय समूहहरु साक्षी बनेर ३० मिटर रथ तान्न ६ घण्टा ललितपुर जिल्लालाई नाकाबन्दी रथ तानेर रथ यात्रा सम्पन्न गरिएको घटनाले यो रथ यात्रा नभएर ज्यापु जात्रा भएको र हामी नै हौं भन्ने दम्भ देखाएको र बाकी जातीय समूहहरु नपुसंक झैं उनको पछि लागेको देखिन्छ ।
यसले करुणामयको अस्तित्व सहित धर्म संकृतिलाई समाप्त गर्ने ग्राण्ड डिजाइनमा यीनीहरुको पनि सहभागीता छ कि भन्ने प्रश्न पनि उठ्न थालेको छ भने करुणामयको रथ यात्रामा भएको घटनाले धर्मसंस्कृतिलाई अब बचाउन कथिन बन्दै गएको र नेवा समुदायको अस्तित्व पनि अब समाप्त हुन लागेको छ भन्ने कुराको पुर्व संकेत दिएको छ । सबैलाई चेतना भया ।

नेपाल र नेपालीहरुकोलागी उपयुक्त व्यवस्था राजतन्त्र मात्र

Main News

बिसन्तर शाक्य
कोरोना महामारीको संक्रमणलाई रोक्न भन्दै सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको पनि ९ दिन भइसकेको छ । तर उपत्यकामा संक्रमण हुनेहरुको संख्या दिनपरदिन बढीरहेको छ । संक्रमण संख्या मात्र नभएर मृत्यु दर पनि दैनिक १० जना भन्दा बढी हुन थालेको छ । यसले कोरोना महामारी अब समुदायस्तरमा नै फैलिसकेको कुरालाई सजिलै बुझ्न सकिन्छ ।
तर अहिले नेपाली जनताको मनमस्तिष्कमा उठेको प्रश्न के हो भने निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण हुन सक्छ ? किनकी कोरोनाको संक्रमण दर जुन किसिमले बढीरहेको छ यसकोलागी सरकारले तत्काल उपत्यका प्रत्येक वडा वडामा पीसीआर जाँच गर्नु र वडा वडामा आवश्यक क्वारान्टाइनको व्यवस्था गर्ने तर्फ लाग्नु पर्ने हो तर सरकारले जनतालाई सशुल्क पीसीआर स्वयं परिक्षण गर्न आदेश दिए पछि जनता आक्रोशित भएका छन् ।
नेता, सरकारी तथा उनका आसेपासे सबैको निशुल्क परिक्षण हुने तर जनतालाई भने सवयंले शुल्क तिरेर परिक्षण गर्नु पर्ने सरकारी नीतिले कोरोना संक्रमणलाई बढावा दिइरहेको छ । किनकी नेपाली जनता आफ्नै खर्चमा कोरोना परिक्षण गर्न जाँदैन । जसले गर्दा कोरोना भएको व्यक्ति पनि समुदायमा, परिवारमा नै रहने भएकोले यसले कोरोनालाई फैलाउने निश्चित नै छ जुन अहिले दिनपरदिन बढीरहेको छ ।
त्यसैगरि कोरोना भाइरस संक्रमणवाट नेपालमा ४९ हजार भन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ । यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार दुई सय जनाको मृत्यु हुन सक्ने देखाएको हो । मोडलिङ अफ कोभिड नाइन्टिन स्ट्राटेजिज इन नेपाल नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये ३५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको छ । तसर्थ यदी यसलाई तत्काल रोक्न नसके भने कोरोनाले सबै देशवासी नै संक्रमित हुने निश्चित नै छ यसले देशमा भयावह परिस्थिति आउने नै छ ।
तर बिडम्बना के रहेको छ भने देश कोरोना महामारीको चक्रमा फस्न लागीरहेको समयमा सुखी नेपाली समृद्ध नेपालको नारा दिएर सत्तासिन हुन सफल तथा गणतन्त्रका शासकहरु भने सत्ताको भागबण्डामा नै ब्यस्त छन् । अहिले कोरोनालाई कसरी समाप्त गर्ने भनेर लाग्नु पर्ने गणतन्त्रवादीहरु कसरी सत्तामा रही रहने र कसरी प्राप्त गर्ने भनेर मात्र लागीरहेको मात्र होइन मन्त्रालय नै फोरेर मन्त्रीहरु बनाउने तयारीमा लागी परेको खबर आइरहेको छ ।
यस्तो कथिन र भयावह अवस्थामा समेत देश जनताको चिन्ता नहुने र नगर्ने देश बर्बाद भए होस जनता मरे मरोस तर सत्ता र भत्ता नछुटोस भन्ने मानसिकताबाट ग्रष्ट सत्तासिन शासकहरु रहेको अवस्थामा प्रतिपक्ष नेपाली कांग्रेस पनि सभापति बन्ने कार्यमा ब्यस्त छन् । यसरी राजतन्त्रलाई तानाशाह, जनविरोधी भनेर गणतन्त्र स्थापना गरेका शासकहरु कतिसम्म बेइमान, गद्दार तथा देश र जनविरोधी छन् भनेर अहिले भइरहेको र गरिरहेको कार्यले ऐना झैं छर्लंग गरिरहेको छ ।
एकातिर शासकहरु सत्ताको भागबण्डमा लागीरहँदा मन्त्री लगायत नेता , कार्यकर्ता, सरकारी निकायमा भ्रष्टाचारले चरम रुप लिइरहेको छ । जसले गर्दा मुलुक भ्रष्टहरुको अखडा बनिरहेको छ । व्यापार व्यवसाय तथा रोजगारीको अभावमा नेपाली जनता भोक भोकै मर्ने अवस्थामा पुगेका छन् यसले गर्दा मुलुकमा अब चोरी, लुट, तथा डकेती बढ्ने प्राय निश्चित नै छ भने बेरोजगारी, भोग, रोग तथा भष्ट शासकहरुका कारणले गर्दा मुलुकमा अफ्रिकामा झैं गृहयुद्धको खतरा पनि उत्तिकै रहेको छ । त्यसैले अहिले अवस्था हेर्ने हो भने मुलुको भविश्य पूर्णरुपले अन्धकारमा रहेको छ ।
त्यसैले अब देशलाई बचाउन गणतन्त्रको विकल्प आवश्यक नै भइसकेको छ भने गणतन्त्र नेपाल र नेपालीहरुकोलागी उपयुक्त व्यवस्था होइन , नेपाल र नेपालीहरुकोलागी उपयुक्त व्यवस्था राजतन्त्र मात्र रहेको यो गणतन्त्रको शासनले प्रमाणित गरिसकेको छ । त्यसैले अब गणतन्त्रको अन्त नै सबै समस्याको समाधानको उपाय भएको कुरामा कुनै दुविधा रहेको छैन ।
त्यसैले अब नेपाली जनता स्वतस्वफुर्त रुपमा राजतन्त्र पुनस्थापनाको माग सहित सडकमा आउनु आवश्यक छ । किनकी जनताको चाहना र माग अनुसार नै राजाले राजगद्दी परित्याग गर्नु भएको थियो भने जनताको चाहना र माग अनुसार राजा फेरि आउनेछ । त्यसकोलागी आह्वान नेपाली जनताले गर्नुै पर्दछ । किनकी राजाले सदैब भनिरहनु भएको छ । जनताले चाहेमा म नेतृत्व लिन र दिन तयार छु भनेर । त्यसैले अब कोरोना महामारी, तथा गणतन्त्रको भ्रष्ट तथा कूशासनबाट मर्ने कि राजतन्त्रलाई पुनस्थापित गरेर सुखी र शान्त र सुन्दर जीवन बिताउने निर्णय नेपाली जनताको । सबैलाई चेतना भया ।

लुम्बिनीमा रहेको श्रीलंका विहारको बदनाम गर्ने रबि लामिछानेले तत्काल माफी माग्नु पर्छ

सम्पादकीय
बिसन्तर शाक्य
भारतीय विदेशमन्त्रीले शाक्यमुनी बुद्धलाई महान भारतीय नागरिक भनेर भनेको केही दिनपछि न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा जनतासंग कार्यक्रममा कार्यक्रम संचालक रबि लामिछानेले लाइभ भन्दै भ्रामिक तथा श्रीलंकाका जनताप्रति घृणा उत्पन्न हुने गरिलुम्बिनीमा रहेको श्रीलंका सरकारले निर्माण गरेको श्रीलंका विहारमा मासुभात खाइरहेको भन्दै समाचार प्रशारण गरेको छ ।
न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा जनतासंग कार्यक्रममा उक्त कार्यक्रम प्रशारण भएपछि श्रीलंकन राजदुतावासले तत्काल यसको घोरभत्सना सहित तत्काल समाचारलाई सच्याउन आग्रह गर्दै बिज्ञप्ति जारी गरे जसमा रबि लामिछानेले श्रीलंका विहार भनेर देखाएको विहार श्रीलंका विहार नभएको र यसले विहारको प्रतिष्ठामा गम्भिर क्षति भएको तथा श्रीलंकाका जनताको अपमान गरेको उल्लेख गरेको छ ।
राणा शासकहरुले नेपालका बौद्ध भिक्षुहरुलाई नेपालबाट निष्कासन तथा बुद्धशिक्षा प्रचारमा रोक लगाएको समयमा श्रीलंका सरकार तथा श्रीलंकन भिक्षु नारद महास्थविरको पहलमा निष्कासित नेपाली भिक्षुहरुलाई नेपालमा फिर्ता तथा बुद्धधर्म धर्म प्रचार गर्न अनुमति प्राप्त भएको थियो ।त्यसैगरि बुद्धभुमीमा नै बुद्धको पवित्र अस्तिधातु नभएको अवस्था श्रीलंकाबाट नै शाक्यमुनी बुद्धको पवित्र अस्तिधातु नेपाललाई प्रदान गरिएको थियो जसलाई आनन्दकुटी विहारमा श्रीलंकाराम चैत्य भित्र राखिएको छ ।
त्यसैगरि नेपाली बौद्ध भिक्षुहरुलाई निशुल्क बुद्ध शिक्षा अध्ययन गराउँदै आएको छ । जसमा स्व. आचार्य भिक्षु, अमृतानन्द महास्थविर। युगपुरुष अश्वघोष महास्थविर, त्रिपिटकाचार्य भिक्षु कुमारकाश्यप लगायत नेपालका अधिकांस बौद्ध भिक्षुहरु श्रीलंकामा अध्ययन गरेर आएका हुन यसरी नेपालमा बुद्धधर्मको रक्षाकोलागी दिनरात नेपालकोलागी सहयोग र सहयात्री बनिरहेको श्रीलंकालाई बदनाम गर्ने र नेपाल र श्रीलंकाको सम्बन्धलाई बिगार्ने नियत सहित रवि लामिछानेले श्रीलंका विहार भन्दै अन्य कुनै स्थानको भिडियो बनाएर बौद्ध विहारको अपमान गर्ने कार्य गरेको छ । यसको विरुद्धमा कानूनी कारवाही गर्नु पर्छ ।
श्रीलंकाले नेपालमा बुद्ध शिक्षा मात्र होइन नेपालमा रहेका बौद्ध विहारको निर्माणमा पनि उत्तिकै सहयोग गरिरहनु भएको छ जसमा आनन्दकुटी विहार उदाहरणको रुपमा रहेको छ भने त्यस्तै नेपालको धर्म संस्कृतिलाई संरक्षण गर्न पनि सहयोग गरिरहेको छ भन्ने कुरा ललितपुरको बुगमति स्थित भुकम्पले तहशनहस भएको प्रशिद्ध रातो मछिन्द्रनाथको मन्दिर बनाउन आवश्यक सबै आर्थिक सहयोग उपलब्ध गराउने कार्यले पनि स्पष्ट गर्दछ ।
यसरी नेपालको बुद्ध शिक्षा तथा धर्मसंस्कृतिलाई सदैब महत्व दिएर यसको संरक्षणमा लागेको मात्र नभएर श्री लंका बौद्ध देश पनि हो जहाँका ९० प्रतिशत जनता बौद्ध छन् । यस्तो देशमा रहेका जनताले बुद्धभूमी लुम्बिनी जस्तो पवित्र विहारमा आएर मासु राखेर भात खाएको भनेर भ्रामिक तथा गलत समाचार बनाउनुको प्रमुख कारण भनेको नै श्री लंका र नेपालको गहिरो सम्बन्धलाई समाप्त गर्ने षडयन्त्र हो भनेर भन्न सकिन्छ ।
रवि लामिछाने त्यो व्यक्ति हो जो पैसा र पदकोलागी जे पनि गर्न पछि नपर्ने हुन भन्ने कुरा आफ्नै सहयात्री शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको घटनाले पनि स्पष्ट गर्दछ ।
अमेरीकाको ग्रीजकार्ड होल्डर रबि अचानक नेपालमा आएर पत्रकार बन्नु नै नेपालमा रहेको धर्म परम्परालाई समाप्त गर्नकोलागी हो भन्ने कुरा त केही समय पहिले हुँदै नभएको घरमा भूत रहेको भन्दै जनतालाई गलत समााचार प्रशारित गरेका थिए । उनी कृश्चियन भएको कारणले नेपालमा रहेको धर्मपरम्परालाई समाप्त गर्नु उनको पहिलो प्राथमिकतामा पर्दछ । त्यसैले अहिले नेपाल सरकार धर्मसंस्कृति समाप्त गर्न लागेको समयमा बुद्धधर्मलाई बदनाम गराउन धर्मप्रति वितृष्णा जगाउन तथा नेपालको सहयोगी देश श्रीलंकालाई बदनाम गरि नेपालसंग छुट्याउने रणनीति अन्र्तगत उनले यस्तो कार्य गरेको हो भनेर बुझ्न गारो छैन ।
तर उनले बुझ्नु पर्ने कुरा के हो भने बौद्धहरु कसैले भनेको वा देखाएको भरमा विश्वास गर्ने होइन उनीहरु यो सत्य हो कि होइन भनेर पहिला त्यसकोबारे छानविन गरि मात्र त्यसलाई स्वीकार गर्ने समुदाय हो । त्यसैले अहिले श्रीलंका र नेपालको सम्बन्धलाई समाप्त गर्ने जुन दुस्वप्न देखीरहेको छ त्यो कहिल्यै पुरा हुने छैन । श्रीलंका नेपालको सम्बन्ध नंग मासु झैं एक आपसमा जोडिएको सम्बन्ध हो ।
त्यसैले अहिले श्रीलंका विहार तथा जनताका अपमान गर्ने न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोताले तत्काल माफी माग्नु आवश्यक छ होइन भने यसको विरुद्ध कानूनी उपचारमा लाग्नु पर्दछ बौद्ध समुदाय तथा श्रीलंकन राजदुतावास ।

नेवा समुदाय र सुरक्षित र समृद्ध हुन नेवा समुदाय र राजाको एकता अनिवार्य र अपरिहार्य छ

Main News
बिसन्तर शाक्य

कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको समयमा नेपालमा भने आदीवासी नेवा समुदायलाई कसरी समाप्त गर्ने भनेर गणतन्त्रवादी सरकार योजना तथा कार्य गरिरहेको छ भन्ने कुरा अहिले विश्वप्रशिद्ध तथा नेपाल कै सबैभन्दा लामो जात्राको रुपमा परिचित अतयन्तै पूजनीय तथा विश्वास गरिएको करुणामय रातो मछिन्द्रनाथको जात्रालाई सरकारले पटक पटक रोक्ने कार्यले देखाइरहेको छ ।
कोरोना संक्रमण रोक्न सरकारले गर्रिको लडकदाउनको क्रममा नै रथ बनाउन दिने, न्हवं अर्थात महास्नान गर्न दिने र करुणामयको रथारोहणकोलागी अनुमति दिने फेरि खारेज गर्ने जस्ता कार्य गरेर नेवा समुदायको मात्र नभई समग्र देशकै प्रतिष्ठाको रुपमा रहेको करुणामयको जात्रालाई मजाक बनाउने कार्य गरिरहेको छ ।
सरकाले पहिलो पल्ट असार २४ ,रथारोहणकोलागी अनुमति दिए त्यसलाई खारेज गरेर फेरि श्रावण ७ गतेको लागी अनुमति दिए त्यसलाई पनि खारेज गरेर श्रावण १० गते यानी भोलीकोलागी अनुमति दिए तर त्यसलाई पनि रोक्ने आदेश दिए पछि यहाँको स्थानीय जनता करुणामयका पुजारीहरु अत्यन्तै रिसाय र हिजो सिडियो तथा महानगरपालीकमा यसको विरोध गरे र भोली नै रथारोहण तथा जात्रा गर्ने भनेर ज्ञापनपत्र बुझाए । यसरी जनता अत्यन्तै रिसाए पछि भोलीकोलागी फेरि अनुमति दिने सहमति भए । यसरी नेवा समुदायको धर्मसंस्कृतिप्रति गरिएको यो अपहेलनाले वर्तमान गणतन्त्रवादी सरकार नेवा समुदायको धर्मसंस्कतिलाई जसरी पनि समाप्त गर्ने कार्यमा लागीरहेको भनेर भन्न बाध्य भएको छ । होइन भने लकडाउनको अवधिभर केही नगर्नेे भनेर पत्राचार गरेको भए त्यही अनुरुप हुने थियो तर आधी काम गर्न दिने आधा कामचाहिं गर्न नदिएर धर्म, संस्कृति परम्परालाई समाप्त गर्न खोजेको स्पष्ट कार्य हो यो ।
त्यसैगरि अहिले फेरि पशुपति विकास कोषले पशुपति गुरुयोजना अनुरुप विकास गर्ने भन्दै पशुपति क्षेत्रमा रहेको नेवा वस्तीलाई उठीवास गर्ने निर्णय गरेको छ । यसको विरुद्धमा स्थानीय जनता तथा नेवा समुदायले तिब्र विरोध गरिरहेको छ । अहिले पशुपति विकास कोषको निर्णयले पशुपति क्षेमा रहेका भकुन्टोल का १ सय उन्नाईस घरका विस्थापित समुदाय तथा वडा नं ८ गोलका २ हजार १ सय घर धुरीको का जनता अत्यन्तै त्रसित भएर बस्न बाध्य भएका छन तर यस विषयमा राज्य सरकार तथा पशुपति विकास कोष यस विषयमा गम्भीर देखिदैन । तर बुझनै पर्ने बास्तिविकता के हो भने यस विषयमा समयमै सचेत नहुने हो भने यसले स्थानीय वासीको धर्म संस्कृति र परम्परामा प्रत्यक्ष असर त पर्छ नै, परम्परागत रुपमा प्रचनलमा रहेका पशुपति क्षेत्रको धर्म संस्कृतिमा समेत नकारात्मक असर पुग्ने पक्का छ ।
अर्को प्रशंग भनेको खोकनामा गरिएको प्रहरीको चरम दमन रहेको छ । खोकना वस्ती नै समाप्त गर्ने गरि फाष्ट टयाकको नाउँमा सडक निर्माणको नाउँमा खोकनावासीहरु घर जग्गा अधिकरण गर्न खोजे पछि यसको विरुद्धमा शान्तिपुर्ण तवरले विरोध गरेका खोकनावासीहरुलाई लाठ्ठी र अश्रुग्यास सहित गरिएको दमनले पनि वर्तमान गणतन्त्रवादी सरकारको नियत र योजना भनेको नै नेवा समुदायको अस्तित्वलाई समाप्त गर्ने हुन भनेर देखाई रहेको छ ।
यसरी अहिले यो कोरोना महामारी यस्तो भयावह समयमा पनि माथि उल्लखित घटनाहरुले नेवा समुदायको घरवार तथा वस्ती नै समाप्त गर्ने कार्यमा मात्र होइन नेवा समुदायको धर्म संस्कृति परम्परलाई पनि समाप्त गर्ने योजना रहेका छन् भन्ने कुरा त केही समय पहिले गणतन्त्रवादी सरकारले ल्याएको गुठी विधयेकको बिरुद्धमा जनता सकडमा उत्रेपछि विधयेक खारेज गरेको थियो । तर यही गुठी विधयेकलाई अहिले भूमी विधयेकको नाउँमा फेरि ल्याउने तयारी गरिरहेको छ । त्यसकोलागी जीवराम श्रेष्ठको संयोजकत्वमा गुठी सम्बन्धि अध्ययन तथा सुझाव दिने समितिको गठन गर्नु र भूमी सुधारमन्त्रीले गुठी विधयेक फेरि आउँछ भनेर भन्नुले वर्तमान सरकार नेवा समुदायको वस्तीको साथै धर्म संस्कृतिको साथै पूर्ण रुपले नेवा समुदायलाई विस्थापित गर्ने तयारीमा जोरतोर लागी रहेको छ भनेर बुझन अब गारो छैन ।
राजाले नेवा समुदायको राज्य कब्जा गरे, नाक काटे, राजतन्त्र हटेपछि आत्मनिर्णय सहितको नेवा राज्य हुन्छ भनेर गणतन्त्रवादीहरुले नेवा समुदाय र राजाको बिचमा रहेको एकतालाई समाप्त गरेर । आज राजतन्त्रको विस्थापनसंगै नेवा समुदायलाई पनि विस्थापन गर्ने कार्यमा लागी परेको छ । हिजो राजा र नेवा समुदायको एकतासंगै नेवा समुदाय समृद्ध र सुरक्षित थियो । आज राजा नभएसंगै नेवा पनि समाप्तीको तरखरमा रहेको छ त्यसैले नेवा समुदाय पहिले झैं समृद्ध र सुरक्षित हुने हो भने अब नेवा समुदाय र राजाको एकता अनिवार्य र अपरिहार्य छ ।
कोरोना महामारीमा त रातो मछिन्द्रनाथमा खेलवाद, खोकनामा दमन पशुपतिमा नेवा वस्ती समाप्त गर्ने तथा गुठी विधयेक पुन ल्याउने जस्ता नेवा विरोधी कार्य गरिरहेका गणतन्त्रवादी विरुद्धमा अब गुठी विधयेक विरुद्ध नेवा समुदाय सडकमा आए झैं गणतन्त्रको बिरुद्धमा अब नेवा समुदाय सकडमा आउनु आवश्यक छ र राजतन्त्रलाई पुनस्थापित गर्नुछ । किनकी राजा र नेवा एकताले मात्र नेवा समुदाय र सुरक्षित र समृद्ध छन् भन्ने कुरा विगतको इतिहास र वर्तमान गणतन्त्रवादीहरुको कार्यले स्पष्ट गरिसकेको छ । सबैलाई चेतना भया ।

राजसंस्थाView All

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद […]

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना […]

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत […]

बाैध्द-गतिविधिView All

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ । शिलान्यासमा बौद्ध […]

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, […]

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज “धम्माचरिय” ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् । सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय […]

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर […]

राजनीतिView All

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन्। कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका […]

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]
/ राजनीति

प्रदेश सांसद शोभा शाक्यले भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला

साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्। ‘कोभिड […]

पुज्यपाद धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा

श्रद्धेय धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा भएकाे छ र श्रद्धेय धम्मवती गुरुमाबाट नवनियुक्त शहरी बिकास मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठजुलाई आशिर्वाद दिनु […]

सामाजिकView All

/ सामाजिक

चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने वाच डे २०२० मनाए

उपत्यका सहित नेपालमा रहेका चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने योजना सहित स्थापित चीभाः चैत्य संस्थाबाट गत शनिवार वाच डे २०२० मनाएका छन् । हन । वल्ड मोनुमेन्ट्स […]
/ सामाजिक

नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न

बुद्ध शान्त पार्क निर्माण समितिको आयोजनामा अनलाइनको माध्यमबाट नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । बौद्ध भजनको माध्यमबाट नयाँ प्रतिभा […]
/ सामाजिक

मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाढी पहिरो पिडित खाद्यान्न लगायतका सामाग्री वितरण

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल […]
/ सामाजिक

अनला वा अधिकमास एक महिनामा हुने मच्छेनारायण काे मेला काेराेना संक्रमणकले याे साल नहुने

चन्द्रमास अनुसार वर्षकाे ३५४ दिन र सौरमास अनुसार ३६५ दिन हुन्छ । याे गिन्ति अनुसार सौरमासमा वर्षकाे ११ दिन बढी हुन्छ भने प्रत्येक साढे दुई बर्ष पुग नपुग हुँदा एक […]
Go to Top