धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दाबाद

Main News
बिसन्तर शाक्य
राजा ज्ञानेन्द्रबाट दलहरुलाई प्रजातन्त्रलाई आफ्नो स्वार्थको लागी मात्र प्रयोग भइरहेको र नेपाली जनतालाई प्रजातन्त्रको उपभोग नपाएको भनिबक्सँदै प्रजातन्त्र टाठा बाठा र आर्थिक आर्जनकोलागी मात्र प्रयोग नगर भनेर दलहरुलाई चेतावनी दिइबक्सेको थियो ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजाबाट व्यक्त गरिबक्सेको सदासयलाई दुइतिहाईको अहँमतामा नेपालका प्रधानमन्त्री केपी ओलीले राजालाई धम्की दिंदै हामीले माघ १९ र जेठ १९ लाई बिर्सेका छैनौं । हामीलाई केही उपदेश दिएर हिडिरहेको छ भनेर राजालाई अपमान गर्ने कार्य गरेको थियो ।
यसरी राजाको अपमान गर्दा र धम्कि दिंदा पनि राजाले त्यसको जवाफ दिइबक्सेन । राजाले चाहीबक्सेको भए राजाले पनि हामीले पनि झापा काण्ड, टनकपुरकाण्ड, एमसीसी काण्ड, होली वाइन काण्ड, गुठी काण्ड, आदी काण्डहरु बिर्सेका छैनौं भनेर भन्न सकिबक्सन्थ्यौं । तर राजा र यी विदेशी दलाल नेताहरुको बीचमा फरक नै यही हो कि राजा सदैब देश र जनताको हितमा बोलीबक्सन्छ भने यी विदेशी दलाल नेताहरु आफ्नो स्वार्थकोलागी ।
तर राजाले केही बोल्नै नपर्ने गरि काण्डै काण्ड मच्चाइ रहेका गणतन्त्रवादीहरुको शासनमा फेरि प्रधानमन्त्री ओलीका प्रिय एवं सरकारी प्रवक्ता गोकुलप्रसाद बास्कोटा ७० करोड कमिसन माग्दैै गरेको अडियो सार्वजनिक भएको छ । त्यो पनि सबूत प्रमाण सहित ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता भनेर भनीरहेको समयमा तथा उनले नै सबैभन्दा स्वच्छ, इमान्दार एवं नैतिकवान भनेर भनिएका सरकारी प्रवत्ता बास्कोटाला नै भ्रष्टाचारमा सप्रमाण सहित पुष्ठि हुँदा यसमा प्रधानमन्त्रीको आलीको पनि सहभागीता रहेको छ कि भन्ने प्रश्न जनमानमा तिब्र भएको छ किनकी यस काण्डबारे प्रधानमन्त्रीलाई डेढ महिना अघि नै जानकारी गराइसकेको समाचार पनि सप्रमाण सहित आएको छ । त्यसैले त कमिशसनखोर गोकुलप्रसाद बास्कोटालाई राजीनामा मात्र गराएर कारवाही केही गरिएन । अझ सप्रमाणसहित गोकुलप्रसाद बास्कोटाको भ्रष्टाचारलाई उजागर गर्दा पनि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति मात्र होइन पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ घटनाले गणतन्त्र भनेको नेपाल र नेपालीहरुको लागी कति घातक छ भनेर देखाइरहेको छ ।
हुनत यी गणतन्त्रवादीहरु कति सम्म देश र जनतामारा छन् भन्ने कुरा तकेही समय अघि मात्र ललितनिवास काण्डमा नेकपाका प्रवक्ता बिष्णु पौडेलले सरकारी जग्गा हडप्डा जग्गा फिर्ता दिएको भनेर कारवाही गरिएन । सरकारी जग्गालाई व्यक्तिगत बनाउन निर्णय गर्ने पुर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई मन्त्रीपरिषदको निर्णयलाई अख्तियारले हेर्न नमिल्ने कानून बनाएर बचाए । त्यसैगरि सरकारी निकायमा रहेका व्यक्तिहरुले भ्रष्टाचार गरे ५ बर्ष भित्र अनुसन्धान गर्नुपर्छ । ५ बर्ष पछि मुद्धा लाग्दैन भनेर कानून बनाएर नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्ने कार्यमा लागेका कम्युनिष्ट शासन भनेको नेपाल र नेपालीहरुकोलागी होइन नेता तथा उनका कार्यकर्ताहरुकोलागी मात्र हो भन्ने कुरा त निर्मला हत्या काण्ड, वाइदी काण्ड, फोर जी काण्ड, बालुवातार काण्ड, गोकुल काण्ड आदीले स्पष्ट गरिरहेको छ ।
त्यसैले त राजाले आफ्नो सन्देशमा प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा भल्कनु पर्दछ । प्रजातन्त्र कुनैं अलंकार नामान्तरण वा रुपान्तरण मात्र होइन त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ । राष्ट्रको प्रतिष्ठा प्रवद्र्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो ।” भनेर भनिबक्सेको थियो । वास्तवमा नै आज प्रजातन्त्र नेपाली जनताकोलागी होइन गणतन्त्रवादी नेता तथा कार्यकर्ताहरुकोलागी मात्र हो भन्ने कुरा त पत्रपत्रिका तथा सामाजिक संन्जालमा नेताहरुको विरोध गर्ने, उनीहरुको विरुद्ध लेख्नेलाई ५ बर्ष कैद वा १५ बर्ष कैद सजाय तोक्ने दुस्साहष गर्नुले पनि स्पष्ट गर्दछ ।
यसरी जनतालाई दुख दिइरहेको समयमा जनताको दुखमा साथ दिइ बक्सँदै राजाबाट आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्र हो भनेर दलहरुलाई घचघच्याइ रहेकोमा समयमा नेपाली जनताले पनि राजाको हस्तेमा हाइस्ते गर्नु आवश्यक रहेको छ ।
वर्तमान गणतन्त्रको शासकहरुले जनताको मौलिक हक अधिकार मात्र होइन नेपाली जनतालाई जनता पढेर शिक्षित हुन नपाओस भनेर राणाकालीन समयमा झैं शिक्षालाई जनताबाट बन्चित गर्न १० प्रतिशत कर किताबमा राखिदिएको छ । त्यत्तिले मात्र नपुगेर नेपाली जनता गणतन्त्र विरुद्ध आवाज बुलन्द गर्न नसकोस् सदैब कमजोर होस भन्ने योजना सहित नेपाली जनताले आफ्नो पुर्खाको सम्पत्ति हस्तान्तरण गर्दा पनि कर लगाएका छन् । दैनिक मजदुरी गर्ने कामदारको कमाइमा कर लगाएका छन, आज त्यस्तो कुनै क्षेत्र छैन जहाँ कर तिर्नु पर्दैन । अहिले जनता मरे मरोस तर हामीलाई कर तिर भनेर जनतालाई लुटी रहेका छन् ।
त्यसैले त राजाले आफ्नो सन्देशमा भनिबक्सेको प्रजातन्त्र केही टाठा बाठाका निमित्त मात्र होइन, केही आर्थिक स्वार्थका लागि मात्र होईन ः प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनु पर्दछ । तर आज ठीक यसको विपरित प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुकुल र भ्रष्टाचारकोलागी, जनतामारा करकोलागी, विदेशी दलाली गर्नुलागी मात्र उपयोग गरिरहेका छन् भन्ने कुरा त प्रचण्डले हिजो मात्रै नेपालमा कम्युनिष्टहरुको अवसान हुदैछ भनेर भन्नुले पनि स्पष्ट हुन्छ ।
त्यसैले अब त अति नै भयो यो  काण्डै काण्डकाे गणतन्त्रको शासन । अब यसको अन्त आवश्यक छ । र राजाले हाम्रो भौगोलिक, सामाजिक, सांस्कारीक र मौलिक मान्यता बुझेर अघि बढून् । प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी कार्यमा लागौं भनिबक्से झैं नेपाली जनता पनि राजतन्त्र पुनस्थापना गर्ने कार्यमा लागौं र राजा र जनताको सहभागी , सहकार्यले मात्र नेपाल र नेपालीहरुको अस्तित्व, पहिचान, सुख शान्ति, समृिद्ध, , एकता एवं सुरक्षित हुन्छ भन्ने कुरा ऐना झैं छर्लग भइसकेको छ । तसर्थ अब नेपाली जनताले गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दाबाद भन्दै सडकमा आउनु पर्दछ । सबैलाई चेतना भया ।

भिक्षु आनन्दलाई बहिस्कार कहिले सम्म ?

Main News
बिसन्तर शाक्य
भगवान बुद्धले धम्मपदमा आज्ञा हुनु भएको छ “बैरभावले वैरभाव कहिल्यै शान्त हुँदैन अवेरभावले मात्र वैर भाव शान्त हुन्छ । ” शाक्युमनीको यस महान उपदेशलाई आज उहाँकै अनयायी भिक्षुहरुले अनुशरण गर्न सकिरहेको छैन भन्ने कुरा भिक्षु आनन्दले आफ्नो गल्तिलाई स्वीकार्दै पटक पटक क्षेमा याचना सहितको पत्र भिक्षुमहासंघलाई पठाईसक्दा पनि कुनै सुनुवाई नगरी वैरभाव राखी भिक्षु आनन्दलाई बहिस्कार गरिराखेको कार्यले देखाइरहेको छ ।
बुद्धभूमी नेपालमा आज भिक्षुहरुको संख्या हेर्ने हो भने ३ सय जना भन्दा बढी छैन जुन बुद्धभूमीकोलागी नै दुःखदायी कुरा भइरहेको समयमा भएका भिक्षुहरुको बिचमा पनि वैरभाव राखेर बहिस्कार गरेर एकआपमा मनमुताव राखेर जग हसाइरहेको छ ।
२०७३ साल देखि भिक्षु महासंघले भिक्षु आनन्दलाई बहिस्कार गरेको थियो । अहिले २०७६ सालको अन्तमा पुग्न लागी सकेको छ । यस बिचमा भिक्षु आनन्दले पटक पटक क्षेमा याचना सहितको पत्र पठाईसकेको छ भने उपासक उपासिका, बौद्ध संघसंस्थाहरुले पनि भिक्षु आनन्दलाई लगाइएको बहिस्कारलाई हटाएर भिक्षुसंघमा सामेल गर्न पत्राचार गरिसकेको छ । तर कसैको पनि कुरालाई वर्तमान भिक्षुमहासंघ भने झैं कानमा तेल हालेर बसीरहेका छन् । के यो बुद्धशिक्षा अनुरुपको कार्य हो ? आज भिक्षुमहासंघले विचार गर्नु पर्दछ ।
भिक्षु आनन्दका गुरु एवं युगपरुष संघनायक स्व. भिक्षु अश्वघोष महास्थविरकै चाहना बमोजिम भिक्षु आनन्दले संघनायक भन्तेबाट क्षेमा याचना गरेको पत्र भिक्षु महासंघलाइ पठाएमा संघमा पुनबहाली तुरन्तै हुने आज्ञा भए बमोजिम संघनायकसंग क्षेमा याचनापछि संघनायकबाट नै भिक्षु आनन्दलाई पुनबहाली गर्न निर्देशन गर्नु भएको पत्रलाई समेतलाई वेवास्ता गरेर संघनायक भन्तेको अगौरब एवं अपमान गरेको छ ।
संघनायक स्व. भिक्षु अश्वघोष महास्थविरबाटै भिक्षु आनन्दलाई बहिस्कार नगर्न पत्राचार गर्दा पनि भिक्षु आनन्दलाई बहिस्कार गर्ने कार्यलाई भिक्षु महासंघले निरन्तरता दिनुले शाक्यमुनी बुद्धले धम्मपदमा “ मलाई कुट्यो, मलाई गाली गरयो, मेरो लग्यो, मेरो अपमान भयो भनेर बारम्बार मनमा राख्नेको वैरभाव शान्त हुन्दैन ” भनेर आज्ञा हुनु भए झैं आज भिक्षु महासंघ पनि यही रोगबाट ग्रष्ट भएको देखिन्छ ।
( हुनत मलाई पनि संघनायक गुरु अश्वघोष भन्तेले आनन्दलाई बहिस्कार गर्ने कार्य अब पुग्यो उसलाई भिक्षुसंघमा पुन समावेस गरेको हेर्न मन छ भनेर भन्नुभएको कुरा म झलभल सम्झिरहेको छु अर्थात संघनायक भन्तको अन्तिम इच्छा नै भिक्षु आनन्दलाई भिक्षुसंघमा पुन सामेल गर्नु थियो ।)
भगवान बुद्धलाई ३ पटक मार्न खोज्ने देवदत्तलाई माफी दिनु भयो । सारीपुत्र महास्थविरले आफुलाई कुट्न आउने ब्राम्हणलाई माफी मात्र होइन उसलाई पिट्न आउने उपासकहरुलाई समेत गाली गरेर पठाउनु भयो । यसरी “ क्रोधलाई मैत्रीले, असत्यलाई सत्यले जित्ने ” शिक्षाको प्रणेता शाक्यमुनी बुद्धको अनुयासी भिक्षुहरुमा म , मेरो , मलाई भन्ने अहँमताले भरिपूर्ण भएको देखिएको छ । यदी भिक्षुमहासंघ नै आफ्नो सदस्यले माफी माग्दा माफी नदिई अहमता देखाउने हो भने भिक्षुहरुले दिने उपदेशलाई गृहस्थीहरुलाई कसरी लिने र कसरी सम्झाउने ?
भिक्षुृ आनन्दले गल्ती गरयो होला , गल्ती मानिसबाटै हुन्छ पनि तर ताली एक हातले बज्दैन भन्ने कुरालाई पनि नकार्नु हुँदैन । तैपनि भिक्षु आनन्दले गल्ती नै गरेको भए ३ बर्ष सम्म उनलाई बहिस्कार गरेर दण्ड त दिइसकेको छ र उसले भोगी सकेको छ भने अहिले सम्म केका लागी यो वैरभाव हो ? के भिक्षु महासंघले एकपटक बहिस्कार गरेपछि आजिवन नै बहिस्कार गर्ने नियम हो कि ? बौद्ध जगतलाई जवाफ दिनु पर्दछ भिक्षु महासंघले ।
होइन भने किन भिक्षु आनन्द स्वयं संघको समक्ष गएर क्षेमा याचना गर्दा पनि वेवास्ता गरिएको छ ? पटक पटक माफी माग्दा पनि माफी नपाउनुको कारण के हो यसको पनि जवाफ भिक्षु महासंघले दिनु पर्दछ । होइन भने यसरी आफुखुसी गर्ने अधिकार भिक्षुमहासंधलाई अधिकार छैन ।
यसरी लिखित मौखिक रुपमा आफु नतमस्तक भई क्षेमा याचना गर्दा पनि सहानुभूति समेत देखाउन नसक्न्ो भिक्षु संघको कार्यले संसारलाई धर्म, नैतिकता, मैत्री करुणा तथा शान्तिको शिक्षा दिने भिक्षुसंघ कतै आफ्नै मार्गबाट भत्किएर अतिवादी, अशान्तिवादी महासंको दर्जामा त गएन ? सोच्नु आवश्यक छ
भिक्षु महासंघ कुनै दल, संघसंस्था होइन , यो विशुद्ध धार्मिक संस्था हो । निर्वाण प्राप्त गर्न आफ्नो परिवार, घरवार त्याग गरेर भिक्षु भएर उपासका उपासिकाहरुको दानबाट आफ्नो जिविका चलाउनु पर्ने भिक्षुहरुको चरित्र नै यस्तो भएमा यसले भिक्षुहरुको बदनाम हुने् मात्र नभई बुद्ध शासनलाई हानी गर्नेछ ।
तसर्थ भिक्षु महासंघले भिक्षु आनन्दबाट पठाइएको माफीपत्रलाई गम्भिरपुर्बक लिएर भिक्षुमहासंघबाट के कस्तो प्रकृया अपनाउनु पर्ने भए अपनाएर तत्काल भिक्षु आनन्दलाई भिक्षुसंघमा सम्मिलित गराउनु पर्दछ । होइन यसरी नै वैरभाव र अहमता राखेर बसिरहे भिक्षुसंघ र बुद्धशासनलाई नै हानी पुरयाउने निश्चित छ ।
आखिर भिक्षु आनन्द पनि घरवार परित्याग गरेर श्री लंकामा बुद्ध शिक्षा अध्ययन गरेर देश विदेशमा बुद्ध शिक्षालाई प्रचार गरिरहेका एक सक्षम र सबल भिक्षु हुन । पुर्वसभासद जस्तो भइसकेको यस्ता सबल र सक्षम भिक्षुलाई बहिस्कार गरेर संघलाई फाइदा होइन बेफाइदा नै हुनेछ । तसर्थ संघको यस्तो असहिष्णु व्यवहारले अन्तत संघमा नै घात प्रतिघात, आन्तरिक कलह भएको संघको रुपमा जनमानसमा उजागर हुनेछ ।
त्यसैले बुद्धले “ एकदिन मर्नु पर्छ भन्ने विचार गर्ने वित्तिकै कलह शान्त हुन्छ” भनेर आज्ञा हुनु भए झैं भिक्षुमहासंघले आफ्नो गरिमा, गौरब र संघको चरित्रलाई अनुसरण गर्दे माफी मागीसकेका भिक्षु आनन्दलाई तत्काल माफी दिएर भिक्षुमहासंघमा सामेल गराउनु नै आजको आवश्यकता हो । बुद्धशिक्षाको चरित्र हो । नत्र भिक्षु महासंघको औचित्यमा माथि नै प्रश्न चिन्ह उठ्नेछ र यसको जवाफदेहीता स्वयं भिक्षुमहासंघ नै हुनेछ । र “सुखा संघस्स समागम” भन्ने बुद्धको उपदेशको नै अपमान हुनेछ । सबैलाई चेतना भया ।





नेता देखि लिएर उच्च पदस्थ व्यक्तिहरुले भगवान बुद्धलाई अन्तरास्ट्रिय सम्बन्ध स्थापना गर्ने माध्यम मात्र बनाईरहे

Main News
बिसन्तर शाक्य
बुद्ध जन्मेको देश भनेर गर्वसाथ छाति फुलाएर विदेशमा भन्छौं र घाँटी सुक्ने गरि प्रचार गर्छौं तर जहाँ बुद्ध जन्मिए हुन् त्यहाँ नै बुद्धको अपमान हुन्छ भने अब प्रचार गर्नुको के सार्थकता छ र ? सुर्खेतको काँक्रे विहारमा विधिवत रुपमा प्रशासनको स्वीकार्यतामा स्थापना गरिएको भगवान बुद्धको मुर्ति बलजफ्ती पुलिस प्रशासनमा लगेर चोरलाई झैं सिक्रिले बाँधिएर राखिएको छ । यसलाई विधिवत रुपमा स्थापना गर्न कसैले पहल गरिएको देििखएको छैन ।
त्यसैगरि पश्चिम नेपालको रूपन्देहीम जिल्लामा गौतम बुद्धको इतिहाससँग जोडिएको एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएको छ। कपिलवस्तुको तिलौराकोटबाट माइती मानिने रूपन्देहीको देवदह जाँदा सिद्धार्थ गौतमकी आमा मायादेवी कुमारवर्तीमा बास बसेको किंवदन्ती अहिले पनि प्रचलित छ। मन्दिरमा मायादेवीको मूर्ति र एउटा प्राचीन इनार छन्। त्यसैगरि तिलोत्तमा नगरपालिकाले राखेका मुर्ति तोडफोड गरेको गरिएको थियो । गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धका मुर्ति तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याएको छैन ।
बुद्धकै नाम जोडेर सरकारले पर्यटन बर्ष २०२० र प्रदेश देश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाई रहेको अवस्थामा पुलिस प्रशासनमा लगेर चोरलाई झैं सिक्रिले बाँधिएर राखिए, बुद्धका मुर्ती तोडफोड तथा बुद्धको इतिहाससँग जोडिएको मानिने एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएकोको घटनामा प्रदेश सरकार, लुम्बिनी विकास तथा बौद्ध जगत मौन रहेको छ ।
त्यसैगरि बुद्धको जन्मस्थल लुम्बिनीमा विदेशीले चढाएका मुद्रा नेपाल राष्ट्र बैंकले विनिमय नगर्ने भएकोले गर्दा लुम्बिनीमा स्वदेशी तथा विदेशीले चढाइएका स्वदेशी र विदेशी कैयौं नोट धुजाधुजा भएका छन। कुनै कुनै मुलुकको एउटै नोट एक लाखसम्मको छ । दानबाट संकलित १९ करोड रुपैयाँभन्दा धेरैका विदेशी मुद्रा कागजको खोस्टो सरह बनीरहेका छन् । सरकारले श्रद्धापूर्वक चढाएका मुद्राहरुलाई सतही गरि लुम्बिनी विकासमा लगाउनु पर्नेमा उल्टै सटही नै नगरी करोडौं भेटीलाई खेर फालेर लुम्बिनीमा भेटी नचढाओस भन्ने षडयन्त्र गरिरहेका छन् ।
त्यसैगरि सिद्धार्थ गौतमको जन्मस्थलको अकाट्य प्रमाणको रुपमा रहेको विश्वसम्पदा सूचीमा सूचीकृत २२ सय ५० वर्ष पुरानो पुरातात्विक र धार्मिक महत्वको बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको अशोक स्तम्भमा क्षयीकरणको खतरा देखिएको छ । स्तम्भमा त्यस क्षेत्रको बिग्रँदो वातावरणीय प्रभाव पर्दा स्तम्भ खिइन थालेको छ । लुम्बिनी क्षेत्रमा बढ्दो प्रदूषण र सिमेन्ट कारखानाबाट आउने हानिकारक कण टाँसिएर स्तम्भमा रासायनिक प्रतिक्रियाबाट क्षयीकरण भइ मक्किन थालेको विज्ञहरुले बताइरहेका छन् । खुला आकाशमुनि रहेको स्तम्भमा चढाइएका पूजा सामग्री, प्रसाद, ‘परफ्युम’ र तेलका कारण पनि नकारात्मक असर स्तम्भलेखमा पुगेको देखिन्छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने ठोस प्रमाण यही अशोक स्तम्भ हो । जसमा ब्राह्मी लिपि र पाली भाषामा गौतमबुद्धको जन्म यही स्थानमा भएको उल्लेख गरिएको छ । तर, अहिलेसम्म सरकारले कुनै कदम चालेको छैन । लुम्बिनी विकास कोष मुकदर्शक मात्र बनिरहेको छ । न त सिमेन्ट कारखाना नै अन्यत्र सारिएको छ ।
नेपालका नेताहरु देखि लिएर उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा बुद्धको मुर्ति नै उपहार दिन पछि पर्दैन, शान्तिको बिषयमा बोल्दा भाषण दिंदा बुद्ध कै नाम लिन पछि पर्दैन तर स्वदेश मै बुद्धको अपमान गरिंदा कोहि बोल्दैन? आखिर किन? किन भने यी नेता देखि लिएर उच्च पदस्थ व्यक्तिहरुले भगवान बुद्धलाई अन्तरास्ट्रिय सम्बन्ध स्थापना गर्ने माध्यम मात्र बनाईरहेका छन् ।
यसरी बुद्धभूमीलाई देखावति रुपमा वर्तमान सरकारले प्रचार गरेर साथ दिएको जस्तो गरेर भित्रभित्रै बुद्धधर्मलाई समाप्त गर्ने कार्य तर्फ अग्रसर भइरहेको देखिएकोछ भने भारतले बुद्धभूमीलाई आफ्नो बनाउन षडयन्त्र गररहेको समयमा अहिले भइरहेको गतिविधिले कतै लिपुलेक झैं लुम्बिनीलाई पनि भारतीय बनाउने कार्यमा सहयोग गरि रहेको छैन भन्ने शंका पनि रहेकोले यस तर्फ सबै बौद्ध जगत सजग र सर्तक हुनु आवश्यक रहेको छ । सबैलाई चेतना भया ।

जुन कामको फल भोग गर्दा आँसु बहाई पछुतो गर्नु पर्ला, त्यस्तो काम सज्जनले नगर्नु नै बेस हो

Main News
बिसन्तर शाक्य
भगवान बुद्धले भन्नु भएको छ कि असारलाई सार मान्ने मिथ्यादृष्ठि भएका ब्यक्तिलाई सार वस्तु कहिल्यै प्राप्त हुँदैन । आज बुद्धभुमी नेपालमा देश र जनताको हित हुने कार्य भन्दा पनि नेता र उनका कार्यकर्ता तथा विदेशीहरुलाई फाइृदा हुने काम मात्र गर्ने भइरहेकोले गर्दा आज सुमृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउन सकेको छै्न ।
आज सामाजिक संजाल तथा नेपाली जनजिब्रोमा एउटा कुरा अत्यन्तै प्रचलित भएको छ त्यो हो ः देशकोलागी लड्ने मान्छे शहीद भए देशद्रोही पो मेरो देशको मालिक भएछ । यसरी समृद्ध नेपाल र सुखी नेपालीको सपना देखेका नेपाली जनताको जनजिब्रोमा तथा समाजिक संजालमा भाइरल भएको यो भनाईले आजको नेपालको वास्तविक अवस्थालाई चित्रण गरिरहेको छ ।
हुन पनि आज नेपालको भूभाग लिपुलेक आदीलाई भारतले आफ्नो घोषणा गरेर आफ्नो देशको मानचित्रमा उल्लेख गर्दा पनि नेपाल सरकार लाचार भएर मौन बस्नु तथा अहिले फेरि एम.सि.सि.को काण्डले देशलाई तताइरहेको छ । सरकारीपक्षको बिचमा नै यो एम.सि.सि.लाई पारीत गर्नु हुन्छ र हुन्न भनेर विभाजित भइरहेकोछ भने सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र प्रतिपक्षका नेता शेरबहादुर देउवा यसलाई तत्काल पारीत गर्नु पर्नेमा जोड दिइरहेका छन् । यसरी देशमा नेतृत्व गरिरहेका व्यक्तिहरुको बिचमा कोही एम.सि.सि. भनेको देशद्रोही कार्य भनिरहेका छन् भने कोही देशको हितकोलागी भनेर भनिरहेका छन् । तर वास्तविकता के हो भनेर जनतालाई बुझाउने काम भने कसैले गरिरहेको छैन ।
राजतन्त्र नै देशकोलागी बाधक एवं नेपाल र नेपालीहरुको विरोधी समान्त भनेर राजतन्त्रलाई हटाएर गणतन्त्रको स्थापना भएको नेपालमा आज अन्योलता, हत्या हिंसा, भ्रष्टाचार, कालोबजारी, विदेशी दबदबा तिब्र भएको छ । हालै कान्तिपुर दैनिकमा प्रकासित समाचारमा चीनसंगको सुपुर्दगी सन्धि अमेरीकोको दवाव पछि रोकियो भनेर लेखेको छ । यस समाचारले नेपालको सरकार र नेपाल र नेपालीको लागी नभएर विदेशीबाट परिचालित हुन भनेर स्पष्ट रुपमा देखाएको छ ।
त्यसैले बुद्धले धम्मपदमा आज्ञा हुनु भएको छ ः
भरसक आफुभन्दा गुणी मानिसको सत्संगत् गर्नु, नभए आफु समानको सत्संगत् गनर्’ तर आफुभन्दा दुर्गुणीको संगत् कहिल्यै नगनर्’ु यस्ताको संगत गर्नु भन्दा त सुदृढ मन राखी एक्लै हिंड्नु जाति छ ।
हिजो हामीले देश र जनताको अभिभावक, नेपाल निर्माता एवं गुणी राजतन्त्रको साथ छोडेर सत्ता र भत्ताकोलागी देश र जनतालाई नै बेच्न तयार हुने दुर्गुणी गणतन्त्रवादी सरकारको साथ दिएको कारणले गर्दा आज दुख पाउन बाध्य भएका छन् । त्यसैले बुद्धले भन्नु भएको छ ः
जुन कामको फल भोग गर्दा आँसु बहाई पछुतो गर्नु पर्ला, त्यस्तो काम सज्जनले नगर्नु नै बेस हो । तसर्थ हिजोको गल्तिले गर्दा आज नेपाली जनता आँशु बहाई पछुतो गर्नु परेको हुँदा यसलाई सच्याउनु अत्यन्तै जरुरी छ । त्यसकोलागी अब यी गणतन्त्रवादीहरुलाई तह लगाउन र देश र जनतालाई बचाउन राजतन्त्रको पुनस्थापनाको कार्य गर्नु पर्दछ ।
होइन भने अहिले एम.सि.सि. पारीत भए नेपालमा अमेरीक सैनिकहरुले अखण्डा बनाएर देशलाई अफगानिस्थान, इराक बनाउने भन्ने जुन हल्ला छ , देशको भूभाग मिच्दा पनि केही बोल्न नसक्ने अवस्था छ र विदेशीको दवावमा नेपाले सन्धि समेत गर्न नसक्ने भन्ने खबर छ त्यसले नेपाल पूर्ण रुपले परतन्त्र भईसकेको छ भने । देश भित्र कै कुरा गर्ने हो भने , सुन काण्ड, वाइडी काण्ड, बालुवातार काण्ड, टुडिखेल काण्ड, महराकाण्ड काण्ड जस्ता काण्डै काण्डले देशलाई जर्जर बनाइरहेको छ। त्यसैगरि विकासको नाउँमा स्थानीयवासीहरुको घरबारबाट उठीवास गर्ने, गुठी विधयेक मार्फत धर्मसंस्कृतिलाई समाप्त गर्ने, होली वाइन काण्डले देशमा आफ्नो परम्परा, धर्मलाई मासेर विदेशी धर्म संस्कृतिलाई भित्र्याउने, इतिहासलाई मेटेर आफ्नो इतिहास लेख्ने जस्ता कार्यहरुले नेपालको अस्तित्व, पहिचान, स्वतन्त्रता सबै समाप्त हुने तरखारमा रहेको छ । त्यसमा पनि आफ्नो विरुद्ध केही बोल्न नसकोस भनेर संचार विधयेक मार्फत दण्डको व्यवस्था गर्नु र करको बोझले जनतालाई मार्ने गणतन्त्रान्त्रिक व्यवस्था नै नेपाल र नेपालीको उपयुक्त छैन । नेपाल र नेपालीकोलागी राजतन्त्र सहितको व्यवस्था मात्र उपयुक्त छ भनेर स्पष्ट रुपमा देखिसकेको अवस्थामा अब समयलाई खेर नफाली देशलाई बचाउन राजतन्त्रको पुनस्थापित गर्नै कार्यमा नेपाली जनता लाग्न्ुा पर्दछ । सबैलाई चेतना भया ।

मेयर शाक्यको कार्यलाई भक्तपुर ,ललितपुर लगायत सबै मेयरहरूले अनुशरण गर्नु पर्दछ

Main News
बिसन्तर शाक्य
विश्वशान्तिका नायक एसियाका ज्योति महामानव शाक्युमनि शुद्धको उपदेश आज अशान्त रहेको मानव जगतकोलागी अपरिहार्य भएको सबैले महशुस गरि विश्वमा बुद्ध शिक्षालाई प्रचार प्रशार तथा अनुशरण गरिहेकोछ । तर बुद्ध भूमी शाक्यमुनी बुद्धको उपदेश देशभर फैलिएर देश नै बौद्ध देश हुनु पर्नेमा आज बुद्ध शिक्षाको प्रचार प्रशार गर्न समेत सरकारको सहयोग नभइरहेको समयमा काठमाडौं महानगरपालीका मेयर विद्या सुन्दर शाक्यले नेपालमा बुद्ध शिक्षा प्रचार गर्न अत्यन्तै महत्चपूर्ण एवं विगत ५६ बर्ष देखि बौद्ध परियत्ति शिक्षाको नाउँमा देशभर नै बुद्धशिक्षालाई अध्ययन अध्यापन गराईरहेको नेपाल बौद्ध परियत्ति शिक्षालाई २३ लाख ६५ हजारको आर्थिक सहयोग गर्नु भएको खबरले बौद्ध जगतमा केही आसा पलाएको छ ।
अखिल नेपाल भिक्षु महासंघबाट संचालित परियत्ति केन्द्रको हाल नेपाल अधिराज्यभर बर्षेनी ५ हजार भन्दा बढी विद्यार्थीहरुबाट परिक्षाकोलागी आवेदन दिने गरेका छन् र परिक्षा दिइरहेका छन् भने अहिले २२ भन्दा बढी जिल्लाहरुमा परियत्ति संचालन भइरहेका छन । विगत ५६ बर्ष देखि निशुल्क पुस्तक, निशुल्क पढाई तथा विना पारिश्रमिक शिक्षकहरुले मानव कल्याणकोलागी बुद्ध शिक्षालाई प्रचार गर्दै आइरहेका थिए । परियत्ति संचालनको लागी अत्यावश्यक खर्च चन्दा र दाताहरुको यथा श्रद्धामा चल्दै आएका थिए । यसरी कुनै श्रोतसाधन विहिन भएर पनि ५६ बर्ष देखि निरन्तर निस्वार्थ मानव कल्याणको लक्ष्य सहित संचालित नेपाल बौद्ध परियत्ति शिक्षाले जुन गति लिनु पर्ने हो त्यो श्रोत साधनको अभावमा गर्न असफल भइरहेको थियो । तर यसलाई साथ दिएर वृहत निरन्तरता गर्नु पर्नेमा यस तर्फ सरकारले कहिल्यै ध्यान दिएको थिएन ।
आज नैतिक शिक्षाको अभावमा मानव जगत हत्या हिंसा, चोरी, डकैती , बलात्कार जस्ता जघन्य अपराधहरु बढीरहेका छन् । परिवारमा आफ्नो स्वार्थको लागी जन्मदिने आमा बुबालाई बृद्धाश्रममा राख्ने, घरबाट निकाल्ने जस्ता कार्य तिब्र भइरहेको छ । आज प्रत्येक व्यत्ति, परिवार, समाज र देश मात्र होइन विश्व नै अशान्त रहीरहेको समयमा बुद्ध शिक्षा मार्फत व्यक्ति , परिवार ,समाज , देश तथा विश्वमा नै शान्ति सुख, समृद्धि एवं मानवताको शिक्षा दिने बुद्ध शिक्षालाई जतिसक्यो त्यत्ति प्रचार गर्नु आजको आवश्यकता हो । यस्तो महत्वपूर्ण शिक्षाको महत्वलाई शासकहरुले नबुझीरहेको समयमा बुद्धवंशमा नै जन्मेका काठमाडौं महानगरपालीका मेयर बिद्यासुन्दर शाक्य तथा गुजेश्वरी श्रेष्ठ , महानगरपालिका रामेश्वर श्रेष्ठ , तारापति खरेल , शाखा अधिकृत, शिक्षा विभाग, को अथक प्रयास एवं मेहनतले काठमाडौं महानगरपालिकाले परियत्तिको बार्षिक खर्च स्वरुप २३ लाख सहयोग गर्नु र यसलाई निरन्तरता दिने घोषणा गर्नु भएको देख्दा वास्तवमा नै शासकहरु बेइमान भए पनि मानव कल्याणकारी शाक्यमुनी बुद्धको शिक्षाको महत्व, आवश्यता र औचित्यलाई उहाँहरुले बुझ्नु भएकोमा उहाँहरुलाई बढाई तथा धन्यवाद दिनु हामी सबै कर्तब्य हो ।
मेयर शाक्यले परियत्तिकोलागी मात्र नभइ हालसम्म बुद्ध विहार पुननिर्माणको लागी १ करोड ,अन्तराष्टिय ध्यान केन्द्रको धम्म हलकोलागी ७० लाख तथा थप १ करोड १ लाख हस्तान्तरण गर्ने कार्यक्रम रहेको मात्र नभइ थेरवादी विहारहरुको विहारहरुको भौतिक विकास गर्न काठमाडौ महानगरपालीका सधैं तत्पर रहेको बताउनु भएको छ । उहाँ यस सद्कार्यमा सदैब अगाडी पाइला बढोस र बुद्धभूमीलाई वास्तवमा नै बुद्धभूमी बनाउन सफलता मिलोस् भन्ने शुकामना पनि व्यक्त गर्दछु ।
बुद्ध मानव कल्याणकारी मात्र नभएर नेपालको पहिचान र गौरब हुन भन्ने कुरा आज नेपाल भ्रमण बर्ष २०२०को सुरु भइरहँदा त्रिभूवन विमानस्थलमा नै बुद्धको मुर्ति स्थापना गरेर बुद्धभूमी नेपालमा स्वागत गर्दछ भन्ने शब्द र बुद्धमूर्तिले नै स्पष्ट गर्दछ । तसर्थ बुद्धशिक्षाको प्रचार गर्ने कार्य हरेक नागरिकको कर्तब्य हो त्यसमा पनि विशेष गरि सरकारी निकायका व्यक्तिहरुको दायित्व बढीरहेको हुन्छ । त्यसैले मेयर शाक्यले शुरु गर्नु भएको यस महान एवं पुण्य कार्यले व्यक्ति, परिवार, समाज र देशमा नै अशान्तिको बादल हटेर शान्ति सुखको वातावरण सृजना हुनेछ । त्यसैले मेयर शाक्यको कार्यलाई भक्तपुर ,ललितपुर लगायत सबै मेयर, प्रदेश प्रमखहरुले अनुशरण गर्नु पर्दछ ।
हुनत नेपालमा शाक्युमनी बुद्धलाई पनि आफ्नो स्वार्थकोलागी प्रयोग गर्ने नेताहरुमा तिब्र रहेको कुरा विदेशमा जाँदा बुद्धको कुरा गर्ने नेपाल फर्केपछि बुद्धलाई बिर्सने गर्दछ भने अहिले पनि भ्रमण बर्षकोलागी पनि बौद्ध देशमा प्रचार गर्न सरकारी निकाय पुग्नुले बुद्धको शिक्षाले मात्र होइन उहाँको नाम तथा बुद्ध शिक्षाको विकासले सम्पूर्ण देशवासी र देशलाई समृद्ध गर्न सक्दछ भन्ने कुरा पनि हो । त्यसैले बुद्ध शिक्षा प्रचार गर्ने बौद्ध परियत्तिलाई बार्षिक खर्चको साथै ५ करोडको एउटा अक्षय कोष सरकारले नै स्थापना गर्नुपर्दछ । त्यसैगरि बुद्ध शिक्षालाई प्रचार गर्ने सबै संघसंस्था, विहारहरुलाई पनि आवश्यक सबै श्रोत साधन सरकारबाट व्यहोनेै कार्य गर्नुपर्दछ । किनकी यो कुनै व्यक्ति वा संस्थाको लागी नभएर मानव जीवनलाई शान्ति, सुख मानव जीवन कल्याण गर्ने बुद्ध शिक्षाकोलागी हो । सबैलाई चेतना भया

राजसंस्था कसैको विरोध वा समर्थनको सवाल होइन यो मुलुकको वृहत्तर हितको लागी हाे

Main News
बिसन्तर शाक्य
गरीबको झुुपडीबाट सुरु गरिएको नेकपाको राजनीति आज किन गरीब जनतालाई तिरस्कार गर्दैछ ? जनतालाई सुरक्षा ढाल बनाएर विद्रोहको पहिलो पङ्तिमा राखिएका जनता आज किन जहिँको तहिँ छन् भने उनै जनताको प्रतिनिधि सहरमा महल बनाएर महंगा गाडी चढ्न सक्ने भए ? यसको एउटै जवाफ छः जब उनीहरु सत्तामा पुगे, उनीहरु सुकिलामुकिला भनिएका दलाल र भ्रष्टहरुको चंगुलमा फसिसके। जनप्रतिनिधिहरुलाई घेराबन्दीमा राख्न उनै तथाकथित ठूलाबडा नवधनाढ्यहरुको सेटिङमा बसेर काम गर्दा नै मनग्गे आम्दानी र सुखसयलको जिन्दगी बिताउन पाउने भएपछि नेताहरुले गाउँका गरीब किसानलाई किन सम्झिने ?
गाउँमा किसानका जग्गा बाँझै छन्। युुवाहरु सबै विदेशिएका छन्। खेतीपाती गर्न अत्यावश्यक पर्ने पानी, मल, बिउ किसानका खेतमा पुग्दैन। प्राविधिक र अनुुदान सच्चा किसानले भेट्दैनन्। स्वरोजगार गर्न चाहने युवाहरुले आवश्यक पर्ने प्राविधिक सहायता र अनुदानको रकम लिन महिनौँ दिन धाउँदा पनि पार्टीको सिफारिस र कमिसन नखुवाई प्राप्त गर्न सक्तैनन्।
आज भ्रष्टाचार र विकासवीचको फरक छुट्याउन नै नसकिने भयो। विकासको लक्ष जनता हुन् कि शासक वर्गको ठूलो कमाइधमाइको लक्ष हो बुझ्नै नसकिने भयो। विकासले जनताको आशा, विश्वास र आस्था बोक्न नै सकेन ।अरुतिर देश र जनताको बोझ शासकले लिन्छन्। नेपालमा शासकको बोझ देश र जनताले बोकिरहेका छन्।
चम्बलका डाकुले दिनदहाडै गाउँ लुटेका दृष्य हिन्दी सिनेमामा देखिन्थे। उस्तै जिउँदो दृष्य अहिले देशमा देखिएको छ। आफ्नै नेताले देश लुटिरहेका छन– । जसले धेरै लुट्छन् तिनै ठूला नेता भएका छन्। शासक बनेका छन– जनता उनीहरुलाई मान्न बाध्य भएका छन् ।
नेपाल झण्डै ११ खर्ब ऋणमा डुबेको छ। अब जन्मिने एउटा बच्चाले कम्तीमा ४० हजार सरकारी ऋण बोकेर जन्मिन्छ ।के गर्नु प्रतिपक्षी छैन। नेता छन्। कांग्रेसको अकर्मण्यता, बलियो निस्क्रियता र निस्तेज निरसताले जग हसाईरहेका छन् । आज मुलुकको कुनै अङ्ग स्वतन्त्रतापूर्वक काम गर्न सकिरहेको छैन। बुद्धिजीवीहरु प्रायोजित विषयहरू घोकेर र तिनैलाई लेखेर बसिरहेका छन्। मुलुकमा कुनै निकायले आम जनताको सम्मान र मर्यादा आर्जन गर्न सकिरहेका छैनन्। सबै असुरक्षित छन् ! सबै अमर्यािदत छन् । मुलुकको सबैभन्दा ठूलो दल र सत्तारूढ दलको अध्यक्ष युरोप, अमेरिका र अस्ट्रेलिया जाँदा थर्थरी भएर जानु पर्ने अवस्था छ। जहाँ गयो त्यही गिरफ्तार हुने प्रवल सम्भावना देखिन्छ। अनि कसरी बढ्छ मुलुकको अन्तर्रा्ष्ट्रिय सम्मान र प्रतिष्ठा ? कसरी गर्न सकिन्छ मुलुकको प्रभुसत्ताको रक्षा ?
त्यसैले सत्ता राजनीतिको अमर्या्दित प्रतिष्पर्धाबाट माथि उठेको सर्वोच्च संस्थाको आवश्यकता मुलुकले अनुभव गरेको हो ! राजसँस्थाको अपरिहार्यताको अनुभव त्यसैकारण गरिएको हो। यो मुलुकको वृहत्तर हितको सवाल हो। कसैको शौख, रूचि वा अरूचिको सवाल नै होइन। विरोध वा समर्थनको सवाल पनि होइन।यो कुनै लाभहानिको जोखना पनि होइन। मुलुकले राजनीति भन्दा माथिको सर्वोच्च तर संविधान अन्तर्गतको सँस्था खोजेको छ।
बुझ्नुपर्नेले बुझे हुन्छ, कुनै राजा महाराजासँग कुनै सम्वन्ध र सम्पर्क र स्वार्थ नभएका तर मुलुकको लागि राजसँस्था अपरिहार्य शक्ति हो भन्ने लाखौं मानिस नेपालमा छन्। तिनको कुनै संगठन छैन तर तिनको आवाज मुलुकका कुना कुनासम्म गुञ्जिरहेका छन्। तिनको भावनालाई प्रतिनिधित्व गर्न नसकेकैले मुलुकको दुईतिहाईको शक्तिशाली सरकारले पनि मुलुकमा स्थिरताको आभास गराउन सकिरहेको छैन। सत्ताधारीहरूबाट तिनका मर्म र संवेदनशीलतालाई कम आँकिनु हुन्न। बुझ्नु पर्दछ , ‘राजा आऊ देश बचाऊ’ भन्नेहरूको मनमा राजा होइन, मुलुक छ।
तसर्थ मुलुकको शान्ति, एकता र अखण्डता राजनीतिक दलहरूको अभिष्ठ हो भने अहिले मुलुकका राजनीतिक दलका नेताहरू, सरकार र सत्तारूढ दलका नेताहरू आम जनता माझ जुन हदमा अप्रिय छन, हिजोका हिंसा र मारकाटमा उनीहरूका भूमिकाका कारण मुलुक भित्र र बाहिर उनीहरूले जुन स्तरको असुरक्षाको अनुभूति गरिरहेका छन् त्यसबाट उनीहरूलाई संरक्षण दिन पनि राजसँस्थाले मात्रै सक्दछ। सत्तारूढ दल र सरकारले यस तर्फ सोचोस्। समय ढल्केपछिको सोचाइको परिणाम अत्यन्तै भयनाक हुन्छ भन्ने कुरा जान्न धेरै टाढा जानु पर्दैन। हाम्रै इतिहास पनि काफी छ। विभिन्न लेखहरुको आधारमा तयार पारीएको

रातो र चन्द्र सुर्य जंगी निशास हाम्रो ” भन्ने गीतमा जोशकासाथ राजाको नृत्य मनोरन्जन गर्न हो कि देशको भूभाग गुमेको पीडा

Main News
बिसन्तर शाक्य

गत हप्ता सामाजिक संन्जालमा राजा ज्ञानेन्द्र सहित राज परिवार एक डिस्केमा नाचिरहेको दृष्यले हलचल नै मचाईदिएकोछ । युवाहरुको मनपर्ने स्थल डिस्को जहाँ अंग्रेजी तथा हिन्दी संगीतमा युवाहरु रमाईरहने स्थानमा राजाको आमनसंगै देशभक्तिको गीतले गुन्जिएको मात्र होइन विदेशी संगीतमा रमीरहेका आजका युवालाई देशभक्तिमा रमाउन सफल भएको थियो राजा ज्ञानेन्द्र ।
राजाको अचानक डिस्कोमा पुग्नु र देशभक्ति संगीतमा आफु पनि नाच्नु र युवाहरुलाई पनि नचाउनुलाई विभिन्न व्यक्तिहरुले आआफ्नै ढंगले विश्लेषण गरे । कसैले दुखमा पनि हास्न सक्ने महान व्यक्ति भनेर प्रशंसा गरे भने कसैले राजा जस्तो व्यक्ति डिस्को जस्तो स्थानमा यसरी नृत्य गर्नु नराम्रो भएको तिप्पणी गरे ।
जसले जस्तो सुकै टिप्पणी गरे पनि “रातो र चन्द्र सुर्य जंगी निशास हाम्रो ” भन्ने गीतमा जोशकासाथ राजा र राजपरिवारको नृत्यलाई राजाले मनोरन्जन गर्न मात्र गरिएको हो कि देशको भूभाग गुमेकोको पीडा पोखेको हो भन्ने पनि प्रश्न उठेको छ ।
अहिले नेपालको भूभाग लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समेतेर नयां नक्सा जारी गरि नेपाली भूभाग कब्जा गरिरहेको समयमा आफुलाई नेपाल र नेपालीको रक्षक भन्ने गणतन्त्रवादी सरकार र नेताहरु भारत विरुद्ध केही गर्न नसकिरहेको अवस्थामा रहेकोछ । उनीहरुले खाली विज्ञप्ति निकाल्ने र जनताको आँखामा छारो हाल्न सर्वदलीय बैठकको नाटक मात्र गरे । तर नेपालबाटो खोसिएको भूभाग फिर्ता लिन कुनै ठोस कदम त के भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिने आँट र हैसियत समेत भएन यी गणतन्त्रवादी सरकार र नेताहरुमा । यति मात्रले नपुगेर देशको भूभागलाई बचाउने कार्यमा लाग्नु पर्नेमा उल्टै राजा महेन्द्रले उक्त भूभाग भारतीयलाई दिएको भन्दै काःपनीक कुराहरु ल्याएर राजालाई दोष दिएर गुमेको भूभाग भारतलाई दिने षडयन्त्रमा लागे गणतन्त्रवादीहरु
यसरी देशको भूभाग गुम्दा पनि भारतले नेपाली भूभाग कब्जा गर्दा पनि लाचार बनीरहेको मात्र होईन राजतन्त्रलाई नै दोष दिएर भारतीय कार्यलाई समर्थन गरि देश र जनतालाई धोका दिने दुस्साहस गरि वर्तमान गणतन्त्रवादीका सरकार र नेताहरुले देश र जनताप्रति गरिरहेको गद्दारीको प्रतिकारको रुपमा राजाले मध्यराती डिस्को गएर आफ्नो नृत्य मार्फत “ हिमाल झै अटल यो झुकेन यो कहिल्यै, लत्रेन यो कहिले जङ्गी निशान हाम्रो, यो जन्मदै जगतमा कयौ प्रहार आए, साम्राज्य दुई हारे हारेन यो शान हाम्रो, रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो, जिउंदो रगत श्री यो वल्दो यो शान हाम्रो रातो र चन्द्र सुर्य ” भन्दै नेपालको इतिहासलाई सम्भmाउन र राजतन्त्रको चाहना र राजतन्त्रको समयमा देशको अवस्था कस्तो रहेको छ भनेर गणतन्त्रवादीहरुलाई स्मरण मात्र गराउनु भएन आफ्नो पुर्खा र वीर नेपालीहरुले आर्जेको सुन्दर, सार्वभौम र कहिल्यै पराधिन नभएको देशलाई गणतन्त्रको नाउँमा समाप्त गर्न लागेकोमा आक्रोश व्यक्त गर्नु हुँदै युवाहरुलाई देशको इतिहास, वर्तमान बारे जानकारी र द ेशलाई बचाउने जिम्मा युवाहरुको भएको पनि संगीत मार्फत जानकारी दिनु भएको हो भनेर बुझ्न गारो छैन ।
किनकी हिन्दूधर्म शास्त्र अनुसार पनि जब महादेबलाई रीस उठ्छन तब उहाँ नृत्य गर्नु हुन्छ, नृत्य मार्फत आफ्नो असन्तुष्टि ब्यक्त गर्नु हुन्छ त्यसैगरि देशलाई बर्बाद र समाप्त गर्न लाग्दा देश र जनताका अभिभावकबाट पनि गरिएको नृत्य, नृत्य नभए देशको भूभाग गुमेकोमा प्रकट गरिएको आक्रोस र अन्तर आत्माको पीडा हो । किनकी राजाले नृत्य मात्र गरेनन नृत्यको संगै चारैतिर नाचिरहेको युवाहरुलाई बारबार हात उठाएर आह्वान गरिरहनु भएको दृष्यले पनि स्पष्ट गर्दछ ।
तसर्थ राजाको मनसाय र आग्रहलाई सबैले बुझ्नु आवश्यक छ । आफ्नो सन्तानलाई कुनै पीडा भएमा अभिभावकलाई सबैभन्दा बढी पीडा हुन्छ र त्यसलाई कम गर्न वा समाप्त गर्न सक्दो कार्य गर्दछ भने झैं आज देशको निर्माता र जनताका अभिभावक राजालाई पनि देशको भूभाग गुम्दा मध्यराती युवाहरुलाई देश बचाउन आह्वान थियो त्यो नृत्य ।
राजाको नृत्यले गणतन्त्रवादीहरुलाई चेतावनी हो भने युवाहरुलाई देश बचाउन आह्वान हो । त्यसैले देशलाई गणतन्त्रवादीहरुले समाप्त गर्ने निश्चित भइसकेको अवस्थामा देशलाई बचाउन राजतन्त्र बाहेक अरु केही विकल्प छैन भन्ने कुरा र राजालाई देशको माया कति हुन्छ र देशको भूभाग गुम्न लाग्दा कतिको पीर हुन्छ भन्ने कुरालाई रोएर, आक्रोश ब्यक्त गरेर होइन आफ्नो मनको पीडालाई मन भित्रै लुकाएर हाँसि हाँसि नाचि देशलाई बचाउन राजाको आह्वानलाई सबैले मनन गर्नु अति आवश्यकछ । तसर्थ देशलाई बचाउन अब राजतन्त्र जिन्दाबाद गणतन्त्र मुर्दावाद भन्दै राजा र जनताको एकता र सहकार्य आजको आवश्यकता हो ।

राजसंस्थाView All

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । […]

राजा रानी दार्जिलिङ सिक्किम को भ्रमणमा सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेब तथा रानी कोमल राज्यलक्षमी देवी शाहर साताब्यापी भारतको दार्जिलिङ र सिक्किमको यात्रामा सवारी हाेइबक्सेकाे छ । मौसुफहरू आइतबार बिहान झापाबाट सिलिगुडीतर्फ प्रस्थान गरिबक्सेको हाे । […]

बाैध्द-गतिविधिView All

ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न

ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा तथा ग्वाननी ज्ञानमाला भजन खल: को ब्यवस्थापनमा ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय ज्ञानमाला समितीद्वारा गठित ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा […]

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ […]

न्याखाचोकमा भिक्षु महासंघबाट महापरित्राण पाठ

ललितपुरको १६ वडा स्थित न्याखाचोकमा महापरित्राण पाठ सम्पन्न भएको छ । हिजो शनिवार सबै टोलवासि, ज्ञाति बन्धुहरूको सहित सबै सत्वहरूको सुखशान्ति र निरोगी कामना गरि पुजनीय भिक्षु महासंघबाट “ महापरित्राण […]

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुबाट स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी ४५ जना बौद्ध भिक्षुहरुले बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका छन ।स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि […]

राजनीतिView All

/ राजनीति

भएका ईतिहास मेट्दै नयाँ निर्माण गर्नु हुँदैन , पूरानालाई नै संरक्षण गर्दै जानू पर्दछ : राष्ट्रपती बिद्या भण्डारी

माघ -२५ राष्ट्रपती बिद्या भण्डारीबाट २०७२ बैशाख १२ गएको बिनासकारी महाभूकम्प र तत्पश्चातका पराकम्पणबाट ध्वस्त बनाएको ऐतिहासिक मरुसत्त:(भुतिसत:/काष्ठमण्डप)को भैरहेको पूनर्निर्माण कार्यको स्थलगत निरिक्षण गर्नु भयो । भुकम्पले बिगारेका ऐतिहासिक, धार्मिक […]
/ राजनीति

पाटनकाे सुन्धारा सडक लामो समयसम्म कालोपत्र नभएपछि स्थानीयबासीबाट चरणबद्ध आन्दोलन गर्ने तयारीमा

२५ माघ ०७६,सुन्धारा । सुन्धारा सडक लामो समयसम्म कालोपत्रे नगरेपछि पाटनबासीले विरोधस्वरुप साइनबोर्ड राखेर विरोध जनाएका छन् । विगत दुई बर्षदेखि भत्केको सडक कालोपत्र नगर्दा आक्रोसित स्थानीयबासीले विरोधस्वरुप यो बोर्ड […]
/ राजनीति

नेवाः विरोधि राज्यसत्ता विरुद्ध नेवा समुदायबाट माघ १६ गते बिशाल खबरदारी सभा

शहिद दिवसको दिन अर्थात माघ १६ गते बिहिबार नेवा समुदायले खरदारी सभा गर्ने भएको छ । पहिचान पक्षधर नेवाः आयोजकहरुका अनुसार १६ गते बिहिबार २ः३०मा वंघमा शहिदहरुको सपना राज्यबाट वेवास्ता […]
/ राजनीति

सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्तं) ले सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गरेको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ […]

विविधView All

/ विविध

दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो […]
/ Main News / विविध

रातको समयमा केही कुरा पोलिएको चर्को गन्ध , केको गन्ध हो भन्ने अझै यकिन भइसकेको छैन

काठमाडौं उपत्यकाका बासिन्दा केही दिनयता रातको समयमा केही कुरा पोलिएको चर्को गन्धले आजित भएको गुनासो गर्न थालेका छन् । यस्तो गन्ध एउटा टोलमा मात्र नभएर विभिन्न ठाउँमा अनुभव गरिएको छ […]
/ विविध

रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचे

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । […]
/ विविध

लामा वांगडोर रिम्पोंछेले लियाे समाधि, ७ दिन पछि पनि मृत शरीर ताजा नै

जिगर बौद्ध मंदिर रिवालसर काे प्रमुख लामा वांगडोर रिम्पोंछे उर्फ ओंगदू १८ सितम्बर को बिहान 2 बजेर ५२ मिनटमा अाफ्नाे देह त्याग गरेर समाधिमा लीन हुनुभयाे , याे खबर फैलना […]
Go to Top