Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

Main News
राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ ।
अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना दिइबक्सँदै उक्त कुरा बताइबक्सेकाे हाे ।
राजाबाट कोरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयप्रति पनि अाक्राेशित हाेइबक्सेकाे छ । नेपाली जनतालाइ काेराेना उपचारबाट पन्छिने सरकारको निर्णयप्रति अाक्राेश व्यक्त गरिबक्सेकाे हाे । माैसुफबाट गणातन्त्रवादी सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको र अहिले नेपाली जनता अभिभावकविहीन बन्न पुगेकोमा अाफुलाइ पीडा भएकाे बताइबक्सँदै सन्देशमा भनिबक्सेकाे छ ः संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।
राजाबाट नेपाल र नेपाली जनतालाइ गर्नु पर्ने कर्तब्य पुरा नगरेकाेमा अाक्राेश व्यक्त गरिबक्सँदै सन्देशमा भनिबक्सेकाे छ ः
‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ। आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिबाद, समूहबाद तर्फ उन्मुख हुन्छौं तब स्थिर, सुदृढ र सन्तोषजनक राष्टिय परिणाम प्राप्त हुनसक्दैन ।
त्यसैगिर राजाबाट राजाबाट सन्देसमा अहिले भइरहेकाे महंगी, काला बजारी तथा अत्यावश्यक वस्तुकाे अभाव भएर नेपाली जनता एकछाक खान नपाएकाे अवस्था तथा समाज बढीरहेकाे हत्प्रया हिंसा बलात्तिकार जस्ता कार्यहरू देखेर चिन्तित हाेइबक्सँदै भनिबक्सेकाे छ ः
दैनिक जीवनको अत्यावश्यक वस्तुको मुल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले हाम्रो जन जीवन पिरोलिएको छ । अनि समाज अनेक अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट उन्मुत्ति चाहिरहेका छन् ।
त्यसैगिर राजाबाट काेराेनाका कारण स्वदेशमा अाएका युवाहरूलाइ राेजगारी नदिएकाे , उनीहरूकाे श्रम शिपकाे सदूपयाेग नगरेकाे र युवाहरू काेराेनाकाे महामारीमा पनि पुन विदेशीन बाध्य पारेकाे अवस्थाप्रति अाक्राेशित हाेइबक्सँदै राजाबाट उनीहरूलाइ स्वदेशमा नै राेजगार र उनीहरूकाे शिप र श्रमकाे कदर गर्न गणतन्त्रवादी सरकारलाइ अाग्रह गरिबक्सँदै भनिबक्सेकाे छ ः
बिदेशमा गएर रोजगारीमा लागेकाहरु संकटमा छन् भने देश भित्र उनीहरुको श्रम, शिप र सामथ्र्यको सदूपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन । त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । राहत, रोजगार र रोगको उपचार खोज्दै भौतिरिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन ।

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

Main News
कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद सचिवालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय गरिएको छ ।’ यसका अलवा सो विज्ञप्तिमा शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने उल्लेख छ ।

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजसंस्था
राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिवक्सेको छ । अाज राजाका सम्बाद सचिब डा. फणिराज पाठकले एक बिज्ञप्ती जारी गर्दै उक्त जानकारी गराउनु भएकाे हाे ।
सिंहको १०४ वर्षको उमेर मंगलबार बेलुका बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन थियो। उनी निमोनियाका बिरामी थिए। २०१३ साल जेठ ८ गते सर्वोच्च अदालतको स्थापना भएपछि उनी त्यहाँकाे पहिलाे प्रधानन्यायाधीशका रुपमा तीन वर्ष न्यायपालिकाको नेतृत्व गरेका थिए। उनी भन्दा अघि प्रधान न्यायालय हुँदा हरिप्रसाद प्रधान साे अदालतका प्रमुख न्यायाधीश थिए। सर्वाेच्च अदालतमा उनी सिंहपछि प्रधानन्यायाधीशको जिम्मेवारीमा आएका थिए। २०१५ सालमा सर्वोच्च अदालतका महत्वूर्ण फैसला समेटिने नेपाल कानुन पत्रिकाको प्रकाशन सिंहले सुरु गरेका थिए। सिंह २००३ सालमा झापामा गोश्वारा कार्यालयको हाकिमका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए। २०१२ सालमा शाही सल्लाहकारमा भएका सिंह लगत्तै प्रधानन्यायाधीश भएका हुन्। २०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष, कानुन, वन मन्त्री, २०१८ सालमा राजा महेन्द्रले नारायणहिटीमा स्थापना गरेको जाहेरी विभागको प्रमुख भएका थिए। त्यस्तै उनलाई २०३२ सालमा संविधान सुधार आयोगको अध्यक्ष, २०३४ सालदेखि झण्डै एक दशक तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त भएका सिंह त्यसपछि राजसभा स्थायी समितिको सभापतिसमेत भएका थिए।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजसंस्था
राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ ।
आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले ेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा व्यक्त गरिबक्सकेको छ ।
मौसुफबाट भनिबक्सेको छ ः देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्ने कुरा दर्शाइबक्सदै मौसूफबाट उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको छ । साथै, मौसफूबाट दिवंगत आत्माको चिर शान्तिको कामना गरिबक्सदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिबक्सेको छ ।
राजाका सम्बाद सचिब डा. फणिराज पाठकबाट जारी प्रेस बिज्ञप्ति मार्फत उक्त जानकारी गराउनु भएको हो ।
राजाबाट जारी सन्देशको पुर्ण विवरण
श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्ने कुरा दर्शाइबक्सदै मौसूफबाट उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा व्यक्त गरिबक्सकेको छ । साथै, मौसफूबाट दिवंगत आत्माको चिर शान्तिको कामना गरिबक्सदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिबक्सेको छ ।
२०७७ भदौ ३ गते

युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहबाट सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण

राजसंस्था
काठमाडौँ – हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गरीबक्सेकाे छ । हिमानी कोषले बिहीबार विशेष कार्यक्रम गरी कोषका अध्यक्ष युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहबाट सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान सम्बन्धी संस्था या समुदायका प्रतितिनिधलाई हस्तान्तरण गरीबक्सेकाे थियाे ।
हिमानी कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौँका विभिन्न आश्रय गृहमा रहेका बालबालिकाका लागि खाद्यान्नसहितका सामग्री प्रदान गरेको हो । यस्तै युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहबाट डिस्इन्फेक्सन स्प्रे, पीपीई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाका लागि लिटोसहितका सामग्री हस्तान्तरण गरीबक्सेकाे थियाे । राहत वितरण कार्यक्रममा अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी शाह, शीतास्मा राज्यलक्ष्मीदेवी शाह, कोषकी सदस्य सचिव रेशमा राना, बोर्ड सदस्य डा. अपर्ना शाह सहित उदाधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा युवराज्ञी राज्यलक्ष्मीदेवी शाहबाट लकडाउनकाे कारण पछिल्लो समय देशभर आत्महत्याका घटनाहरु बढेको सुनिएकाे बताइबक्सँदै सबैलाइ मानसिक स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गिरबक्सेकाे थियाे । युवराज्ञीबाट कुनै पनि प्रकारको मनोसामाजिक समस्यादेखिएमा मनोविमर्शकर्ताको सहयोग लिन नहिचकिचाउन पनि आग्रह गरिबक्सेकाे छ ।






राजाबाट बाढी, पहिरो र डुबानबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण

Main News
राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गरिबक्सेको छ ।
राजाबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण गरिबक्सेको छ ।
मौसुफबाट अहिले बाढी पहिरो तथा डुबानमा परेका सबै नेपालीकोलागी यथा शिघ्र आवश्यक राहत पुरयाउन गणतन्त्रवादी सरकारलाई आग्रह गरिबक्सँदै प्रत्येक बर्ष हुने गरेको प्राकृतिक विपदालाई समयमा नै सजगता र सर्तकता अपनाएको भए यति धेरै धनजनको क्षति नहुने बताईबक्सेको छ ।
मौसुफबाट बाढी, परिहो तथा डुबानबाट मृत्यु भएकाहरुप्रति समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिबक्सेको छ ।
आज राजाका सम्बाद सचिब डा. फणिराज पाठक मार्फत जारी गरिबक्सेको सन्देशको पूर्ण विवरण
पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्तः
यो बर्षको बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु ।
शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ । हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ । प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ । प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु ।
जय नेपाल
२०७७ साल असार २९ गते

राजाबाट देशलाई बचाउन सडकमा आउन नेपाली जनतालाई आह्वान

Main News
राजा ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट देशलाई बचाउन अब सडकमा आउन नेपाली जनतालाई आह्वान गरिबक्सेको छ ।
आज राजाबाट देशवासीको नाउँमा जारी गरिबक्सेको सन्देशमा उक्त कुरा बताईबक्सेको हो । मौसुफबाट जारी बिज्ञप्तिमा भनिबक्सेको छ ः मेरा भावनाप्रति श्रद्धा, शूभेक्षा राख्दै देशको सून्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुलाई धैर्य, दृढता र साहसकासाथ अघि बढ्न आव्हान गर्दछू ।
अहिले देशको भुभाग मिचिएको छ कोरोनाका कारण जनताको गाँस बाँस कपास सबै खोसिएको अवस्थामा कोरोनरु महामारीलाई भ्रष्टाचार गर्ने अवसरको रुपमा गणतन्त्रवादीहरुले परिणत गरिरहेकोप्रति आक्रोश व्यक्त गरिबक्सँदै । नेपाल गणतन्त्रवादीहरुको पेवा नभइकन यो राजाहरुबाट निर्मित राज्य भएको कुरालाई समरण गराई बक्सँदै राजाहरुबाट संरक्षित तथा विकास तथा समृद्ध उन्मुख गराइरहेको मुलुकलाई गणतन्त्रको नाउँमा निषेध तथा इतिहासलाई समाप्त गर्ने मात्र नभई देशलाई नै परतन्त्र बनाउने कार्य भइरहेको बताईबक्सँदै भनिबक्सेकोमा छ ः
आजको यो काल खण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हूंदैन । नेपाल राष्ट्रको एकिकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमूखी विकासको चिन्तन कहिले, कसले र कोबाट भया,े त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नू पर्दछ । राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नू नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।
राजाबाट वर्तमान अवस्थामा जनताले भोग्नु परेको पीडा र सडकमा भइरहेको आन्दोलनकोबारे गणतन्त्रवादी सरकारसंग प्रश्न गरिबक्सेको छ । राजा गणतन्त्रवादी दल तथा सरकारलाई प्रश्न गरिबक्सेको छ हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हून्छ ?
जनताको सूरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ ?
रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दूखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनौं उठिरहन्छ ?
यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार यूवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनू पर्ने अवस्था सिर्जना भइरहन्छ ?
राजाबाट सोधी बक्सेको प्रश्नको जवाफ दिने आँट र हैसियत गणतन्त्रवादीहरुमा छैन तर यसको नकारात्मक जवाफ भने अवश्य नै दिनेछ ।
राजाबाट अहिले देश समाप्त हुन लागेकोमा चिन्ता व्यक्त गरिबक्सँदे गणतन्त्रवादीहरुलाई अन्तिम अवसर दिईबक्सँदै सहकार्य, संम्बाद र सहमति गर्न आह्वान गरिबक्सेको छ । यदी यसो नभएमा गणतन्त्रवादी ै समाप्त हुने चेतावनी समेत दिईबक्सँदै भनिबक्सेको छ ः आजको यो काल खण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हूंदैन ।
राजाका सम्बाद सचिब डा. फणिराज पाठक मार्फत जारी गरिबक्सेको राजाको सन्देशको
पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको सन्देश
नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,
नेपाल बहूजातीय, बहूभाषिक र बहूबिध भौगोलिक विशेषता रहेको मूलूक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पनपनाउंदै गएको जातीयता, बर्गियता र क्षेत्रीयताका संकृर्ण दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।
अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबाट आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गूमाएका र पिडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाकासाथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दछु । संक्रमक रोगको यो समयमा नेपाली जनताले भोग्नू परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह पनि गर्दछू । साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिैक बेतिथिप्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छू ।
विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका छन् । चूनौति पछि आएको यो समय सन्दर्भ एक असर पनि र अवसर पनि हो । फर्कने सबैको श्रम, शिप र सामर्थको सदूपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनू पनि नितान्त जरुरी रहेको छ । बदलिंदो विश्व व्यवस्थालाई बूझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति, संस्कृति र पद्दतितिर फर्कनू जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्वनको परिपाटी फेरि कायम हून्छ । केहि दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नू परेको छ ।
हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हून्छ ?
जनताको सूरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ ?
रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दूखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?
भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनौं उठिरहन्छ ?
यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार यूवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनू पर्ने अवस्था सिर्जना भइरहन्छ ?
यी सब सोचनीय विषय र विचारणीय कूराहरुको प्रश्नहरु उब्जिरहेको छ ।
आजको यो काल खण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हूंदैन । नेपाल राष्ट्रको एकिकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमूखी विकासको चिन्तन कहिले, कसले र कोबाट भया,े त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नू पर्दछ । राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नू नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।
राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको छू । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शूभेक्षा राख्दै देशको सून्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुलाई धैर्य, दृढता र साहसकासाथ अघि बढ्न आव्हान गर्दछू ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।
असार १०्, २०७७

राजसंस्थाView All

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद […]

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना […]

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत […]

बाैध्द-गतिविधिView All

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ । शिलान्यासमा बौद्ध […]

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, […]

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज “धम्माचरिय” ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् । सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय […]

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर […]

राजनीतिView All

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन्। कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका […]

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]
/ राजनीति

प्रदेश सांसद शोभा शाक्यले भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला

साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्। ‘कोभिड […]

पुज्यपाद धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा

श्रद्धेय धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा भएकाे छ र श्रद्धेय धम्मवती गुरुमाबाट नवनियुक्त शहरी बिकास मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठजुलाई आशिर्वाद दिनु […]

सामाजिकView All

/ सामाजिक

चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने वाच डे २०२० मनाए

उपत्यका सहित नेपालमा रहेका चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने योजना सहित स्थापित चीभाः चैत्य संस्थाबाट गत शनिवार वाच डे २०२० मनाएका छन् । हन । वल्ड मोनुमेन्ट्स […]
/ सामाजिक

नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न

बुद्ध शान्त पार्क निर्माण समितिको आयोजनामा अनलाइनको माध्यमबाट नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । बौद्ध भजनको माध्यमबाट नयाँ प्रतिभा […]
/ सामाजिक

मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाढी पहिरो पिडित खाद्यान्न लगायतका सामाग्री वितरण

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल […]
/ सामाजिक

अनला वा अधिकमास एक महिनामा हुने मच्छेनारायण काे मेला काेराेना संक्रमणकले याे साल नहुने

चन्द्रमास अनुसार वर्षकाे ३५४ दिन र सौरमास अनुसार ३६५ दिन हुन्छ । याे गिन्ति अनुसार सौरमासमा वर्षकाे ११ दिन बढी हुन्छ भने प्रत्येक साढे दुई बर्ष पुग नपुग हुँदा एक […]
Go to Top