Support Buddhavani Saptahik by promoting your company's product. Contact 9866429659/9841379528 for more detail

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

Main News
नेपाल लकडाउन
निर्णयहरु:-
१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।
८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

Main News
सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो। ७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिए। संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’ काठमाडौँमा कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले लक डाउन गर्ने निर्णय गरेको हो। निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। त्यस्तै समितिले सवारी साधान चलाउन पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। तर अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन्। एम्बुलेन्स, पानी, दूध औषधिका सवारी साधनलाई भने रोकिने छैन

आवास क्षेत्रमै विधुतीय शवदाहको योजना विरोधमा उत्रिए, स्थानीय

राजनीति
ललितपुरको शंखमूलमा आवास क्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयवासीहरु संघर्षमा उत्रिएका छन् ।
विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुले सोमबार ललितपुर महानगरपालिका र वडा नं ११ कार्यालयमा घेराउ गरी नाराबाजी गरेका थिए । महानगरपालिका–११ को बागमती फा“टमा जग्गा एकीकरण आयोजना अन्तर्गतको जग्गामा शवदाह गृह बनाइन लागेको हो। यसले कित्ता नम्बर १०५७ मा पर्ने एक रोपनी तीन आना जग्गा ओगट्नेछ।
वि स्थानीयस“ग सरसल्लाह नगरी आवास क्षेत्रभित्र शवदाह बनाउन लागिएको भन्दै विरोधमा उत्रिएको मणिडोल टोल सुधार समितिका अध्यक्ष राजेन्द्र तण्डुकारले बताउनुभयो । यो ठाउ“मा तत्कालीन अवस्थामा उपत्यका नगर विकास प्राधिकरणबाट आवास क्षेत्र बनाउने भनिएको थियो। हाल बाक्लो बस्ती भइसकेकाले शवदाह गर्ने ठाउँ बनाउन नहुने स्थानीयको माग छ। शवदाह गृह बनेको खण्डमा वातावरणीय प्रभाव पर्ने अध्यक्ष तण्डुकारले बताउनुभयो ।
वि स्थानीयले आवासीय क्षेत्रभित्र शवदाह गृह बनाउन उचित नहुने भन्दै माघ २५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए भने गत बुधबार वडामा प्रदर्शन गरेका थिए । ‘ शवदाह गृहको लागि लिन खोजिएको जग्गाको क्षेत्रफल पनि पर्याप्त छैन’ स्थानीयवासी विपिन महर्जनले भन्नुभयो ‘अन्तिम संस्कारको लागिअन्त्येष्टी कार्य, श्रद्धाञ्जली दिने ठाउ“, कपाल मुन्दन गर्ने ठाउ“, शवबाहन, किरिया पुत्री ठाउ“ लगायतको लागि कम्तीमा १० रोपनी जग्गा चाहिन्छ ।एक रोपनी जग्गामा कसरी शब बाहन बनाउने ?’
वि शवदाह गृह बनाइ यहा“को परम्परागत मसान घाट र सोसंग सम्बन्धित संस्कार लोप हुने पनि स्थानीयवासीहरु बताउ“छन् ।स्थानीय शंखमूल क्षेत्रमा दाहसंस्कार गर्न धेरै ठाउ“ छन्। ‘अर्को पनि थपियो भने यो ठाउ“ मसानघाट नै बन्नेछ । यहा“ स्थानीयवासी जबरजस्ती विस्थापित हुनेछ।’ उहा“ले भन्नुभयो । ‘नगर विकासले बस्ती बसाउने योजना ल्याएको ठाउ“मा स्थानीयलाई थाहै नदिई शवदाह गृह बनाउने ? हामी यो ठाउ“लाई मसानघाट बनाउन दि“दैनौं ।’ विद्युतीय भनिएका शवदाह गृहहरू सुरुमा राम्ररी चले पनि बिस्तारै त्यसले बस्तीको वातावरण दूषित बनाउने उहा“को भनाइ छ। ११ नम्बरका वडाध्यक्ष इन्द्रमान महर्जनले सो कार्यका लागि वडाले सिफारिस नगरेको आफूलाई केही थाहा नभएको बताउनुभयो ‘ नक्सा मात्रै उपलब्ध गराएको हु“ वडाध्यक्ष महर्जनले भन्नुभयो ‘सबै काम मेयरले भने अनुसार गरेको हौं ।’
वि महानगरको बोर्ड बैठकले गत साउन २३ मा शवदाह गृह बनाउने निर्णय थियो। महानगरपालिकाको विधेयक समितिका संयोजक श्रीगोपाल महर्जनले मेयर चिरीबाबु महर्जनले विद्युतीय प्रविधिबाट खुला दाहसंस्कारजस्तो प्रदूषण नहुने भएकाले स्थानीयलाई चिन्तित नहुन आग्रह गर्नुभयो ।

नेपालकाे पहिचान भनेकाे नै लुम्बिनी हाे

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई हिजाे बुद्धवार सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताउनुभयो । नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी नेपालको प्रमुख पर्यटकीय क्षेत्र भएकाले यसको विकास गरेर पर्यटकलाई आकर्षित गरिने उहाँको भनाइ थियो । लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । बैठकले परिषद्को वार्षिक समीक्षा, योजना तथा आगामी वर्षका लागि बजेट तयार पर्नेछ ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र राप्रपाको मूल सैद्धान्तिक आधार

राजनीति
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्षहरुले अब कहिल्यै पार्टी विभाजन नगर्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार तीन वर्षपछि पार्टी एकता घोषणा गर्दै नेताहरुले आपसी स्वार्थका लागि विभाजित हुँदा पार्टीको अस्तित्व नै संकटमा परेको भन्दै आइन्दा एकसाथ अघि बढ्ने बताएका हुन्।
घोषणा सभालाई सम्बोधनकै क्रममा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देश र जनताको हितमा काम गर्न नसकेको कारण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको खोजी भइरहेको राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले बताएका छन् ।राणाले पार्टी भित्रको गुटगत स्वार्थ पूर्ति गर्न नेकपाले संविधानको दुरुपयोग गर्ने चेष्टा गरेको भन्दै आपत्ति जनाए । गाउँ, गाउँ सिंहदरबार पुर्याउछु भन्ने नेकपाले गाउँ, गाउँ भ्रष्टाचार पुयाएको बताए । ‘गुट, उपगुटको झगडाका कारण नेकपाले एमसिसीलाई प्रयोग गर्दै तह, तहमा अमेरिकालाई अनावश्यक रुपमा चिढ्याउने कार्य गरेको छ । यसबाट पनि थाहा हुन्छ, हाम्रो कुटनीति, परराष्ट्र नीति दिशाहिन र अन्योलमा छ,’ राणाले भने ।
राप्रपा (संयुक्त) र राप्रपाबीच एकीकरण गर्ने सहमतिका साथ गत शनिबार संझौता पत्रमा हस्ताक्षर गरिएको थियो । एकीकरणसम्बन्धी आधारपत्रमा, संविधानमा रहेका असहमतिहरु कायम राख्दै संविधानसँग सहकार्य गर्ने उल्लेख छ । संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रलाई राप्रपाको मूल सैद्धान्तिक आधारको रुपमा स्वीकार गरिएको छ । आगामी महाधिवेशनसम्म तीन अध्यक्ष क्रमशः पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा रहने छन्
राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गणतन्त्रका नाममा लुटतन्त्र मौलाएको र समय प्रतिगमनउन्मुख रहेको बताए ।
बेलायत, जापान, नर्वे, थाइल्याण्ड जस्ता देशमा अहिले राजसंस्था सहितको प्रजातन्त्र कायम रहेको बताउदै नेपालमा अहिले पनि राजसंस्थाको आवश्यकता रहेको बताए । “नेपाल र नेपालीलाई एकतामा बाँध्ने राजसंस्थाको अहिले पनि आवश्यकता छ । हामी यही मूल्यमान्यता लिएर अघि बढ्ने छौं ।”
लोहनीले नयाँ नेपालको चर्चा हराएको उल्लेख गर्दै लोकतन्त्र र अग्रगमनका नारा दिने पात्रहरु नै प्रतिगमनतर्फ अग्रसर भएको बताए । ‘देशमा आर्थिक प्रतिगमन र लुटतन्त्र मौलाएको छ । जनताबाट चुनिएका व्यक्ति र सरकार नै मुलुकलाई बर्बाद पार्न लागीपरेका छन् । प्रेस स्वतन्त्रता, अभिव्यक्तिको अधिकार कटौती गर्ने हिसाबले काम भएको छ । खलेआम रुपमा लुटतन्त्र हावी भएको छ । सत्तारुढ दल लोकतन्त्र, मानव अधिकारको विरुद्धमा एकपछि अर्को गल्ती गर्दैछ, प्रतिपक्षी दल चुप लागेर बसेको छ, अर्थात् देश प्रतिगमनको दिशामा अघि बढेको छ,’ लोहनीले भने ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देशमा राप्रपा जस्तो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको औंल्याउदै अब राप्रपा कहिले पनि फुट्न नहुने बताए । ‘पार्टीको टुटफुटबा कार्यकर्ताले अब दुख पाउनु हुन्न,’ चन्दले भने । ‘अलग भएको पिडा हामी सबैमा छ । तितो यथार्थ भोगेका हामी अब कहिले छुट्न हुन्न । राप्रपा अब कहिले फुट्नु हुन्न,’ राप्रपाका संस्थापक अध्यक्षसमेत रहेकोचन्दले भने ।
अध्यक्ष कमल थापाले विगतका गल्तीबाट पाठ सिक्दै पार्टी नफुटाउने प्रण गरे । निजी स्वार्थभन्दा माथि देश र पार्टी रहनु पर्ने बताउदै थापाले कार्यकर्ताको दवाबमा एकता संभव भएको स्वीकार गरे । एकतासभामा अध्यक्ष कमल थापाले भागवत गीता हातमा लिँदै भने, ‘अब कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईहरुलाई विश्वास लाग्दैन भने यो गीतामा हात राखेर कसम खान्छु राप्रपालाई कदापि फुट्न दिन्न।’ थापाले फुट्ने आशंकाबाट मुक्त भएर पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गरे।
‘पार्टी एकता हुन पाएको छैन फेरी फुट्छ की भन्ने चिन्ताबाट मुक्त हुनुहोस्। यसले हामीलाई शिथिल बनाउँछ। अब फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गरेर अगाडी बढ्नुपर्छ, अध्यक्ष थापाले अगाडि भने, ‘स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईहरुले पनि संकल्प गर्नुर्पयो, नेताको पछाडी होइन नीतिको पछाडी र व्यक्तिको पछाडी होइन विचारको पछाडी लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले राप्रपाकै नेताहरुको स्वार्थ र झगडाका कारण नेपालमा गणतन्त्र धर्म निरपेक्षा आएको भन्दै कमल थापा, पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द, स्वर्गीय सूर्यबहादुर थापाको आलोचना गरेका छन् ।

फागुन २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि राप्रपा (संयुक्त) र राप्रपाबीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार बेलुकी हस्ताक्षर गरेका छन् । घोषणा सभा फागुन २८ गते सम्पन्न गरिनेछ । सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त) का दुईजना अध्यक्ष, राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन् । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाडलगायत दैनिक कार्य संचालन तीनजना अध्यक्षहरुको सहमतिमा गरिनेछ । संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्नेछ । दुबै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच भएको छ । एकीकरण सम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका संझौतालाई मान्यता दिइनेछ । विधान संचालनमा कुनै बाधा पर्न गएमा तीनजना अध्यक्षहरुको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ । शनिबार रातिको सहमतिअनुसार हाल कायम रहेका दुबै दलका निर्वाचन चिन्ह ६ महिनाका लागि स्थगन गरिएको छ । झण्डाको हकमा हाल प्रयोग भएको राप्रपाको झण्डा प्रयोग गरिनेछ । पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा (संयुक्त) बाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना र राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा रहेको कार्यदल समेत गठन गरिएको छ ।

प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले लुम्बिनीलाई मिनी ठमेलका रुपमा विकास गर्नुु पर्नेमा जोड

राजनीति
प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि लुम्बिनीलाई मिनी ठमेलका रुपमा विकास गर्नुु पर्नेमा जोड दिनु भयो । उहाँले काठमाण्डौमा आउने पर्यटकको ठमेल र पोखरामा आउने पर्यटकको लेक साईडमा रोजाई भए जस्तै लुम्बिनीमा आउने पर्यटको लागि मिनी ठमेल जरुरी रहेको खुलासा गर्नु भयो । पर्यटकहरुको मुख्य आकर्षणको स्थल लुम्बिनीमा आउने पर्यटकहरुको रुची र चाहनालाई परिपूर्ति गर्ने गरि पुर्वाधार आवास खानपान लगायतका विषयमा ध्यान दिन जरुरी रहेको उहाँले औल्याउनु भयो । मुख्य मन्त्री पोखरेलले पर्यटक आउदैमा पर्यटनको विकास भएको मान्नु हुदैन जव सम्म त्यससका कारणले अर्थतन्त्र चलाएमान हुनु नसक्दा सम्म आर्थिक विकासमा पर्यटनको योगदान हुन सक्दैन । बुटवलवाट प्रकाशित दैनिक लुम्बिनीको ३२ औ वार्षिकोत्सव समारोहमा विहिवार वोल्दै मुख्य मन्त्री पोखरेलले वर्षमा १५ लाख पर्यटक लुम्बिनीमा आएको तथ्याकंले मात्र पर्यटनको विकास भएको मान्न सकिदैन त्यसको कारणले अर्थतन्त्रमा पारेको प्रभाववाट मात्र मुल्याकन गरिनु पर्नेमा जोड दिनु भयो । प्रदेश पाचको सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको छ भन्दै उहाँले ७० प्रतिशत जनता कृषिमा संलग्न रहेकाले उनिहरुको जिवन स्तरमा सुधार नहुदासम्म मुलुकमा आर्थिक समृद्धि भएको मान्न नहुने जिकिर गर्नु भयो ।जनताको जिवन स्तरमा सुधार गर्नका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी रहेको उहाँको भनाई रहेको छ । कृर्षिको विकास संगै कृर्षि, वन खनिजमा आधारित उद्योगलाई प्रदेश सरकारले दोस्रो प्राथमिकतामा र तेस्रोमा पर्यटनलाई राखेर सरकारले काम गरिरहेको समेत बताउनु भयो । उहाँले जनताको जिवन स्तरमा सुधार भएपछि धनी वनाउने व्यवसायका रुपमा पर्यटनलाई लिनु पर्नेमा जोड दिनु भयो । प्रदेशमा लगानीका हिसावले धेरै गर्न वाकी रहेकाले प्रदेश सरकारले लगानी भित्रयाउन आगामी वैशाक ४ र ५ गते लगानी सम्मेलन गर्ने गरि तयारी गरिरहेको पनि उहाँले बताउनु भयो । मिडिया प्रति लक्षीत गदै उहाँले जनताले निकाल्ने निस्कर्षलाई मिडियाले निकाल्न थालेकाले समस्या भएको हो भन्दै मुलुकमा राजनैतिक र वौद्धिक वर्गमा दिवालीपना मौलाउदै गएको धारणा राख्नु भयो । कार्यक्रममा दैनिक लुम्बिनीका पुर्व सम्पादकहरु कर्ण बहादुर कार्की, डीआर घिमिरे, विनोद पहाडी, स्व. पं वाबुराम भटृराई दीपक ज्ञवाली, शुरेस गुरागाई, चतुरभुज आत्रेय र राष्टिृय सभाका सदस्य गोपाल भटृराईलाई सम्मान गरिएको थियो । सिद्धार्थ मिडिया प्रालिका अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिृय सभाका सदस्य गोपाल भटृराई, प्रदेश पाँचकी प्रदेश सदस्य रमा अर्याल, तिलोत्तमा नगरपालिकाकी उप प्रमुख जागेश्वरी चौधरी,वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली , डीआर घिमिरे भरत केसी बैंक तथा वितिय क्षेत्रवाट शाईन रेशुगां बैंकका कार्यकारी प्रमुख प्रकाश पौडेल पत्रिकाका सम्पादक यानेद्र जिसी लगायतले मिडियाले अव विश्लेषणात्म पत्रकारितामा जोड दिन आग्रह गर्नु भएको थियो ।सा. समाचारपत्र

राजसंस्थाView All

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ आज राजाबाट प्रमुख सचिब पशुपति भक्त महर्जन ज्यूलाई पठाइबक्सेर टिचिंग अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री केपी […]

राजारानी भारत भ्रमणबाट स्वदेश फिर्ति सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर विक्रम शाह देव तथा रानी काेमलराज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फिर्ति सवाारी हाेइबक्सेकाे छ । अाज आइतबार दिउँसो राजारानी भारत […]

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

बाैध्द-गतिविधिView All

बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न अखिल नेपाल भिक्षु महासंघकाे आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह समेत गरिएकाे महासंघका महासचिव भिक्षु काेण्डन्यले बताए । सरकारले कोरोना सर्तकताका लागि […]

भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट “अकुशल कर्म“ विषयमा धर्मदेशना

श्रध्देय भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट कर्मविवपाक र पुनर्भव अन्तर्गत “अकुसल कर्म“विषयमा धर्मदेशना गर्नु भएको छ । युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा भगवान बुद्ध बुद्ध भइसकेपछि सर्वप्रथम कपिलवस्तु नगरमा गमन गर्नु […]

अनगारीका संघबाट कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित बौद्ध स्थूपामा परित्राण पाठ

कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित धार्मिक पवित्रस्थल बौद्ध स्थूपामा परित्राण पाठ गरिएको छ । थेरवाद अन्र्तराष्टिय अनगारीका संघको आयोजनामा हिजो शुक्रवार बौद्ध स्थूपामा अनगारीका गुरुमाँहरुबाट नोबल […]

कोरोना भाइरसले सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति […]

राजनीतिView All

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
/ राजनीति

आवास क्षेत्रमै विधुतीय शवदाहको योजना विरोधमा उत्रिए, स्थानीय

ललितपुरको शंखमूलमा आवास क्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयवासीहरु संघर्षमा उत्रिएका छन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुले सोमबार ललितपुर महानगरपालिका र वडा नं ११ कार्यालयमा घेराउ गरी नाराबाजी […]
/ राजनीति

नेपालकाे पहिचान भनेकाे नै लुम्बिनी हाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई हिजाे बुद्धवार सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन […]

सामाजिकView All

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिए

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका […]
/ सामाजिक

बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट […]
/ सामाजिक

सत्यमोहन लोक साहित्य भवन बनाउन जगकाे शिलान्यास

सत्यमोहन लोक साहित्य भवन बनाउन आज चैत ६ गते विहिवार बखुं बहाल स्थित सत्यमोहन जोशीको घर पुननिर्माणकोलागी जग राख्ने काम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाजु महर्जनको उपस्थितिमा लोक […]
/ सामाजिक

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवस

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवसको उपलक्ष्यमा डा. अनोजा गुरुमांको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम थथुबही , जयकीर्ति महाविहारमा सम्पन्न […]
Go to Top