Support Buddhavani Saptahik by promoting your company's product. Contact 9866429659/9841379528 for more detail

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

यस महामारीबाट सबै प्राणी मुक्त हाेउन भनी सबैले बुद्ध बचन रतनसुत्रको पाठ गर्नु र गराउनु आवश्यक छ

Main News
अहिले विश्वभर कोरोना भाइरसको महामारीले मानव समाजलाई दुख दिइरहेको छ । यस भाइसरले लाखौं मानिस पिडित छन् भने हजारौं मानवहरुको ज्यान लिइसकेको छ । यस्तो अवस्थामा विज्ञान यसकोलागी आवश्यक औषधी अवश्य नै खोज्नेछ तर अहिले सम्म रोगको उपचार गर्न सकिरहेको छै्न ।
यो भाइरस यति खतरनाक छ कि यस महामारीले एकदिन हजारौंलाई संक्रमित गरीरहेको छ । तसर्थ यसबाट बच्न अब हामीले आध्यात्मिक प्रयास पनि गर्नु पर्दछ । शाक्यमुनी बुद्धको समयमा पनि यस्ता महामारी फैलिएको र परित्राणको पाठले निको भएको इतिहास हामीसंग रहेको छ । त्यसैले यस महामारीबाट सबै प्राणी मुक्त होस भन्ने लक्ष्य सहित हामी सबैले बुद्ध बचन रतनसुत्रको पाठ गर्नु र गराउनु आवश्यक छ । त्यसैले रतन सुत्रको निदान पाली गाथा र अर्थ सहित सुत्रलाई प्रकासित गरेको छु
रत्न सूत्र निदान
चक्रवाल एक लाख कोटी रहेका देव ब्रह्माहरुले रत्न सूत्रको प्रभाव तथा आनुभावलाई ग्रहण गर्नेहुन्छ भनि भनिएकोले रत्न सूत्रको आनुभाव र प्रभाव मात्र एकलाख कोटीमा फैलिने हुन्छ भनेर नसोची अन्य परित्राणहरुको प्रभावलाई पनि उक्त क्षेत्रभित्र रह्का देव ब्रह्माहरुले ग्रहण गर्ने हुन्छ । यसरी परित्राणको शक्ति सार्मथ्र्य फैलिएको तथागत बुद्धको आनुभाव प्रभावले गर्दा नै हो । यस रत्न सूत्र वैशाली नगरमा त्रिविध भयलाई हटाउन सफल भएको छ भन्ने शब्दले रत्न सूत्र उत्पत्ति भएको कारण निदानलाई निर्देशन गरिरहेको छ ।
वैशाली नगरमा दुर्वृष्टि भएर बालि नालि विनाश भएर खाना दुर्लभ भएर दुर्भिक्ष भय सामना गर्नु परेकोले दुःखी दरिद्रहरु धेरै नै खाना नपाएर अकालमा मरण र विनाश भएर गए । मृतकहरुको लाशहरु शहर बाहिर नै फालिएको हुँदा उक्त मृतक शरीरको दुर्गन्धले गर्दा शहरमा यक्ष राक्षसहरु आएर मान्छेलाई मार्न थाले ।
यस्तै नराम्रो दुर्गन्धका कारणले महामारी जस्तो सरुवा रोग अहिवात रोग भएर फेरि मानिसहरु मर्न थाले ।
अनि मानिसहरु हाम्रो राज्यमा राजाहरुको सात पुस्ता देखि यस्तो भयहरुको सामना गर्नु परेको छैन ।
राजाले राजधर्म धारण नगरेको कारणले यसरी भएको हो कि भनेर राजा कहाँ गएर बिन्ति चढाउन जाँदा राजाले परिषद् िसबैलाई भेला गराएर आफ्नो गल्तिलाई खोज्न लगाए । राजाको कुनै दोष नदेखेपछि अब के गर्नु पर्ला भनि सल्लाह साहुति गर्दा कसैले तीर्थकराचार्य ६ जनालाई निमन्त्रण गर्नु पर्ने सल्लाह दिए । कसैले तथागतलाई निमन्त्रण गर्नु पर्ने सल्लाह दिए ।
शाक्यमुनी बुद्धलाई निमन्त्रण गर्ने कुरामा सबैको सहमति भएपछि दुईजना लिच्छवी राजहरुलाई अनुयायी परिषदसंगै पठाएर निमन्त्रणा गरेपछि तथागत पनि वैशाली नगरमा आउनु भयो ।
तथागत वैशाली नगरमा आउनु भएको अवस्थामा शक्र देवेन्द्र सहित प्रभावशाली महर्धिक देवताहरु पनि आउनु भएकोले धेरै जसो यक्ष राक्षसहरु भागेर गए ।
तथागतले आयुष्मान आनन्दलाई रत्न सूत्र सिकाउनु भएर पाठ गर्न लगाउनु भयो । वैशाली नगरको तीन तहको पर्खालको बिचमा रातको तेश्रो यामसम्म आयुष्मान आनन्दको पाठको कारणले यक्ष राक्षसहरु सबै भागेर गए । यक्ष राक्षसहरु सबै हटेपछि मानिसहरुको सबैरोग शान्त भएर उनीहरु घरबाट बाहिर आएर शहरको बिचमा रहेको सभा मण्डललाई सजाएर तथागतलाई विराजमान गराए । तथागतले पनि उक्तसभा मण्डपमा जम्मा हुन आएका देव मनुष्य परिषदहरुलाई रत्न सूत्र परित्राण नै देशना गर्नुभयो ।
रतनसुत्त
कोटी सत सहेस्ससु ,चक्कवालेसु देवता । येस्सानं पटिग्गण्हन्ति, यं च वेसालिया पुरे रोगा, अमनुस्स, दुब्भिक्खं, सम्भूतं तिविधं भयं खिप्पं मन्तरधापेसि, परित्तं तं भणामहे।।
जुन रतन सुत्त परित्राणको ऋद्धि प्रभाव आणा¥आदेशलाई शय हजार काटि चक्रवालको देवब्रह्माहरुद्वारा पालना भएको तथा जसको दुःख र भय चाँडै नै हटेर गएको थियो । हामी पनि त्यस परित्राणलाई पाठगर्दछौं । पाठ गरौं ।
यानीध भूतानि समागतानि, भुम्मानि वा यानि व अन्तलिक्खे। सब्बे’व भूता सुमना भवन्तु , अथो’पि सक्कच्च सुणन्तु भासितं । १।
यस बखतमा यस पृथ्वीमा वा अन्तरीक्षमा जतिपनि भूत (अमनुष्य देवता) हरु उपस्थित छन, उनीहरुसबैको चित्त प्रसन्न होउन् र म तथागतको यस उपदेशलाई ध्यानपूर्वक श्रवण गरुन् ।।१।।
तस्माहि भूता निसामेथ सब्बे, मेत्तं करोथ मानुसिया पजाय।१।दिवा च रत्तो च हरन्ति ये बलिं, तस्माहि ने रक्खथ अप्पमत्ता।२।
सबै भूत (अमनुष्य देवताहरु) म तथागतले उपदेश सुन्नको निमित्त प्रेरणा दिएर आइसकेकोलेतिमीहरुले ध्यान पु¥याएर दत्तचित्तले श्रवण गर्नुप¥यो । तिमीहरु सबैले ती मनुष्य मात्रको प्रति दत्तचित्त भएरमैत्रीराखून् र अप्रमादी बनेर उनीहरुको रक्षागरुन, जसले रातोदिन तिमीहरु समक्ष पूजनीय वस्तुहरु ल्याईपूजा गर्दछन् ।।२।।
यं किञ्चि वित्तं इध वा हुरं वा, सग्गेसु वा यं रतनं पणीतं, न नो समं अत्थि, तथागतेन, इदं’पि बुद्धे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।३।
यस मनुष्य लोकमा र नाग गरुडादि परलोकमा जे जति सम्पत्ति छन्, फेरि देवलोक ब्रह्मलोकमा जुनप्रणीत रत्न छन, ती कुनै रत्न पनि तथागत बुद्धरत्न समान श्रेष्ठ छैनन् । बुद्धमा यही उत्तम रत्नत्व छन् । योसत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।३।।
खयं विरागं अमतं पणीतं, यदज्झगा साक्यमुनी समाहितो, न तेन धम्मेन, सम‘त्थि किञ्चि, इदं’पि धम्मे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।४।
आर्यमार्ग समाधिद्वारा समाहित चित्त शाक्य कुलोत्पन्न शाक्यमुनिले वासना क्लेशलाई क्षीण गरेर विरागअमृतरुप निर्वाणधर्म प्राप्तगर्नुभयो । त्यस धर्मको जोडा अरु कुनै धर्म छैन । धर्ममा यही उत्तम रत्नत्व छन् ।यो सत्यवचनको प्रभाव द्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस।।४।।
यं बुद्धसेठ्ठो परिवण्णयी सुचिं, समाधिं आनन्तरिकं नं आहु समाधिना तेन, समो न विज्जति, इदं’पि धम्मे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।५।
श्रेष्ठोत्तम बुद्धले क्लेश रहितभई अतिपरिशुद्ध जुन आर्यमार्ग समाधिलाई विभिन्न प्रकारले उल्लेखगरीप्रशंसा गर्नुभएको छ । त्यस आर्यमार्ग समाधिलाई नै आफ्नो अनन्तरमा तुरुन्त फल दिनसक्ने आन्तरिकसमाधि भनी सबै तथागत बुद्धहरुले आज्ञा गरेका थिए । त्यस आर्यमार्ग समाधि समान अर्को कुनै समाधि छँदैछैन । धर्ममा यही उत्तम रत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।५।।
् ये पुग्गला अठ्ठ सतं पसत्था, चत्तारि एतानि युगानि होन्ति, ते दक्खिणेय्या सुगतस्स सावका, एतेसु दिन्नानि महाफ्फलानि, इदं’पि सङघे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।६।
बुद्धादि सत्पुरुषहरुद्वारा प्रशंसित जो ती आठ आर्यपुद्गलहरु छन्, ती आर्यपुद्गलहरु मार्ग फलद्वयसमानरुपले जोड्दा चार जोडा हुन्छन् । तथागत सुगतका शिष्यश्रावक ती आर्यपुुद्गलहरु असलदानसहीदान ग्रहनगर्न योग्य दाक्षिणेय्यहरु हुनुहुन्छन् । ती आर्यपुद्गलहरु प्रति दिइने दान प्रदानहरु महानफलदायी हुन्छन् । आर्यश्रावक संघमा यही उत्तम रत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्तिएवं कल्याण होस् ।।६।।
ये सुप्पयुत्ता मनसा दल्हेन, निक्कामिनो गोतमसासनम्हि, ते पत्तिपत्ता अमतं विगय्ह, लद्धा मुधा निब्बुतिं भुञ्जमाना। इदं’पि सङघे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।७।
दृढ स्थिर समाधिद्वारा प्रबल रुपले उद्योग एवं अभ्यासगरी गौतम तथागतको शासनमा क्लेशबाटउन्मुक्त भइसकेका अरहन्त आर्यहरु निर्वाणधातुमा आलम्बन ग्रहणगरी पुगिसक्नु भएपछि एक कौडी पनिव्ययगर्न नपर्नेगरी सजिलैसित लाभ गरेर फलसमापत्ति शान्तधातु रस सेवन गरेर अरहत्त फलमा पुगिसक्नु भएका छन् । अरहन्त संघमा यही उत्तम रत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याणहोस् ।।७।।
यथिन्दखीलो पठविं सितो सिया, चतुब्भि वातेहि असम्पकम्पियो। तथूपमं सप्पुरिसं वदामि, यो अरियसच्चानि अवेच्च पस्सति।इदं’पि सङघे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।८।
पृथ्वीमा धसेर स्थिर अति दृढ इन्द्रकील (स्तम्भ) लाई चारै दिशाबाट आउने हुरी बतासले चलमलाउनकम्पगर्न नसक्ने जस्तै जो त्यो श्रोतापन्न सत्पुरुषले आर्यसत्यलाई मार्गज्ञानले घुसेर जान्ने बुझ्ने गरिराखेकोछ, त्यस श्रोतापन्न सत्पुरुषलाई त्यस इन्द्रकील स्तम्भसमान व्यक्तिको रुपमा म तथागतले भन्दछु । यो पनिसंघमा रहेको प्रणीत रत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।८।।
ये अरिय(सच्चानि विभावयन्ति, गम्भीर पञ्ञेन सुदेसितानि। किञ्चापि ते होन्ति भुसप्पमत्ता, न ते भवं अठ्ठमं आदियन्ति। इदं’पि सङघे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।९।
गम्भीर प्रज्ञावान् हुनुभएका सर्वज्ञ तथागतले सर्वाेत्तम रुपमा उपदेशित आर्यसत्यलाई मार्गज्ञानद्वाराबोधगरी प्रकटरुपले जानिराख्नुभएका सत्तक्खत्तुपरम श्रोतापन्न भइरहेता पनि आठौं जन्म ग्रहणगर्ने स्वभावछैनन् । यो पनि संघमा रहेको प्रणीत रत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवंकल्याण होस् ।।९।।
सहावस्स दस्सन(सम्पदाय, तयस्सु धम्मा जहिता भवन्ति। सक्काय दिठ्ठि विचिकिच्छितं च, सीलब्बतं वा’पि यदत्थि किञ्चि । चतुहि अपायेहि च विप्पमुत्तो, छच्चअभिठानानि अभब्बो कातुं इदं’पि सङघे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।१०।
श्रोतापन्न पवित्र पुद्गलले श्रोतापत्ति मार्गज्ञानद्वारा सम्पन्न भइसकेपछि तुरुन्तै सत्कायदृष्टि, विचिकित्सार शीलब्रत तीन धर्महरु सँगसँगै केही क्लेशहरुलाई पूर्णतः हटाइसकेको हुन्छ । त्यो श्रोतापन्न पवित्र व्यक्तिचार अपायबाट पनि प्रमुक्त भइसकेको हुन्छ । छ प्रकारका प्रबल पापकर्मबाट पनि मुक्त भइसकेको हुन्छ । योपनि संघमा रहेको प्रणीत रत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।१०।।
किञ्चापि सो कम्मं करोति पापकं, कायेन वाचा उद चेतसा वा। अभब्बो सो तस्स पटिच्छादाय, अभब्बता दिठ्ठपदस्स वुत्ता। इदं’पि सङघे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।११।
श्रोतापन्न व्यक्तिले शरीर, वचन र मनले नराम्रो पापकर्म केही गरेर उल्लंघन गरिएको छ भने पनि त्यसव्यक्तिले त्यस पापकर्मलाई लुकाएर राख्नसक्तैन । मार्गज्ञानद्वारा निर्वाण देखिसकेको आर्य श्रोतापन्न आपूmलेगरेको पापकर्म लुकाइराख्न अयोग्य भइसकेको कुरा तथागतले आज्ञा गर्नुभएको हो । यो पनि संघमा रहेकोप्रणीत रत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।११।।
वनप्पगुम्बे यथा फुस्सितग्गे, गिम्हानमासे पठमस्मिं गिम्हे। तथूपमं धम्मवरं अदेसयि, निब्बान गामिं परमं हिताय। इदं’पि बुद्धे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।१२।
गृष्म ऋतु मध्ये त्यस ऋतुको अघिल्लो भाग चैत्र महिनामा राम्ररी फुल फुलिरहेको शाखा प्रशाखाहरुलेपूर्णतः धाकिएको घनाजंगल समान भएको निर्वाण प्राप्ति कारण उत्तम उपदेश पिटकलाई सर्वाेच्च निर्वाण–धातुहित र अर्थको निमित्त तथागतले देशना गरी राखिसक्नुभएको छ । यो पनि बुद्धमा रहेको प्रणीत रत्नत्व छन् ।यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।१२।।
वरो वरञ्ञू वरदो वराहरो, अनुत्तरो धम्मवरं अदेसयि। इदं’पि बुद्धे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।१३।
उत्तम मनोवृत्ति भएको भई धेरैजसो देव मनुष्यहरुद्वारा कामना गर्नयोग्य भई पवित्र पुद्गल हुनुभएको,सर्वाेत्तम निर्वाणलाई जानी बुझी उत्तमधर्मलाई प्रदानगर्न जान्नुभएको पुरानो आचरण क्रम उत्तम मार्गलाईल्याउन सक्नुभएको सर्वोत्तम तथागतले नानाविध धर्मदेशना गर्नसक्नुभएको छ । यो पनि बुद्धमा रहेको प्रणीतरत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।१३।।
खीणं पुराणं नवं नत्थि सम्भवं, विरत्तचित्ता आयतिके भवस्मिं। ते खीणबीजा अविरूल्हिछन्दा, निब्बन्ति धीरा यथा‘यं पदीपो। इदं’पि सङघे रतनं पणीतं, एतेन सच्चेन सुवत्थि होतु।१४।
अरहन्त उत्तम आर्यहरुमा पहिलेको पुरानो अतीतकर्म पनि क्षीण भइसक्यो । उत्पन्न हुने नयाँ कर्म अभाव भइसक्यो, पछि उत्पन्न हुनसक्ने नयाँ जन्ममा आशक्तहुने चित्त पनि सकिसक्यो । वहाँ अरहन्त उत्तमआर्यहरु प्रतिसन्धि बीच पनि क्षीण भएका भइसके । निरन्तर नयाँ जन्म उत्पन्नहुनु वृद्धिहुनु प्रतिको आशक्तिछन्द पनि नरहेका भइसके । वहाँ अरहन्त प्रज्ञावान धीरहरु यो तेलको बत्ति शान्त भएर जानेजस्तै संचारचक्रघुमिरहने श्रृंखला टुटी जाति जम्मै थुपारेर निरोध र शान्त भइसक्यो । यो पनि अरहन्त संघमा रहेको प्रणीतरत्नत्व छन् । यो सत्यवचनको प्रभावद्वारा सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।१४।। यानीध भूतानि समागतानि, भुम्मानि वा यानि व अन्तलिक्खे। तथागतं देव मनुस्स पूजितं, बुद्धं नमस्साम सुवत्थि होतु।१५।
यस बखतमा यस पृथ्वीमा वा अन्तरीक्षमा जति पनि देवताहरु समागम भइसकेका छन् । ती सबै हामीदेवताहरुले देव मनुष्य सबैद्वारा गौरव र पूजागर्न योग्यहुनुभएको तथागत कहलाइने भगवान् बुद्धलाईनमस्कार गर्दछौं । सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।१५।।
यानीध भूतानि समागतानि, भुम्मानि वा यानि व अन्तलिक्खे। तथागतं देव मनुस्स पूजितं, धम्मं नमस्साम सुवत्थि होतु।१५।
यस बखतमा यस पृथ्वीमा वा अन्तरीक्षमा जति पनि देवताहरु समागम भइसकेका छन् । ती सबै हामीदेवताहरुले देव मनुष्य सबैद्वारा गौरव र पूजागर्न योग्यहुनुभएको तथागत कहलाइने भगवान् धर्मलाई नमस्कारगर्दछौं । सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।१५।।
यानीध भूतानि समागतानि, भुम्मानि वा यानि व अन्तलिक्खे। तथागतं देव मनुस्स पूजितं, संघं नमस्साम सुवत्थि होतु।१५।
यस बखतमा यस पृथ्वीमा वा अन्तरीक्षमा जति पनि देवताहरु समागम भइसकेका छन् । ती सबै हामीदेवताहरुले देव मनुष्य सबैद्वारा गौरव र पूजागर्न योग्यहुनुभएको तथागत कहलाइने भगवान् संघलाईनमस्कार गर्दछौं । सत्वहरुको स्वस्ति एवं कल्याण होस् ।।१५।।
( रतनसुत्तं निठ्ठितं )

जब कोही व्यक्तिको मृत्यु हुन्छ उसको चेतनाको अवस्था कस्तो हुन्छ ?

बुध्दबाणी
प्रश्न ः जब एउटा राम्रो मान्छे मन खिन्न भएर मृत्यु भयो भने उसको चेतना को अवस्था कस्तो हुन्छ ? के जन्म को दौरान केहि फरक हुन्छ वा उ अचानक अर्को शरीरमा जान्छ ?
उत्तर ः जब कोही व्यक्ति को मृत्यु हुन्छ , तब उसको दिमागलाई उसको कर्मबाट सम्ंभाल्ने हुन्छ। जब तपाई अहिले पनि जीवित हुनुहुन्छ , तसर्थ राम्रो र नराम्रो दुबै प्रकारको कर्म गर्नुहुन्छ। बैकमा बचत खाते खोलेको जस्तै जहां आय तथा व्ययको हिसाब किताब हुन्छ । वर्ष को अंतमा , जब तपाई खाताहरु बन्द गर्नुहुन्छ , तब बाकी पैसाको जाँच गर्नु हुन्छ नि होइन ? तपाईले हेर्नु हुनेछ कि के तपाईसंग व्यय भन्दा अधिक आय छ कि या व्यय भन्दा कम आय छ। यदि व्यय आय भन्दा अधिक छ भने , तब तपाईको दिवालिया हुन्छ । यदि आय व्यय भन्दा अधिक छ भने है, तपाईलाई लाभ हुन्छ।
मृत्युको समयमा पनि यस्तै हुन्छ भनेर सोच्नुस् । जब तपाई अहिले पनि जीवित हुनुहुन्छ भने तपाईले जमा गर्नु भएको कम्मा शेष को हिसाब गरिन्छ र तपाईको दिमागमां हुने परिणामलाई निर्धारित गर्नेछ। यदि तपाईको नराम्रो कर्म तपाईको राम्रो कर्म भन्दा अधिक हुन्छ, तब नराम्रो काम तपाई दिमागलाई अवांछनीय स्थितिमा जाने कारण बनाईदिन्छ, जस्तो कि भोकाएको भूत, डरलाग्दो भूत, नरक वा जनावर मा रहनु। यदि तपाईको राम्रो कर्म तपाईको नराम्रो कर्म भन्दा बढी छ तपाईको राम्रो कर्मले तपाईलाई देवता बना बनाई दिन्छ। देवता वा स्वर्गदूतहरुको पनि धेरै अलग अलग स्तर हुन्छ जो तपाईद्वारा गरिएका राम्रो कर्म को स्तरमा निर्भर गरेको हुन्छ। जति राम्रो कर्म तपाईले गर्नु भएको छ, त्यत्ति नै उच्च स्तरको अस्तित्वमा तपाईको जन्म हुन्छ र उत्तिकै धेरै खुशीको अनुभव हुनेछ ।
तर आखिरकार, जब यो कर्क समाप्त हुन्छ, तो तपाई फेरि फिर्ता आउनु हुनेछ र नया शरीर लिनु हुनेछ। तपाई फेरि एक मनुष्य को रूपमा पुनर्जन्म लिनु हुनेछ र प्रक्रिया फेरी शुरू हुन्छ। किनकी तपाईको शरीरलाई देख्ने, सुन्ने, महसूस गर्ने, स्पर्श गर्ने, आफ्नो शरीर को माध्यमबाट खुशी खोज्न को लागी शरीर को उपयोग गर्ने इच्छा हुन्छ । र खुशी पार्ने प्रक्रियामा, तपाईको केही नराम्रो काम हुनसक्छ । यदि तपाई भाग्यशाली हुनुहुन्छ भने तपाई यस्तो कुनै व्यक्तिको रुपमा जन्म हुनेछ, जोसंग धेरै भन्दा धेरै संसाधन हुन्छ, धेरैसारै धन हुन्छ , ताकि तपाईलाई नराम्रो काम गर्नु नपरोस्। तपाई अझ राम्रो काम गर्न सक्नु हुनेछ । जब तपाईसंग जरूरत से ज्यादा पैसा हुन्छ, तब तपाई यसलाई अन्य व्यक्तिहरुसंग साझा गर्न सक्नु हुनेछ, तपाई अरुलाई मदद गर्न सक्नुहुनेछ । तपाईले राम्रो काम गर्नुस । अच्छा काम करें। शरीर को जीवनकाल को अंतमा यही राम्रो कम्म र नराम्रो कम्ममा फेरी संतुलन बनाउँछ। जोसंग अधिक संतुलन हुन्छ वही कर्म फेर मन मा अधिकार जमाउँछ ।
यह चक्र तब तक चलीरहन्छ जब तक आप बुद्धको शिक्षाहरुलाई उपदेशहरुलाई पूरा गर्नु हुन्न जो तपाईलाई सिकाइरहेको छ कि यदि तपाई पुनर्जन्म को यस प्रक्रियालाई रोक्न चाहनु हुन्छ भने तपाईले खुशी पाउन शरीरको उपयोग गर्ने आफ्नो इच्छाबाट छुटकारा लिनु पर्नेहुन्छ । तपाईको इच्छा एउटा प्रेरणा शक्ति हो जसको कारण तपाई अस्तित्वको लोकहरुमा पुनर्जन्म लिनु हुन्छ । यदि तपाईले आफ्ना सारा इच्छाहरुबाट छुटकारा लिन सक्नु हुन्छ भने, तब तपाईको पुनर्जन्म हुनकोलागी आवश्यक तत्वहरु केही हुने छैन । तपाई निर्बाणमा हुनुहुन्छ, जहाँ कोई पुनर्जन्म हुँदैन । निर्बामाण , शांति र आनंद हुन्छ। बेचैनी र आंदोलन को कारण जो तपाईको इच्छाहरु छन् ती मनबाट पूर्णरुपले समाप्त भइसकेको हुन्छ ैं। त्यसैले, मन हर समय शांति र खुश रहीरहन्छ। अब जन्म लिनु पर्ने कुनै जरूरत छैन । अजहं सुकृत अभिजातो द्वारा अंग्रजीमा लिखित लेखको अनुवाद

किन भगवान बुद्धले होली पर्वलाई मुर्ख, असंस्कारी (ग्राम्य uncivilized) पर्व भनिए

Main News
बालनक्खत उत्सव( घोषक कथा)
भगवान बुद्धले होली जस्तो पर्वलाई मुर्ख, असंस्कारी (ग्राम्य uncivilized) पर्व भन्नु भएको छ ।
किन भगवान बुद्धले होली पर्वलाई यस्तो भनिएको हो भने बुद्धकालीन समयमा श्रावस्तीमा बाल नक्खत अर्थात मुर्खहरुको पर्व (बाल, नक्षत्र ) को घोषणा गरिएको थियो । यस पर्वमा भेला हुनेहरु जो मूर्ख र अविवेकी हुन्थे।
एक हप्ता सम्म चल्ने यस पर्वमा एक आपसमा धूलो, फोहर एवं गोबरले हान्ने, शरीर र अनुहारमा दल्ने, तथा मनमा जे आयो त्यही बोल्ने, फोहर फोहर कुराकानी गर्ने अरुलाई होच्याउने गाली गर्ने जस्ता कार्यहरु गरिन्थ्यो । यसरी जथाभावी चल्ने र बोल्ने कार्य उनीहरुले बडो शानका साथ गर्दथे कुनै डर चिन्ता थिएन । परिवार नातेदार तथा अन्य मानिसहरुले के भन्लान भनेर चिन्ता र डर थिएन उनीहरुलाई ।
तर उनीहरुको यस कार्यले भने उनका परिवार, आफन्तजन तथा अन्य सज्जनहरुलाई यसले धेरै नै असर गरिरहन्थ्यो । यसरी मनपरि ढंगले जथाभावी बोल्दै चल्ने मात्र नभएर मानिसहरुको घरमा पसलमा गएर पैस समेत माग्न जान्थ्ो , नदिए तथानाम गाली गर्ने गर्दथे । त्यसैले मानिसहरु उनीहलाई पैसा दिएर पिछा छुडाउथे ।
यो परम्परा नै नेपालमा मनाउने होली पर्व पनि पहिला गोबर तथा फोहरले शरीर दल्ने र हान्ने पर्व अहिले अविर दल्ने बेलुन तथा पोहरपानीले हान्ने गरिन्छ । मादक पदार्थ सेवन गरे जथावाी बोल्ने र कार्य गर्ने परम्परा यथावत नै छ । अझ तराईमा होलीको दिनमा विभिन्न व्यक्तिहरुलाई भेला गराएर ‘महामुर्ख’को उपाधि दिने समेत गर्दछ । यसरी एक हप्तासम्म नगरमा कोही पनि सज्जन बाहिर जान आँट गर्दैनथे । घरमा नै बसिरहन्थे । एक हप्ता पछि यो पर्व समाप्त भएपछि मानिसहरु आआफ्नो घरबाट बाहिर आउँथे आआफ्नो काम लाग्न थाले ।
यसै क्रममा श्रद्धाले उपासक उपासिकाहरुले भगवान बुद्ध सहित भिक्षुसंघलाई भोजन दान गरे । भोजन पछि उपासक उपासिकाहरुले मूर्ख पर्वले आम मानिसलाई दुःख भएको भनेर बिन्ति गर्दा भगवान बुद्धले भन्नु भयो यो पर्व असंस्कारी (ग्राम्य uncivilized) पर्व हो भनेर आज्ञा गर्नु हुँदै भन्नुभयो
“ मुर्ख (ग्राम्य अर्थात असंस्कारी)हरुको काम नै यस्तै हुन्छ । तर बुद्धिमान मनिसहरु अप्रमाद (स्मृतिवान र सचेतन अवस्था) लाई रक्षा गरेर अमृत रूपी महानिर्वाण रूपी संपत्ति प्राप्त गर्दछ । भगवान भन्नुभयो ः
“जो मानिस प्रमादी (शरीर, बचन र मनबाट होस नभएका) हुन्छ उनीहरु त्यस्तो स्थानमा जानेछ यहाँ गालि गर्ने, चुगलि गर्ने तथा अहित हुने कामको बाहुल्यता हुन्छ र उनीहरु यस्ता पर्व गएर खराब र नराम्रो वातावरण उत्पन्न गरिदिन्छ ।
तर जो लोग अप्रमादी (शरीर, बचन र मनबाट होस भएक स्मृतिवान ) हुन्छ उनीहरु यस्ता पर्व तथा मेलाहरुहरुलाई बहिष्कार गर्नेछ । आफ्नो अप्रमादलाई यसरी रक्षा गर्नेछ कि जसरी धनीले आफ्नो धनको रक्षा गरे जस्तै ।
यति उपदेश गरिसके पछि पुन गाथाबाट शाक्यमुनी बुद्धले भन्नुभयो ः
पमादमनुयुञ्जन्ति बाला दुम्मेधिनो जना ।
अप्पमादञ्च मेधावी धनं सेठ्ठ’व रक्खति ।।
अर्थ ः
मूर्खहरू प्रमादी हुन्छन,
पण्डितहरू सेठले धन रक्षा गरे झैं अप्रमादलाई रक्षा गर्दछन्
मा’पमादमनुयुञ्जेथ, मा कामरतिसन्थवं ।
अप्पमत्तो हि झायन्तो पप्पोति विपुलं सुखं ।।
प्रमादी नहोऊ, काम विषयमा आसक्त नहोऊ,
अप्रमादी भई ध्यान ग¥यो भने विपुल सुख प्राप्त हुन्छ
(अप्पमाद वग्ग धम्मपद)

बिरामीहरु समक्ष मैत्री र करुणा चित्तले परित्राण पाठ गरे रोग निवारण हुन्छ

बुध्दबाणी
स्वास्थ्य सेवा गर्ने तरीका थरी थरी छन । बुद्धधर्म अनुसार शारीरिक सेवा गरेर, यथाशक्ति धन दिएर अथवा औषधी आदि दिएर स्वास्थ्य सेवा गर्न सकिन्छ । अर्को थरी मनोवैज्ञानिक तरिकाबाट पनि रोगीको सेवा हुनसक्छ र हुन्छ पनि ।
एक समयमा भगवान ्बुद्ध राजगहृ नगरको नजिक कलन्दक निवाप नामक वेलुवन विहार (बासँबारी) मा बस्नुभएको थियो । त्यस बखत भगवान ्बुद्धका एक शिष्य महाकाश्यप महास्थविर पिप्फलीगुफामा रोगले पीडित भई बस्नुभएको थियो ।
अनि भगवान ्बुद्ध साझँपख ध्यान समाधिबाट उठ्नुभई महाकाश्यप जहाँ बस्नुभएको थियो, त्यहाँ पाल्नुभई बिछ्याइराखेको आसनमा बस्नुभयो र महाकाश्यप भिक्षुसित सोध्नुभयो–
काश्यप, के तिमीलाई असाध्यै सहनै नसक्ने गरी दुःख वेदना भइरहेको छ? के रोग कम भएको छैन? के दुःख वेदना कम हुने लक्षण देखा पर्दैन?
अनि रोगी महाकाश्यप भिक्षुले भन्यो–“भन्ते, मलाई त सहनै नसक्ने गरी दुःख वेदना भइरहेको छ, बस्नै मुस्किल छ, झन ्बढन्ु बाहेक रोग कम भएको छैन ।”
काश्यप, मैले सप्तबोध्यङ्ग (सात बोधिज्ञानको अङ्ग) राम्रैसगँ व्याख्या गरिसकें, अभ्यास गरिसकें, बार बार अनुभव गरिसकें । यी सात बोधिअङ्ग धर्म, चार आर्यसत्यलाई (दुःख, दुःखको कारण, दुःखको नाश र दुःख अन्त गर्ने बाटोलाई) यथार्थ रुपमा बुझन् र निर्वाण (दुःखबाट मुक्ति) प्राप्तिको लागि उपयोगी छन ।
ती सात धर्म हुन–्
(१) स्मृति (सावधान हुनु)
(२) धर्मविचय (धर्मको बारे परीक्षण शक्ति)
(३) वीर्य (ठीक उत्साह)
(४) मानसिक प्रीति
(५) प्रश्रब्धि (नराम्रो विचारलाई दबाउनु)
(६) समाधि (चित्त एकाग्रता) (७) उपेक्षा (दुःखमा पनि सुखमा पनि चित्त विचलित र उच्छृंखलता नहुनु) ।
उपर्युक्त सात कुराको व्याख्या गर्नुभई करुणापूर्वक उपदेश दिनुभयो ।
रोगी महाकाश्यप भिक्षुले अनुमोदन गरे, रामा्रे कुरा हो भनी स्वीकार गरे । अनि महाकाश्यप भिक्षु रोगबाट मुक्त भई सदाको लागि स्वास्थ्यलाभी हुनुभयो ।
यस्तै भगवान ्बुद्धले सप्तबोध्यंग परित्राण पाठगरी (उपदेश दिनुभई) महामोग्गल्लायन भिक्षुको रोग शान्त गरिदिनुभयो ।
बुद्धकालदेखि भिक्षु–भिक्षुणीहरुले बिरामीहरु समक्ष मैत्री र करुणा चित्तले परित्राण पाठ गरी (मनोवैज्ञानिक तरिकाबाट) रोगको शान्त गर्दै आइरहेका छन ्। यो पनि स्वास्थ्य सेवामा गनिन्छन ्।

पैसा र रुपको घमण्ड हुनेहरु

Main News
वासवदत्ता र भिक्षु उपगुप्त ।
रातको गहिरो शुन्यता, चारैतिर फैलिएको अँध्यारोमा पनि बजारको रौनक चम्की रहेको थियो । चारैतिर मानौ यौवन उन्मादमा थियोे, युबा-युबतीको झुन्ड-झुन्ड हास्दै हास्दै रम्दै घुमी रहेको थियोे । त्यसै समयमा वासदत्ता पनि आफ्नो रथमा नगर घुम्नकाे लागी निक्लिन । यौवनको मदमा मस्त नगरक युवा वसवदत्ता निक्लेको देखेर सबैको आँखा उसको रुप, यौबनमा गएर रोक्कियो । उनकाे एकै झलकमा लोक मस्त हुन्थे । जसलाई उनीसंग-साथ मिल्छ उसले त दुनियाँमा आफुले आफैलाई धन्य भागी सम्झिन्थ्यो ।
वासवदत्ता एक नगर बधु थिइनँ-यानी सारा नगरको बधु, नगर-नटि-सारा शहरमा उसको यौवनको जादु छाएको थियोे । जो सुन्दर स्त्री हुन्थ्यो, उसलाई नगरबधु बनाइन्थ्यो ताकी लोकमा संघर्ष नहोस, कलह नहोस, झगडा नहोस । जो अति सुन्दर छ उसका लागी धेरै प्रतियोगिता चल्नेछ, झगडा हुनेछ, त्यो सबैको होस, एकको मात्र नहोस । यी वासबदत्ता त्यस समयको सुन्दर युवती थिइनँ ।
वासवदत्ता अभिसारका लागी निक्लेकी थिइन आफ्नो रथमा सवार भएर, फुलले सजिएर । उसले नजिकैबाट गइरहेको बौद्ध भिक्षु उपगुप्तलाई देखेर तीन छक्क परिन, उसको मदमस्त चाल, हातमा एक भिक्षा पात्र, शरीरमा एक चिवर-कुनै आभुषण छैन । उसले त आभुषणले लादिएको सौन्दर्य देखेकी थिइनँ । सुन्दर बस्त्रमा बेरिएको शरीर, जसले शरीरको कुरुपतालाई केवल लुकाउनु सक्छ । त्यसमा सौन्दर्य भर्न सक्दैन, यसले हाम्रो आँखामा एक भ्रम उत्पन्न गराइ दिन्छ, एक आवरणको चस्मा लगाइ दिन्छ ।
आज उसको नयनले प्राकृतिक सौन्दर्यलाई देख्यो । शुद्ध र स्फटिक हिरा जुन अहिले काट-छाँट गरिएको छैन, परन्तु त्यसबाट आभा छल्किएर प्रसाद झै छरिदै थियो । उसको आँखालाई बिश्वास नै भएन । के यस्तो सौन्दर्य पनि हुनसक्छ-यस कुरुप संसारमा, जो केवल देहको भोगमा लिप्त हुन्छ । उसको अनुहारमा वास्नाको एक कालो छाँयाले उसलाई घेर्न सुरु गर्यो ।
उसले ढोकामा भिख माग्दै गरेको सम्राट देखेको थियो । उसको ढोकामा भिड लागि रहन्थ्यो राजपुत्र, नबयुबक, धनपतीहरुको-तर सबैसँग उसको भेटघाट हुँदैन थियोे । धेरै महंगो थिइनँ वासवदत्ता । तर यो भिक्षु जस्तो सुन्दर ब्यक्ति उसले कहिले देखेको थिइनन ।
वासवदत्ताले रथलाई रोकेर भिक्षुलाई बोलाइन । जुन भिक्षु उपगुप्ता थिए । उ शान्त मुद्रामा आफ्नो भिक्षापात्र लिएर गइ रहेका थिए । उसले सोचेको पनि थिएन कि कुनै नगरबधुले पुकार्नेछ । उ त आफ्नो आँखा भन्दा चार फिट अगाडी-जस्तो भगवान बुद्धले भन्नुभएको थियोे...चार फिट भन्दा धेरै नहेर्नु, आफ्नो आँखालाई निहुँराएर चुपचाप मार्गमा हिडिरहेका थिए । उ हिडनुमा एक अपुर्ब प्रसाद थियोे । एक लय थियोे, एक गौरव गरिमा थियोे । जुन एक भिक्षुको हिडाइमा नै हुनसक्छ । जुन एक शान्त पोखरी जस्तै स्फटिक जरुर छ तर त्यो गहिरो पनि छ । उसको तृष्णा, दु:ख-वेदना, मोह, लोभ सबै हराइ सक्यो, उ शान्त छ । आफ्नो भित्र रमाएर चुपचाप गइरहेको छ ।
भिक्षुहरु ( संन्यासी ) अपुर्ब रुपले सुन्दर हुन्छन् । संन्यासले जस्तो सौन्दर्य दिन्छ मनुष्यलाई अरु कुनै चिजले दिदैन । संन्यास्त भएर तिमी सुन्दर भएनौ तब बुझ् कि काहीँ भुलचुक भइरहेको छ । र संन्यासीको कुनै श्रृङ्गार छैन । संन्यास यति ठुलो श्रृङ्गार हो कि फेरि अरु श्रृङ्गारको कुनै जरुरत पर्दैन ।
तिमिले देख्यौ कि संसारी भोगिको, जवानीमा सायद सुन्दर हुन्छन् । तर जसै-जसै बृद्धपन आउन थाल्छ, असुन्दर हुन थाल्छ । तर त्यो भन्दा उल्टो घटना पनि घटछ । संन्यासीको जिबनमा, जसै जसै संन्यासी बृद्ध हुन थाल्छ, त्यसै त्यसै अरु सुन्दर हुन थाल्छ । किनकी संन्यासी कहिले बूढो हुँदैन ।
उ रथलाई रोक्छिन, भिक्षुको अगाडी नयन ओछ्याएर उभि रहन्छिन । बौद्ध भिक्षु उपगुप्तालाई देखेर उनी छक्क परिन, दिपकको प्रकाशमा-बाटोको किनारमा जुन दिपस्तम्भ छ त्यसको प्रकाशमा-उसले सबल, स्वास्थ्य, तेज दिप्त गोरो बर्णको भिक्षुलाई हेरेको हेरै भइन । यस्तो रुप उसले कहिले देखेको थिएन । भिक्षुको सहज सौर्न्दर्यले उसको मनलाई हल्लाइ दिन्छ । आजसम्म संसार उसको प्रेमको खातिर छटपटिन्थ्यो, पहिलोपटक वासवदत्ता कसैको प्रेमको लागी तडपिन । उ भिक्षुलाई आफ्नो घरमा आमन्त्रित गर्छिन । भिक्षुले धेरै बहुमुल्य कुरा उत्तरमा भन्छ ।
उपगुप्तले उनलाई भने:-"जुन दिन समय आउँनेछ, त्यस दिन म स्वयं नै तिम्रो कुञ्जमा उपस्थित हुनेछु ।"
वासवदत्ता भन्छिन:-"भिक्षु मेरो घरमा आउ, रथमा बस, म तिमीलाई आफ्नो घरमा लैजाने छु, त्यहाँ तिम्रो सेवा गर्नेछु, सबै मेरो दास बन्न आतुर रहन्छन तर मेरो मन तिमीमा आयो । म स्वयं तिम्रो दासी बन्न तयार छु ।"
भिक्षु उपगुप्ताले भने:-"आउनेछु, सुन्दरी अवस्य आउनेछु । समयले जब बोलाउनेछ म आउनेछु । अहिले मेरो होईन तिमीलाई वासनाको जरुरत छ । जब तिमिलाई मेरो जरुरत पर्नेछ, अबस्य आउनेछु-यो मेरो बाचा भयो । समयको प्रतीक्षा गर ।
धेरै दिन बितेर गयो, वासवदत्ता प्रतीक्षा गरिरहिन । अब उसको मन केही कुरामा रम्दैन थियोे । त्यो अपुर्ब रुप आँखाको सामुन्नेबाट हिडि रहन्थ्यो । एक छाँया जस्तै उसलाई चाहेर पनि भोग्नु त टाढाको कुरा त्यसलाई छुन पनि सक्दैन थिइनँ । यस संसारमा अब राग-रंग उसलाई केही पनि राम्रो लाग्दैन थियोे । यो उसले बुझ्न सकेकी थिइनन कि कसरी पाउन सकिन्छ त्यस भिक्षुलाई जुन मार्गले उसले संसारको प्रत्येक बस्तुलाई पाउन जान्दछ । त्यसै मार्गले उसले भिक्षुलाई खोजी रहेकी थिइनँ । सुगन्धलाई देख्न सकिदैन त्यसलाई त केवल महशुस गर्न सकिन्छ । उसलाई त फुललाई कुल्चेर अत्तर निकाल्न आउथ्यो तर अदृश्य सुगन्धलाई कसरी पक्रने उसलाई थाहै थिएन ।
धेरै लोकहरु आउथे, धेरै लोकसग समन्ध बनाउथी । नगर-बधु थिइनँ उनी, त्यो उसको काम थियोे-बेस्या थिइनँ वासवदत्ता । तर अब देहमा त्यो दिप्ती देखिदैन थियोे । अरु केही नै आँखामा बसेको थियोे, उ जान्दिन थिइनँ कि कसरी पाउने ? अब बिस्तारै बिस्तारै समयको साथमा उसको देहमा रस कम हुँदै जाँदै थियोे । उसको सौर्न्दर्य बिस्तारै बिस्तारै निख्रीदै थियोे । उपगुप्ताको त्यो शान्त आँखाले उसको पिछा गरि रहन्थ्यो । भिक्षुको त्यो आभा, त्यो निर्मलता, उसले चाहेर पनि भुल्न सकिनन । रातमा सपनामा अचानक बिउँझिन्थिइन, दासीलाई बोलाउथिन, पसिनामा लतपतिएको उसलाई दासी पानी दिन्थिन । त्यस पूरा रात उसलाई निन्द्रा आउदैन थियोे । अबत मदिराले पनि आफ्नो काम गर्न बन्द गर्यो । उ होश गुमाउने उपाय बढाउथिइन तर त्यो आँखाले उसको पिछा गरिरहन्थ्यो ।
तर उसले उपगुप्ताको कुरालाई सुनेको थियोे:-"जब समय आउनेछ तब म आउनेछु ।"
यति बल पुर्बक भनिएको थियोे कि यो कुरा त स्पष्ट भयो-उपगुप्ता ती लोकहरु मध्येका होइनन् । जे भनेका छन त्यस्तै नै हुनेछ, समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यसैले वासदत्ताले कहिले बोलाउने चेस्टा गरिनन । कहिलेकाही बाटोमा आउदै जाँदै गरेको उपगुप्तालाई देखे पनि बोलाउने हिम्मत गर्न सकिनन । सायद उसले यसलाई उचित सम्झिनन । भिक्षुले त आफ्नो कुरा भनिसकेको थियोे-प्रतीक्षा अरु प्रतीक्षा ..........उसको सारा जीवन बित्यो । एक आसाको किरण प्रकाश पुञ्ज जस्तै उभित्र चम्की रहर्यो जानी नजानी ।
फेरि एक रात.......पुर्णिामाको रात..........उपगुप्ता मार्गमा हिडिरहेका थिए । उसले देख्यो कि बाटोमा कोही रुग्ण/बिरामी लडि रहेको छ । गाउँभन्दा धेरै बाहिर एक निर्जन स्थानमा------शहरको भिडभाड, चमक धमक भन्दा टाढा । उसले आवाज दियो को छ त्यहाँ ? वासवदत्ता कराइ रहिन । उसको पुर्ण शरीर जर्जर, वसंतका दानाले गले सडेको थियोे, त्यो सुन्दर काया, सुगन्धित अत्तरमा जो महकिन्थ्यो, आज गलेको थियोे ।
उपगुप्ताले प्रकाशमा देख्यो:-"वासवदत्ता ! अरे, मलाई चीन म हुं उपगुप्ता !"
वासवदत्ताले आँखा उघारिन सायद अन्तिम घडी नजिकै थियोे । श्वास पनि मन्द हुँदै जाँदै थियोे । उसले उपगुप्ताको स्पर्श भनेर थाहा पाइन, उसको जलेको ती घाउ हरुमा एक शान्ति लता कुदेको महशुस गरिन । आँखाबाट आँसुधारा बगेर निक्लियो । उपगुप्ताले वासदत्ताको शिर उठाएर आफ्नो काखमा राखे र बसंत रोगले उसको अनुहारमा उठेको फोकामा स्नेह पुर्बक हातले स्पर्श गरे ।
यो जुन महारोग छ-बसंत रोग यसलाई भनिन्छ । नाम पनि हामीले क्या खुब छानेको छौ, यस देशमा नाम पनि हामी बडा हिसाबले छान्छौ । सारा शरीरमा काम-बिकारका कारण फोका फैलिएर गयो, यौन रोग हो । तर हामीले नाम दियौ बसंत रोग-जवानीको रोग । बसंतको रोग जुन अहिलेसम्म सौन्दर्य बनिएर प्रकट भइरहेको छ । जुन छाला अहिलेसम्म आभा युक्त थियोे, त्यो अब घाउले भरियो । सम्पुर्ण शरीर घाउले भरिएको छ, सडि रहेको छ ।
वासबदत्ताले भनिन:-मलाई नछुनु, मलाई बसंत रोग भएको छ । कोही पनि मलाई छुन चाहादैनन । कुनै प्रेमी छैन, सबैजना नाक-मुखमा कपडा राखेर नजिकैबाट जान्छन् । आज यौबन सकिएर गयो, यस्तो क्षणमा कोही प्रेमी बाकी रहेन, कोही पनि नगरमा राख्न तयार भएनन । मेरो घातक बिरामी तपाईंलाई पनि लाग्न सक्छ । उपगुप्ता मलाई एक घुट पानी पिलाइ दिनुहोस, दुई दिनबाट एक थोपा पानी घाटीमा परेको छैन । तीन दिनबाट मृत्युलाई पर्खेर बसेको छु ।
उपगुप्ताले आफ्नो भिक्षापात्र उसको कंठमा लगाइ दिए । पानीको एक थोपाले घाटीलाई मात्रै होईन भित्री मनलाई सम्म तृप्त गरायो । वासबदत्ताको आँखा खुल्लाको खुल्लै रहर्यो मानौ उपगुप्तालाई नियाली रहेकी छिन । प्राण त्यागिन वासवदत्ताले उपगुप्ताको काखमा ।
जसको एक झलक पाउन संसार लालयित हुन्थ्यो, जसको चरण सम्राटहरु चुम्थे । आज उसैले एक असहाय-अबलाको मृत्यु बरण गरिन । शहरभन्दा धेरै टाढा फ्याकिएकी थिइनँ, कतै यो रोग अरु कसैलाई नलागोस भनेर । त्यहीँ स्त्री जसलाई सारा संसार आँखामा सजाएर घुम्थ्यो, अन्तिम समयमा त्यो शिर एक भिक्षुको काखमा थियोे, जसलाई पनि उनी भोग्न चाहन्थिन । एक दयामया मुर्ती उपगुप्ता, जसले आउनेको, सेवाको बाचा गरेका थिए त्यो पूरा गरे ।
{ लामो तर धेरै उपयोगी लेख लाग्छ मेरो नजरमा, झन पैसा र रुपको घमण्ड हुनेहरुले त एकपटक पढनै पर्ने लेख हो ।} सुर्य घिसिङकाे फेसबुकबाट

तल र माथि हेरी खाने (सूचीमुखिसुत्तं)

बुध्दबाणी
एक समय, आयुष्मान् सारिपुत्र राजगृहस्थित वेणुवनको कलन्दकनिवापमा बस्नुभएको थियो ।
अनि आयुष्मान् सारिपुत्र पूर्वाण्ह समयमा चीवर पहिरी पात्र–चीवर ग्रहण गरी भिक्षाटनार्थ राजगृहमा जानुभयो । राजगृहमा क्रमैसँग भिक्षाटन् गरिसकेपछि एउटा भित्तामा अडेस लिई भिक्षा भोजन गर्दै हुनुहुन्थ्यो । अनि सूचिमुखी परिव्राजका जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रलाई यस्तो भनिन्—
“श्रमण ! किन तलतिर हेरेर खाँदैछौ ?”
“बहिनी ! मैले तलतिर हेरेर खाएको छैन ।”
“श्रमण ! त्यसोभए माथितिर हेरेर खाँदैछौ त ?”
“बहिनी ! मैले माथितिर हेरेर पनि खाएको छैन ।”
“श्रमण ! त्यसोभए चारैदिशातिर हेरेर खाँदैछौ त ?”
“बहिनी ! चारैदिशातिर हेरेर पनि मैले खाएको छैन ।”
“श्रमण ! त्यसोभए विदिशातिर हेरेर खाँदैछौ त ?”
“बहिनी ! विदिशातिर हेरेर पनि मैले खाएको छैन ।”
!— “श्रमण ! किन तलतिर हेरेर खाँदैछौ ?” भनी सोध्दा ‘बहिनी ! तलतिर हेरेर मैले खाएको छैन भनी भन्छौ ।
२— ‘श्रमण ! त्यसोभए माथितिर हेरेर खाँदैछौ त ? भनी सोध्दा ‘बहिनी ! माथितिर हेरेर पनि मैले खाएको छैन भनी भन्छौ ।
३— “श्रमण ! त्यसोभए चारैदिशातिर हेरेर खाँदैछौ त ? भनी सोध्दा ‘बहिनी ! चारैदिशातिर हेरेर पनि मैले खाएको छैन भनी भन्छौ ।
४— ‘श्रमण ! त्यसोभए विदिशातिर हेरेर खाँदैछौ त ? भनी सोध्दा ‘बहिनी ! विदिशातिर हेरेर पनि मैले खाएको छैन भनी भन्छौ ।
श्रमण ! त्यसोभए कसरी खाँदछौ त ?” १— “बहिनी ! जुन श्रमण ब्राम्हणहरू— तिरश्चीनविद्या भनिने वस्तुविद्यादि (कुनै प्रकारका तरकारीहरू अथवा फलपूmलहरू उत्पादन गर्ने विद्यालाई ‘वस्तुविद्याु (ख्भनभतबतष्यल) भनी भन्छन् । यस्ता विद्याद्वारा उपलब्ध भएको लाभ–सत्कार तथा धनद्वारा जीविका गर्नु— बुद्धधर्मको नीति अनुसार— श्रमण ब्राम्हणहरूका निमित्त मिथ्या–जीविका हुन जान्छ ।) मिथ्या जीवनद्वारा जीविका गर्छन्— त्यस्ता श्रमण ब्राम्हणहरूलाई— ‘तलतिर हेरेर खानेु भनी भन्दछन् ।”
२— “बहिनी ! जुन श्रमण ब्राम्हणहरू— तिरश्चीनविद्या भनिने नक्षत्रविद्यादि (नक्षत्र–विद्या भन्नाले ज्योतिष–लक्षण शास्त्र आदि विद्यालाई भनिएको हो । ‘यस्तो लगन छ उस्तो लगन छु भनी आदि कुराहरू बताई त्यसद्वारा उपलब्ध भएको लाभ–सत्कार तथा धनद्वारा जीविका गर्नु पनि बुद्ध धर्मको नीति अनुसार श्रमण ब्राम्हणहरूका निमित्त मिथ्या जीविका हुन जान्छ । ) मिथ्या जीवनद्वारा जीविका गर्छन्— त्यस्ता श्रमण ब्राम्हणहरूलाई— ‘माथितिर हेरेर खाने भनी भन्दछन् ।”
३— “बहिनी ! जुन श्रमण ब्राम्हणहरू— यता–उता जाने–आउने दूतेय्यादि मिथ्या जीवन– द्वारा जीविका गर्छन्— त्यस्ता श्रमण ब्राम्णहरूलाई ‘चारैदिशातिर हेरेर खाने भनी भन्दछन् । ४— “बहिनी ! जुन श्रमण ब्राम्हणहरू— तिरश्चीनविद्या भनिने अङ्गविद्यादि (अङ्गविद्या भनी स्त्री वा पुरुषहरूको अङ्गप्रत्यङ्ग लक्षणादि हेर्नेलाई ‘अङ्गविद्या भनी भनिन्छ । यस्ता लक्षणहरू हेररे— ‘यस्तो हुन्छ उस्तो हुन्छु आदि भनी त्यसबाट उपलब्ध हुने लाभसत्कार तथा धनद्वारा जीविका गर्नु पनि बुद्ध धर्मको नीति अनुसार श्रमण ब्राम्हणहरूको निमित्त मिथ्या जीविका हुन आउँछ । ) मिथ्या जीवनद्वारा जीविका गर्छन्— त्यस्ता श्रमण ब्राम्हणहरूलाई— ‘विदिशातिर हेरेर खाने भनी भन्दछन् ।”
“बहिनी ! न म त्यो तिरश्चीनविद्या भनिने वस्तुविद्यादि मिथ्या जीवनद्वारा जीविका गर्छु, न तिरश्चिनविद्या भनिने नक्षत्रविद्यादि मिथ्या जीवनद्वारा नै जीविका गर्छु, न त यताउता जाने आउने दूतेय्य कामद्वारा मिथ्या जीविका गर्छु, न त तिरश्चीनविद्या भनिने अङ्गविद्यादि मिथ्या जीवनद्वारा नै जीविका गर्छन् बरू धर्मतापूर्वक भिक्षा भोजन खोज्छु ( भिक्षाटन् गर्छु) र धर्मतापूर्वक खोजी गरेको (भिक्षाटन् गरेको) भिक्षा–भोजनद्वारा जीविका गर्छु ।”
त्यसपछि सूचिमुखी परिव्राजिका राजगृहको सडक सडकमा र दोबाटो दोबाटोमा घुमी यस्तो भन्न थालिन्— “श्रमण शाक्यपुत्रीयहरू धर्मतापूर्वक आहार ग्रहण गर्छन् । श्रमण शाक्यपुत्रीहरू निरवद्य (दोषरहित) आहार ग्रहण गर्छन् । श्रमण शाक्यपुत्रीयहरूलाई भिक्षा– भोजन देऊ! ।” परिव्राजिकाको कुरा सुनी पाँचसय परिवारहरू बुद्धमार्गी भएका थिए ।

के प्राप्त गर्नेलाई भिक्षु भन्दछन् ? सभिय परिव्राजकको प्रश्न

बुध्दबाणी
यस्तो मैले सुनें ।
एक समय भगवान राजगृह स्थित वेणुवनको कलन्दक निवापमा बसिरहनु भएको थियो । त्यस समय सभिय परिव्राजकलाई उनका पुराना एक हितैषी देवताले “सभिय ! जुन श्रमण वा ब्राम्हणले यी प्रश्नहरू सोध्दा तिमीलाई उत्तर दिन सक्नेछन् त्यसैकहाँ ब्रम्हचर्यवास गर” भनी प्रश्नहरू सिकाएका थिए । अनि ती देवतासँग प्रश्नहरू सिकी सभिय परिव्राजक जो ती पूरण काश्यप, मक्खली गोशाल, अजित केशकम्बल, प्रकुध कात्यायन, सञ्जय बेलठ्ठटपुत्र र निगण्ठनाटपुत्र जस्ता संघी, गणी, गणाचार्य, ख्यातिप्राप्त, यशस्वी, तीर्थकर तथा धेरैबाट साधुसम्मत प्राप्त श्रमण ब्राम्हणहरू छन् तिनकहाँ गई प्रश्नहरू सोध्दथे । सभिय परि– व्राजकका प्रश्नहरूको उत्तर उनीहरू ठीकसँग दिन सक्दैनथे ।
उनको मनमा यस्तो लाग्यो— “यी श्रमण गौतम पनि संघी, गणी, गणाचार्य, ख्यातिप्राप्त, यशस्वी, तीर्थकर तथा धेरैबाट साधुसम्मत प्राप्त हुन् । अतः किन म श्रमण गौतमकहाँ गई यी प्रश्नहरू नसोधौं !
”फेरि उनको मनमा यस्तो लाग्यो— “जो ती पूरण काश्यप, र निगण्ठनाटपुत्र जस्ता जीर्ण, वृद्ध, बैँश प्राप्त, धेरै दिन भएका, उमेर पूरा भएका, स्थविर, रात्रज्ञ, धेरै समयदेखि प्रव्रजित भएका, संघी, गणी, गणाचार्य र धेरैबाट साधुसम्मत प्राप्त श्रमण ब्राम्हणहरू हुन्— उनीहरूसँग प्रश्न सोध्दा पनि उनीहरूले ठीकसँग उत्तर दिन सकेनन् । उत्तर दिन नसकेपछि कोप, द्वेष र अप्रसन्नता प्रकट गरी मसँगै प्रश्न सोध्छन् भने यी श्रमण गौतमले के यी प्रश्नहरूको उत्तर दिन सक्लान् र ! श्रमण गौतम जन्मले पनि तरुण छन् तथा प्रव्रज्यात्वले पनि नयाँ नै छन् ।”
फेरि सभिय परिव्राजकको मनमा यस्तो लाग्यो— “श्रमणहरू तरुण छन् भनी उनीहरूलाई अपमान र हेला गर्न हुन्न । तरुण भए पनि श्रमणहरू महद्र्धिक र महानुभाव हुन्छन् । अतः श्रमण गौतमकहा“ गई किन म यी प्रश्नहरू नसोधुँ ।”
यति सोची सभिय परिव्राजक जहाँ राजगृह स्थित बेणुवनको कलन्दकनिवाप हो, जहाँ भगवान हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवानसँग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि एक छेउमा बसे । एक छेउमा बसेका सभिय परिव्राजकले भगवानलाई गाथाद्वारा यसो भने—
“शंका र उपशंका लिई म प्रश्न सोध्ने विचारले तपाईकहाँ आएको छु । मैले सोधेका प्रश्नहरूको अन्त गरिदिनुहोस् र क्रमानुकूल तथा धर्मानुकूल उत्तर दिनुहोस्! ।
भगवान भन्नुहुन्छ—
१— “प्रश्न सोध्ने इच्छा गरी तिमी टाढैदेखि आएका छौ । तिम्रा प्रश्नहरू सुनेर क्रमानुकूल र धर्मानुकूल भनी त्यसको समाधान गरिदिने छु ।”
उनी हर्षित भई प्रीतिसौमनस्यानुभव गरी भगवानसँग प्रश्न सोधे—
(क) “के प्राप्त गर्नेलाई भिक्षु भन्दछन् ?
कसरी शान्तवान् हुन्छ ?
कसरी दान्त हुन्छ ? कसरी बुद्ध भनिन्छ ?
यी प्रश्नहरूको उत्तर भगवानले दिनुहोस् ।”
भगवान भन्नुहुन्छ—
१ “आपैm गएको बाटोबाट जसले परिनिर्वाण प्राप्त गर्छ, शंका दूर गर्छ, भव र विभवलाई त्यागी बस्छ र जसको पुनर्भव हुन्न उही भिक्षु हो ।”
२— “स्मृतिमान् तथा उपेक्षी भई जो बस्छ, जसले यस लोकमा कसैको पनि हिंसा गर्दैन र उत्तीर्ण तथा निर्लिप्त भएको जो श्रमणमा क्लेशहरू हुन्न्— उही शान्तवान् हो ।”
३— “जसका इन्द्रियहरू भित्र र बाहिर सबैतिर आफ्नो बशमा छन्, जसले यो लोक र परलोकलाई जान्दछ र समय (मृत्यु) को प्रतीक्षा गर्छ— उही दान्त हो ।”
४— “सबै कल्पनाहरूलाई र संसारमा उत्पन्न र च्युत हुने दुबैलाई जानी क्लेशहरूबाट दूर भई विशुद्ध हुने तथा जसको जन्म क्षीण भइसक्यो— उही बुद्ध हो ।”
अनि सभिय परिव्राजकले भगवानको भाषणलाई अभिनन्दन र अनुमोदन गरी सन्तुष्ट तथा प्रफुल्लित र प्रीतिसौमनस्यानुभव गरी भगवानसँग अर्को प्रश्न सोधे—
(ख) “के प्राप्त गर्नेलाई ब्राम्हण भन्दछन् ?
कसरी श्रमण हुन्छ ?
कसरी स्नातक हुन्छ ?
कसलाई नाग भनिन्छ ? यी प्रश्नहरूको उत्तर भगवानले दिनुहोस् ।”
भगवान भन्नुहुन्छ—
१— “जो सबै पापहरूलाई पखाली निर्मल भई समाधिमा समाहित भई, संसारबाट मुक्त भई, केवली भई, अनाश्रित भई तथा अकम्पित र स्थिर भई बस्छ— उही ब्राम्हण (श्रेष्ठ) हो ।”
२— “जो पुण्यपापलाई हटाई समन गरी बस्छ, जो इहलोक र परलोकलाई जानी निर्मल भई बस्छ, जो जन्ममरणबाट मुक्त छ तथा जो स्थिर र अकम्पित भई बस्छ— उही श्रमण हो ।”
३— “जसले भित्री र बाहिरी सबै लोकका पापहरू धोइसक्यो, जो देवमनुष्य लोकमा नजन्मिने तथा तृष्णा नहुने हो— उही स्नातक हो ।”
४— “जसले यो लोकमा कुनै रहस्यमय काम गर्दैन, जसले संयोजन बन्धनहरूलाई चुँडालिसक्यो, जो कतै नअल्झी विमुक्त भई अकम्पित र स्थिर हुन्छ— उही नाग हो ।”
अनि सभिय परिव्राजकले भगवानको भाषणलाई अभिनन्दन र अनुमोदन गरी सन्तुष्ट तथा प्रफुल्लित र प्रीतिसौमस्यानुभव गरी भगवानसँग अर्को प्रश्न सोधे—
(ग) “बुद्धहरू कस्तालाई क्षेत्रजित भन्दछन् ? कसरी कुशल हुन्छ ? कसरी पण्डित हुन्छ ? कसरी मुनि हुन्छ ? यी प्रश्नहरूको उत्तर भगवानले दिनुहोस् ।” भगवान भन्नुहुन्छ—
१) “जो दिव्यक्षेत्र, मनुष्यक्षेत्र तथा ब्रम्हक्षेत्र आदि क्षेत्रहरूको खोज गरी सबै क्षेत्रमूल र बन्धनबाट मुक्त भई अकम्पित र स्थिर हुन्छ— उही क्षेत्रजित हो ।”
२— “जो दिव्य मनुष्य र ब्रम्हकोषलाई राम्ररी अन्वेषण गरी यी सबै कोषहरूको बन्धनबाट मुक्त हुन्छ र अकम्पित तथा स्थिर भई बस्छ— उही कुशल हो ।”
३— “जो शुद्ध प्राज्ञपुरुष भित्री र बाहिरी दुबैतिर अन्वेषण गरी कृष्ण र शुक्ललाई हटाई अकम्पित र स्थिर भई बस्छ— उही पण्डित हो ।”
४— “सत् असत् धर्मलाई जानी भित्री र बाहिरी सबै लोकलाई जानी देवमनुष्यहरूद्वारा पूज्य भई बन्धनरूपी जालबाट जो मुक्त छ— उही मुनि हो ।”
अनि सभिय परिव्राजकले भगवानको भाषणलाई अभिनन्दन र अनुमोदन गरी सन्तुष्टिता तथा प्रफुल्लित र प्रीतिसौमनस्यानुभव गरी भगवानसँग अर्को प्रश्न सोधे—
(घ) “के प्राप्त गरेकालाई वेदगु (सर्वश्रेष्ठ ज्ञान प्राप्त) भन्दछन् ?
कसरी अनुविज्ञ हुन्छ ?
कसरी वीर्यवान् हुन्छ ?
को आजानीय हो ? यी प्रश्नहरूको उत्तर भगवानले दिनुहोस् ।”
भगवान भन्नुहुन्छ—
१— “जसले श्रमण ब्राम्हणहरूका सबै शास्त्र (समाधि) लाई जान्दछ, जो सबै वेदनाहरूबाट विरक्त छ र जो ज्ञानमा पारंगत छ— उही वेदगु हो ।”
२— “जो प्रपञ्च तथा नामरूपलाई जानी भित्री र बाहिरी शारीरि क रोगजरोलाई जानी सबै रोगजरो तथा बन्धनबाट मुक्त भई अकम्पित र स्थिर भई बस्छ— उही अनुविज्ञ हो ।”
३— “जो सबै पापहरूबाट दूर भई नारकीय दुःखबाट पारभई वीर्यवान्, उद्यमी, धीर, अकम्पित र स्थिर छ— उही वीर्यवान् हो ।”
४— “जसको भित्री र बाहिरी बन्धनका जराहरू उखेलिसके, जो सबै बन्धनको बन्धनबाट मुक्त छ, जो अकम्पित र स्थिर छ—उही आजानीय हो ।”
अनि सभिय परिव्राजकले भगवानको भाषणलाई अभिनन्दन र अनुमोदन गरी सन्तुष्टिता तथा प्रफुल्लित र प्रीतिसौमनस्यानुभव गरी भगवानसँग अर्को प्रश्न सोधे—
(ङ) “के प्राप्त गरेकालाई सोत्तिय (श्रुतवान् शास्त्री) भन्दछन् ?
कसरी आर्य हुन्छ ?
के गरेपछि चरणवान् हुन्छ ?
परिव्राजक को हुन् ? यी प्रश्नहरूको उत्तर भगवानले दिनुहोस् ।”
भगवान भन्नुहुन्छ—
१— “श्रुतमय ज्ञानद्वारा जसले यो लोकमा भएभरको सदोष र निर्दोषलाई सुनी राम्ररी जानी शंकासन्देहबाट दूर भई सबै ठाउँमा निदुःखी भई बस्छ— उही सोत्तिय (श्रुतवान् शास्त्री) हो ।”
२— “जसले सबै आस्रव र आलयहरूलाई छेदन गर्छ त्यस्ता विद्वान् गर्भवासमा उत्पन्न हुन्न । विविध संज्ञा र क्लेशलाई नष्ट गरी जो संसारचक्रमा पर्दैन— उही आर्य हो ।”
३— “जो यहाँ चरणधर्महरूमा परिपूर्ण हुन्छ र कुशल धर्महरूलाई सँधै जान्दछ अनि कहिं आसक्त हुन्न, विमुक्त हुन्छ तथा जसको कतै द्वेषभाव हुन्न र शान्त हुन्छ— यही चरणवान् हो ।”
४— “जुन माथि तल तेस्रो र सबैको बीचमा रहेको कर्मको दुःख विपाकलाई त्यागी ज्ञानपूर्वक आचरण गरी माया, ममता, अहंकार, लोभ, क्रोध तथा नामरूपको अन्त गरी प्राप्त गर्नुपर्नेलाई प्राप्त गर्छ— उही परिव्राजक हो ।”
अनि सभिय परिव्राजकले भगवानको उपदेशलाई अभिनन्दन र अनुमोदन गरी सन्तुष्टिता तथा प्रफुल्लित र प्रीतिसौमनस्यानुभव गरी आसनबाट उठी उत्तरासङ्ग एकांश पारी जहाँ भगवान हुनुहुन्थ्यो त्यतातिर अभिवादन गरी उहाँकै सन्मुख अनुकूल गाथाहरूद्वारा स्तुति गरे—
१— “श्रमणहरूको ब्यवहार र कल्पनाको आधारमा हुने जुन त्रिसठ्ठी दृष्टिहरू हुन् ती दृष्टिरूपी बाढीबाट भूरिप्रज्ञा हुनुभएका तपाई उत्तीर्ण हुनु भएको छ ।”
२— “दुःखको अन्त गरी तपाई पारहुनु भएको छ । म विश्वास गर्छु, तपाई अरहत् सम्यक्सम्बुद्ध क्षीणास्रवी हुनुहुन्छ । ज्योतिर्मान्, मुक्तिमान्, प्रसस्त प्रज्ञा हुनु भएका तथा दुःखान्त गर्नुहुने तपाईले मलाई तार्नुभयो ।”
३— “शंका र सन्देह हुने भनी जान्नु भई तपाईले मलाई त्यसबाट पार तारिदिन’भयो । मुनि हुनु भएका तपाई मुनिपथमा परिपूर्ण हुनुहुन्छ र तपाई आदित्यबन्धु शान्त हुनुहुन्छ .”
४— “जो ममा अघि शंका थियो त्यसबारे तपाईले बताइदिनुभयो । तपाई सम्बुद्ध निश्चय नै मुनि हुनुहुन्छ र तपाईमा नीवरण पनि छैन .”
५— “तपाईले सबै प्रकारका शोकहरूलाई ध्वस्त पारी निर्मूल पारिसक्नुभयो । तपाई शान्त, दान्त, धृतिमान् तथा सत्यवादी हुनुहुन्छ ।”
६— “श्रेष्ठहरूमध्येमा श्रेष्ठ हुनु भएका तपाई महावीरको भाषणलाई दुइ नारद देवगणहरू सहित सबै देवहरूले अनुमोदन गर्छन् .”
७— “पुरुषहरूमध्येमा श्रेष्ठ र उत्तम हुनु भएका तपाईलाई मेरो नमस्कार छ । देव सहित लोकमा तपाई बराबरका पुरुष कुनै छैनन् ।”
८— “तपाई बुद्ध हुनुहुन्छ, तपाई शास्ता हुनुहुन्छ र तपाई मार विजेता पनि हुनुहुन्छ । अनुशयलाई छेदन गरी उत्तीर्ण हुनु भएका तपाईले मलाई पनि उत्तीर्ण गराउनुभयो ।”
९— “वासना बन्धनहरूबाट तपाई पार हुनुभयो । आस्रवहरूलाई तपाईले नाश गर्नुभयो । उपादान र भय नहुने तपाई सिंह हुनुहुन्छ ।”
१०— “सुन्दर पद्मकमलको पूmलमा जसरी पानी अड्दैन त्यस्तै गरी तपाई पुण्य र पापमा लिप्त हुनुहुन्न । हे बीर ! खुट्टा पसार्नुहोस् । शास्तालाई सभिय वन्दना गर्छ ।” अनि भगवानको पाउमा शीरले ढोगी सभिय परिव्राजकले भगवानसँग यस्तो विन्तिगरे—
“धन्यहो भन्ते ! धन्यहो भन्ते ! भन्ते ! जस्तै घोप्टेकोलाई उत्तानो पारिदिंदा वा ढाकेकोलाई उघारिदिंदा वा बाटो भुलेकोलाई बाटो देखाइदिंदा अथवा अन्धकारमा तेलको दियो बालिदिंदा आँखा हुनेले रूप देख्दछन् त्यस्तैगरी तपाईले मलाई अनेक प्रकारले धर्म प्रकाश पारिदिनुभयो । अब म भगवानको शरणमा पर्छु, धर्म र भिक्षुसंघको पनि । भन्ते ! भगवानको समक्ष मैले प्रव्रज्या र उपसम्पदा पाऊँ ।”
“सभिय ! अघि अन्यतीर्थिय परिव्राजक भएकाले यस धर्मविनयमा प्रव्रज्यात्व र उपसम्पदा चाहन्छन् भने त्यस्ताले चारमहीनासम्म परि– वास (परिक्षणार्थ) बस्नुपर्छ । चारमहीनापछि आराधित भएका भिक्षुहरूले उसलाई भिक्षुत्वको निमित्त प्रव्रजित र उपसम्पदा गर्छन् । तर मलाई व्यक्ति विशेषताको कुरा पनि थाहा छ ।”
“भन्ते ! यदि यस धर्मविनयमा प्रव्रज्या र उपसम्पदा चाहने अन्यतीर्थियहरूले चारमहीनासम्म परिवास बस्नुपर्छ र चारमहीना परिवास बसिसकेपछि आराधित भएका भिक्षुहरूले भिक्षुत्वको निमित्त उसलाई प्रव्रजित र उपसम्पदा गर्छन् भने म चारवर्ष परिवास बस्नेछु । चारवर्ष पछि यदि भिक्षुहरू आराधित भएमा भिक्षुत्वको निमित्त मलाई प्रव्रजित र उपसम्पदा गरुन् ।”
अनि सभिय परिव्राजकले भगवानकहाँ प्रव्रज्या र उपसम्पदा पाए । उपसम्पदा भएको चिरकाल नबित्दै आयुष्मान् सभिय अरहन्तहरू मध्ये एक भए ।

राजसंस्थाView All

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ आज राजाबाट प्रमुख सचिब पशुपति भक्त महर्जन ज्यूलाई पठाइबक्सेर टिचिंग अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री केपी […]

राजारानी भारत भ्रमणबाट स्वदेश फिर्ति सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर विक्रम शाह देव तथा रानी काेमलराज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फिर्ति सवाारी हाेइबक्सेकाे छ । अाज आइतबार दिउँसो राजारानी भारत […]

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

बाैध्द-गतिविधिView All

बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न अखिल नेपाल भिक्षु महासंघकाे आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह समेत गरिएकाे महासंघका महासचिव भिक्षु काेण्डन्यले बताए । सरकारले कोरोना सर्तकताका लागि […]

भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट “अकुशल कर्म“ विषयमा धर्मदेशना

श्रध्देय भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट कर्मविवपाक र पुनर्भव अन्तर्गत “अकुसल कर्म“विषयमा धर्मदेशना गर्नु भएको छ । युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा भगवान बुद्ध बुद्ध भइसकेपछि सर्वप्रथम कपिलवस्तु नगरमा गमन गर्नु […]

अनगारीका संघबाट कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित बौद्ध स्थूपामा परित्राण पाठ

कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित धार्मिक पवित्रस्थल बौद्ध स्थूपामा परित्राण पाठ गरिएको छ । थेरवाद अन्र्तराष्टिय अनगारीका संघको आयोजनामा हिजो शुक्रवार बौद्ध स्थूपामा अनगारीका गुरुमाँहरुबाट नोबल […]

कोरोना भाइरसले सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति […]

राजनीतिView All

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
/ राजनीति

आवास क्षेत्रमै विधुतीय शवदाहको योजना विरोधमा उत्रिए, स्थानीय

ललितपुरको शंखमूलमा आवास क्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयवासीहरु संघर्षमा उत्रिएका छन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुले सोमबार ललितपुर महानगरपालिका र वडा नं ११ कार्यालयमा घेराउ गरी नाराबाजी […]
/ राजनीति

नेपालकाे पहिचान भनेकाे नै लुम्बिनी हाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई हिजाे बुद्धवार सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन […]

सामाजिकView All

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिए

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका […]
/ सामाजिक

बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट […]
/ सामाजिक

सत्यमोहन लोक साहित्य भवन बनाउन जगकाे शिलान्यास

सत्यमोहन लोक साहित्य भवन बनाउन आज चैत ६ गते विहिवार बखुं बहाल स्थित सत्यमोहन जोशीको घर पुननिर्माणकोलागी जग राख्ने काम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाजु महर्जनको उपस्थितिमा लोक […]
/ सामाजिक

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवस

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवसको उपलक्ष्यमा डा. अनोजा गुरुमांको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम थथुबही , जयकीर्ति महाविहारमा सम्पन्न […]
Go to Top