Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

नेपालमा सुत्तपिटक

बिचार
मंगलमान शाक्य
बुद्ध वचन भनेर भिक्षु र अनागारिकाहरुबाट सुन्दै आएका कुरा, कथा, सूत्र, उद्गार सबैजसो सुत्तपिटक नै हो । यसभित्र दसौं हजार गाथाहरु छन्, लामा छोटा सयौं सूत्र र कथाहरु छन् । आधा दशक (२००१–२०४९) नबित्तै दिवंगत भएका भन्तेहरु अमृतानन्द र अनिरुद्ध आदिले धम्मपदका सम्पूर्ण गाथाको अट्ठकथा प्रकाशित गरिसक्नुभएको छ ।
बुद्ध संवत् २५२१ (वि.स.२०३४) मा मैले पाटनको यशोधरा बौद्ध विद्यालयमा परियत्ति शिक्षा एक कक्षामा पढेँ । जाँचमा म पास भएको मात्र होइन उपत्यकामा त्यतिबेला एक कक्षामा परियत्ति शिक्षा पढ्नेहरुको समूहमा म बोर्ड तृतीय भएँ । सुमंगल बिहारमा मलाई केही बौद्ध पुस्तकहरुसहित चाँदीको एउटा फ्रेम पनि पुरस्कार दिइयो । भिक्षुहरु बुद्धघोष, महानाम, सुदर्शन, कालुदायी लगायत धेरै गृहस्थी र विद्यार्थीहरु सहभागी भएको उक्त सभामा मलाई निक्खमपारमिं गुरुमाँ (थौंकन्हे ९२ दँ दत) ले पुरस्कार दिनुभएको थियो । २०२० साल बैशाख ५ गते भिक्षु बुद्धघोष र धर्मरत्न शाक्य त्रिशुली मिलेर सञ्चालन गरेको उक्त परियत्ति शिक्षाको म पनि एक विद्यार्थी हुन पाएँ । त्यतिबेला नेपालभाषामा मैले देखेको र पढेको मोटो किताब भनेकै अमृतानन्द भन्तेले क्रमशः प्रकाशित गर्नुभएको बुद्धकालीन चरित्रहरु थियो । प्रायःजसो किताबहरु ससाना अनि सुत्तपिटकभित्रका विभिन्न अध्यायका केही सूत्रहरु र ब्याख्याहरु समावेश गरिएका हुन्थे ।
२०३५ सालमा एउटा मोटो बौद्ध ग्रन्थको दर्शन प्राप्त भयो । पण्डित निष्ठानन्द बज्राचार्यले संस्कृत भाषाबाट नेपालभाषामा उल्था गरेको ललितबिस्तर ( जम्मा पृष्ठ ६६० +५० +४+६) ग्रन्थ युवक बौद्ध मण्डल पाटनबाट पुनः प्रकाशन भएको हो । ग्रन्थ मोटो र ठूलो भएकोले पचास रुपैयाँ मूल्य परेको उक्त ग्रन्थको लागि प्रकाशन पूर्व मण्डलबाट चन्दा संकलन गरिएको थियो । २०३५ सालमा बुद्धजयन्तीका दिन उक्त ग्रन्थ भिक्षुहरु ज्ञानपूर्णिक र शीलभद्रहरु बस्नुभएको पाटन पटकोस्थित मणिमण्डप बिहार जुन मण्डलको कार्यालय पनि हो, मा विमोचन गरिएको थियो । यसरी ललितबिस्तर मेरो हातमा परेको पहिलो बौद्ध ग्रन्थ भयो ।
२०३६ सालतिर मलाई अवसर मिल्यो, भगवान बुद्धका पूर्व जन्महरु बारे अवदान कथाहरु सुन्ने । पण्डित बैद्य आशाकाजी बज्राचार्यले महिना दिनसम्म बेलुका कथावाचन गर्ने कार्यक्रम म नबिराईकन सुन्न जान्थें । पण्डित निष्ठानन्दको ललितबिस्तर वा भिक्षु अमृतानन्दको बुद्धकालीन चरित्रत अथवा पण्डित आशाकाजी, भिक्षुहरु बुद्धघोष, अश्वघोष, सुर्दशन, पञारत्नहरुका धर्मदेशना उस्तै भए पनि फरक भएको एउटै बुद्ध बचन भए पनि फरक छुट्याउने अवसर मलाई मिलेन । धर्मरत्न शाक्य त्रिशुलीलाई उहाँका विविध सिर्जनशील ब्यक्तित्वका बारेमा नसुनेको होइन उहाँ बितेपछि मात्र उहाँको उल्लेख्य योगदान रहेको त्रिपिटकका अनुवादकका रुपमा उहाँलाई चिनेँ । सुत्तपिटक खुद्दक निकाय भित्रको खुद्दकपाठ, उदान, सुत्तनिपात, विमानवत्थु र चरियापिटक पढेपछि यो थाहा भयो ।
बनेपाका भिक्षु बोधिसेनको लगनशीलताले बाह वर्ष (बि.स. २०५७–२०६९) को अवधिमा अंगुत्तर निकायका छ वटै भाग, पेट वत्थु, थेरगाथा, थेरीगाथा प्रकाशित भयो । वि.स.२०५७, २०५८ र २०५९ मा बुद्धवंस भुवनलाल प्रधानबाट, चूल निद्देस अनागारिका अग्गञाणी र विमलञाणीबाट र अपदान थेरी भिक्षु विपस्सीबाट अनुवाद भई प्रकाशित भयो । २०६३ मा भिक्षु धर्ममूर्तिबाट अपदान थेरको पहिलो भाग आयो । समय दिएर पढ्नैपर्ने सुत्तपिटक कृतिहरु हुन् यी सबै । त्यसअघि भिक्षु ज्ञानपूर्णिकबाट अनूदित पटिसम्भिदामग्ग कृति दुण्ड बहादुरको प्रकाशकत्वमा निस्क्यो ।
वि.स. १९८८ मा धर्मादित्य धर्माचार्यका दाजु डा. ईन्द्रमान बैद्यद्धारा सुत्तपिटकको एउटा महत्वपूर्ण ग्रन्थ धम्मपद नेपालभाषाबाट प्रकाशित भएपछि सुत्तपिटक सर्वप्रथम नेपालभाषामा पढ्न पाइएको हो । भिक्षु अमृतानन्दले नेपालभाषामा धर्मोदय सभाबाट धम्मपद प्रकाशित गराउनुभयो । पछि जब मोहन शम्सेरले उहाँको अनुरोधमा नेपालका सरकारी अड्डाय् बुद्धजयन्तिको उपलक्ष्यमा बिदा दिए, अनि उहाँले नै धम्मपद नेपाली भाषामा पनि निकाल्नुभयो । बि.स.२०३९ सालदेखि सुत्तपिटकको इतिवुत्तक नेपालभाषाबाट अनुवाद गरी दुण्डबहादुरबाट थालिएको सुत्तपिटक पाइला मिलिन्द प्रश्न, दीर्घ निकाय, संयुक्त निकाय मज्झिम निकाय र छ खण्डको जातकसम्म पुग्दा उहाँ शिखरमा पुगेको आरोही झैं आधिकारिक भइदिएको छ सुत्तपिटक नबुझ्नेका लागि बुझाउन, बुझ्न इच्छुकलाई । एकप्रकारले २०३९ सालमा उहाँलाई भिक्षु बुद्धघोषले दिएको आशीर्वचन सार्थक भएको छ – सुत्तपिटकका अन्य कृतिहरु पनि अनुवाद गर्न सकून् । सुत्तपिटकका अन्य गृहस्थ अनुवादकहरु अब जीवित छैनन् । दुण्ड बहादुर सुत्तपिटकका अनुवादक मात्र होइनन् अहिले भएका भिक्षु र अनागारिकाहरुले अनुवाद गरेका त्रिपिटकका अन्य कृतिहरुका उनी श्रद्धालु प्रकाशक पनि हुन् । दुण्ड बहादुरको अनुवादको भाषा प्रभावकारी, आफूले गहिरोसित बुझेर मात्र लेखेको प्रमाण, नजेलिएको वाक्य संरचना अनि शब्दहरु तौलि तौलि छानेर राखिएका शब्दहरु हुन् । उहाँलाई चिन्ने बुझ्ने सबै भिक्षु अनागारिकाहरु उहाँको दान र ज्ञानपारमिता देखेर प्रभावित छन् ।
डा. ईन्द्रमान बैद्य, धर्मरत्न शाक्य त्रिशुली, दुण्ड बहादुर बज्राचार्य, भुवनलाल प्रधान, भिक्षु बोधिसेन, अनागारिका अग्गञाणी, बिमलञाणी, भिक्षु विपस्सी, भिक्षु धर्ममूर्ति र भिक्षु ज्ञानपूर्णिक आदिले गत सतासी वर्षदेखि सुत्तपिटकका सम्पूर्ण कृतिहरु नेपालभाषामा अनुवाद गरिरहे पनि अझ सकिएको छैन । महानिद्देस, अपदान (थेर द्धितीय भाग), नेति र पेटकोपदेस प्रकाशित हुन बाँकी नै छन् ।

यो कोरोनाको संकटले हाम्रो देश, हामी जनता र हाम्रो नेताहरुको सत्यता देखाई दिएको छ

बिचार
सूवर्ण शाह
प्राकृतिक रुममा विश्वको नै सुन्दर र शान्त देश हो नेपाल । यहाँ ज्ञानको खानी छ त्यसैले त वेद ब्याष नेपालमा जन्मे । यहाँ शान्तिको मुहान छ त्यसैले त यहाँ बुद्ध जन्मे । नेपाल मानव सभ्यताको उद्गम भूमी हो जसको गरगहना मानवता र सभ्यता हो, जसको रक्षा संस्कारले गरेको छ । नेपाल विभिन्न ऋषिमुनीहरुको तपो भुमी हो । जसको ईतिहास बिरता र मातृभूमी भक्तिले गौरवान्वित भएको छ । तर आज त्यहि देश नेपालमा यो के हुदैछ ? देशको अवस्था किन यस्तो लथालिङ्ग हुदैछ ? के मेरो देश यस्तै थियो त ? अह अवश्य थिएन ।
मलाई आज पनि याद छ कि यहि देशमा ईन्डियाले २०४५ सालमा नाकाबन्दी लगाउदा प्रधानमन्त्रीले मट्टितेल सम्म हवाई जहाजमा लेराएर जनतालाई उपलब्ध गराएका थिए । मेरो देश त त्यस्तो देश हो जाँहा सयौं सरकारी कलकारखानाहरु थिए र देशमा सबै युवाहरुले काम पाएका थिए । जसले गर्दा युवाहरु बिदेशमा गएर मर्न परेको थिएन । मेरो देश त त्यस्तो देश थियो जसको राष्ट्र प्रमुख बिदेश जाँदा अरु देशका राष्ट्रप्रमुखले नै स्वागत गरी इज्जत दिन्थे । देशमा जस्तोसुकै संकट आएपनि देशले जनतालाई पीडा र अभाब हुन दिदैन थियो, देशमा कानुनको राज थियो । देशमा शान्ति थियो, न्यय थियो, सुरक्षा थियो । त्यसैले देश धनी थियो, सम्बृद्ध थियो । तर अहिले आएर त्यहि देश यो कुन अवस्थामा आईपुग्यो ?
देश भरि दुःख बाहेक केही देखिदैन । जनताहरु रोगबाट मर्ने त्राश नै त्राशमा बाच्न वाध्य छन् । गरिबी र भोकमरीले जनतालाई पुरै थिचेको छ । चारै तिर जनताको रुवाबासि र त्राहिमाम त्राहिमा छ तर हाम्रो सरकार भने राष्टपति कार्यलयमा २५ करोड पर्ने कार्पेट फेर्न चाहान्छ, भन्छन राष्ट्रपति भवन भनेको भि भि आई पि आउने ठाउँ भएकोले पुरानो कार्पेट राखेमा लाज हुन्छ रे । तर यो सोच्दैनन् कि जुन देशका क्वारेन्टाइनमा एउटा बिस्कुट खान नपाएर जनता क्वारेन्टाइनबाट भाग्न बाध्य छन्न, ढोकामा एउटा चुकुल राख्न नसक्दा क्वारेन्टाइन मै एऊटा महिला बलत्कृत हुन परेको छ भने त्यस्तो देशको राष्ट्रपतिको यो हैसिएत यति छ कि २५ करोडको गलैचामा भि भि आई पिको स्वागत गर्ने ? भि भि आई पिले २५ करोडको कार्पेटमा टेकेर दिएको ईज्जतको के हालत हुन्छ होला जब देशको यस्तो अवस्थाको बारेमा उसलाई ज्ञान हुन्छ ? के यो सहि समय हो राष्ट्रपति कार्यालयमा कार्पेट फेर्ने ?
अझ यति मात्र कहाँ हो र मन्त्रिहरुलाई जिमखाना खोल्ने रे , प्रधानमन्त्रीको लागि नयाँ गाडि किन्ने रे अझ अरु के के हो के के । तर जनताको लागि एउटा ब्यबस्थित क्वारेन्टाइन बनाउन, जनताको स्वास्थ्य परिक्षण सहि तरिकाले गर्न, यस महामारीको कारणले दुखकष्ट भोगिरहेका जनतालाई राहत पुर्याउन भने सरकारले नामै लिदैन । देशमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बड्दै गएको छ तर यहाँ एउटा राम्रो अस्पताल त के एउटा राम्रो क्वारेन्टाइन सम्म पनि छैन । निम्न बर्गिए गरिब जनताहरु भोक भोकै छन तर देशका राष्ट्रपति र प्रधानमन्त्री रात्रिभोजमै ब्यस्त छन् । जनता रोगले ग्रसित भएर भन्दा पनि लाचार भएर सहन नसकि आत्माहत्या गरि मरिरहेका छन् । उता सरकारमा प्रधानमन्त्री र मन्त्रीहरु जनतालाई हेर्न छाडेर पद प्राप्ति र सत्ता टिकाउनको लागि गुटबन्दी र झगडामै ब्यस्त छन् ।
भनिन्छ संकटको समयमा नै सत्यको बोध हुन्छ । आज यो कोरोनाको संकटले हाम्रो देश, हामी जनता र हाम्रो नेताहरुको सत्यता देखाई दिएको छ । हाम्रो अर्थमन्त्रि देशमा चलेको महामारीको बारेमा सोच्न बोल्न छाडेर भन्छन् आत्तिन पर्दैन, हामी युवाहरुलाई बिदेशिन प्रोत्साहन गर्छौ अनि हाम्रो रेमिट्यान्समा कमि आउदैन रे । यो अर्थमन्त्रीज्यूले यस्तो समयमा जनतालाई सान्त्वना दिएको हो कि आफ्ना सहपाठी नेताहरुलाई ? वर्तमान संकटको समयमा सरकार जनताको साथमा छ, जनता आत्तिन पर्दैन सरकार छ , यो महामारीलाई हामी नयाँ अवसर बनाउछौ, रोजगारीको सृजना गर्छौ र अब युवाहरु विदेशिन पर्दैन भन्नू त कता हो कता उल्टो बिदेशिन प्रोत्साहन गर्छु भन्ने अर्थमन्त्रीलाई के भन्ने ? जब कसैको बौद्धिक स्थर नै कम हुन्छ उसमा लाज भन्ने शब्द नै हुदैन । यस्ता नेताहरुलाई पाल्न अझै कति युवाहरु बिदेशमा गएर मर्नु पर्ने हो ? देशमा रोगको महामारीले जनतालाई सताईरहेको बेलामा स्वास्थ्यमन्त्रीको यो ताल छ भने अरु मन्त्रीहरुको त झन के कुरा गर्नु ?
प्रधानमन्त्रीको ताल हेर्यो मन नै हतास भएर आउँछ । आफ्नो पदको मर्यादा, जिम्मेवारी, दाईत्व के हो थाहा छैन, के बोल्न हुन्छ के बोल्न हुन्न थाहा छैन, आफू को हु र के गर्दै छु त्यो पनि थाहा छैन । टेलीभिजनको राष्ट्रिय च्यानलले प्रत्यक्ष-प्रशारण गरिरहेको सदनमा बोलेको हेर, एऊटा चिया पिउने होटेलमा टिनएजरहरुले बोलेको जस्तो बोलेको छ । यो पनि सोच्दैन कि उसलाई सदनका मान्छेले मात्र होईन पूरै नेपालका जनताहरु, सारा देशहरु, जहाँ जहाँ यो च्यनल जान्छ हरेक देशका कुटनितिज्ञ देखि भि आई पि, भि भि आई पि र अनेक बुद्धिजीवीहरुले हेरिरहेको हुन्छन् । जुन देशको प्रधानमन्त्रीको बौद्धिक स्थर र जवाफ दिने तरिका यस्तो हुन्छ, त्यो देशलाई अरु देशहरुले हेर्ने नजर कस्तो होला यति सम्म पनि सोच्दैनन् प्रधानमन्त्री । अनि यो देशको मान-सम्मानको के हालत हुन्छ होला त ? प्रधानमन्त्री , मन्त्रि भनेको त ब्यवस्थापक हुन । उनिहरु त जिवनमा कंयौ संकटहरुलाई, कंयौ बेथीतीहरुलाई, कंयौ समस्याहरुलाई जिम्मेवारीपुर्वक समाधान गरि पुख्त भई त्यसको अनुभव प्राप्त गरि परिपक्क भएका भएर देश चलाऊने काममा उनिहरुलाई ब्यवस्थापकको रुपमा राख्ने हो तर हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु त आफै बिज्ञ्य बनेर काम गर्छन अनि दुर्घटना न घटे अरु के हुन्छ त ? कतिन्जेल सुम्पिने यस्ताहरुको हातमा यो देशको बागडोर ? अझै पनि आएन र हामीले देशको बारेमा सोच्ने समय ? नेपाल कति नै ठूलो छ र ? किन चाहियो यति धेरै वाईयात सांमसद र मन्त्रिहरु ? किन चाहियो हामीलाई यो धान्नै नसक्ने संघियता ? जनतालाई यस्तो तिर्नै नसकिने धेरै कर किन ? यी नेताहरुले धन कमाउन नेतागिरी गरेका हुन ? धन कमाउनकोलागि त व्यापार ब्याबसाय गरे भैहाल्यो नि , किन राजनिती गर्नु ? जननिर्वाचित पद त सेवाको लागि हुन्छ कर्मचारी सरह तलब, भत्ता, सुभिदा सहुलियत लिने हो भने त योग्यता चाहियो नि । योग्यता चाहि, नहुने तर तलब, भत्ता, सुबिधा सबै चाहिने । यस्तै नेताहरुले गर्दा आज देश ऋणमा चुर्लुम्म डुबेर सखाप हुन आटि सक्यो । देशलाई कति अझ ऋणमा डुबाउने ?

नेपालमा पिटक पदार्पण

बिचार
मंगलमान शाक्य
हामीले बुद्ध वचन भनेर भिक्षु र अनागारिकाहरुबाट सुन्दै आएका कुरा, कथा, सूत्र, उद्गार सबैजसो सुत्तपिटक नै हो । यसभित्र दसौं हजार गाथाहरु छन्, लामा छोटा सयौं सूत्र र कथाहरु छन् । आधा दशक (२००१–२०४९) नबित्तै दिवंगत भएका भन्तेहरु अमृतानन्द र अनिरुद्ध आदिले धम्मपदका सम्पूर्ण गाथाको अट्ठकथा प्रकाशित गरिसक्नुभएको छ भने अन्य अट्ठकथा बि.स.२०६८ मा दुण्ड बहादुरद्धारा लिखित छ खण्ड एकैचोटि प्रकाशित भएका जातक कथाहरु हुन् । दुण्ड बहादुर बज्राचार्यले नेपालभाषामा अनुवाद गरेर प्रकाशित गर्नुभएको निकाय (५७०+८६ पेज), मज्झिम निकाय,(९२४+१२२ पत्र) र संयुक्त निकाय (११९२+९० पत्र) निकालेकै आज भन्दा बीस वर्ष अगाडि मैले सबभन्दा पहिले बुद्ध धर्मको मोटो ग्रन्थ प्रकाशित भएको देखेको थिएँ । त्यतिबेला मलाई लागेको थियो यति मोटो किताब पढ्ने कहिले ? आफै त्यसको जवाफ पनि दिएँ जतिबेला किनुंला उतिबेला पढुँलां । दुण्ड बहादुरजी यूवक बौद्ध मण्डलका संस्थापक अध्यक्ष र चर्चित उपासक स्व.पवित्र बहादुरका भाइ, पाटनका नामी स्वर्णकार अनि सफल व्यापारी स्व. पूर्ण बहादुरका छोरा भनेर मैले चिनेको थिएँ । उहाँको पहिलो अनुवाद मिलिन्द प्रश्न मसित भए पनि पुरा पढ्न सकिरहेको थिइनँ ।
बुद्ध संवत् २५२१ (वि.स.२०३४) मा मैले पाटनको यशोधरा बौद्ध विद्यालयमा परियत्ति शिक्षा एक कक्षामा पढेँ । जाँचमा म पास भएको मात्र होइन उपत्यकामा त्यतिबेला एक कक्षामा परियत्ति शिक्षा पढ्नेहरुको समूहमा म बोर्ड तृतीय भएँ । सुमंगल बिहारमा मलाई केही बौद्ध पुस्तकहरुसहित चाँदीको एउटा फ्रेम पनि पुरस्कार दिइयो । भिक्षुहरु बुद्धघोष, महानाम, सुदर्शन, कालुदायी लगायत धेरै गृहस्थी र विद्यार्थीहरु सहभागी भएको उक्त सभामा मलाई निक्खमपारमिं गुरुमाँ (थौंकन्हे ९२ दँ दत) ले पुरस्कार दिनुभएको थियो । २०२० साल बैशाख ५ गते भिक्षु बुद्धघोष र धर्मरत्न शाक्य त्रिशुली मिलेर सञ्चालन गरेको उक्त परियत्ति शिक्षाको म पनि एक विद्यार्थी हुन पाएँ । निक्खमपारमिं गुरुमाँ म जन्मेकै टोलकी चेली हुन् । निक्खमपारमिं गुरुमाँ म जन्मेकै सालमा आफ्नो आशामाया नामक जीवनलाई त्यागेर अनागारिका भइन् । म सानै छँदा उनलाई आशामाया फुपू भन्दै पंचशील, अष्टशील पढ्न सिकेको हुँ । गुरुमाँकै प्रोत्साहनले परियत्ति शिक्षा पढ्न सकें । एकपल्ट अष्टशीलको बारेमा बताइरहँदा त्यतिबेला भर्खर मात्र आएको प्रविधि भिडियोमा गौतम गोविन्दा नामक हिन्दी चलचित्र हेरेको र त्यसमा भएका एकजना कलाकारको नाउँ शत्रुघ्नको नाउँ लिंदा गुरुमाँले शत्रुको नाउँ लिन हुन्न, शत्रु भन्न हुन्न भनेको मलाई नै भनेजस्तो लागिरहेको छ । गुरुमाँले त्यतिबेला मलाई टोलमा हप्तैपिच्छे हुने बुद्ध पूजाको समयमा बिहारय् लगेर भन्ते गुरुमाँहरुको बुद्ध धर्म देशना (प्रवचन) सुन्ने र अलि अलि ध्यान गर्ने बानी सिकाएकी थिइन् । ध्यान या मन्त्र दिएर मलाई त्यतिबेला भनेकी थिइन् – संधै सचेत होऊ , जे गर्दा पनि सचेत भएर गर । तर यो परियत्ति गतिविधि मैले तीन वर्षभन्दा बढी अपनाउन सकिनँ । एउटा कारण के भने त्यतिबेला पंञालोक भन्ते घरसम्म आएर मलाई सधैंका लागि प्रवजित गर्ने विषयमा कुरा उठाउँदा मेरा पिताले रिसाएर अस्वीकार गर्नुभयो । परियत्ति शिक्षामा पुरस्कार लिएकै वर्ष म पढिरहेको सरकारी विद्यालयमा म तीन कक्षामा अनुत्तीर्ण भएँ । अनि बाउबाट गाली र कुटाइ खान प¥यो – यसरी स्कूलमा फेल हुनेको चाँदीको फे्रम के काम । त्यतिबेला नेपालभाषामा मैले देखेको र पढेको मोटो किताब भनेकै अमृतानन्द भन्तेले क्रमशः प्रकाशित गर्नुभएको बुद्धकालीन चरित्रहरु थियो । प्रायःजसो किताबहरु ससाना अनि सुत्तपिटकभित्रका विभिन्न अध्यायका केही सूत्रहरु र ब्याख्याहरु समावेश गरिएका हुन्थे ।
त्यसै समय अर्थात २०३५ सालमा एउटा मोटो बौद्ध ग्रन्थको दर्शन प्राप्त भयो । पण्डित निष्ठानन्द बज्राचार्यले संस्कृत भाषाबाट नेपालभाषामा उल्था गरेको ललितबिस्तर ( जम्मा पृष्ठ ६६० +५० +४+६) ग्रन्थ युवक बौद्ध मण्डल पाटनबाट पुनः प्रकाशन भएको हो । ग्रन्थ मोटो र ठूलो भएकोले पचास रुपैयाँ मूल्य परेको उक्त ग्रन्थको लागि प्रकाशन पूर्व मण्डलबाट चन्दा संकलन गरिएको थियो । हाम्रै टोलका मीन बहादुर शाक्य (स्वर्गीय) त्यतिबेला मण्डलका अध्यक्ष तथा ग्रन्थका सम्पादक पनि भएकाले मेरा पिताजीले पनि रु पचास दिनुभएको थियो । २०३५ सालमा बुद्धजयन्तीका दिन उक्त ग्रन्थ भिक्षुहरु ज्ञानपूर्णिक र शीलभद्रहरु बस्नुभएको पाटन पटकोस्थित मणिमण्डप बिहार जुन मण्डलको कार्यालय पनि हो, मा विमोचन गरिएको थियो । त्यही कार्यक्रममा हो मैले सबभन्दा पहिला हाम्रा कविकेशरी चित्तधर हृदयलाई देखेको । लामालामा दा¥ही, सफा दौरासुरुवालमा सेतो उनको स्वीटर, त्यसमाथि खास्टो, हातमा लौरोसहित नकुप्रिएको सिधा शरीर, कहिल्यै नबिर्सिइने चित्ताकर्षक कविकेशरी चित्तधरको व्यक्तित्व त्यहाँ मैले देखेँ । त्यतिबेला बुबाले भन्नुभएको थियो – हेर छोरा, नेपालका ठूला कवि, धेरै भाषा जानेका भए पनि नेपालभाषामा मात्र लेख्ने उहाँ, धेरै थोक लेख्नसक्ने ठूला विद्धान ! बुझ्यौ । अगावै चन्दा दिएकाहरुलाई कार्यक्रममा किताब वितरण गरिने भएकाले निमन्त्रणा पनि आयो बुबा पनि पुग्नुभएको थियो । म त बुबासँग पछि लागेको थिएँ । यसरी ललितबिस्तर मेरो हातमा परेको पहिलो बौद्ध ग्रन्थ भयो यद्यपि पछिसम्म पनि मैले ललितबिस्तर पुरै पढ्न सकिनँ, माणिकमान चित्रकारले लेखेका यसभित्रका आठ वटा ऐतिहासिक तस्वीरमा मात्र आफूलाई सीमित गरेँ । ललितबिस्तर पढ्न नसके पनि २०३६ सालतिर मलाई अवसर मिल्यो, भगवान बुद्धका पूर्व जन्महरु बारे अवदान कथाहरु सुन्ने । पण्डित बैद्य आशाकाजी बज्राचार्यले महिना दिनसम्म बेलुका कथावाचन गर्ने कार्यक्रम म नबिराईकन सुन्न जान्थें । आशाकाजी गुरुज्यूले कथा भन्ने तरिका यति प्रभावकारी थियो कि भुँइमा बिछ्याइएका सबै सुकुलभरि श्रोताहरु टन्न हुन्थे, कथा सुन्दासुन्दा कहिले श्रोताहरु खित्तित्त हाँस्थे, गुरुज्यूले नसुन्ने गरी । एकदिन त के भयो भने त्यतिबेला नजिगै रहेको अशोक सिनेमा हलमा सिन्दूर सिनेमा चलिरहेको थियो । सिनेमा सकिएपछि फर्किरहेका दर्शकहरु त्यहाँ कथा सुनिरहेका देखेर दंग पर्दै उभिएरै कथावाचन सुने, नबहि टोल त्यसदिन त दर्शकश्रोताहरुको भीडले मेला जस्तै भयो । पण्डित निष्ठानन्दको ललितबिस्तर वा भिक्षु अमृतानन्दको बुद्धकालीन चरित्रत अथवा पण्डित आशाकाजी, भिक्षुहरु बुद्धघोष, अश्वघोष, सुर्दशन, पञारत्नहरुका धर्मदेशना उस्तै भए पनि फरक भएको एउटै बुद्ध बचन भए पनि फरक छुट्याउने अवसर मलाई मिलेन । त्यसपछि ठूलाठूला भनेर कहलिएका नेपालभित्र र बाहिरका बौद्ध गुरुहरु आएर बहाल आदि ठाउँमा समयसमयमा धर्म देशना सुन्न गए पनि तिनका पछि लागिनँ । यस्तो चालीसको दशकसम्म रह्यो ।
ड्ड धर्मरत्न शाक्य त्रिशुलीलाई बाँचुन्जेल मैले धर्म मामा भनेर मात्र चिनेँ । यद्यपि उहाँका विविध सिर्जनशील ब्यक्तित्वका बारेमा नसुनेको होइन तर त्यसैलाई लिएर उहाँसित कुराकानी गर्ने सोच आएन । उहाँ बितेपछि मात्र उहाँको उल्लेख्य योगदान रहेको त्रिपिटकका अनुवादकका रुपमा उहाँलाई चिनेँ । सुत्तपिटक खुद्दक निकाय भित्रको खुद्दकपाठ, उदान, सुत्तनिपात, विमानवत्थु र चरियापिटक पढेपछि यो थाहा भयो । आफूलाई प्रभाव परेको कुरा जुनै भाषामा पढेको भए पनि आफूले जानेको भाषामा अल्छि नमानीकन अनुवाद गर्नु उहाँको विशेषता सुत्तपिटकका अनूदित कृतिहरु हुन् ।
बनेपाका भिक्षु बोधिसेनको लगनशीलताले बाह वर्ष (बि.स. २०५७–२०६९) को अवधिमा अंगुत्तर निकायका छ वटै भाग, पेट वत्थु, थेरगाथा, थेरीगाथा प्रकाशित भयो । वि.स.२०५७, २०५८ र २०५९ मा बुद्धवंस भुवनलाल प्रधानबाट, चूल निद्देस अनागारिका अग्गञाणी र विमलञाणीबाट र अपदान थेरी भिक्षु विपस्सीबाट अनुवाद भई प्रकाशित भयो । २०६३ मा भिक्षु धर्ममूर्तिबाट अपदान थेरको पहिलो भाग आयो । समय दिएर पढ्नैपर्ने सुत्तपिटक कृतिहरु हुन् यी सबै । त्यसअघि भिक्षु ज्ञानपूर्णिकबाट अनूदित पटिसम्भिदामग्ग कृति दुण्ड बहादुरको प्रकाशकत्वमा निस्क्यो ।
सतासी वर्ष अगाडि वि.स. १९८८ मा धर्मादित्य धर्माचार्यका दाजु डा. ईन्द्रमान बैद्यद्धारा सुत्तपिटकको एउटा महत्वपूर्ण ग्रन्थ धम्मपद नेपालभाषाबाट प्रकाशित भएपछि सुत्तपिटक सर्वप्रथम नेपालभाषामा पढ्न पाइएको हो । त्यो समय भनेको महाप्रज्ञालाई हिन्दुं बौद्ध भयो भनेर तत्कालीन राजगुरुहरुको भनाइमा लागेर प्रधानमन्त्री चन्द्र शम्सेरले उपत्यकाबाट निष्कासन गरेको पाँच वर्षपछि र पछिल्ला प्रधानमन्त्री जुद्ध शम्सेरको आदेश नमानेकाले भिक्षु प्रज्ञानन्द लगायतलाई उपत्यकाबाट निष्कासन गरेको तेह्र वर्ष अगाडिको कुरो हो । यद्यपि जुद्ध शम्सेरले भिक्षुहरुलाई निष्कासन गर्नु दुई वर्ष अगाडि भिक्षु अमृतानन्दले नेपालभाषामा धर्मोदय सभाबाट धम्मपद प्रकाशित गराउनुभयो । पछि जब मोहन शम्सेरले उहाँको अनुरोधमा नेपालका सरकारी अड्डाय् बुद्धजयन्तिको उपलक्ष्यमा बिदा दिए, अनि उहाँले नै धम्मपद नेपाली भाषामा पनि निकाल्नुभयो । डा. ईन्द्रमान बैद्य, धर्मरत्न शाक्य त्रिशुली, दुण्ड बहादुर बज्राचार्य, भुवनलाल प्रधान, भिक्षु बोधिसेन, अनागारिका अग्गञाणी, बिमलञाणी, भिक्षु विपस्सी, भिक्षु धर्ममूर्ति र भिक्षु ज्ञानपूर्णिक आदिले गत सतासी वर्षदेखि सुत्तपिटकका सम्पूर्ण कृतिहरु नेपालभाषामा अनुवाद गरिरहे पनि अझ सकिएको छैन । महानिद्देस, अपदान (थेर द्धितीय भाग), नेति र पेटकोपदेस प्रकाशित हुन बाँकी नै छन् ।
ड्ड बि.स.२०३९ सालदेखि सुत्तपिटकको इतिवुत्तक नेपालभाषाबाट अनुवाद गरी दुण्डबहादुरबाट थालिएको सुत्तपिटक पाइला मिलिन्द प्रश्न, दीर्घ निकाय, संयुक्त निकाय मज्झिम निकाय र छ खण्डको जातकसम्म पुग्दा उहाँ शिखरमा पुगेको आरोही झैं आधिकारिक भइदिएको छ सुत्तपिटक नबुझ्नेका लागि बुझाउन, बुझ्न इच्छुकलाई । एकप्रकारले २०३९ सालमा उहाँलाई भिक्षु बुद्धघोषले दिएको आशीर्वचन सार्थक भएको छ – सुत्तपिटकका अन्य कृतिहरु पनि अनुवाद गर्न सकून् । सुत्तपिटकका अन्य गृहस्थ अनुवादकहरु अब जीवित छैनन् । दुण्ड बहादुर सुत्तपिटकका अनुवादक मात्र होइनन् अहिले भएका भिक्षु र अनागारिकाहरुले अनुवाद गरेका त्रिपिटकका अन्य कृतिहरुका उनी श्रद्धालु प्रकाशक पनि हुन् । दुण्ड बहादुरको अनुवादको भाषा प्रभावकारी, आफूले गहिरोसित बुझेर मात्र लेखेको प्रमाण, नजेलिएको वाक्य संरचना अनि शब्दहरु तौलि तौलि छानेर राखिएका शब्दहरु हुन् । उहाँलाई चिन्ने बुझ्ने सबै भिक्षु अनागारिकाहरु उहाँको दान र ज्ञानपारमिता देखेर प्रभावित छन् । हुनत मिलिन्द प्रश्न भन्दा पछि उहाँले दीघ, मज्झिम र संयुक्त निकाय अनुवाद गर्नुभएको हो । यी निकायहरु राम्ररी पढिसकेपछि बुझिसकेपछि मात्र मिलिन्द प्रश्न पढ्नसक्ने , बुझ्नसक्ने हुनु सामान्यतः तर उहाँको सुत्तपिटक बुझ्नसक्ने खुबीले उहाँलाई अगाडिपछाडिलाई पछाडिअगाडि गरेर बुझ्न पनि सामान्य रुपले सम्भव भयो ।
हिन्दु धर्म र बौद्ध धर्मका ग्रन्थहरु यसका मूल भाषा संस्कृत वा पालीं मार्फत वा अमूल जुनसुकै भाषाले जुनसुकै भाषामा जसले अनुवाद गरे पनि हुनेभएकाले मूल गुरु विना अनूदित धर्मग्रन्थमार्फत धर्मको कुरा गर्दा रुप उस्तै देखिए पनि सार भने निकै फरक हुनसक्छ । तर दुण्ड बहादुरको सुत्तपिटक अनुवाद यो सन्दर्भमा मूलसँग नजिक र अझ नजिक ल्याउने बाटो भएको कुरामा कुनै दुविधा हुन्न । यसै क्रममा उहाँको त्रिपिटकका सम्पूर्ण सूत्रहरु नेपालभाषामा प्रकाशित गर्ने एउटा सम्यक संकल्प हो । आर्य आठ वटा बाटोमै परेको एउटा बाटो जहाँ उहाँ मुदिता चित्तले अग्रसर हुनुभएको छ । ड्ड नखुलेको क्षितिज खुल्छ । प्रश्न उत्तरहरुमा रुपान्तरण हुन्छ । बाहिरको वातावरण भन्दा आफू भित्रको घेरा कता हो कता व्यापक र विस्तृत हुन्छ । सुत्तपिटकमा डुबेपछि देखिनेछ सुखंबाट सुखतर्फ लाग्ने बाटो ।

मातृभूमिको हावा समेत मलाई सुखदायक छ

बिचार
भिक्षु आनन्द (पुर्व-सभासद)
यो पंक्ति लेख्दै गर्दा नेपाली अश्मिता, अखण्डता, स्वाधीनतामाथि भारतबाट निरन्तर बलात्कारको अर्को शृंखला लिपुलेक-कालापानी हुँदै लिम्पियाधुरा सम्म ८० कि.मि.को बाटो निर्माणको प्रसंगले सम्पूर्ण नेपाल तरंगित भएको छ/ नेपाल आमाको छाती माथि धावा बोल्दा; अश्मिता माथि बलात्कार गर्दा सरकार र सत्ताधरीपक्ष लाचार छन्, निरीह छन्, अकर्मन्य छन् । राष्ट्र र रास्ट्रीयताप्रति संवेदनशील नै नभएको देखियो । नेपाल-आमाका सन्तान हामी केहि गर्न नसकेर दुखी र विवश छौं । प्रतेक नेपालीको मनमा उद्वेग र क्षोभ छ। बिद्रोह र बिरोध छ । विद्रोहको आवाज उठौनेहरुलाई सत्ताधरी पक्षले दबाएको छ। येही प्रसङ्गमा मलाई बुद्धको जात्यानुरागी, देशानुरागी उद्बोधन याद आउछ/ “मातृभूमिबाट बहेको हावा समेत मलाई प्यारो र सुखदायक छ..." यो उद्बोधन आफ्नो मातृभूमि शाक्यजनपद कपिलवस्तु आक्रमण गर्न स-शस्त्र सेनासहित आएका कोसल राजा बिदुदभलाइ बीच बाटोमै रोकेर दिएको मातृभूमि प्रतिको देशानुरागी उड्गार थियो...।
बुद्धको यो उद्गार्र्को आशय बिदुदभ्ले बुझिहाल्यो र सेनासहित बिना आक्रमण फर्के । भनिन्छ तीन पटकसम्म बुद्धले आफ्नो मातृभूमि र जनता बिदुदभ्को विध्वंशकारी युद्धबाट बचाएका थिए/ बुद्ध जस्ता संसारिक प्रपन्चबाट मुक्त, जाति, वर्ग, लिङ्ग, भाषा, राष्ट्र जस्ता लौकिकस्तरबाट लोकोत्तरस्तरमा पुगिसकेको महान अध्यात्मिक-व्यक्तित्वलाई आफ्नो देश र जनताप्रति अनुराग, देश-प्रेम, संवेदनशीलताको गहिरो-छाप कत्तिको छ भन्ने स्पस्ट हुन्छ/ कारण धर्म, अध्यात्म, संस्कृति, सभ्यता अभौतिक, आलौकिक भयपनि यी सबै अभ्यासगर्न, युगौं-युग भावी सन्ततिलाई हस्तान्तरण गर्न हामीलाई अनुकुल वातावरण चाहिन्च्च । बिना देश, राष्ट्र, भुमि, प्रदेश, स्व-स्थान, धर्म र अध्यात्म, संस्कृति र परम्परा अभ्यासको लागि अनुकुल वातावरण पाउन असम्भव नै हुन्छ । इतिहासमा कयौं देश, राष्ट्र, भूभाग बिदेशी आक्रमणका कारण भौमिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता गुमाएर आफ्ना पहिचान, अस्तित्व नै अन्य देश र राष्ट्रमा बिलय र विलोप भइ इतिहासबाट निमीत्यान्न भएका कयौं उदाहरण छन्/ शायद तथागत बुद्धले बिदूदवलाइ कपिलवस्तु आक्रमणबाट रोक्नुको पछाडी पनि आफ्नो देशको सार्वभौमिकता, भौमिकअखण्डता मात्र नभई आफु जन्मेको माटो, जननी-जन्मभूमिसंग जोडिएको आफ्नो रगतको कण-कणमा विद्यमान अनुराग, देश प्रेम नै हो/ आफ्ना देशका जनता, नागरिक, परिवार मात्र नभई अच्छुन्न गौरवशाली इतिहास बोकेको आफ्नो देश, कला संस्कृति, सभ्यता पहिचानको अस्तित्व-संकटको पीर परेकोलेनै होला / नभए बुद्ध जस्तो जीवन र जगतको प्रपन्चबाट उन्मुत निरपेक्ष तत्वमा पुगिसकेको लोकोत्तर तथागतलाइ बिदुधबको आक्रमण र अतिक्रमण रोक्नु खाँचो थिएन ।
नेपाल इतिहासकाल देखि अविछिन्न, अखण्ड स्वतन्त्र र स्वाधीनता बोकेको गौरबशाली देश हो । नेपाल न त बिदेशी आक्रमण र अतिक्रमणबाट छिन्न-भिन्न भयो न त ब्रिटिश अधिरज्यवाद, हिटलरको नाशिवाद, जापानी अधिराज्यवाद, अमेरिकी विस्तारवादको उपनिवेश नै बन्यो । हाम्रा बीर पुर्खाले रगत-पसीना बगाएर पूर्वमा टिस्था र पश्चिम किल्ला-कांगडासम्म बिशाल नेपाल निर्माण गरेका थिए / तर दुर्भाग्य सन् १८५० को सुगौली सन्धिमा नेपालले दुइतिहाइ भूभाग गुमाउनु परेको थियो/ बचेको अहिलेको हाम्रो भूभाग पनि पटकपटक सीमा-अतिक्रमणबाट करिब ६० हजार हेक्टर नेपाली भुमि गुमाउनु परेको छ/ कालापानी, सुस्ता, लिपुलेक, लिम्पियाधुरा, टनकपुर जस्ता अनेकौं भूभाग नेपालको हुँदाहुँदै भारतले आफ्नै दाइजो जस्तै बर्सौं देखि कब्जा जमाई राखेका छन् / आखिर भारतको ज्यादती अगाडी नेपाल किन मौन..? जब घरको धुरी नै कमजोर, निकम्मा र निरीह हुन्छ,, तब सम्पूर्ण घरनै निरन्तर अस्थिरताले दग्मगाउछ। त्यसरी नै सधैं कम्जोर, लाचार, लम्पसारवादी नेताहरुले सत्ता चलाएको कारण नेपालको राष्ट्रिय नेतृत्व, राष्ट्रिय स्थिति सधैं कम्जोर नै रहे। रास्ट्रियताको सवालमा सधैं समझौतापरस्त र आत्म-समर्पणवादी भए। पद, प्रतिष्ठा सत्ता र कुर्सिको लागि आफु आफु नै लड्ने, विभाजित हुने र भारत सामु निरिह भै आफ्नो इमान र आत्मा बेचेर देशको स्वाधीनता र सार्वभौमिकता बेच्न पनि तयार रहे। नेपालको राष्ट्रिय नेतृत्वमा कहिले पनि शक्तिशाली, दूरदृष्टिगामी नेतृत्व उदय भएन/ पटक-पटक जन-आन्दोलन, जन-क्रान्ति भएपनि बिचमै तुहिए या त अपूर्ण रहे।
राजा महेन्द्रको शासनकालमा तत्कालिन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले “नेपाल सानो छ भारतमै गाभेर बिकास गरौँ..” भनेकी रहिछन्! त्यो सुनेर राजा महेन्द्रले भनेका थिए, “हुन्छ, प्रस्ताव राम्रो छ ! तर नेपाललाई भारतमा गाभ्ने हो भने नाम नेपाल राखौं, भाषा नेपाली बोलौं अनि झण्डा पनि नेपालकै प्रयोग गरौँ!” भनेर कुटिलतापूर्ण जवाफ दिएको थियो । राष्ट्रियताको सवालमा राजा महेन्द्र दुर दृष्टिगामी राजा भएको यो घटनाले पुस्टि हुन्छ।
२०५२ सालदेखि सुरु भएको १० बर्से माओवादी सशस्त्र आन्दोलनले सामन्ती एकतन्त्रीय राजतन्त्र बिस्थापित गरि देशले गणतन्त्रात्मक राजनैतिक नेतृत्व पाए/ देश र जनताले आर्थिक-सामाजिक पुनर्सचनासहित शक्तिशाली राजनैतिक नेतृत्वको अपेक्षा गरेका थिए । तर धेरै समयसम्म जनताको उक्त सपना साकार भएन। छ छ महिनामा सत्ताको नेतृत्वमा परिवर्तन हुँदा राष्ट्रिय राजनैतिक नेतृत्व सधैं कम्जोर रह्यो । हुन त नेपालको राष्ट्रिय-नेतृत्वमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा भारतकै दबदबा रहँदै आएको छ। २००७ साल देखि हालसम्म यो स्थिति कायमै छ। नेपालको भू-राजनैतिक परिस्थितिको कारण भारतसंग सधैं निर्भर हुनुपर्ने बाध्यात्मक परिस्थिति भयपनि देशको अन्तरिक राष्ट्रिय राजनैतिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्न दिनु नेपाली राजनैतिक नेतृत्वको स्वाभिमानहीन नालायकीपन हो / नेपालको तर्फबाट भारत संगको द्विपक्षीय वार्तामा आफ्ना एजेन्डा दरोका साथ राख्ने गरेको देखिएन। शुरुदेखि नेपालको तर्फबाट भारतसंगको द्विपक्षीय वार्तामा आफ्ना एजेन्डा दरोकासाथ राख्ने गरेको देखिएन। भारतकै चल-खेल र योजनामा यहाँका राजनैतिक नेतृत्व र सत्ता परिवर्तन भैरहे। यसको लागि नेपाली राजनैतिक पार्टी र नेताहरु सत्तालोलुपताको कारण जे जस्तो सम्झौता गर्न पनि तयार भए/ परिणामत: नेपालले आफ्ना भूभाग मात्र होइन कोशी, महाकाली, तनकपुर् जस्ता नदीहरु समेत गुमाउनु पर्यो ।
बिस्वमा नेपाल जस्तै भुपरिवेस्थित र भौगोलिक बिकट भएका क्युबा, उ. कोरिया, स्वित्ज़रलैन्द, सिंगापुर जस्ता साना राष्ट्रहरु धेरै छन् तर रास्ट्रियताको सवालमा ती राष्ट्रहरु सधैं मजबूत नै रहे । कारण त्यहाँको राष्ट्रिय नेतुत्व सधै दुरदर्शी, राष्ट्रवादी, राष्ट्रप्रेमी जनताहितैषी थिए । राष्ट्रिय नेतृत्वमा देशको स्वाधीनता र सार्वभौमिकतालाइ अतिसंवेदनशील प्राथमिक विषयको रुपमा लिएर सासन-सत्ता चलाउने इच्छाशक्ति संधै हावी रहे। त्यसैले अमेरिका- युरोप जस्ता शक्तिशाली राष्ट्रहरु सामु कहिले झुकेनन्, सम्झौतापरस्त, आत्मसमर्पनवादि भएन/ बरु आर्थिक, सामाजिक, राजनैतिकरुपमा आफुलाई विकास गरि मजबूत राष्ट्रहरुको रुपमा बिस्वासामु उभ्याउन सफल भए । नेपालका नेताहरु, राजानिक दल, पार्टीहरुले पनि ती राष्ट्रहरुबाट नेपालको स्वाधिनता, सार्वभौमिकता जोगाउन केहि पाठ सिक्ने कि ...? अत: भौगोलिक विकटता र भू-राजनैतिक परिस्थिति छिमेकी शक्ति-राष्ट्रहरुसंग दबिएर सम्हौतापरस्त हुनुपर्ने, आफ्नो राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकता गुमानुपर्ने कुनै कारण होइन/ मात्र राष्ट्र-प्रेम र देशानुरागले ओत-प्रोत इच्छाशक्तिको खाँचो हो । बुद्धको देशानुराग उद्घोष “मातृभूमिको हावा समेत मलाई सुखदायक छ “ यहानिर अति सान्दर्भिक भएको देखिन्छ ।

सेनाहरुका लागी मुलुक ठुलो की ? राजनीतिक दलहरू ?

बिचार

मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरि पनि बन्न सक्छ । सेनाहरुका लागी मुलुक ठुलो की ? राजनीतिक दलहरूका भ्रष्ट, हत्यारा र मुलुकलाई ध्वस्त गर्ने नेताहरू ठुलो ? सेनाहरुले थाहा पाउनुपर्ने कुरा मुलुक भन्दा ठूलो संविधान होइन । संविधान फेरि पनि बन्न सक्छ । मुलुकमा के सहि भइ रहेकोे के गल्ती भइ रहेको छ भन्ने कुरा प्रमुख हो । तपाईंहरु आफै भन्नुस् के प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू संविधान बमोजिम चलेका छन ? हाम्रो मुलुकमा प्रजातन्त्र र गणतन्त्रको सहि सदुपयोग भएको छ र ? नागरिकहरुले सहि कामहरू गर्नका लागी निर्वाचनमा चुनेर पठाएका हुन। जनताहरु बाट निर्वाचित हुँ भन्दैमा दुरुपयोग र मनपरि गर्न पाइन्छ ? कोरोना भाइरसको महामारीको समयमा दुरुपयोग गर्ने हरुले अरु समयमा के बाँकी राख्लान ?
कोरोना भाइरसको महामारीमा लकडाउनको समयमा सत्ता लिप्सा र सत्ता परिवर्तनको खेल के यो सहि हो ? हग्नेलाई भन्दा देख्नेलाई लाज । यसकारण मुलुकको हित भन्दा ठुलो संविधान होइन यो सबैले बुझ्नुपर्ने कुरा हो । बाहिरी मुलुकहरुमा सेनाहरुको लागि मुलुकको स्वाधीनता र अस्मिता भन्दा ठुलो केही पनि हुँदैन ? तर नेपालमा सेनाहरु पनि राजनीतिक दलहरूको कार्यकर्ता र सदस्य भए जस्तो छ नी ? कोरोना भाइरसको महामारीमा समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कालोबजारी र स्वास्थ्य सामग्रीको चोरी गर्न नछाड्ने हरुले अरु समयमा मुलुक संग गद्दार गर्न के बाँकी राख्लान ?
बाहिरी मुलुकमा सेनाहरु मुलुकको स्वाधीनता प्रति मात्र जिम्मेवार हुन्छन । विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकालीन बाट चल्दै आइरहेको अवस्था छ । हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री र सांसदहरूको कारण मुलुकको स्वाधीनता धरापमा पर्दा पनि सेनाहरुको आस्था दलहरू प्रति मात्र देखिन्छ । हाम्रो मुलुकमा लुटनका लागी गणतन्त्र ल्याइएको हो ।
सेनाहरुको लागि मुलुकको स्वाधीनता र अखण्डता भन्दा ठुलो र प्यारो राजनीतिक दलहरूका नेताहरू होइन र ? कोरोना भाइरसको महामारीमा मुलुकमा संकट परेको बेला मुलुक भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र सत्ता परिवर्तनको खेल भइ रहँदा पनि सेनाहरु चुप छन । अब सेनाहरुले जंगी अड्डा, पृतना, गण र गुल्म हरुको नाम परिवर्तन गरि नेकपा पृतना, कांग्रेस पृतना, माओवादी पृतना, राजपा पृतना, माले पृतना, राप्रपा गण, साझा गण, विवेकशील गण, बाममोर्चा गुल्म र मजदुर किसान गुल्म आदि आदि जस्ता नामकरण गरे हुन्छ ।
सर्वसाधारण हरुलाई मात्र लकडाउन छ । नेताहरूलाई खुमलटार, कोटेश्वर, भैसेपाटी र बालुवाटार आदि आदि जस्ता यत्रतत्र जान आउन छुट छ हैन र ? यसकारण सबै नेपाली नागरिकहरुले बुझ्नुपर्ने कुरा मुलुक भन्दा ठुलो संविधान होइन । संंविधान फेरि पनि बन्न सक्छ ।
स्वतन्त्र नेपाली नागरिक :
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर -०२
मोबाइल नम्बर : ९८४८०५५७७६, ९८१२४९१३९७

मलाई अचम्म लाग्छ सरकारले ८० करोडको राहत कुन जनतालाई बितरण गरिरहेकाेछ ?

बिचार
स्वर्ण बिक्रम शाह
य देशमा लकडाउनको अवस्था भएको आज १ महिना भन्दा पनि बडि भईसक्यो । दिनभर आफ्नो टोल, ठाउँ वा सहरको चक्कर काटिरहे कै छु । जता हेर्यो लकडाउन टोडेर खानाको खोजिमा निस्केका मानिसहरु कति छन् कति तर सरकार भन्छ कोहि भोको छैन, सरकारले जनतालाई राहत बाडिरहेको छ । मलाई अचम्म लाग्छ सरकारले कुन जनतालाई राहत बाडेको रहेछ ? या म पो गलत हु कि ? जाबो यति सानो काठमाण्डु उपत्यकामा मैले भेटेको ती हजारौको संख्यामा नेपालीहरु नेपाल सरकारका जनता होईनन् कि ? नत्र ३ करोड जनसंख्या भएको देशमा ८० करोडको राहत त नेपाल सरकार ले नै बाडि सक्य‍ो, त्यसमाथि अहिले हजारौ मानिसहरु र क्लबहरुले पनि खाद्यान्न सामाग्री बाडिरहेकै छ । अझ पनि यहाँ कयौं जनताहरुको भान्छामा आगो बलेको देखिदैन ।
यो मैले सुनेको भरमा भावनामा बगेर लेखेको अवश्य होईन । यो मैले आफैले देखेको कुरा लेख्दै छु । म एउटा पत्रकारको संगसङ्गै म एउटा क्लबको सदस्य पनि हु, किङ्गकम स्पोर्ट्स क्लकको । पत्रकार भएर सरकारको कामलाई नियाल्छु, सरकार एउटा निकम्मा, भ्रष्टहरुको झुन्ड र स्वार्थि बाहेक केही देखिन, देशमा अवस्थित यस्तो भयावह स्थितिमा काम गरेको नाटक गरेर आफू बालुवाटारको सयन कक्ष्यमा सुरक्षित लकडाउनको नियम पालना गरेर बसि सत्ताकोलागि फोहरी राजनीति मै ब्यस्त भएको बाहेक केही गरेको देख्दिन । उता क्लबमा हेर्छु, सबै सदस्य साथि दाजुभाईहरु रात दिन न भोक भनेका छन न प्यास भनेका छन, न आफ्नो स्वास्थ्य भनेका छन न त परिवार कै स्वास्थ्य भनेका छन खटि नै रहेका छन् यस कोरोना बिरुद्धको लडाईमा । यसै क्लब सङ्गै सम्न्धित अरु क्लबहरु शुभारम्भ युवा क्लब, युवा आह्वान संजाल, मिर्मिरे युथ क्लब, देउराली क्लब, बिजयचोक युथ क्लब सबै आ-आफ्नो क्षेत्र अधिकार एरियामा रात दिन सकृय छन् । सबै आफू र आफ्नो परिवार नभनि मानवताको लागि सद्भाव बोकेर भाईचारा बाड्दै एकजुट भएर जुटि रहेका छन् ।
यसै क्रममा किङ्गकम क्लब पनि बिहान ५ बजे देखि रात नपरे सम्म सकृय रहेको छ । किङ्गकम क्लबको दिन शुरु हुन्छ बिहान ५ बजेबाट , जब खाद्यान्न लगायत तरकारी पसलहरु खुल्छ, त्याहा प्रहरिक‍ो सहयोगमा भिडभाड नियन्त्रणमा जुट्दछ भने अर्को टिम डिस ईन्फेक्सन स्प्रे गर्न टोल टोलमा पुग्छ । त्यस पछि ९ बजे पसलहरु बन्द भए पछि खाना नभएका बिपन्न , असाहय परिवारलाई खाद्यान्न पुर्याउन आवश्यकमन्द परिवारक‍ो घरघरै पुगेर क्लबलाई प्राप्त भएको खाद्यान्न सामाग्री निस्वार्थ भावमा निसुल्क प्रदान गर्दछ ।
अर्को टिम गाउँ जान लनगेका बटुवाको फागि बाटोमा खानको लागि खाना बनाउनमा जुट्छ र साझमा सो खाना बटुवाहरुलाई दिन रिङ्गरोडको चक्कर लगाउछ । यस काममा क्लबलाई धेरै दाताहरुले सहय‍ोग गरेक‍ो छ । यो काम यस क्लबले लकडाउन भएक‍ो दोस्रो दिन देखि नै सुरु गरेको हो जुन आजसम्म निरन्तर छ र यो लकडाउन भए सम्म गरि रहने छ । शुरु देखि नै डिसईन्फेक्सनको लागि चाहिने केमिकल हाम्रै अग्रज दाजु पम्प मार्ट र यु के ईन्जिनियरिङका संचालक दिपक लामिछाने ज्युले प्रदान गर्दै आउनु भएको छ र त्यो स्प्रे गर्न बिद्धुतीय सहयोग भने ईजि ईलोक्ट्रोनिक्सका राजु मानन्धर दाईले गर्दै आउनु भएको छ भने अहिले यस क्बलाई खाद्यान्न उपलब्ध गराउन एति एयरलाइन्सका क्याप्टेन हाम्रा अग्रज दाजु रमेश श्रेष्ठ र भाउजू लिला माश्के ज्युहरुको साथ र सहयोग प्राप्त भए संगै यस क्लबका युवाहरुमा जोश र जागर झन थपिएको छ ।
क्याप्टेन रमेश श्रेष्ठ तथा लिला माश्के र उहाँहरुको टिमका साथिहरु जस्ले उहाँहरुलाई सहयोग गरि रहनु भएको छ भने फेरि यस क्लबलाई मित्र बिजय मोक्तान जो नेपाल जन-सम्पर्क समिती तथा एन आर एन ए जर्मनका निवर्तमान अध्यक्ष हुनुहुन्छ , उहाँको पहलमा नेपाल जन सम्पर्क समिती जर्मनको सहयोग पनि यस क्लबलाई प्राप्त भएको छ । हामिलाई यस काममा सहयोग गर्ने दनताहरु देख्दा लाग्छ सायद यस्तै महा मानवहरुले गर्दा नै आज सम्म पनि मानवता जिउदो छ । सरकार तमासा मात्र हेरिरहेक‍ो बेला यस्ता महन-मानवहरुले यो देश आज थामी रहेका छन् । यस्तो अवस्थामा पनि आफ्नो सद्भाव र सहकार्य गर्दै लाखौ खालि पेटमा अन्न पुर्याएर देशमा शान्ति कायम गरेका महा-मानवहरुको त अहिले नेपाल सरकाले खुट्टा धोयर पानी पिए पनि कम हुन्छ । यसरी यस कोरोना बिरुद्धको लडाईमा अग्रसर यस क्लबका अध्यक्ष राजेश गुरुङ्ग ज्यु देखि सम्पूर्ण पधातिकारी सदस्य, आजिवन सदस्य र साधारण सदस्यहरु प्रति कोटि कोटि नमन गर्दछु र आज म यो पजि भन्छु कि मलाई य‍ो दुई तिहाई सरकारको जनता हुनु भन्दा यस किङ्गकम स्पोर्ट्स क्लब परिवारको एउटा सदस्य हुनुमा गौरव छ ।


लकडाउनको कहरमा बालबालिका र अभिभावकको उत्तरदायित्व

बिचार
दामोदर अर्याल
विश्वभर माहामारीको रुपमा लिएको कोरोना भाइरसबाट बच्नको लागि गरिएको बन्दाबन्दीको कारण घरमै लामो समय बिताउँदा बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास परेको हुनसक्छ । उस्तो त्रासदीबाट बालबालिकाहरुलाई जोगाउनु अत्यन्त जरुरी हुन्छ । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मकरुपमा व्यस्त बनाउने भन्ने आम अभिभावकहरुमा चासोको विषय बनेको छ ।
कोरोना भाइरसका बिश्वव्यापी सङ्क्रमणबारे जे यथार्थ,सत्यरतथ्य छ त्यो बालबालिकाहरुलाई भनि दिने र आधिकारिक नभएका सञ्चार माध्यममा आउने अनावश्यक समाचार र अफवाहबाट बालबालिकाहरुलाई जोगाउनु पर्छ । स्वभावैले बालबालिकाहरु चन्चले, छुकछुके र उत्सुकताका साथ नयाँ कुरा जान्ने जिज्ञासु हुन्छन् । यस्तो अवस्थामा अभिभावकहरुले उनीहरुलाई गम्भीरताका साथ कुरा बुझाएर आफ्नो नियन्त्रणमा राख्न सक्छन् । अभिभावकहरु बालबालिकाको उक्त जिज्ञासालाई तनाव सम्झने र चर्को स्वरमा उनीहरुलाई हप्काउने पनि गरेको पाईन्छ । बाल मस्तिष्क नयाँ कुरा जान्ने र बुझ्ने कृयामा लागेको हुन्छ । घरमै लामो समय बिताउँदा बालबालिकाका पर्ने परिवेशमा के के कुराहरु गर्न हुन्छ र के के कुरा गर्न हुदैन भन्ने उसलाई ज्ञान हुदैन । बिषम परिस्थितिको बारेमा बोध गराउने र सम्झाउने दायित्व अभिभावकको नै हो । यो बिषम परिस्थीतिको बारेमा सम्झाउदै नसम्झाई बालबालिका प्रति झर्कनु, चिच्याउनु कत्तिको कुशल अभिभावकको दायित्व हो । अभिभावकले आफ्ना कुरा लादेर बालबालिकाको मष्तिस्कलाई नियन्त्रणमा राख्न उपयुक्त हुदैन । लामो समय एकान्तमा बस्दा वा महामारीका समयमा मानिसमा तनाव हुने, बाहिर जान नपाउने हुँदा डर लाग्ने, आत्तिने, छटपटी हुने हुनु स्वभाविक भएकाले आफूलाई व्यस्त बनाएर दिमागलाई ठीक ठाउँमा राख्ने वातावरण सिर्जना गर्दै सिंगो परिवार प्रति नै नकारात्मक धारणा बढ्दै जान नदिन साबधानी अपनाउनु पनि अभिभावकको दायित्व हो ।
बिश्वभरमा फैलँदै गएको यो महामारीबाट आफू पनि बाँच्न र अरुलाई पनि बचाउँन सुरक्षित तबरले आफ्नो मानसिक हिसाबले आफ्नो मन बलियो बनाउनु पर्ने मनन गर्दै बालबालिकाहरुलाई बिशेष ध्यान दिनु पर्दछ । समय परिस्थिति अनुसार घरभित्रै रहेर गर्न सकिने सामान्य शारीरिक व्यायम, योग, ध्यान, सरसफाई, अनुभव आदान प्रदान, अध्ययन, गित–संगित, भजन, प्रबचन आदिबाट आफू र आफ्नो परिवारलाई सबैले सुरक्षित हुने, श्रृजनशील कार्यमा लगाउने गर्नु पर्दछ । हामीले बालबालिकालाई कुनै रचनात्मक काम गरेर समय बिताउने,समूह मै सहभागी गराएर खेलाउने गर्न पनि गर्न सकिन्छ । सुत्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने, योग गर्ने समय नियमित तर्जुमा गरी व्यस्त बनाउने, विद्युतीय सामग्री र सामाजिक सञ्जालमा धेरै नझुल्न बरु पिनायो,मादल लगाउतका बाध्यबादनको सामग्री बजाउन सिकाउने,लगाउने,लुडो, चेस पनि खेलेर समय बिताउन सकिन्छ ।
सामाजिक सञ्जालमा महामारीका समयमा बालबालिकाको दिमागमा असर हुने खालका सामाग्री तथा समाचार आइरहने हुँदा त्यस्तोबाट टाढा रहन आग्रह गर्दै बालबालिकालाई नियमित सिर्जनशील बनाउन अभिभावकले ध्यान दिनु जरुरी हुन्छ । यो समयमा पारिवारिक मिलन, सन्तुलन र एक आपसमा माया ममता बाँडीचुँडी गर्दै सम्यमताका साथ रमाईलोसंग बस्यौं भने कोरोनाको संक्रमणबाट बाँच्न र बचाउन मात्रै होईन अहिलेसम्म सबै परिवार मिलेर नगरेका अन्य धेरै किसिमका कामहरु गरी फरक पारिवारिक जीवनशैली र संस्कारबाट अघि बढ्ने अवसरको रुपमा पनि लिने गर्नु पर्दछ । आफुले पठनपाठन गर्ने विद्यालय बन्द भएको कारणले घरमा बस्न बाध्य बालबालिकाहरुलाई सिर्जनशील बनाउने वा झर्केर उनीहरुलाई मनोसामाजिक समस्यामा पार्ने अभिभावक बन्ने रोजाई स्वयम् अभिभावकको हो भन्ने कुरा हेक्का राख्नुपर्दछ । असहज परिस्थितिमा कसरी सकारात्मक अभिभाक बन्न सकिन्छ भन्ने थाहा नभएको अवस्थामा अधिकांस अभिभावकहरु नचाँहदा नचाँहदै,नजान्दा नजान्दै आफ्ना बालबालिकालाई पीडा पुराईरहेका हुन सक्छौं यस्तो बिषम परिस्थितिमा हरेक अभिभावकले आफ्ना बालबालिकाहरु कहाँ के गर्दै छन् भन्ने बारेमा चनाखो हुनु पनि पारिवारिक बोध तथा अभिभावकत्व हो । कोरोनाले मानव जीवनमा पारेको नकारात्मक असरको समाचार सुनि बालबालिकाकै सामुन्ने आत्तिने, नराम्रा शब्दहरु प्रयोग गर्ने,ओहो अब त खत्तम हुने भो जस्ता नकारात्मक र निराशाजनक शब्दहरु बालबालिकाको सामु प्रयोग गर्नाले मनोसामाजिक समस्या हुनबाट पनि सक्छ त्यसैले अभिभावकहरुले बालबालिकालाई सकारात्मक कुराहरुको बारेमा बताउने गर्नुपर्दछ । साबुनपानीले राम्रोसँग हातधुने, सेनिटाईजर,डेटोलको प्रयोग, सफा कपडा लगाउने, नङकाट्ने, नियमित ब्रस गर्ने, नुहाउने, आदि कुराहरुको साथै व्यक्तिगत र पारिवारिक सरसफाईले मानव जीवनमा नकारात्मक असर पार्ने कोरोना लगायतको भाईरस,किटाणु र जीवाणुबाट जोगिन सकिन्छ भन्ने बोध गराउनु पनि अभिभावकको दायित्व हो ।
शरिरीक अवस्था र उमेरका आधारमा प्रसस्त पानी,पोषणयुक्त,हरियो तरकारी,साग, दुध र घरायसी खाजाको महत्व र पोषणयुक्त व्यवस्थित खानपानले मानव जीवनमा पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा बालबालिकालाई बोध गराई रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य भएर बाँच्न पोषिलो र सन्तुलित खानाको महत्वपूर्ण योगदान हुने बारे बालबालिकालाई पनि अभिभावकको दायित्व हो । बाल अधिकारका पक्षहरु शारीरिक विकास, मानसिक विकास, बौद्धिक विकास र संवेगात्मक विकास हुने खालका खेलहरु मित्रवत व्यवहार गरी रमाईलो गर्ने पाउने अधिकारहरुलाई पनि ध्यान दिनु पर्ने हुन्छ । आफ्ना बालबालिकाका धेरै कुराहरु रुची, जिज्ञासा, मनोभावना बुझ्ने र नजिक हुनु संगै खेल खेल्दा उनीहरुका मन भित्रका कुरा बुझ्न सकिने र उनीहरुलाई हौसला पनि दिन सकिन्छ भन्ने कुरा अभिभावकले सदैब ख्याल गर्नु पर्दछ । कुशल अभिभावकले आफ्ना बालबालिकाहरुसंगै बसि कुन बेला पढ्ने, कुन बेला आफ्ना साथीहरुसँग नेटमा वा फोनमा कुरा गर्ने, कुन बेला खाने, कुन बेला खेल्ने, कुन बेला कथा भन्ने र सुन्ने, कुन बेला रचनात्मक कृयाकलापहरु जस्तै नाँच्ने, गाउने, चित्रकला, कविता, लेख, रचना, कथा बनाउने लगायतका कुराहरु समावेश गरी उनीहरुकै सहभागितामा दैनिकी बनाउन प्रयास गर्न गर्नुपर्दछ । अभिभावक नै बालबालिकाको पहिलो साथी हुन् भन्ने बालबालिकालाई बोध गराउनु पर्ने समेत हुन्छ । बाल मनोविज्ञानमा पनि बालबालिकाको मनको कुरा बुझ्न अभिभावकले पनि बालबालिकाले झै व्यबहार गर्नुपर्दछ । बालबालिकालाई मन पर्ने सिप सिकाउने र बालबालिकालाई उचित रुपमा सामाजिकिकरण गर्नु अभिभावकको अर्को महत्जपणर््ुा उत्तरदायित्व हुन्छ । बालबालिकालाई सिर्जनात्मक र स्वाबलम्बी बनाउन,उनीहरुलाई नैतिकवान र व्यवहारिक बनाउनका लागि आफू सँगसंगै घरका सामान्य भान्साको काम चिया पकाउने, दुध उमाल्ने, तरकारी काट्ने, खाना बनाउने, करेसाबारीको काममा लगाएर पनि बालबालिकाहरुलाई जोखिम हुनबाट जोगाउन सकिन्छ । शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुन व्यायाम आवश्यक हुन्छ भन्ने बारेमा अभिभावकले उनीहरुलाई बोध गराउदै दैनिकी बनाउँदा यसलाई समेत अभिभावकले विशेष ध्यान दिन जरुरी हुन्छ । बालबालिकासँग बढी घुलमिल भई उनीहरुको विचार, ईच्छा र आवश्यकताको आधारमा सघाउन सकिन्छ । टिभी हेर्ने र मोबाईलमा गेम खेलेर एक्लोपन महसुस गरिरहेका बालबालिकाको लागि शारीरिक व्यायाम र योग गर्ने गर्नाले उनीहरुमा स्फुर्ति पैदा भई संयम, सालिन र आटिलो व्यक्तित्व बन्न उत्प्रेरणा दिने साथै बालबालिकासँग नजिकमा रहेर अहिले बालबालिकाहरु रुचाउने र अधिकाशं समय बिताउने संचार माध्यमहरु अनलाईन र ईन्टरनेटबाट हुने संम्भावित जोखिमको बारेमा समेत जानकारी गराई जोगाउन सकिन्छ ।
दिनभर बालबालिकाहरुलाई एक्लै नछाडने,सकेसम्म पाको मान्छेसँगै राख्ने,बरु, खेत बारी वा बाहिर जाँदा आफ्नो बालबालिकाहरूलाई सँगै लिएर जाने,बालबालिकालाई समय दिने,सँगै खेल्ने बालबालिकालाई घरमा मातृ भाषामा बोल्न सिकाउने गरेर पन िबालबालिकाहरुलाई जोखिमबाट जोगाउन सकिन्छ । बालबालिकाले गरेका कामहरुमा हौसला दिने, प्रशंसा गर्ने, आहा कति राम्रो भन्ने जस्ता उत्प्रेरणा जगाउदै जानु पन िसकारात्मक अभिभावकको भूमिका हो । बालबालिकामा पर्न सक्ने समस्या र जटिलताको अन्त्यको लागि हरेक अभिभावकले आफ्ना बालबालिकासँग भावनात्मक रुपमा नजिक हुनै पर्दछ । उनीहरुले वास्तविक समस्या थाहा नपाएको अवस्थामा हामी अभिभावक उनीहरुबाट भावनात्मक रुपमा टाढा हुन पुग्छौं । उनीहरुलाई माया गरेर सम्झाउन र बुझाउन सकिन्छ भन्ने भावना लिनुपर्दछ र यसो गर्न सक्नु पारिवारिक सकारात्मक उत्तरदायित्व र अभिभावकत्व हो ।
लेखक ः २ दशक देखि बालबालिकाको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
sudaaryal@gmail.com
९८५१२२०४६५ नीलकण्ठ नगरपालिका वडा नं १२ धादिङ

राजसंस्थाView All

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद […]

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना […]

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत […]

बाैध्द-गतिविधिView All

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ । शिलान्यासमा बौद्ध […]

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, […]

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज “धम्माचरिय” ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् । सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय […]

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर […]

राजनीतिView All

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन्। कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका […]

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]
/ राजनीति

प्रदेश सांसद शोभा शाक्यले भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला

साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्। ‘कोभिड […]

पुज्यपाद धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा

श्रद्धेय धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा भएकाे छ र श्रद्धेय धम्मवती गुरुमाबाट नवनियुक्त शहरी बिकास मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठजुलाई आशिर्वाद दिनु […]

सामाजिकView All

/ सामाजिक

चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने वाच डे २०२० मनाए

उपत्यका सहित नेपालमा रहेका चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने योजना सहित स्थापित चीभाः चैत्य संस्थाबाट गत शनिवार वाच डे २०२० मनाएका छन् । हन । वल्ड मोनुमेन्ट्स […]
/ सामाजिक

नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न

बुद्ध शान्त पार्क निर्माण समितिको आयोजनामा अनलाइनको माध्यमबाट नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । बौद्ध भजनको माध्यमबाट नयाँ प्रतिभा […]
/ सामाजिक

मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाढी पहिरो पिडित खाद्यान्न लगायतका सामाग्री वितरण

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल […]
/ सामाजिक

अनला वा अधिकमास एक महिनामा हुने मच्छेनारायण काे मेला काेराेना संक्रमणकले याे साल नहुने

चन्द्रमास अनुसार वर्षकाे ३५४ दिन र सौरमास अनुसार ३६५ दिन हुन्छ । याे गिन्ति अनुसार सौरमासमा वर्षकाे ११ दिन बढी हुन्छ भने प्रत्येक साढे दुई बर्ष पुग नपुग हुँदा एक […]
Go to Top