Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

बाैध्द-गतिविधि
मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ ।
शिलान्यासमा बौद्ध परम्परा अनुसार भिक्षुहरू कौण्डन्य महास्थवीर, भिक्षु तपस्सी धम्म महास्थवीर र भिक्षु तिष्य स्थवीरबाट परित्राण पाठ गरी शिलान्यास सम्पन्न गरिएको थियो । सो कार्यक्रममा क्रमशः अखिल नेपाल भिक्षुमहासंघका महासचिव भिक्षु कौण्डन्य अध्यक्ष श्री रामकाजी अवाले, जग्गादाता श्री दशलाल डंगोल, केन्द्रका उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक श्री अजरमान जोशी र उपाध्यक्ष मा, बागमति क्षेत्रका सभासद शोभा शाक्यले नव निर्माण हुने भवनकोलागी जग राख्ने कायम वगर्नु गर्नुभएको थियो ।
ललितपुर नक्खु अवस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको ललितपुर महानगरपालिका वडा नं, १३ मा बिहार भवन निर्माण गर्न समाजसेवी चन्दादाता दशलाल डंगोलले झण्डै ४ वर्ष अगाडी १७ आना जग्गा दान दिनु भएकोमा अथक प्रयास पछि हिजो २०७७ कार्तिक १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ र यो दिन अत्यन्त महत्वपूर्ण र स्मरणीय दिनका रूपमा ध्यान केन्द्रमा अंकित रहने छ ।

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

बाैध्द-गतिविधि
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको कार्यकारणी बैठकबाट पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको हो । उहाँलाई सरकारले दुईबर्षकोलागी सल्लाहकारमा नियुक्ति गरिएको हो ।

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

Main News
म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज "धम्माचरिय" ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् ।
सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा भिक्षु अानन्द र भिक्षु विचार तथा अनागारिका जवनवती र अनागारिका मधुभाणिनी उत्तिर्ण हुन सफल भएका हुन ।
अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय बिहारबाट म्यानमारमा बुद्ध धर्मको अध्ययन गर्न श्रद्धेय भिक्षु जटिल महास्थबिर सद्धम्म जोतिकधजद्वरा धेरै शिष्यहरु पठाएकोमा यो बर्ष शिष्यहरु (१) भिक्षु आनन्द ( पच्छु वाइवा तामाङ) धादिङ जिल्ला , नेत्रवती गाउँ पालिका सेम्जाेङ गैरा - का हुनुहुन्छ । उहाँ ywama pariyatti monastery insein, yangon, myanmar विहारमा अध्ययनरत हुनुहन्थ्याे ।
त्यसैगरी । भिक्षु विसारा ( मनोज मोक्तान, तामाङ )धरान, सुन्सरी, नेपालका हुनुहुन्छ । उहाँ शुखवती परियत्ती विहार, च्याउ भडाउँ, आउँताया, म्यानमार विहारमा अध्ययनरत हुनुहन्थ्याे ।
त्यसैगरि पज्यपाद धम्मवति गुरूमाकाे शिष्या अनागारिका जवनवती तथा विश्वशान्ति बिहारबाट जानु भएका पुज्यपाद डा. ज्ञानपूर्णिक भन्तेका शिष्य अनागारिका मधुभाणिनी म्यानमारकाे पण्डिताराम ध्यानकेन्द्रमा अध्ययनरत हुनुहुन्थ्याे ।
धम्माचरिय म्यानमारमा अध्ययन गरिने उच्च तहको शिक्षा, जुन पास गरेपछि धर्मको आचार्य अथवा धर्मलाई हाँक्न सक्षम व्यक्ति बन्छ ।
के हाे शासनधज "धम्माचरिय"
म्यानमारका विभिन्न शिक्षा प्रणालीहरु मध्ये उच्चस्तरीय शिक्षा प्रणाली धम्माचरिय हो । यो शिक्षा पूरा गर्न धेरै कठिन तहहरु उत्तीर्ण गर्नुपर्छ । म्यानमारको बुद्धशासन मन्त्रालयबाट पालि शिक्षा आचार्य परिख्यानद्वारा सञ्चालित शासनधज धम्माचरिय को उपाधि तह पुग्नको लागि विभिन्न चारतह पहिला पार गर्नुपर्छ जस्तै—
१) मूलादाँ— प्रथमतह यो सबैभन्दा पहिलो तहको रुपमा लिइन्छ । जसमा पालि शिक्षा, कच्चायन व्याकरण (सन्धि, नाम, आख्यान), रुपसिद्धि व्याकरण (सन्धि, नाम, आख्यान), अभिधर्मार्थ संग्रह (चित्त काण्डदेखि समुच्चय काण्डसम्म पालि मात्र), तिकमातिका आदि अध्ययन गर्नुपर्छ । सम्पूर्ण विषय कण्ठ गर्नुपर्ने हुन्छ । मूलादाँलाई राम्रोसँग आउनुपर्छ ।
२) अंगेदाँ— दोस्रो तह दोस्रो तहको रुपमा रहेको अंगेदाँमा भिक्षु प्रातिमोक्ष, कङखा अठ्ठकथा (शुरुबाट पाराजिका सम्म), कच्चायन ब्याकरण (सन्धि, नाम, कारक आख्यान टिका), रुपसिद्धि (सन्धि, नाम) पद विनिच्छय (सन्धि, नाम), सुत विनिच्छय, अभिधर्मार्थ संग्रह (चित्त काण्डदेखि विनिमुक्त काण्डसम्म पालि र अर्थ) सबै, टिकाज्यो (चित्त, चेतसिक, पकिण्णक,) तिका मातिका, अभिधम्म, दुक मातिका, धातुकथा (शुरुबाट पञ्चमन सम्म), भाषा परिवर्तन अठ्ठकथा (एक निपातलाई चार भाग गरेर एक भागलाई चार वर्गसम्म) अध्ययन गर्नुपर्छ । यो परीक्षा सरकारी वर्गसम्म अध्ययन गर्नुपर्छ । यो परीक्षा सरकारी स्तरमा हुन्छ । पाँच दिनमा परीक्षा हुन्छ ।
३) अलादाँ— तेस्रो तह धम्माचरियसम्म पुग्नको लागि पार गर्नुपर्ने तेस्रो तहमा विनय (द्वेमातिका), कङखा अट्ठकथा (शुरुबाट निस्सग्गिय पाचित्तियसम्म) कच्चायन व्याकरण (सन्धि, नाम, कारक, आख्यान), समास, टिका, तद्वित), रुपसिद्धि शुरुबाट तद्धितसम्म) पद विनिच्छय (शुरुबाट समाससम्म), सुत्त विनिच्छय अभिधर्म (नौवटा काण्ड) टीकाव्यो (शुरुबाट रुपकाण्डसम्म), सतन्तिक मातिका, धातुकथा (शुरुबाट रुपकाण्डसम्म), यमक (पाँचदेखि दशसम्म), भाषा परिवर्तन जातक अठ्ठकथा (दुक, तिक, चतुक्क, पञ्चम, छक्क निपातलाई चार भाग गरेर एक भागलाई चार वर्गसम्म आदि विषय अध्ययन गर्नुपर्छ र यी तहमा छ दिनसम्म परीक्षा हुन्छ ।
४) अचिदाँ— चौथो तह यो धम्माचरिय स्तरमा पुग्नको लागि सबैभन्दा गाह्रो तथा अन्तिम तह हो । यसमा विनय (द्वे मातिका) कङखा अट्ठकथा (शुरुबाट अन्त्यसम्म), रुपसिद्धि (शुरुबाट अन्त्यसम्म), पद विनिच्छय (शुरुबाट अन्त्यसम्म), सुत विनिच्छन (शुरुबाट अन्त्यसम्म), पालि शब्दकोष, अलङकार, छन्द, यमक, पठ्ठान (कुणल टीका) भाषा परिवर्तन, जातक अठ्ठकथा (सत्तम निपातबाट असीति निपातसम्म चार भाग गरेर एक भाग चार वर्ग पढ्ने) यो सबै अध्ययन गर्नुपर्छ यी चार तहसम्म पुग्दा पालिभाषा र पालि व्याकरणमा पोख्त भइसकेको हुन्छ । यो सबैभन्दा गाह्रो तहको रुपमा रहेको छ । यो अचिदाँमा सात दिनसम्म परीक्षा हुन्छ ।
५) धम्माचरिय— यी चारवटा तह पार गरेपछि धम्मचरिय गर्न सकिन्छ । धम्माचरिय सम्पूर्ण रुपमा ज्ञान भएको अवस्था हो । धम्माचरियमा तीनैवटा पिटक अध्ययन हुन्छ । सुत्तपिटकमा शीलखण्ड पालि सबै अध्ययन हुन्छ— अठ्ठकथा, टीका, अनुटीका सबै अध्ययन हुन्छ । विनयपिटकमा पाराजिका पालि सबै अध्ययन गर्नुपर्छ । यसको साथै अठ्ठकथा, टीका, अनुटीका आदि । अभिधर्ममा – धम्मसंगिनी् – अठ्ठसालिनी – टीका – अनुटीकाको अध्ययन हुन्छ ।
धम्माचरियको सात दिनसम्म परीक्षा हुन्छ । यस परीक्षामा एक विषयमा पहिलो पत्र, दोस्रो पत्र हुन्छ । पहिलो पत्रमा १० वटा प्रश्न सोधिएको हुन्छ । जुन पालि र अठ्ठकथाबाट निकालिएको हुन्छ र दोस्रो पत्रमा कुनैपनि विषयलाई लिएर १० वटा प्रश्न सोधिएको हुन्छ । यसको उत्तीर्णाग ६५ हुन्छ । दुबै पत्रमा उत्तीर्णाग (पास माक्र्स) ल्याउनुपर्छ ।
सरकारले यो परीक्षामा विद्यार्थीहरुलाई सजिलोहोस् भनेर तीनपटकको एउटा एउटा गरी परीक्षा दिन पनि मिल्ने व्यवस्था गरेको छ । तीनै दिन पनि मिल्ने व्यवस्था गरेको छ । तीनैवटा पिटकलाई एकै पटक दिए पनि हुन्छ । धम्माचरियमा पढाउने तरिका पनि फरक हुन्छ । यसमा अलङकार तरिका, छन्द तरिका, मेत्ती तरिका, व्याकरण तरिका जस्ता थरी थरीका तरिका अपनाई एउटै विषय शब्दलाई छुट्याई छुट्याई पढाएको हुन्छ । यसको मूल उद्देश्य भनेको नै त्रिपिटकमा पारंगत गराउनु हो ।
एउटा विषय बुझेपछि अर्को विषय सजिलैसँग बुझ्न सकिन्छ । यो तह भनेको बुद्धशासनको झण्डा फहराउन सक्षम अवस्था हो । धम्माचरिय पास भएपछि म्यानमारको सासन मन्त्रालायबाट “सासनधज धम्माचरिय” उपाधि प्रदान गरिन्छ । यसरी म्यानमारको धेरै शिक्षा प्राणालीहरुमध्ये ‘धम्माचरिय’ शिक्षा प्रणाली पनि एक उत्कृष्ट शिक्षा प्रणालीको रुपमा रहेको छ । सासनधज धम्माचरिय उपाधि परीक्षा पास गर्नुहुने नेपाली भिक्षु तथा अनगारिकाहरू
१ । अनागारिका धम्मवती
२ भिक्षु ज्ञानपूर्णिक महास्थविर
३ अनागारिका अग्गञाणी
४ अनागारिका विमलञाणी
५ भिक्षु ञाणावुध
६ भिक्षु आनन्द, बुटवल
७ भिक्षु विचार
८ अनागारिका विसिट्ठञाणी ( जवनवती )
९ अनागारिका मधुभाणिनी रहेका छन् ।
उहाँहरुले धम्माचरिय शिक्षा प्रणाली अनुसार अध्ययन गरी बुद्धशासनको बलियो खम्बाको रुपमा अगाडि बढी शासनलाई हाँकि राख्नुभएको छ । हाल पनि म्यान्मारमा नेपालबाट शुद्ध बुद्धशिक्षालाई प्राप्त गर्ने महान उद्देश्य लिई नेपालमा भन्ते, श्रामणेर र गुरुमाँहरु म्यानमारमा अध्ययन गरिरहनुभएका छन् ।

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

बाैध्द-गतिविधि
शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर ।
सुन्दा अचम्म लाग्न सकिन्छ अक्षर लेखेर पनि कसरी निर्बाण प्राप्त गर्न सकिन्छ भनेर तर भिक्षु मंगल महास्थविर भने हस्तलेखनबाट पूर्ण रुपले निर्बाण प्राप्त गर्न सक्ने ठोकुवा गर्नु हुन्छ ।
उहाँका अनुसार शाक्यमुनीले दिनु भएको उपदेश आर्यअष्टागिक मार्गलाई जसले पालना गर्दछ त्यसले निर्बाण प्राप्त गर्न सक्छ । यस आर्यअष्टागिक मार्गलाई शील समाधी र प्रज्ञा गरि तीन भागमा विभाजन गरिएको छ ।
हस्तलेखन भनेको यस्तो माध्यम हो जसले यी आर्यअष्टागिक मार्गको तीनवटा तह शील समाधी प्रज्ञालाई प्राप्त गर्न सकिन्छ भन्नु हुँदै भिक्षु मंगल भन्नुहुन्छ ः बुद्ध बचनहरुलाई अक्षरमा लेख्दा सबैभन्दा पहिला मनमा कुनै किसिमको तर्क विर्तक आउँदैन किनकी उ अक्षर लेखिरहँदा उनको मन आफ्नो पुस्तकमा हुन्छ र पुस्तकमा रहेको बिषयलाई हेरिरहेको हुन्छ । अर्थात उनको मनमा राग, द्धेष मोह जस्ता कुनै प्रकारको विकार नआउने भएकोले हस्तलेखनको समयमा उ पूर्णरुपले शील पालना गरिरहेको अवस्थामा हुन्छ ।
त्यसैगरि अक्षर लेख्दा कुनै शब्द नछुटोस, कुनै टुुत्री नहोस, अक्षरहरु नब्रियोस, अक्षरहरु फोहर नहोस भनेर अत्यन्तै सावधानी पूर्वक ध्यान राखेर लेख्नु पर्ने हुन्छ । अर्थात हस्तलेखनको समयमा उसको मन पूर्णरुपले एकाग्रह हुन्छ, जसले गर्दा उ ध्यानमा बसेको सरह हुन्छ ।
आफुले लेखेको बुद्ध बचन लेख्न सकेपछि त्यो सही छ कि छैन भनेर त्यसलाई पुनः पढ्नु पर्ने हुन्छ अर्थात यसले उसको प्रज्ञामा बृद्धि हुन्छ वा बुद्ध उपदेशलाई चिन्तन र मनन गर्नाले उसलाई प्रज्ञा प्राप्त हुन्छ ।
यसरी हस्तलेखनले हस्तलेखकलाई शील समाधी प्रज्ञा प्राप्त गर्न सक्ने भएकोेले यसलाई निरन्तर अभ्यास गरेमा निर्बाण पनि प्राप्त हुनेमा कुनै शंका नभएको उहाँको भनाई रहेको छ ।
हाल ताइवानमा रहेका भिक्षु मंगलले बुद्ध बचनहरुलाई हस्तलेखन मार्फत २० वटा भन्दा देशहरुमा धर्म प्रचार गरिरहनु भएको छ । उहाँले विदेशमा मात्र हाम्रो देश नेपालमा पनि हस्तलेखन मार्फत युवा युवतिहरुलाई धर्ममा आर्कषण गर्न सफल भएको छ । मातातिर्थ स्थित उहाँको मैत्री करुणा विहारमा ३ जना युवा युवतीहरुबाट शुरु गरिएको हस्तलेखन कार्यमा अहिले २ हजार भन्दा बढी युवा युवतीहरु आबद्ध भएर हस्तलेखन मार्फत बुद्ध शिक्षाको अध्ययन गरिरहेका छन् । भिक्षु मंगल महास्थविरका अनुसार अहिले धर्ममा युवा युवतिहरुको चाहनामा कमि भएको अवस्थामा यो हस्तलेखनले युवाहरुलाई धर्म सिक्नको साथै उनीहरुको हस्तलेखनलाई स्तरिय बनाउन सहयोगी भएको छ ।
साथै बुद्ध शिक्षाको अध्ययनले गर्दा विगतमा पढ्न नचाहने, आमा बुबाको कुरा नमान्ने, शिक्षकहरुको सम्मान नगर्नेहरु पनि अहिले सबै पढ्ने, संयमित तथा सज्जन भएको आमा बुबाको कुरा सुन्ने तथा पढाइमा अब्बल आउन थालेको भन्दै आमा बुबा तथा शिक्षकहरुले विहारमा नै आएर भन्न आउने बताउनु भयो ।
जे होस भिक्षु मंगल महास्थविरले अहिलेको समय , परिस्थिति तथा युवायुवतीहरुको चाहनालाई बुझेर नयँ माध्यमबाट आध्यात्मकि तथा भौतिक दुबै उन्नति हुने कार्य गरिरहेको छ भनेर हामी बुझ्न सक्छौं । उहाँको यो नयाँ प्रयोग अहिले लोकप्रिय पनि बन्दै गएको छ ।
विद्यार्थीहरुबाट हस्तलिखित बुद्ध बचनहरुको संग्रह गरि समय समयमा प्रदर्शन पनि गर्ने गरिन्छ । यसले बिद्यार्थीहरुको हौसला थप भएको छ भने नयाँहरु युवायुवतिहरुलाई पनि अत्यन्तै सुन्दर अक्षर देखेर आफुलाई पनि त्यसरी नै सिक्न चाहनेहरुको पनि तिब्र वृद्धि भइरहेको छ ।



मैत्रेय परियत्ति केन्द्र भक्तपुरबाट परियत्ति पुरस्कार वितरण

बाैध्द-गतिविधि
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षा मैत्रेय परियत्ति केन्द्र बाट बु.सं. २५६३ को परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम थथुबहीमा सम्पन्न भएको छ ।
मैत्रेय युवा संघका अध्यक्ष जमुना गोसाईको सभापतित्वमा प्रमुख अतिथि श्रद्धेय दिपक क्षान्तिशोभन भन्तेले पंचशील प्रदान गरी सुरु भएको उक्त कार्यक्रममा संघका सचिब संचित बुद्धाचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो । उहाँले स्वागत मन्तब्य राख्नु हँदै अहिलेको यस विषम परिस्थितिमा विद्यार्थीहरूले समय खेर नफाली आफ्नो व्यक्तित्व विकास हुने काममा मन लगाउन अनुरोध गर्नुभयो ।
परियत्ति विद्यार्थी अनिशा खड्काले विद्यार्थी जीवनका लागि अति महत्त्वपूर्ण परियत्ति शिक्षा पढ्न पाएकोमा खुशी व्यक्त गर्दै आचरण र नैतिकता विनाको मानिस डाक्टर र इन्जिनियर नै भएता पनि समाजका लागि काम नलाग्ने विचार व्यक्त गर्नुभयो ।
मैत्रेय परियत्ति केन्द्रका केन्द्राध्यक्ष तिर्थराज बज्राचार्यले परियत्ति विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको लगनशीलता र हौसला नै केन्द्रलाई बल मिलेको कुरा व्यक्त गर्दै अहिलेको यस विषम परिस्थितिका कारण कक्षा संचालन गर्न नसकेको र समय अनुकूल भएपछि कक्षा संचालन हुने जानकारी दिनुभयो ।
श्रद्धेय दिपक भन्तेले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको उक्त कार्यक्रममा मैत्रेय परियत्ति अक्षय कोषका दाताहरू संघरत्न शाक्य र न्हुछेंकुमार लासिवाले विद्यार्थी एवं शिक्षक शिक्षिकाहरूलाई नगद उपहार प्रदान गर्नुभयो । परियत्ति अक्षय कोषको व्याजबाट संचालन भएको उक्त कार्यक्रममा दाता संघरत्न शाक्यले रु बीस हजार कोषका लागि सहयोग गर्नुभयो भने पंचशीलको महत्त्व विषयमा मन्तव्य व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि श्रद्धेय दिपक भन्तेले परियत्ति शिक्षाको महत्त्वलाई दर्शाउनुहुँदै शिक्षालाई अध्ययन गरेर मात्रै नपुग्ने भन्नुहुँदै बुझेर आचरणमा उतार्न जोड दिनुभयो ।
संघका सदस्य गंगा गोसाईले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बोधि टिभी तथा भिक्षुमहासंघद्वारा अनलाइन कक्षा संचालन भईरहेको जानकारी गराउँदै सहभागी हुन अनुरोध गरिएको थियो।




जगतसुन्दर ब्वनेकुथि परियत्ति केन्द्रमा परियत्ति बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण

बाैध्द-गतिविधि
जगतसुन्दर ब्वनेकुथि परियत्ति केन्द्रमा बु. सं. २५६३ परियत्तिमा उर्तिण हुन सफल भएका बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।
गत शुक्रवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका प्रवक्ता तथा १५ वडाका वडाअध्यक्ष ईश्वरमान डंगोलले परियत्तिमा उर्तिण हुन सफल भएका बिद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
जगतसुन्दर ब्वनेकुथि परियत्ति केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा अतिथिहरु युवा बौद्ध समूहया अध्यक्ष मदनरत्न तुलाधर, लोककवि राजभाई जकःमि, ब्वनेकुथिइ परियत्ति केन्द्र स्थापनाकोलागी सहयोग गर्नु हुने डा. त्रिरत्न मानन्धरहरुले परियत्ति शिक्षाको महत्वको बारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।
परियत्ति केन्द्रया केन्द्राध्यक्ष माया मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रम ब्वनेकुथिका प्रिन्सिपल सुनिता मान्धरले संचालन गर्नु भएको थियो । उहाँले परियत्तिमा उर्तिण हुन सफल भएका ३५ जना बिद्यार्थीहरुलाई उपहार स्वरुप ब्याग र स्टेशनरी प्रखान गर्नु भएको थियो ।

बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा बिकास समितीको सदस्यमा पहिलो पटक थेरवादी भिक्षु मेधंकर नियुक्त

बाैध्द-गतिविधि
बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा बिकास समितिको सदस्यमा भिक्षु मेधंकर (नारायण बहादुर आले ) नियुक्त हुनु भएको छ । नेपाल सरकार (मा.मन्त्रीस्तर) को श्रावण ७ गतेको निर्णयबाट भिक्षु मेधंकरलाई गुम्बा बिकास समितीको सदस्यमा ५ बर्षकोलागी नियुक्त गरिएको हो ।
गुम्बा विकास समितिको स्थापना देखि अहिले सम्म थेरवाद क्षेत्रबाट कसैलाई पनि नियुक्ति नदिएको अवस्थामा यस पटक थेरवाद क्षेत्रबाट पहिलो पटक उहाँलाई सदस्यमा नियुक्ति गरिएको हो ।
बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा बिकास समितीको सदस्यमा नियुक्त भएपछि उहाँले बुद्धबाणीलाई प्रतिकृया दिनु हुँदै भन्नुभयो ः थेरावाद परम्पराबाट पहिलो पटक नेपालमा बुद्ध शासनको कामको लागी नेपाल सरकार (मा.मन्त्रीस्तर) को निर्णयबाट नयाँ जिम्मेवारी पाएको छु, यसलाई जिम्मेवार पूर्वक बहन गर्नेछु ।
नवनियुक्त सदस्य भिक्षु मेधंकर धरान स्थित सूर्योदय बुद्ध विहार ( थाउसण्ड बिग बुद्ध) को प्रमुख हुनुहुन्छ । नवनियुक्त सदस्य तथा सूर्योदय बुद्ध विहार प्रमुख भिक्षु मेधंकर पुर्वमा बुद्ध शिक्षा प्रचार गर्न तन मन धनले लागी रहनु भएका उहाँ सूर्योदय बुद्ध विहारमा १७५ फिटको बु्द्ध मूर्ति सहित १ हजार बुद्ध मुर्ति रहेको थाउसण्ड बिग बुद्ध विहार बनाउने कार्यमा लागी रहनु भएको छ ।
थाउसण्ड बिग बुद्ध विहारबारे बुद्धबाणीसंग कुराकानीको क्रममा उहाँले भन्नुभयो ः अहिले धरान ४ भेडाटारमा निर्माणाधिन उक्त विहारको शिलान्यास ०७१ सालमा गरिएको हो । योजना अत्यन्तै ठूलो रहेको छ त्यसैले यसको बजेत पनि त्यत्तिकै ठूलो रहेको छ । यसकोलागी सरकारले पनि गत बर्ष देखि बार्षिक बजेत विनियोजन गरिएको छ । १० बर्षमा यस योजनालाई पुरा गर्ने लक्ष्य रहेको छ ।
उहाँ मुनी विहारमा श्रामणेर भएर थाइलाण्डमा उपसम्पदा हुन भएको थियो ।

राजसंस्थाView All

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद […]

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना […]

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत […]

बाैध्द-गतिविधिView All

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ । शिलान्यासमा बौद्ध […]

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, […]

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज “धम्माचरिय” ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् । सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय […]

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर […]

राजनीतिView All

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन्। कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका […]

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]
/ राजनीति

प्रदेश सांसद शोभा शाक्यले भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला

साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्। ‘कोभिड […]

पुज्यपाद धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा

श्रद्धेय धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा भएकाे छ र श्रद्धेय धम्मवती गुरुमाबाट नवनियुक्त शहरी बिकास मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठजुलाई आशिर्वाद दिनु […]

सामाजिकView All

/ सामाजिक

चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने वाच डे २०२० मनाए

उपत्यका सहित नेपालमा रहेका चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने योजना सहित स्थापित चीभाः चैत्य संस्थाबाट गत शनिवार वाच डे २०२० मनाएका छन् । हन । वल्ड मोनुमेन्ट्स […]
/ सामाजिक

नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न

बुद्ध शान्त पार्क निर्माण समितिको आयोजनामा अनलाइनको माध्यमबाट नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । बौद्ध भजनको माध्यमबाट नयाँ प्रतिभा […]
/ सामाजिक

मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाढी पहिरो पिडित खाद्यान्न लगायतका सामाग्री वितरण

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल […]
/ सामाजिक

अनला वा अधिकमास एक महिनामा हुने मच्छेनारायण काे मेला काेराेना संक्रमणकले याे साल नहुने

चन्द्रमास अनुसार वर्षकाे ३५४ दिन र सौरमास अनुसार ३६५ दिन हुन्छ । याे गिन्ति अनुसार सौरमासमा वर्षकाे ११ दिन बढी हुन्छ भने प्रत्येक साढे दुई बर्ष पुग नपुग हुँदा एक […]
Go to Top