Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

कथिन चीवरदान संगसंगै दशपुण्यक्रिया पनि

धर्म देशना
भगवान् बुद्ध स्वय्मले महत्व दिइ अनुमति दिनुभएको कथिन चीवर दान आज पनि थेरवादी बौद्ध भिक्षुहरू वर्षावास पूरा भएको देशहरूमा भव्यताका साथ उत्सवको रूपमा मनाउने प्रचलन रहँदै आएको छ । वर्षावास पूरा हुनुपर्ने, कथिनको दिनमा विधि पुग्नु पर्ने विविध कारणले यसको महत्व रहन गएको छ । नेपालमा पनि यो कथिन चीवरदान कार्यक्रम निरन्तर रूपमा हुँदै आइरहेको छ । कथिन चीवरदान हुने अवस्थामा चीवरदान संगसंगै दशपुण्यक्रिया पनि गर्न पाइरहेको हुन्छ ।
१) दान
कथिनं परिक्खारं, वास दानञ्च उत्तमं ।
बुद्धपमुखा संघस्सदानं, धम्मस्स लेखनं ।
खेत्तदानञ्च, बुद्धस्स पतिमा करणम्पि च ।
करणं वच्चकुटिया, अट्ठ पुञ्ञानि वुच्चरे ।।
कथिन चीवदान गर्नु, अष्टपरिष्कार दान गर्नु, त्यस्तै वस्ने विहार, आवास दान गर्नु, बुद्धप्रमुख संघलाई दान दिनु, सद्धर्मको पुस्तक लेख्नु, बुद्धशासनलाई उद्देश्य गरी विहारको लागि जग्गा दान दिनु, बुद्ध प्रतिमा दान दिनु, चर्पी बनाइदिनु, यी आठ पुञ्ञ कर्महरूलाई अट्ठमहाकुशल दान भनेर भनिन्छ ।
अष्ट महाकुशल दानमा पहिलो दानको रूपमा रहेको कथिन चीवरदान श्रद्धावान एक व्यक्ति वा परिवार वा एक समूहले गर्दा सयौं हजारौं श्रद्धावानहरूले पनि आफनो श्रद्धादान अनुसार दान संगै दशकुशल पुण्य गर्न पाइराखेको हुन्छ । कथिन चीवरदानको समयमा दोश्रा अष्ट महाकुशल दानको रूपमा अष्टपरिष्कार दान गर्ने अवसर पनि प्राप्त भइरहेको हुन्छ । अष्टपरिष्कार दानबाट आउने श्रद्धादान अखिल नेपाल भिक्षु महासंघबाट बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन लुम्बिनी थेरवाद बुद्ध विहार निर्माणको लागि हुन्छ भन्ने २०६७ सालदेखि थालेको अभियानमा श्रद्धावान् दाताहरूले श्रद्धादान गर्न पाएर विहार दान महाकुशल पनि गर्न पाइरहेकाछन् । यस कुशल पुण्य कार्यमा श्रद्धालु दाताहरूबाट श्रद्धा वृद्धि भइरहेको खुशीको कुरा हो । कथिन चीवरदानको समयमा सहभागी हुनुभएका संघ सदस्य भिक्षु श्रामणेरहरूले पनि आफूलाई प्राप्त दानबाट रू दुइ सय पचास (रू. २५०) श्रद्धादान गर्ने ठूलो अवसर पनि प्राप्त गरिरहेकाछन् । साथै टाढा नजीकबाट आएका दाताहरूले रगत पसीना बगाई दुःख गरी कमाइराखेको धनसम्पत्ति निर्वाणको अभिलाषा राखी श्रद्धापूर्वक दान गरेका दान दातव्य ग्रहण गरी उनीहरूलाई धेरै पुण्य प्राप्त हुनेगरी आचरण गर्न संवेग र प्रेरणा प्राप्त हुनेहुन्छ । संघलाई दान प्रदान गर्ने ठूलो कुशल पुण्यको अवसर पाई दाताहरूलाई आयु, वर्ण, सुख, बल र प्रतिभाण (प्रज्ञा) प्रतिफल प्राप्त गराउन मद्दत गर्न सक्नेहुन्छ ।
२) शील
बौद्ध कार्यक्रम हुने अवस्थामा श्रद्धालु उपासकउपासिकाहरूले पञ्चशील अधिष्ठान गरी पालन गर्ने ठूलो अवसर प्राप्त भइरहेको छ । कार्यक्रममा रहुन्जेल धार्मिक वातावरण भइरहने हुनाले शरीर र वचनंले गर्ने नराम्रो कामबाट अलग हुन सकी पञ्चशील पालन गर्न अनुकूल वातावरण भइरहेको हुन्छ ।
३) भावना
कथिन चीवरदानको समयमा स्मृतिपूर्वक धर्मदेशना सुन्दासुन्दै नाम, रूप धर्म, कारण कार्य, अनित्य, दुःख, अनात्म स्वभाव प्रष्ट हुने गरी विपस्सना ज्ञान वृद्धि हुने अवस्थामा भावना कुशल कर्म वृद्धि भइरहेको हुन्छ ।
४) वेय्यावच्च
कथिन चीवरदान कुशल कर्म राम्ररी सम्पन्न गर्न ठूला, साना, युवा, वृद्धवृद्धा सबैले क्षमता अनुसार सेवा कर्तव्य गरी कुशल पुण्य संचय गरिरहेका हुन्छन् ।
५) अपचायन
संघ सदस्य भिक्षु श्रामणेर अनागारिकाहरू सहभागी हुने कार्यक्रम भएकोले कनिष्ठहरूले जेष्ठहरूलाई आदर–गौरव, मान–सत्कार राखेर उठेर अभिवादन गर्ने अवसर प्राप्त हुन्छ । साथै दाताहरूले संघहरूको गुणलाई सम्झि दान प्रदान गर्न पाइरहने अवस्थामा आयु, वर्ण, सुख र बल गुण धर्म वृद्धि हुने अपचायन कुशल पुण्य संचय गर्ने ठूलो अवसर भइरहेको हुन्छ ।
६) पत्तिदान
कथिनचीवर दानको समयमा गर्न पाइरहेको जुन दान, शील भावना आदि कुशल पुण्यको आनुभावले सबै सकल सत्वप्राणीहरू उपर निरोगी, सुस्वास्थ्य, दीर्घायुको कामना साथै कुशल पुण्य संचय वृद्धि गरी दुःखबाट मुक्त होस् भन्ने उद्देश्य राखेर पुण्य छोडिदिने कुशल पुण्य गर्न पाइरहेको हुन्छ ।
७) पत्तानुमोदन
कथिनचीवर दानको समयमा श्रद्धापूर्वक दानप्रदान गरेको र विभिन्न तरीकाले सहयोग गरेका उपासकउपासिकाहरूको पुण्यकार्यलाई देखेर खुशी भई प्रसन्न चित्तले साधुकार दिई अनुमोदन गर्न पाइरहेको हुन्छ । कसैले गरेको पुण्यकार्यमा खुशी भएर साधुकार दिनुमात्रले पनि बोल्दा मुखबाट कमलको वास्ना आएको कथावस्तु पाइन्छ ।
८) धम्मसवण
कथिन दान उत्सवमा कथिन चीवर दानसंगै विविध कुशल पुण्यको बारे धर्मदेशना सुन्ने सुअवसर प्राप्त हुन्छ । धर्मश्रवणबाट प्राप्त हुने निम्न पाँच प्रतिफलहरूलाई लाभ गर्न सकिन्छ । क) नसुनेका कुरा सुन्न पाइन्छ । ख) सुनिसकेको कुरा फेरी दोरयाएर सुन्न पाउँदा पहिले भन्दा राम्ररी बुझ्ने गरी सुन्न सकिन्छ । ग) शंका सन्देह हटेर जान्छ घ) चित्त परिशुद्ध हुन्छ ड.) बहुश्रुत वृद्धि हुन्छ । कार्यक्रम सम्बन्धी बहुश्रुत हुँदा त्यस त्यस ठाउँको नमूना लिई आफनो ठाउँमा पनि कार्यक्रम संचालन गर्नुपर्दा व्यवस्था गर्न सक्ने क्षमता वृद्धि हुन्छ । संघ कार्य, विनय कर्म थाहा पाउन सकिने ।
९) धम्मदेशना
धर्मदेशनाको कार्यक्रम पनि संगै भइरहने हुनाले कथिन दाता परिवार र श्रद्धालु उपासकउपासिकाहरूलाई मैत्री, करूणा, मुदिता चित्त राखी दक्ष भिक्षुहरूबाट कथिन चीवरदानको साथै विविध कुशल पुण्यको बारे उपदेश सुनाउने ठूलो सुअवसर लाभ भइरहेको हुन्छ ।
१०) दिट्ठिजुकम्म
कथिनचीवरदानको समयमा सुन्न पाइने धर्मदेशनाको प्रभाव, कुशल कर्म गर्दै जाँदा आफनो मन शान्त शीतल भएर आएको, पुण्यकार्य गरिरहेका श्रद्धालु दाताहरूको उन्नति प्रगति देखेर कर्म र कर्मफलप्रति विश्वास वृद्धि भई कुशल पुण्य गर्नु नै पर्दो रहेछ भनेर दृष्टि सोझो पार्न ठूलो सहयोग भइरहेको हुन्छ । भिक्षु तपस्सीधम्मकाे फेसबुकबाट

बुद्ध को हुन्, उहाँको विचारधारा के हो त्यसको बारे जानकारी र ज्ञान हुनु आवश्यक छ

Main News
संघनायक पुज्यपाद स्व. भिक्षु अश्वघोष महास्थविर
हामीले बुद्धशिक्षा अध्ययन गर्र्नु पहिले बुद्ध को हुन्, उहाँको विचारधारा के हो त्यसको बारे जानकारी र ज्ञान हुनु आवश्यक छ ।
बुद्धको व्यक्तित्व व्यक्तित्व भन्दाखेरि मुख राम्रो, फूर्तिलो, राम्रो कुरा बोल्ने विद्वान र पैसा भएको व्यक्तिलाई मान्ने चलन आजकाल देखिन्छ । यहाँ बुद्धको व्यक्तित्वबारे भन्न लागेको यस्तो कुरोलाई लिएर होइन । गौतम बुद्धसँग भएको केही विशेष गुणको विषयमा लेख्न लागेको छु, जुन २१ औं शताब्दीको लागि अध्ययन र मननयोग्य छ जस्तो लाग्छ ।
बुद्ध दार्शनिक होइन, प्रत्यक्षदर्शी अनुभवी हुनुहुन्छ ।
दार्शनिकहरूले धेरै टाढा र अदृश्य विषयहरूसम्बन्धी कल्पना गरिरहन्छन् जस्तैः– यो संसार कहिले सृष्टि भयो होला र यसै गरी आत्मा, परमात्मा, पूर्वजन्म र पुनःजन्मबारे उनीहरू कल्पना गरिरहन्छन् । सुनेको कुरामा विश्वास गर्छन्, अनुभव गरेर हेर्नुपर्ने हुँदैनन् । अनुभवमा विश्वास गर्नेले आँखाले नदेखिकन अनुभव नगरेसम्म विश्वास गर्दैन । उसले आँखाले देख्ने र अनुभव गर्ने गर्छ । विचारमात्र गर्नेले प्रयास गर्दैन, देख्दा पनि देख्दैन । महामानव बुद्ध दर्शनमा अल्झिरहनु मनपराउनुहुन्न । दर्शनमा नअल्झिनेले सत्य देख्छ । दुःखबाट मुक्त हुन्छ । दर्शनमा अल्झेर कल्पना गरिरहँदा पागल हुनसक्छ भन्ने बुद्धको विचार हो । बुद्ध परम्परावादी होइन, मौलिकरूपमा विचारक हुन्
पहिलेदेखि आमा–बाबु, गुरु र जेठापाकाहरूको कुरा सुन्ने र नेताहरूको अनुकरण गर्ने मानिसको बानी र संस्कार हो । तिनीहरूले भनेको मानेन भने आचार र अनुशासनहीन तथा पाप सम्झने तर सिद्धार्थ गौतमको बालक उमेरदेखि बुद्ध बनिसकेपछि पर्यन्तको जीवनका घटनाहरू अध्ययन गर्दा बुद्ध परम्परावादी होइन भन्ने देखिन्छ अर्थात् बुद्ध परम्परा र रुढीवादी विरोधी हुनुहुन्थ्यो भन्ने देखिन्छ । गौतम बुद्धले नयाँ संस्कृति र नयाँ विचारधारा ल्याउनुभयो । बुद्धकालीन समाज ब्राह्मणवादको अर्थात् वैदिक संस्कृतिको छत्रछायाँमा परेको थियो । त्यस्तो बेला बुद्ध जन्मनुभयो । त्यसबेला बुद्धले ठूलो सामाजिक र सांस्कृतिक क्रान्ति गर्नुभयो तर क्रान्तिभन्दा फ्रान्स र रुस आदि देशमा जस्तो रगतको खोला बग्ने क्रान्ति होइन । मानिसको ह्रदय र विचार परिवर्तन अनि स्वतन्त्र चिन्तनको क्रान्ति ।
अर्को किसिमले भनूँ भने समाजमा रहेको रुढीवादीलाई परिवर्तन ल्याउने क्रान्ति । बुद्धको सामाजिक र सांस्कृतिक क्रान्ति त्यो बेला त्यतिको प्रभावकारी नभए पनि उहाँको परिनिर्वाणको २ सय १८ वर्षपछिका राजा अशोक गौतम बुद्धको सांस्कृतिक क्रान्तिकारी विचारधारा र चिन्तनदेखि अति प्रभावित भए । राजा अशोकले दरबारमुखी हुन छोडी प्रजामुखी भएर बहुजनहिताय, बहुजनसुखाय अभियान सफल पारे । बुद्धकालीन कोशन र बिम्बिसार आदि राजाहरूले बुद्धलाई चिन्न सकेनन् र बुद्धको सांस्कृतिक क्रान्तिलाई अँगाल्न सकेनन् ।
अब बुद्ध परम्परावादी होइन भन्ने कुरा बुझ्नलाई एक दुई वटा घटना स्मरण गरौँ । साधारण त्यागी हुन्छ भन्नेले विवाह गर्दैन तर बुद्ध हुने सिद्धार्थ कुमारले विवाह गरेर एउटा छोरा पनि पाए । फेरि छोरा पाएको खबर सुन्ने बित्तिकै खुसी नभई त्यसलाई राहु ९बाधा० उत्पन्न भयो । अरुजस्तै छोरा पाएर खुसी हुनुभएन ।
सिद्धार्थले धेरै तपस्वी र ऋषी गुरुहरूसँग बसेर उनीहरूलाई छोडेर जानुभयो । तिनीहरूको शिक्षा र सिद्धान्तदेखि उहाँलाई चित्त बुझेन । सिद्धार्थ गौतमलाई चाहिने ज्ञान तिनीहरूसँग थिएन । तब आमा, बाबु र गुरुलाई पनि छोडेर जानुभयो । बुद्धत्व प्राप्त गर्नु भइसकेपछि कपिलवस्तुमा उहाँ भिक्षाटनमा जानुभयो । यो कुरा सुनेर शुद्धोद्धन महाराजले हतारेर गौतम बुद्धकहाँ गएर सोधे– राजसंस्कृति र परम्परालाई किन अपमान गर्नुभएको गौतम बुद्धको जवाफ हो– महाराज । अब मेरो संस्कृति राजसंस्कृति होइन । अब मेरो परम्परा राजपरम्परा होइन । मेरो परम्परा र संस्कृति श्रमण परम्परा र जनसंस्कृति अनि समता संस्कृति हो । त्यसैले कुनै जाति भेदभाव नगरिकन जनताको घर–घरमा गएर भिक्षा माग्न गइरहेको छु ।
पहिलेदेखि पुस्तकलाई देववाणी सम्झने र गुरुले भनेको कुरा सत्य मान्ने परम्परालाई तोडेर कसैको कुरा सुन्ने बित्तिकै पत्याउनुहुँदैन, चाहे ठूला धर्मगुरु किन नहोस्, चाहे बुद्ध नै किन नहोस् । बुद्धको विचारअनुसार पहिले ठीक छ छैन, हुन्छ वा हुँदैन, पछिसम्म हित हुने हो वा होइन, विचार गरेर बुझेरमात्र त्यसलाई शिरोपर गर्नुपर्छ । अरु भगवान भनाउँदाहरूले मेरो कुरा सुन्नैपर्छ, मेरो शरणमा आउ अनिमात्रै मुक्त हुन्छ भन्छन् । बुद्धले त्यस्तो भन्नुभएन । मेरो शरण होइन आफ्नै शरण जाऊ । आफ्नो भरोसा आफै वन, आचरण राम्रो पार अनि दुःखबाट मुक्त हुनसक्छ ।
बुद्ध अनीश्वरवादी र अनात्मावादी हुन् । बुद्धले ईश्वर छैन र मान्नुपर्दैन, आत्मा नित्य होइन अथवा अनात्मावादको कुरालाई अगाडि राखेर ब्राह्मणवादलाई गम्भीर प्रहार गर्नुभयो । जन्मले कोही ब्राह्मण हुँदैन, कोही नीच पनि हुँदैन । आफ्नो काम ९कर्म० ले नै मानिस ब्राह्मण अथवा नीच हुन्छ भनी गौतम बुद्धले परम्परावादलाई तोड्नुभयो र जातिवादको विरुद्ध क्रान्तिको पाइला चाल्नुभयो ।
गौतम बुद्ध शास्त्रीय होइन, अनुभवी हुनुहुन्छ
महामानव बुद्ध धेरै पुस्तक पढेर परीक्षा दिई पास गरेर पण्डित विद्वान बनेको हुनुहुन्न र बुद्धिविलासिता देखाउने खालका पनि हुनुहुन्न । उहाँ त शुद्ध व्यावहारिक व्यक्ति हुनुहुन्छ । उहाँले पहिले धर्मलाई वैज्ञानिक प्रतिष्ठा दिनुभयो । उहाँको त्यो समत्न्दा पहिले धर्म अन्धविश्वासको चिन्ह्नजस्तै भइराखेको थियो । उहाँले नरकको भय र स्वर्गको लोभले धर्म नगर्नु भन्नुभयो । मन शुद्ध गर, अन्तर्मुखी होऊ अर्थात् आफूले आफूलाई व्यवहार र चालचलन राम्रो गर, आफ्नो दोष र गल्ती देख, धेरै विद्वान हुँदैमा, कुरा गर्न जाँदैमा ज्ञानी र सन्त हुँदैन । चरित्र सुधार गरी व्यवहारमा प्रयोग गर्नसकेमात्र ज्ञानी होइन्छ नत्रभने अरुको गाई चराएर दूध खान नपाउने गोठालोजस्तै हुन्छ भन्ने उहाँले कर्तव्यपरायणताको शिक्षा दिनुभयो । यसरी शिक्षा दिएर नास्तिकहरूलाई पनि धर्म मार्गमा अग्रसर गराउनुभयो । हुन त पालि साहित्य हेरिलग्दा अशिक्षित वर्गलाई उहाँले नरकको भय र स्वर्गको प्रलोभन दिएर ठीक ठाउँमा ल्याउने प्रयास भने गरेको देखिन्छ ।
४० गौतम बुद्ध व्यवहारवादको पक्षपाती हुनुहुन्छ
सिद्धार्थ गौतम बुद्ध भइसक्दा पनि समाजबाट अलग्ग हुनुभएन । मानिसहरूको जीवन राम्रो पार्ने र मानिसलाई असल मान्छे बनाउने मनसायले चरित्र सुधार र कलह नहुने शिक्षा दिनमा उहाँले धेरै ध्यान दिनुभयो । महापुरुषहरू धेरैजसो घर जग्गा छोडिसकेपछि एकान्त जंगलमा जान्छन् र समाजबाट अलग्ग हुन्छन् । बुद्धले आफूलाई कमलको फूल हिलोमा फुल्छ र पानीमा डुबेर बस्छ तर कमल हिलो र पानीबाट अलग भएर रहन्छ ।” त्यस्तो बुद्धको जीवन पनि हो । यसबाट के बुझिन्छ भने मानिसहरूको जीवन मानव समाजबाट अलग्ग भएर एक्लै आनन्दले बस्नको लागि होइन । यो बुद्धको शिक्षा हो कि समाजमा बसेर समाजलाई गतिशील बनाउने र गतिविहीन हुने कुरा उहाँले बताउनुभएन । “अभिक्कममा निवत्त” अर्थात् अगाडि बढ, नरोक । यो उहाँको उद्घोषण हो । त्यसैले उहाँले आफूले बनाएको नियम सबै ठाउँमा पालन गर्नुपर्छ नभनी ठाउँ हेरी, समय हेरी संशोधन गर्न उचित छ भन्नुभयो । उहाँले महापरिनिर्वाण ९मृत्यु० हुनुअघि भिक्षुहरूलाई बोलाएर भन्नुभयो– भिक्षुहरू मैले तिमीहरूलाई जुन साना–साना नियमहरू बनाइदिएको छु, पछि तिमीहरू सबै मिलेर छलफल गरी सहमत भएअनुसार परिवर्तन गरे पनि हुन्छ । हुन पनि हो व्यवहारमा प्रयोग गर्न नसक्ने नियम राखिछाड्दा काम आउँदैन । त्यसबाट भ्रममात्र हुन्छ तर पछि संगायना ९भिक्षुहरूको धर्म सम्मेलन० भएको बेला नियम परिवर्तन गर्ने कुरामा धेरैजस्तो भिक्षुहरू सहमत भएनन् । फलस्वरूप थेरवाद र महासांघिक ९पछि महायान० भनी दुई सम्प्रदायअनुसार बौद्ध भिक्षुहरू देखापरे ।
गौतम बुद्ध कट्टर सिद्धान्तवादी होइन
शाक्यमुनि बुद्ध महामानव हुनुहुन्छ । साधारणरूपमा धेरैजसो धर्मावलम्बीहरू कट्टर सिद्धान्तवादी छन् । उनीहरूको लागि सिद्धान्तमात्रै महत्वपूर्ण हुन्छ, मानवताको महत्व हुँदैन । मतलब मानिस धार्मिक सिद्धान्तको लागि हो । यहाँ धार्मिक भनेको साम्प्रदायिक हो । बुद्धले यो कुरा मान्नुभएको छैन । सिद्धान्त र विधान ९नियम० एक वर्ग र एक समयको लागि उपयोगी हुनसक्छ । सबैको लागि र सदाको लागि उपयोगी हुँदैन । महामानव बुद्धको भनाइअनुसार सिद्धान्त र नियम मानिसको लागि हो । मानिस सिद्धान्त र नियमको लागि होइन । ब्राह्मणको कुलमा जन्मदैमा ब्राह्मण नै हुनुपर्छ भन्ने केही छैन । बुद्धले भन्नुभयो, जन्मले कोही ब्राह्मण हुँदैन । जन्मले कोही नीच पनि हुँदैन । आ–आफ्नो काम वा क्रियाकलापले ठूलो र सानो हुने हुन्छ । ब्राह्मणदेखि लिएर पोडेसम्मलाई पनि उहाँले आफ्नो भिक्षु संघमा भित्याउनुभयो । यसबाट देखिन्छ कि गौतम बुद्धले विधिविधानलाई भन्दा आचरण शुद्धि र मानिसलाई मान्यता दिनुभएको छ । मानिसको हित र भलोको लागि विधान र कानुन बनाइन्छ तर हित भएन भने त्यो विधान बदलिदिन्छ । कुनै घटना र कारण नभइकन कानुन र नियम बनाइँदैन ।
एकपल्ट गौतम बुद्धका प्रमुख शिष्य सारिपुत्र महास्थ विरले प्रार्थना गर्नुभयो– भो शास्ता, भिक्षुहरूलाई संयमित गर्न नियम धेरै बनाउनुप¥यो । गौतम बुद्धले भन्नुभयो– घाउ नहुँदै औषधि गर्ने रु घाउ भएमा पो औषधि लगाउने गर्नुपर्छ । त्यसैले घटना नहुँदै पछि यस्तो हुनेछ भनेर नियम बनाउनुहुँदैन । बरु बुद्ध आफैले ठाउँ हेरी समयअनुसार आफैले नियम बदल्नुभएको छ । यसबाट के देखिन्छ भने गौतम बुद्ध कट्टर विधि एवं नियमवादी हुनुहुन्न । उहाँ त बहुजनहितवादी हुनुहुन्छ । उहाँ बहुजनहित हुने किसिमले मात्र कुरा र काम गर्नुहुन्छ । यो उहाँको व्यक्तित्वको विशेषता हो । उहाँले सर्वजनहिताय भनी भन्नुभएको छैन, यस्तो हुन पनि सक्दैन ।
बुद्धबोधवादी हुनुहुन्छ ।
बुद्धले पहिले कसैलाई नियममा बस्ने कुरा गर्नुभएन, बरु सम्झाउनु बुझाउनुहुन्थ्यो । बुद्धसँग कुन राम्रो कुन नराम्रो भनी सोधे भने होश राखी बुझी गरेका काम राम्रो र होश नराखी पुण्य ९धर्म० भनी गरे पनि त्यस्तो कुरा पाप हुनसक्छ । परिस्थिति हेरी हरेक कुरा फरक भएर जाने हुन्छ । प्रमादमा नलाग, अप्रमादी होऊ अर्थात् लापरबाही नहुनु, होशियारी हुनु बेस । यो बुद्धको अन्तिम उपदेश र शिक्षा हो । क्रोध भनेको पाप हो कि धर्म भनी सोधेको प्रश्नमा गौतम बुद्ध भन्नुहुन्छ– होश राखी गरेको क्रोध धर्म हुन्छ । जोशमा होश गुमाइ गरेको क्रोध पाप हुन्छ । यो कुरा बुझाउन जापानको एउटा घटना प्रस्तुत गर्छु । यो घटना मैले “जनिसको सत्यकी खोज भन्ने पुस्तकमा पढेको हुँ ।
एकजना जापानी धर्मगुरुले आफ्नो शिष्यलाई भनिराखेको थियो– कसैलाई मार्नुप¥यो भने बेहोशमा अर्थात् आवेशमा परेर क्रोध गरेर नमार ।केही दिनपछि एकजना शत्रुले त्यस धर्मगुरुलाई मारिदियो । आफ्नो गुरुलाई मार्नेलाई मारिदिन्छु भनी तरवारले हान्न लागेको बेला त्यो शत्रुले मुखमा थुकिदियो । अनि तरवार उठाउनेलाई एकदम रीस उठ्यो । अनि नमारिकन तरवार भुइँमा राखी सरासर हिंड्यो । शत्रुले सोध्यो– तिमी किन मलाई नमारिकन गएको रु उसको जवाफ हो– तिमीले मेरो मुखमा थुकिदिंदा मलाई खूब रीस उठ्यो । मैले गुरुले भन्नुभएको कुरा सम्झे– कसैलाई मार्न परे रीसले होश गुमाएर नमार । मलाई एकदम रीस उठेकोले तिमीलाई नमारेको हुँ ।
यहाँ रीस उठे पनि होश भएकोले पाप भएन । होश नभएको भए अनि गुरुको शिक्षा बिर्सेको भए त्यसले शत्रुलाई तरवारले टाउको काटिसक्थ्यो होला । कसैले भन्न सक्छ कि क्रोध भनेको कुनै पनि ठीक छैन तर कहिलेकाहीं बुद्ध पनि रिसाउनुभएको छ । बुद्धलाई रीस उठेको घटना पालि साहित्यमा धेरै ठाउँमा पाइन्छ तर अरुको भलाइ गर्न र सुधार गर्नलाई मात्र उहाँ रिसाउनुहुन्छ । त्यसबेला होश राख्नुहुन्छ । त्यसैले सबैको क्रोधलाई नराम्रो भन्नुहुँदैन । होश नभएको रीसमात्र पाप हुन्छ । जस्तै जोशमा होश उडाएर आँखा नदेख्ने गरी रिसाउनु नराम्रो हो । विवेकी आमा बाबुले आफ्ना बच्चाहरूलाई गाली गर्दा तिनीहरूको भलाइको लागि क्रोध गर्छन् ।
अपवादस्वरूप कोही कोही अविवेकी आमा बाबुले रीस उठ्दा होश हराई आफ्ना छोरा–छोरीहरूप्रति अनर्थ गर्ने पनि छन् । त्यस्तै गुरुहरू पनि छन् । अगुलिमालका गुरुले पनि अविवेकी भएर आफ्नो शिष्यलाई ज्यानमारा बनाइदियो । जे भए पनि बुद्धले आफू बोध भएजस्तै अरुलाई पनि बोध गर्नुहुन्छ । आफू शान्त भएरमात्र अरुलाई शान्त पार्न शिक्षा दिनुहुन्छ । आफ्नो मनलाई दमन गरेपछि मात्र अरुलाई मन वशमा राख्न उपदेश दिनुहुन्छ ।

अत्यन्तै कञ्जूस लोभी धनी व्यक्ति र महाथेर मौद्कल्यायण

धर्म देशना
यथापि भमरो पुप्फं,..................... यो गाथा जेतवन विहारमा विहार लिनु भएको बेलामा शाक्यमुनी बुद्धले यो भएको थियो।
राजगृह को नजिक सक्कर मा कोसिया नामक एक धनी व्यक्ति रहने गर्दथ्ये। ऊ अत्यन्तै कञ्जूस लोभी थिए, र आँफूबाट कसैलाई पनि सानो भन्दा सानो हिस्सा सम्म दिँदैनथ्ये। एक दिन कसैलाई पनि केही दिन नपरोस् त्यसैले कोसिया र उनकी पत्नी आफ्नो घरको सबै भन्दा पनि माथिल्लो तलामा मिष्ठान्न भोजन माल्पा (मालपूआ अथवा एक प्रकारको मीठारोटी) बनाउँदै थिए।
प्रातः काल, एक दिन, अतुलनीय भगवान बुद्धले आफ्नो दिव्य अलौकिक शक्तिको माध्यम बाट देख्नु भयो कि, त्यस कोसिया र उन की पत्नी सोतापन्न निर्वाण अवस्था लाई प्राप्त गर्न सक्ने योग्यता को समय आईसकेको छ, त्यसैले वहाँले आफना मुख्य शिष्य महाथेर मौद्गल्यायनलाई उनिहरु भएको ठाउँ वहाँको घरगृह मा पठाउनु भयो, यस निर्देश को साथमा महा थेर मौद्गल्यायन ले ( मध्यान्ह (दिउँसो) भोजनको समय सम्ममा दुबै दम्पत्ति लाई नै जेतवन विहार मै लिएर आउनु भयो।
त्यो घटना यस प्रकारको थियो ः
त्यहाँ विहारमा पाल्नु भएको, भन्ते महाथेर मौद्गल्यायन आफ्नो ऋद्धि अलौकिक शक्तिद्वारा, कोसिया दम्पतीका घरको कौसिमा उभिनु भयो। कोसियाले वहाँ लाई देखैर त्यहाँबाट जानको लागि भने। तर पनि भन्ते महा थेर मौद्गल्यायन केही पनि नभनि नबोलिकन उभि नै है रहनु भयो, अन्तमा, कोसियाले आफ्नी पत्नी सँग भने.....
“एउटा एकदम नै सानो माल्पा बनाऊ र यस भिक्षुलाई दिएर भगाऊ, “त्यसै कारणले उनले थोरै मात्रामा पिठो लिएर उसलाई कराइमा हालिन् तर त्यो पाल्पा ठूलो भयो, कोसियाले सोचेँ कि उनको पत्नी ले धेरै पीठो हालिन् क्यारे, त्यसैले उनले मात्र एक चुटकी पीठो लिएर त्यसलाई कराइ मा हाले, तर त्यो माल्पा पनि धेरैै ठूलो भएर गयो।
उनले कयौँ पटक सानो माल्पा बनाउन को निम्ति कोशिश गरे तर हरेक बार माल्पा आँफै आँफ ठूलो हुँदै जयो। अन्तिममा कोसियाले आफ्नो पत्नीलाई टोकरीबाट झिकेर एउटा माल्पा भिक्षुलाई भेटमा (दान) दिनको लागि भने, जब उनकि पत्निले टोकरी बाट एउटा माल्पा निकाल्न को लागि कोशिश गर्दा, एउटा मालपा पनि निक्लेर आएनन् किनकि सबै मालपाहरु नै टाँस्सि सकेका थिए।
यस समय सम्म, कोसिया को माल्पा खाने इच्छा भएको भोक पनि हराई सकेको थियो, त्यसैले उनले सारा टोकरी नै भिक्षु महा मौद्गल्यायन लाई दिनको निम्ति भने। अन्तिममा भिक्षु महा थेर मौद्गल्यायन ले कोसिया र उनको पत्नी लाई उपदेश दिनु भयो। वहाँले ती दम्पतिहरु लाई यो पनि भनेर बताउनु भयो कि कसरी राजगृह बाट पैंतालीस योजन दूर श्रावस्ती जेतावन को विहार मा अतुलनिय तथागत भगवान बुद्ध आफ्ना पाँच सय भिक्षुहरु को साथ उनिहरु को प्रतिक्षा गरेर पर्खि राख्नु भएको थियो।
भद्दन्त महा थेर मौद्गल्यायन ले आफ्नो अलौकिक शक्तिले, फेरी कोसिया र उनकी पत्नी दुबैलाई माल्पाको टोकरी को साथ, बुद्ध भगवान समक्ष उपस्थित गराई दिनु भयो। त्यहाँ, उनीहरु ले बुद्ध भगवान र पाँच सय भिक्षुहरु लाई पूपलाको प्रस्ताव प्रस्तुत गरे। भोजन को अन्त्य मा, अतुलनीय भगवान बुद्धले उनिहरु लाई प्रवचन द्वारा सटिक उनिहरु को इन्द्रिय अनुसार चरित्र, व्यवहार मा लागू हुने धर्मोपदेश दिनु भयो, र कोसिया र उनकी पत्नी दुबै ले नै सोतापन्न निर्वाण अवस्था लाई प्राप्त गरे।
अर्को दिनको बेलुकि, जब सबै अन्य भिक्षुहरु, प्रमुख शिष्य महा थेरमौद्गल्यायन को प्रशंसा गरिरहनु भएको थियो, तब भगवान बुद्ध वहाँहरु को समिपमा आएर भन्नु भो, “हे भिक्षुहरु हो, तिमीहरु पनि महा थेर मौद्गल्यायन को जस्तै गरि गाउँमा निवास गरेर आफ्नो धम्म प्रसारको कार्य गर, र ग्रामीणहरु (गाउँलेहरु) को आस्था, धन र उदारता लाई प्रभावित नगरिकन (बिना जाल(झेल) गाउँलेहरु बाट गाउँचार्दै भिक्षा प्राप्त गर। तब अतुलनीय तथागत भगवान बुद्धले यो गाथा भन्नुभयो ः
यथापि भमरो पुप्फं, वण्णगन्धं अहेठयं।
पलेति रस मादाय एवं, गामे मुनि चरे।।
जस्तै भमरा (मौरी) ले पुष्प, उसको वर्ण रंग र उसको गन्ध लाई बिना नुकसान, हानी नपुर्याइ फूलहरुबाट रस (मह) लाई एकढिक्का जम्मा पारेर उडेर जाने गर्दछ, त्यस्तै प्रकारले सबै भिक्षुहरु गाँवमा कसैको (गाउँलेहरुको) आस्था श्रद्धाधर्म, धन सम्पत्ति आदि सद्भाव उदारता लाई बिना प्रभावित कौतुहल ढोग नगरि, हानी नोक्सानी नपुर्याईकन भेदभाव ,राग, द्वेष, मोह रहित राम्रो सँग मुनीवरको आचर द्वारा गाउँ चरेर भ्रमण भिक्षाटन विचरण गर्दै धम्म प्रचार प्रसार, धर्मोपदेश गरि आफ्नो लक्ष पूरा गर।

शरीरको लागि खोप भन्दा हामीलाई दिमागका लागि बुद्धधम्म खोप आवश्यक

धर्म देशना
अहिले विश्वभर त्रास बनिरहेको कोरोना महामारीको विरुद्धको खोप विकास गर्ने दौडमा विश्वका शक्तिशाली देशहरु लागी परेको समाचारहरु दिनदिनै आइरहेको छ । तर उनीहरूले बुझ्न नसक्ने कुरा के हो भने, यो खोपले हामीलाई आज सामना गरिरहेको गम्भीर मानव सुरक्षा संकटमा विजयी हुन मद्दत गर्न सक्दैन। शरीरको लागि खोपको सट्टा, अब हामीलाई दिमागका लागि खोप आवश्यक भइसकेको छ ।।
टोकियो फाउन्डेशनका वरिष्ठ फेलो अकिको फुकुशिमा भन्नुहुन्छ “कोविड १९ महामारी स्वास्थ्य समस्या मात्र होइन, यसले मानव सुरक्षामा समेत खलल पुरयाएको छ । यसले हाम्रो स्वतन्त्रता र स्वतन्त्रताको सम्मानबाट वञ्चित गर्दछ,“
आज सन २०२० मा हामी एक महामारीको बारेमा सिक्दैछौं जसले लाखौं भन्दा बढीलाई मारिसकेको छ । यसले हाम्रो सुरक्षा र सुरक्षा सिष्टमलाई कमजोर पारी दिएको छ । आज एकातिर माहामारीको संकट रहेको छ भने अर्को तर्फ विश्वव्यापीरुपमा सैन्य खर्च १.९ ट्रिलियन डलर पुगेको छ, जसमा सबैभन्दा बढी खर्च गर्ने संयुक्त राज्य अमेरिका, चीन, भारत, रसिया र साउदी अरेबिया रहेकोछ। तर, जब कोरोनाको महामारीले यी देशहरूमा प्रहार ग¥यो, तिनीहरू प्रतिरक्षाविहीन भए, र शल्य चिकित्सा मास्क र भेन्टिलेटरहरू लिनको लागि बौलाहा झै यतायता दौडिन बाध्य भए । जबकी यी समाग्री बनाउन हथियार निर्माणको केही प्रतिशत मात्र पैसा भए पुग्छ ।
त्यसैले अहिले विश्व नेताहरू, राजनीतिक सम्भ्रान्त र आर्थिक योजनाकारहरूलाई उनीहरूको दिमागको उपचारको लागि खोप आवश्यक छ।
बौद्ध धर्मावलम्बी वा बुद्धको शिक्षालाई “विपश्यना भावना“ भनेर चिनिने कुरा आज पश्चिममा लोकप्रिय भएको छ। यो ध्यान प्रविधी आज पश्चिममा फेसन भएको छ। तर दुर्भाग्यवस, “सेक्युलराइज“ गर्न, मैत्री, करुणाको विकास, गर्नु पर्ने एक महत्वपूर्ण तत्व यस अभ्यासबाट बाहिर निकालिएको छ ।
यो विश्वास गरिन्छ कि कोरोना चीनको वुहानको बजारमा बेचेको जंगली जनावरहरूबाट सार्ने भाइरसबाट उत्पन्न भएको हो। भाइरसले उत्पन्न गरेको डर संसारभर व्याप्त छ, लगभग सम्पूर्ण देशहरू बन्दाबन्दीको अवस्थामा छ । आज लोभमा आधारित प्रकृतिको शोषण, वन्यजन्तु र सस्तो आप्रवासी श्रममा आधारित आर्थिक मोडेल असुरक्षित रहेको छ।
यो आर्थिक प्रणालीलाई तपाईं भूमण्डलीकरण वा नव उदार अर्थशास्त्र कहलाउन सक्नुहुन्छ र यसले नै आज मानव सुरक्षामा संकट पैदा भएको छ त्यसैले अब एक आधु्निक स्वास्थ्य औषधी वा जडिबुटी भन्दा धर्मको खोप आवश्यकता रहेको छ ।
जैवविविधता र इकोसिस्टम सर्विसेज (आईपीबीईएस)ले सन २००९मा एक रिपोर्ट प्रकाशित ग¥यो जसमा हाम्रो लोभको कारण विश्वव्यापी स्वास्थ्य र वातावरणीय प्रकोपको सम्भावनाको बारेमा सचेत गराएको छ जुन द्रुत गतिले पृथ्वीको प्राकृतिक संरचनाको प्रणालीको पतनलाई दुत गतिमा गति दिइरहेको छ।
“कोरोनाभाइरस महामारी पछि मानव संसारमा अझ घातक र विनाशकारी रोगको प्रकोप हुने सम्भावना छ जबसम्म यसको मूल कारण प्राकृतिक संरचनाको व्यापक विनाश रोकिदैन,“ उनीहरूले चेतावनी दिए, “थपे,“ आज कोभिडका लागि जिम्मेवार एक प्रकारको प्रजातिले नै कोरोनाको महामारी भोग्न बाध्य भएका छौं ।
आईपीबीईएस टोलीले मार्चमा लन्डनको गार्डियनद्वारा प्रकाशित एउटा लेखमा चेतावनी दिदै लेखेको छ, “हालसालको यो कोरोना महामारी मानव क्रियाकलापको प्रत्यक्ष परिणाम हो, विशेष गरी हाम्रो विश्वव्यापी वित्तीय र आर्थिक प्रणाली जसले आर्थिक वृद्धि गरेको छ त्यसको इनाम हो ।
वैज्ञानिकहरूले पृथ्वी स्वयं विनाशतर्फ उन्मुख हुने कुरा गर्छन् किनभने हामीले आर्थिक बृद्धिलाई वातावरणीय सुरक्षालाई भन्दा माथि राखेका छौं, सामाजिक वैज्ञानिकहरू अब “परिवर्तनवादी व्यवहार परिवर्तन“ को कुरा गर्दैछन्। तर बौद्ध विद्वानहरु कहाँ छन ? वास्तवमा बुद्ध धम्म के हो?
गत वर्ष, बेलायतले क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर पार्थ दासगुप्तालाई प्रकृति जोगाउने आर्थिक मामलाको बारेमा अध्ययन गर्न नियुक्त ग¥यो। अक्टूबरमा, चीनले जैविक विविधताका लागि नयाँ वैश्विक लक्ष्यहरू प्राप्त गर्र्नको लागी संयुक्त राष्ट्रमा ठूलो सम्मेलनको आयोजना गर्दैछ । तर यो सम्मेलन स्थगित हुन सक्छ, र त्यसले एशियाका चीन र भारतका बौद्धहरुलाई बौद्ध दर्शन र दृष्टिकोण आजको परिवेशमा ल्याउन भो समय मिलेको छ ।
बुद्ध धर्म अनुसार लोभ, घृणा र भ्रम यी तीन तत्वहरु मानव समाजकोलागी विष हुन । त्यसैले अहिले नयाँ खोपका लागि आवश्यक सामग्री भनेको उत्पत्ति विनासको कारण दर्शाइएको प्रतित्य सामुत्पादको गुणहरुलाई खोज्नु नै आजको आवश्यकता हो ।
बौद्ध शिक्षामा आश्रित उत्पत्तिले कष्टका कारणहरू र घटनाहरूको क्रमलाई वर्णन गर्दछ। यी घटनाहरू एक श्रृंखलामा हुन्छन्, घटनाहरूको एक अन्तर्क्रिरयात्मक समूहले अर्को उत्पादन गर्दछ। हालको कोरोना महमारी पनि एक क्लासिक उदाहरण हो जंगलको विनाश, जंगली जनावरहरूको हत्या (र खाने) जसले गर्दा कुनै पनि भाइरसको कति मात्र मात्रमा छन् भन्ने कुराको सीमा छैन।
लोभलाई जोश वा आसक्तिको रूपमा बुझ्न सकिन्छ। तपाइंलाई जुनसुकैले कुराले राम्रो लाग्छ, वा बनाउँछ । तपाई जसलाई अधिक चाहानुहुन्छ ( दुबै भौतिक र भावनात्मक चीजहरू)
घृणालाई आक्रमकता, क्रोध, उथलपुथलको रूपमा अनुवाद गर्न सकिन्छ ( हामी त्यस्तो कुनै पनि वस्तुलाई पछि धकेल्ने कोशिस गर्दछौं जसले हामीलाई चोट पुर्याउँछ वा दुःख दिन दिन्छ भनेर विश्वास गर्छौं र आफुलाई बचाउन हामीले अरूलाई चोट पुर्याउन तयार हुन्छौं ।
तेश्रो बिष, भ्रम, अज्ञानता या उदासीनताको रूपमां अनुवादित गर्न सकिन्छ ( यो त्यही नै हो जो अरुलाई दुःख दिएर आफुलाई खुशी वा सन्तुष्टिको अनुभव गर्ने गर्दछ ।
उदाहरणकोलागी वैश्विक अर्थव्यवस्था लाकडाउन को कारणले अत्यन्तै प्रभावित भएको छ । हामी वैश्विक आपूर्ति श्रृंखलाहरुमा सृजना भएको कथिन र विषम परिस्थितिलाई देखिरहेका छौं । तर जुन व्यक्तिहरुले माथि उल्लेखि ती प्रकारको बिष प्रयोग गरे उनीहरु भने यस तथ्यबाट अनजान छ तर उनीहरुले मानव प्रगतिको काम गरिरहेको छ भने भ्रम पालीरहेका छन् ।
बौद्ध विद्वानहरु र विद्वान भिक्षुहरु, राजनेताहरु , विकास योजनाकारहरुm अर्थशास्त्रिहरु, र व्यापारिक व्यक्तिहरुको दिमागमा यी तीन वटै एंटीडोट्स को इंजेक्ट गर्नु आवश्यकता छ, लोभलाई उदारता, दयालुपन, स्नेह सद्भावमा भावुक प्राणिहरुमा रुपान्तरित गर्नु आवश्यक रहेको छ ।
आज राष्ट्रीय पशु कल्याण कानूनहरुमा बदलाव गर्न आवश्यक रहेको छ । यस्तो कानूनले जंगली जानवरहरु तथा कारखानहरुमा हुने हत्या र खपतमा प्रतिबंध लागोस । प्रकृतिलाई नाश गर्ने कार्यलाई रोकोस । जो प्रकृति र आर्थिक विकासको संरक्षणकोलागी अग्रणी छ ( जो न केवल आर्थिक विकास बल्कि स्वस्थ पर्यावरण र सस्तो स्वास्थ्य सेवाहरुसंग सम्बन्धित छ ।
आजको कोविद समाजहरुं र अर्थव्यवस्थाहरुलाई पुनर्जीवित गर्न, यस प्रकारको मनकोलागी एउटा नयाँ टीकाकरणको आवश्यकता रहेको छ । त्यो हो बुद्ध धम्म । यसलाई कहिले काहिं “एंगेज्ड बौद्ध“ को रूपमा जानिन्छ । जहां धम्म को उचित मार्गदर्शन र ज्ञानको साथै मानिसहरुको दैनिक तथा आर्थिक गतिविधिहरुमा पनि सहभागीता गर्नु पर्दछ । यसले मात्र आजको मानजव समाजलाई कल्याण गर्नेछ र सुखी सम्पन्न बनाउनेछ ।

बुद्धधर्ममा जातीय भेदभाव तथा छुवाछुटकोलागी कुनै स्थान छैन

धर्म देशना
नेपालमा केही समय अगाडी मात्र अछुटो भएको कारणले गर्दा प्रेमीका भेट्न गएका युवा र उनका साथीहरुलाई निर्ममपुर्वक हत्या गरेको घटनाले नेपाली मनमस्तिष्कमा असर पारेको छ । बुद्धभुमी नेपालमा जातीयताको कारणले नै हत्या हुने श्रृंखला यो पहिलो भने होइन किनकी अहिले पनि नेपामा जातीय भेदभाव र छुवाछुटको अवस्था अत्यन्तै भयाबह रहेको छ । आज बुद्धभूमीको नै अपमान हुने गरि भइरहेको यो भेदभावको मुख्य जड नै बुद्ध शिक्षालाई अनुशरण गर्न नसक्नु को परिणाम हो ।
यदी बुद्धशिक्षालाई अनुशरण गरेको भए सायद यस्तो दुःखद घटनाहरु हुने थिएन तर बिडम्बना नजिकको देवतालाई हेला भने झैं जातीय भेदभाव तथा छुवाछुटको विरोध गर्ने बुद्धभूमीमा नै यसको अभिबृद्धि भइरहेको छ त्यो पनि आजको बैज्ञानिक युग भनिएको समयमा पनि ।
भारतमा पनि यस्तै विभेदको शिकार बनेका भारतीय संविधान निर्माता डा. भिमराव अम्बेडकरले हिन्दू धर्मलाई परित्याग गरेर लाखौं दलितहरुका साथ बुद्धशिक्षालाई स्वीकार गरेर बौद्ध भएको घटना ताजै छ तै पनि नेपालीहरुले यसबाट शिक्षा लिन सकेको छैन ।
बुद्धशिक्षामा जातीय भेदभाव तथा छुवाछुटको कुनै स्थान छैन भन्ने कुरा त बुद्धको नजच्चा वसलो होति नजच्चा होति ब्राम्हणो, कम्मुना वसलो होति कम्मुना होति ब्राम्हणो भनेर आज्ञा हुनु भएको छ । जसको अर्थ हो ः कुनै पनि ब्यक्ति जन्मले चण्डाल वा नीच हुँदैन कुनै पनि व्यक्ति जन्मले ब्राम्हण हुँदैन । कर्मले मात्र चण्डाल, नीच हुन्छ र कर्मले मात्र ब्राम्हण हुन्छ ।
शाक्यमुनी बुद्धले उपदेश मात्र गर्नु भएन यसलाई वयवहारमा पनि उर्तानु भएको छ भन्ने कुरा त बुद्धकालीन यी घटनाहरुले पनि स्पष्ट गर्दछ ।
सुणितको दीक्षा
राज गृहमा एक सुणित नामक भंगी बस्थ्यो । गृहस्थद्वारा सडकमा फ्याँकिएको फोहोर मैला सफा गर्नु नै उसको जिबिकाको साधन थियोे । यो उसको परम्परागत निच पेशा थियोे । एकदिन प्रातः कालमा तथागत उठनु भयो, चिवर धारण गरेर धेरै भिक्षुहरुलाई साथमा लिइ भिक्षाटनका लागी निस्किनु भयो । त्यस समयमा सुणित फोहोर मैला जम्मा गरेर थुपारी रहेका थिए । जसलाई उ पछी गाडीमा लोड गरेर त्यस गाडीलाई तानेर लैजाने वाला थियोे ।
जब उसले अनुयायी सहित तथागतलाई आउदै गरेको देखे, उसको ह्रदय प्रसन्नताले भरियो साथै उ भयभीत पनि भयो । मार्गमा लुक्ने कुनै ठाउँ थिएन, उसले आफ्नो गाडीलाई भित्तामा टसायो र स्वयं पनि भित्रमा टासिएर हात जोडी उभिरहे ।
तथागत जब समिपमा आउनु भयो तब वहाँले अमृत भरिएको वाणीले उसलाई सम्बोधन गर्नुभयो ः सुणित, यो तिम्रो दरिद्र जिबिकाको साधन के हो ? के तिमी घर छोडेर बेघर भइ संघमा प्रवेश हुन सक्छौ ? सुणितलाई यस्तो लाग्यो जस्तै कसैले उसमाथी अमृतको वर्षा गरेको होस । उसले भनेः जुन संघमा भगवान बुद्ध हुनुहुन्छ, त्यसमा म कसरी आउन सक्दिन ? कृपया तपाईं मलाई संघमा प्रवेश दिनुहोस ।
तब तथागतको मुखबाट निस्कियो ः भिक्षु आउ । यस एक बचनले नै सुणितको प्रब्रज्या र उपसम्पदा भयो तथा उ पात्र र चिवरके युक्त भए । भगवान बुद्धले उसलाई बिहारमा लगेर धम्म र बिनयका शिक्षा दिनुभयो ।
जब तथागतलाई सोधियो कि सुणित यति महान कसरी भए, तब तथागतले भन्नुभयो ः जुन प्रकारले मार्गमा रहेको फोहोर मैलोको थुप्रोमा एक सुगन्धीत पुष्प उम्रन सक्छ, त्यस्तै प्रकारले यस दृष्टि हिन जगतमा, यस फोहोर मैलो संसारमा बुद्धपुत्र पनि प्रकाशित हुनसक्छ ।“
सोपाक तथा सुप्पीय अछुतको धम्म दीक्षा सोपाक श्रावस्तीका एक अछुत बालक थिए । प्रसव वेदनाका समयमा उसको आमा बेहोस भइन । उसका श्रीमान् र आफन्तहरुले सोचे कि उनी मरिन । उनीहरु उसलाई घाटमा लगेर चिता तयार गरे । तर त्यहीँ समयमा हुरिबतास सहित ठुलो पानी पर्यो जसले गर्दा चितामा आगो लगाउनु असम्भव भयो । त्यसैले मान्छेहरुले उसलाई चितामै छोडेर गए ।
सोपाकको आमा त्यस समयसम्म मरेको थिइनन, मृत्यु भन्दा पहिला उसले बालकलाई जन्म दिइन र त्यसपछि मरिन । त्यस नवजात शिसुलाई घाटको रेखदेख गर्नेवालाले आफ्नो बच्चा सुप्पीयका साथमा पालन पोषण गरे । आमाको जातीय नामले गर्दा बच्चाको नाम पनि सोपाक रहन गयो ।
एकदिन भगवान बुद्ध श्मशान घाटको मार्ग भएर कतै जाँदै हुनुहुन्थ्यो । सोपाक वहाँलाई देखेर नजिकै आए । भगवानलाई अभिबादन गरि, उसले भगवानसँग संघमा प्रवेश पाउन अनुरोध गर्यो । त्यस समयमा सोपाकको उमेर केवल सात बर्षको थियोे ।
भगवान बुद्धले उसलाई आफ्नो पिताको अनुमती लिन भन्नुभयो । सोपाक गएर आफ्नो पिता लिएर आए । पिताले भगवानलाई अभिबादन गरे र प्रार्थना गरे कि उसका पुत्रलाई संघमा प्रवेश मिलोस । भगवानले किन्चित यस कुराको ख्याल गर्नुभएन कि उ “अछुत“ हो । भगवान बुद्धले उसलाई संघमा प्रवेश दिनुभयो । उसलाई धम्म र बिनयको शिक्षा दिनुभयो । पछी गएर सोपाक एक स्थबिर भए । सुप्पीय र सोपाक बाल्यकालमा संगसगै हुर्केका थिए । किनकी सुप्पीयाका पिताले नै सोपाकको पालन पोषण गरेका थिए । त्यसैले सुप्पीयाले पनि आफ्नो साथी सोपाकसग भगवान बुद्धका धम्म शिक्षालाई ग्रहण गरेका थिए । उसले सोपाकबाट प्रब्रज्या मिलोस भनी प्रार्थना गरे । यसलाई सोपाकले स्वीकार गरे, सुप्पीया एक तल्लो जातिका थिए र जस्को परम्परागत पेशा घाटको रेखदेख गर्नु थियोे तर उ पनि एक भिक्षु बन्यो ।
नाईं उपालीको दीक्षा
सुद्धोदन महाराजाले कपिलवस्तुबाट पनि प्रबैजित हुन चाहने राज परिवार भए प्रब्रजित हुन आग्रह गरे पछि ६ जना शाक्य राजपरिवारहरु आफ्नो नाइ उपाली सहित बुद्ध रहनु भएको स्थान जानु भएको थियो । शाक्यमुनी बुद्ध कहाँ पुगेपछि शाक्यराजकुमारहरुले आफुले लगाएका राश्री वस्त्र तथा गरगहनाहरु सहित उपालीलाई कपिलवस्तु फर्कन र आफुहरु प्रब्रजित भएको सूचना दिन दिन भनेर फर्काए ।
शाक्य कुमारहरुको सामान सहित फर्किन लागेका नाई उपालीले सोचे ः शाक्य प्रचण्ड स्वाभबका छन । यदी मैले यी गहनालाई लिएर फर्किए मैले आफ्नो साथीहरूको हत्या गरेर उनीहरुको गहना लिएर भागी आए, उनीहरुले मेरो हत्या पनि गर्न सक्छन् । म पनि यहीँ मार्गमा किन नजाने जुन मार्गमा यी शाक्य कुलपुत्रहरु गएका छन ? तब उसले आफ्नो पिठ्युँबाट गहनाको पोका निकालेर एउटा रुखमा झुण्डाएर उसले भन्योस्(जसले यो पोका पाउछ, उसले यसलाई आफ्नो सम्झेर लैजाउस ।“ त्यसपछि उ शाक्यका पछी पछी जानका लागी फर्कियो ।
शाक्य राजकुमारहरूले उपालीलाई टाढैबाट आउँदै गरेको देखेर भने ः उपाली तिमी किन फकिएर आयौ ?
तब उसले आफ्नो मनको कुरालाई बताए ।
शाक्य कुलपुत्रहरुले भने ः उपाली , तिमीले राम्रो गर्यौ कि फर्किएर गएनौ । किनकी शाक्य निस्संदेह चण्ड छ । तिनीहरुले तिमीलाई मार्न पनि सक्थे । उनीहरुले उपालीलाई आफ्नो साथमा लिएर त्यहाँ पुगे । जहाँ तथागत हुनुहुन्थ्यो । त्यहाँ पुगेर उनीहरुले तथागतलाई प्रणाम गरे र एक छेउमा बसे । यसरी बसेपछि उनीहरुले तथागतलाई निवेदन गरे ः
भगवान, हामी शाक्यहरुमा धेरै अभिमानी स्वाभबका छौ र यो उपाली नाईं चिरकालबाट हाम्रो सेवा गर्दै आइरहेको छ । भगवान पहिला उसैलाई प्रब्रजित, उपसम्पदा गर्नुहोस ताकी हामी उसलाई आफुभन्दा ठुलो मानेर अभिबादन गरौ, उसलाई हात फैलाएर नमस्कार गरौ, यस प्रकार हामी शाक्यको अभिमानमा केही कमि आउँछ । तब तथागतले पहिला नाईं उपालीलाई प्रब्रजित र उपसम्पदा गर्दिनु भयो । त्यसपछि वहाँले अन्य शाक्य कुलपुत्रलाई भिक्षु संघमा दिक्षित गर्नुभयो ।

पंचशीलकाे पालना गर्नेहरूकाे जीवन यस लोक र परलोक दुबैमा सुखी र सम्पन्न हुन्छ

धर्म देशना
पुज्यपाद अनगारी नेक्खमीबाट पंचशील किन पालन गर्नु पर्दछ र यसको पालना गर्नाले हुने फाईदा र नर्गनाले हुने दुष्परिणाको बारेमा उदाहरण सहित उपदेश गर्नु भएको छ ।
उमेरले ९४ बर्ष पुगी सकेका पुज्यपाद नेक्खमी गुरुमाँ अहिले पनि १६ बर्षे तन्नेरी झैं बुद्धशिक्षाको प्रचार प्रशार गर्नमा तल्लिन हुनुहुन्छ । सुमंगल विहारका आवासिय भन्तेहरुको विशेष सहयोग र रेखदेखमा रहनु भएका ९४ बर्षिय नेक्खमी गुरुमाँले पंचशीलको महत्वबारे बताउनु हुँदै भन्नु भयो ः
भगवान बुद्धले मानव जीवन कल्याण हुने गरि दिनु भएको पंचशील भनेको पाँचवटा शीलहरु हुन । ती ५ वटा शीलहरु भनेको ः
१) पाणातिपाता वेरमणी सिक्खापदं समादियामी अर्थात म प्राणी हिसा नगर्ने शील पालना गर्ने छु ।
२) अदिन्नादाना वेरमणी सिक्खापदं समादियामी अर्थात म चोरी नगर्ने शील पालना गर्ने छु ।
३) कामेसुमिच्छाचारा वेरमणी सिक्खापदं समादियामी अर्थात म व्यभिचार नगर्ने शील पालना गर्ने छु ।
४) मुसावादा वेरमणी सिक्खापदं समादियामी अर्थात म चोरी नगर्ने शील पालना गर्ने छु ।
५) सुरामेयरमज्जपमादठ्ठाना वेरमणी सिक्खापदं समादियामी अर्थात म जाँड, रक्सि, आदी लागूपदार्थ सेवन नगर्ने शील पालना गर्ने छु ।
पहिलो शील प्राणीहिंसा नगर्ने शील पालन गर्ने व्यक्तिको शरीर सुन्दर हुन्छ, बलशक्ति सम्पन्न हुन्छ । अर्काको हातबाट मुत्यु हुनु पर्ने छैन , अकाल मृत्युबाट मुक्त हुन्छ र सदा निरोगी हुनेछ ।
त्यसैगरि दोश्रो शील चोरी नगर्ने शील पालना गर्ने ब्यक्तिलाई धनसम्पत्तिले परिपूर्ण हुन्छ , दरिद्र हुन पर्ने छैन । आफूले चाहेको सम्पत्ति प्राप्त हुन्छ । राज्यको भय आगो, पानी आदीको भयबाट मुक्त हुन्छ ।
तेश्रो शील ब्यभिचार नगर्ने शील पालना गर्ने ब्यक्तिलाई पारिवारिक जीवन सुखमय हुन्छ , शत्रुहरु हुनेछैन , सबैसंग मेलमिलाप हुनेछ । अर्काको आपेक्ष तथा दोषबाट मुक्त हुन्छ र नपुसंक भएर जन्मिदैन ।
त्यसैगरि चौथौ शील झूठो नबोल्ने शील पालना गर्ने ब्यक्तिको रुप सुन्दर हुन्छ, बोल्दा सुगन्घ आउँछ मुख कहिल्यै दुर्गन्धित हुँदैन र सबैले विश्वास गर्नेछ र सबैको प्रिय हुन्छ ।
पाँचौ शील जाँड रक्सि सेवन नगर्ने शील पालना गर्ने ब्यक्तिको धनसम्पत्तिको रक्षा हुन्छ । बुद्धि विवेकको अभिवृद्धि हुन्ेछ । रोगब्याधीबाट मुक्त हुन्छ वेहोशी नभइ सदा जागृत व्यक्ति हुन्छ ।
यसरी मानव जीवनलाई सुखमय बनाउने बुद्ध उपदेश पंचशीललाई हामी सबैले पालना गर्नु पर्दछ भन्नुहुँदै नेक्खमी गुरुमाँले पंचशील मध्ये प्राणीहिंसा गरेमा कस्तो दुख भोग्नु पर्दछ भन्ने कुरालाई बुझाउन उदाहरण दिंदै भन्नुभयो ।
एकसमयमा एक जना ब्राम्हणका ५ सय शिष्यहरु थिए । एकदिन ब्राम्हणले आफ्नो शिष्यहरुलाई भोज सहित रमाइलो गराउने बिचार गरी एकजना बाख्रालाई बजारबाट किनेर ल्याए । त्यस बाख्रालाई सफा सुघर गरी त्यसलाई पुजा तथा टिका लगाई आफ्नो दे्वतालाई बली चढाएर त्यसको मासु सहित भोज खाने तयारी गरे । ज
ब बाख्रालाई देवता कहाँ बलि चढाउन लगीरहँदा त्यो बाख्रा एक्कासी एकपल्ट हाँसे र फेरि एकपल्ट रोए । बाख्राको यो अचम्मको व्यवहार देखेर ब्राम्हणका शिष्यहरुले यो कुरा आफ्नो गुरु ब्राम्हणलाई भने पछि ब्राम्हणले बाख्रालाई सोधे ः
हे बाख्रा तिमी किन एक पटक रोएको र किन एकपटक हाँसेको ? ब्राम्हणको प्रश्न सुनेर बाख्राले भने ः हे ब्राम्हण पहिला म पनि तिमी जस्तै ब्राम्हण थिए र मैले पनि तिमीले जस्तै यसरी नै बलि दिएर भोज खाएको थिए । त्यसैको पापको फल भोग्दै मैले ४९९ पटक आफ्नो बलि दिइ सिके । त्यसैले यो ५ सय औं हो । यो मेरो अन्तिम जन्म हो । मेरो पापको फल समाप्त भएको सम्झेर म हाँसे तर तिमी पनि म जस्तै यसरी दुःख भोग्नु पर्ने सम्झिएर रोएको हुँ भनेर जवाफ दिए ।
बाख्राको कुरा सुनेर ब्राम्हण त्रसित भए र भने उसो भए म तिमीलाई मार्ने छैनौं र म तिमीलाई पाल्ने छु ।
बाख्राले भने ः हे ब्राम्हण यो मेरो अन्तिम समय हो र मैले फल भोग्नु नै पर्छ मलाई तिमीले बचाउन सकिन्न किनकी कर्मको फल भोग्नबाट कोही पनि बच्न सक्दैन ।
तर ब्राम्हणले मानेन र आफ्नो शिष्यहरुलाई भने यस बाख्रालाई मिठो मिठो ख्वाएर हेरचार गर । शिष्यहरुले पनि गुरुको आदेश अनुसार बाख्रालाई चारैतिरबाट धेरेर मिठो मिठो घाँस ख्वाउन जंगलमा लगे । बाख्रा पनि जंगलमा धाँस खाँदै थियो एक्कासी पहाडबाट एउटा ठूलो ढुंगा खसेर बाख्राको धाँटीलाई काटी दियो । यो दृष्य देखेर ब्राम्हण अतयन्तै त्रसित हुँदै अहो प्राणीहिंसा यति बिध्न भयाबह रहेछ अब म कुनै प्रकारको हिंसा गर्ने छैन भनेर प्रण गरे ।
पुज्यपाद निक्खमी गुरुमाँले उपदेश दिंदै भन्नुभयो ः त्यसैले हामी सबै पंचशीललाई पालना गर्नु पर्दछ । यसको पालनाले मानिसको जीवन यस लोक र परलोक दुबैमा सुखी र सम्पन्न हुन्छ ।

आफ्नो हैसियत र दर्जा नजान्ने पतन हुन्छ

धर्म देशना
विनिलिक जातक
बुद्ध श्रावस्थीस्थित जेतवन विहारमा बसिरहनु भएको बेलामा देवदत्तले भगवान बुद्धको जस्तै नककल गरी देखाएको स्वभावलाई लिएर यो जातक देशना गर्नु भएको हो ।
देवदत्त गयासिसमा बसिरहेको बेलामा अग्रश्रावक सारीपुत्र र मौद्कल्यायण देवदत्तका महाँ आउनु भएको बेलामा बुद्धले जस्तो उपदेश गर्नु हुन्थ्यो, यसले पनि त्यस्तै त्यस्तै नक्कल गरी सारीपुत्र तिमी उपदेश गर भनि आराम गर्न गईन्जेलसम्म अग्रश्रावकहरुले ( लह लहैमा लागेर देवदत्तको पक्षमा गएका नयाँ भिक्षुहरु) भिक्षुहरुलाई यर्थाथ ज्ञानका कुरा देशना गरी बोध गरेर भगवान बुद्ध महाँ नै फकाएर ल्याए ।
शाक्यमुनी बुद्धले सोध्नु भयो ः देवदत्त के गरिरहेको छ ः
सारीपुत्र मौदकल्यायण महास्थविरहल्े देखेका र यर्थाथ कुरा ब्यक्त गर्दै भने ः देवदत्तले हामीलाई देख्ने बििित्तकै हजूरले के के गर्ने हो त्यस्तै नक्कल गरी आसन छोडेर उपदेश दिनु भनेर देवदत्त सुत्न गए । अनि हामीले देवदत्त निदाउन्जेल सम्म ज्ञान नभएका भिक्षुहरुलाई सत्यमार्ग देखाई बोध गरी यहाँ ल्यायौं ।
देवदत्तले आफुमा बुद्ध गुण नभइकन पनि नक्कल गरी ठूलो पापकर्म गरिरह्यो । यसरी अयोग्य रुपमा नक्क्ल गरी उ आफै पतन भएर बिग्रको अहिले मात्र होइन पहिले पनि यस्तै भएको थियो भनी बुद्धले पुर्वजन्मको कुरा बताउनु भयो ।
अतित समयमा विदेह देशको मिथिलामा विदेश राजाले राज्य संचालन गरिरहेका समयमा बोधिसत्व राजाको अग्रमहारानकिो कोखमा जन्म लिनु भयो । उहाँ ठूलो भएपछि तक्षशिलामा गई सबै विधा पारंगत गरी आफ्नो बुबम परलो भएपछि बोधिसत्वले राज्य गरिरहेका थिए ।
त्यस समयमा उउटा सुवर्ण हंसराज कागसंग प्रेम भई पाथी कागबाट बच्चा जन्मियो । त्यो बच्चा हंराज जस्तो पनि थिएन, काग जस्तो पनि थिएन । एउटा अर्नाठो नीलो रंगको पन्छिको जात जस्तो थियो । त्यसैले उसलाई विनीलिक भनि नाम राखियो । सूर्वण हंराजको आफ्नै जातका दुईजना छोराहरु जंगलमा नै थियो । तै पनि सूवर्णहंसलाई काग तर्फबाट पाएको बच्चाप्रति माया लाग्थ्यो, त्यसैले उ बच्चालाई हेर्न समय समयमा जाने गर्दथ्यो । एकदिन सूवर्ण हंसका छोराहरुले सोधे ः
बुबा, तपाई मानिसहरुको दशेमा किन जानुहुन्छ ?
हंसराजले भन्यो ः हो, म एउटा कागसंग सहवास भएकोले एउटा बच्चा जन्मियो । त्यसको मायाले म यसरी जाने गर्दछु ।
छोराहरुले भने ः बुबा मानिसहरु भएको शहरमा यसरी सधै. जानु राम्रो हुँदैन । मानिसहरुले देखे भने दुःख दिनेछ । डरलाग्दो छ, खतरा छ । त्यसैले हामी गएर बुबाको मनपर्ने बच्चालाई लिएर आउनेछु ।
बुबाले अनुमति दिएपछि मिथिला नजिक काग र बच्चा भएको स्थानमा गएर बुबाले विनिलिकलाई लिएर आउन आज्ञा भएको कुरा अवगत गराए । सौतेनी आमाको अनुमति लिएर खच्चरभाईलाई एउटा लठ्ठमिा बसाई दुबै सूवर्ण हंसहरुले लठ्ठीको दुइ छेउ मुखले च्यापेर मिथिलिा शहरको माथि माथिमाट ल्याइरह्यो ।
त्यसबेला मिथिलाका विदेश राजा पनि सेतो चारवटा घोडाले तान्ने रथमा बसी देश परिक्रमा गरिरहेका थिए । अनि त्यो विनिलिक कागको बच्चाले विचार गरयो कि विदेह राजा र म मा के फरक छ र ? त्यो राजा चारवटा सेता घोडाले तान्ने रथमा बसी देश परिक्रमा गर्दैछ । म सूर्वण हंसहरुले तान्ने रथमा बसी आसका मार्गमा गइरहेको छु ।
कागको बच्चा विनिलिकको यस्तो अपमानजनक कुरा सुनेर हंस दाजुभाईहरुलाई अत्यन्तै रीस उठे र यही फ्याकाैं कि जस्तो पनि भएको थियो । तर बुबाको बचनलाई गौरब राखेर त्यसले जति फुर्ति गरेता पनि सहेर आफ्नो बुबा हंसराज कहाँ पुरयाए ।
आफ्नो बुबाले र्हस दाजुभाईले विनिलिकले आफुलाई विदेह राजा समान सम्भि,m उनीहरुलाई नोकर समान ठानी अपमान गरेको पनि कुरा सुनाए । छोराहरुको कुरा सुनेर दुखि बनेका हंसराजले पनि आफ्नो छोराहरुलाई नीच सोच भएको कारणले नै हेला सहनु परयो भनी महशुस गरेर भन्यो ः आफ्नो हैसियत र दर्जा नजान्ने यो कागको बच्चालाई उसकै आमासंग नै राखि आउनु भनेर विनिलिकलाई फर्काइदिए ।

राजसंस्थाView All

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद […]

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना […]

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत […]

बाैध्द-गतिविधिView All

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ । शिलान्यासमा बौद्ध […]

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, […]

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज “धम्माचरिय” ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् । सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय […]

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर […]

राजनीतिView All

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन्। कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका […]

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]
/ राजनीति

प्रदेश सांसद शोभा शाक्यले भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला

साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्। ‘कोभिड […]

पुज्यपाद धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा

श्रद्धेय धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा भएकाे छ र श्रद्धेय धम्मवती गुरुमाबाट नवनियुक्त शहरी बिकास मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठजुलाई आशिर्वाद दिनु […]

सामाजिकView All

/ सामाजिक

चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने वाच डे २०२० मनाए

उपत्यका सहित नेपालमा रहेका चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने योजना सहित स्थापित चीभाः चैत्य संस्थाबाट गत शनिवार वाच डे २०२० मनाएका छन् । हन । वल्ड मोनुमेन्ट्स […]
/ सामाजिक

नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न

बुद्ध शान्त पार्क निर्माण समितिको आयोजनामा अनलाइनको माध्यमबाट नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । बौद्ध भजनको माध्यमबाट नयाँ प्रतिभा […]
/ सामाजिक

मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाढी पहिरो पिडित खाद्यान्न लगायतका सामाग्री वितरण

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल […]
/ सामाजिक

अनला वा अधिकमास एक महिनामा हुने मच्छेनारायण काे मेला काेराेना संक्रमणकले याे साल नहुने

चन्द्रमास अनुसार वर्षकाे ३५४ दिन र सौरमास अनुसार ३६५ दिन हुन्छ । याे गिन्ति अनुसार सौरमासमा वर्षकाे ११ दिन बढी हुन्छ भने प्रत्येक साढे दुई बर्ष पुग नपुग हुँदा एक […]
Go to Top