Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट खेलाडीहरुलाई बधाई

खेलकुद-गतिविधी
राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट १३ औं दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परीणाम तथा उपलव्धिका हासिल गर्न सफल समस्त सहभागी खेलाडीहरुलाई बधाई बढाई दिईबक्सेको छ ।
राजवाट जारी गरिबक्सेको वक्तब्यमा भनिएको छ ः आगामी दिनहरुमा पनि खेलकूद क्षेत्रमा अझ बढी उपलव्धि हासिल भई रहोस् भन्ने भेरो कामना रहेको छ । साथै १३ औं साग प्रतियोगिता सफलतापुर्वक सम्मन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सबैप्रति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु । हिजो राजाका सम्बाद सचिब डा. फणिराज पाठकबाट जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो ।
यस्तो छ राजाबाट जारी बक्सेको वक्तब्य पुरा पाठ
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता सफल समापन भएको उपलक्ष्यमा बक्सेको सन्देश
नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति मेरो हार्दिक शूभकामना छ । यसपालीको १३ औं दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परीणाममा मलाई अत्यन्त खूशी लागेको छ । यो उपलव्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाई दिन चाहन्छु । आगामी दिनहरुमा पनि खेलकूद क्षेत्रमा अझ बढी उपलव्धि हासिल भई रहोस् भन्ने भेरो कामना रहेको छ । साथै १३ औं साग प्रतियोगिता सफलतापुर्वक सम्मन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सबैप्रति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु ।
जय नेपाल .
२०७६ साल मंसिर २४ गते मंगलबार

महानगरपालिकाव्यापी दोश्रो मेयर कप टेबुलटेनिस प्रतियोगिता २३ गते देखि शुरु हुने

खेलकुद-गतिविधी
ललितपुर महानगरपालिका वडा १६ को आयोजनामा महानगरपालिकाका २९ वडाव्यापी दोश्रो मेयर कप टेबुलटेनिस प्रतियोगिता कार्तिक २३ गते देखि शुरु हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस वर्षका आयोजक वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले दोश्रो मेयर कप टेबुलटेनिस प्रतियोगितामा १२ वटा विभिन्न तहमा ४ सय भन्दा बढी सहभागी हुने बताएका छन । टेबुलटेनिस खेललाई स्थानीय तहमा ब्यापक बनाई ललितपुर जिल्लाको खेलकूदमा रहदैं आएको बर्चस्वलाई निरन्तरताकासाथै राष्टिय र अन्तराष्टियस्तरमै खेल्ने दक्ष खेलाडी उत्पादन गर्न मेयर कप प्रतियोगिताकोे निरन्तरता सहायक हुने उनले बिश्वास व्यक्त गरे । १६ वडा कार्यालयका साथैै ललितपुर ज्रिल्ला टेबल टेनिस संघ र ईतिल्हने युथ क्लबको संयुक्त आयोजनामा हुने दोश्रो मेयर कप टेबुलटेनिस प्रतियोगितामा २०७६ कार्तिक २३ गते शनिबारदेखि २०७६ कार्तिक ३० गते सम्म पाटनको नागबाहालमा सम्पन्न हुने आयोजकका तर्फबाट राष्टिय प्रशिक्षक रोशन कपालीले पत्रकार सम्मेलनमा जानकार गराए। दैनिक साँझ ५ बजेदेखि ९ बजेसम्म हुने प्रतियोगितामा पुरुष टीम इभेन्ट,, पुरुष सिंगल, डबल, महिला सिंगल, मिक्स डबल, लगायतका विभिन्न १२ ईभेन्ट अन्तर्गत १६ वर्ष मुनिका बालबालिका देखि ४०, ५० र ६० वर्षीका भेटेरान पूर्व खेलाडीहरुसमेत समेटिने आयोजकले बताएका छन । प्रतियोगिताकालागि अनुमानित ८ लाख ५० हजारको आर्थिक बजेटमा आयोजक वडा १६ ले २ लाख दिने भएको छ भने महानगरपालिका अन्तर्गतका सबै वडाहरु र संघसंस्थाबाट पनि प्रायोजन तथा सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । यस वर्ष आयोजित १२ वटा बिधामध्ये सिंगलतर्फका प्रतियोगिताहरुका विजयीहरुलाई रु १० हजार, ५ हजार र ३ हजार नगद सहितको प्रथम, दोश्रो र तृतीय पुरस्कारको व्यवस्थासँगै अन्य विधामा समेत पुरस्कार थप्ने योजना रहेको अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए । १२ विधामा हुने प्रतियोगिताहरुमा सहभागिता जनाउन सम्बन्धित वडाहरुको सिफारिस सहित रु. २ सय सहभागिता शुल्क लाग्ने छ । यस अगाडी प्रथम मेयर कपको आयोजना वडा ११ ले गरेको थियो भने उक्त मेयर कप टेबुलटेनिस प्रतियोगिताको वार्षिक निरन्तरता र बिकासले ललितपुर जिल्लाका तर्फबाट राष्टिय तथा अन्तर्राष्टिय खेलाडीहरुको बिकास हुने विश्वास लिइएको छ ।

न मान्यता न स्वीकृति, नेपालमा अफ्रिकी क्लबको फूर्ति

खेलकुद-गतिविधी
नेपालको फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाले मान्यता नदिएको तथा सरकारबाट श्रम इजाजत नलिएको देखिएको उक्त क्लबले भने अहिले विभिन्न जिल्लामा भइरहेका प्रतिष्ठित नकआउट प्रतियोगिता खेलिरहेको छ। जसमध्ये धरानको बुढासुब्बा गोल्डकप फुटबलको तिलोत्तमा गोल्डकप र पोखराको मनकामना गोल्डकपको उपाधि समेत जितिसकेको छ। ए डिभिजन क्लबका अधिकारीहरूले भने अनधिकृत रूपमा भइरहेको दाउफिन्सको सहभागिता नहुने भन्दै विरोध जनाउन थालेका छन्।
प्रारम्भ
एन्फाले जनाए अनुसार सुदूरपश्चिमको धनगढीमा भएको 'खप्तड कप' मा दाउफिन्सलाई सहभागी गराउन एन्फासँग स्विकृति मागेको थियो। तर आवश्यक कागजात आउनुअघि नै दाउफिन्स धनगढी पुग्यो र प्रतियोगितामा सहभागिता जनायो। त्यहाँ पहिलो खेलमा हारे पनि दाउफिन्स क्यामरुन फर्केन। बरु जिल्लाहरूमा हुने अन्य प्रतियोगितामा खेल्न थाल्यो। अहिलेसम्म टोलीले ६ वटा प्रतियोगितामा खेलिसकेको छ। र, नेपालमै बसेर अरु प्रतियोगिता खेलिरहने क्लबको योजना देखिन्छ। उक्त क्लबका कप्तान जोसेफ मार्कलले भने, "हामी अहिले फर्किरहेका छैनौँ। हामी यहीँ बस्छौँ। निरन्तर प्रशिक्षण गर्छौँ र अरू प्रतियोगिताहरू पनि खेल्नेछौँ।" दाउफिन्समा दुईवटा समस्या रहेको बताइएको छ। एउटा मुख्य विषय एन्फाको स्वीकृति विनै प्रतियोगिता खेल्नु नै देखिन्छ। अर्को समस्या श्रम इजाजत नलिइकन खेल्नु हो। कुनै पनि विदेशी खेलाडीले नेपाल आएर व्यावसायिक फुटबल खेल्न सरकारको श्रम इजाजत अनिवार्य रूपमा लिनुपर्ने प्रावधान छ। यसमा पनि दाउफिन्स चुकेको देखिन्छ। एन्फाका अनुसार दाउफिन्सलाई नेपाल ल्याउन एजेन्ट सुगन तन्डुकारको भूमिका छ। तर तन्डुकारले बीबीसीलाई भने, "मैले उनीहरूलाई नेपालमा आउन सघाएको मात्र हुँ। नेपाल प्रवेश गर्ने बेला आवश्यक अनअराइभल भिसा लिन मात्र मेरो भूमिका हो।"
रौनक
तन्डुकारका अनुसार दाउफिन्सको अहिले खेलिरहेको फुटबल प्रतिस्पर्धामा उनको भूमिका छैन। तर दाउफिन्सले एकपछि अर्को प्रतियोगिता खेलिरहेको छ। केही सीमित क्लबले देश दौडाहा गरेर सबै प्रतियोगिता खेलिरहेका बेला दाउफिन्स दर्शकहरूका लागि चाहिँ नयाँ स्वाद बनेको हो। मैदानमा एकैसाथ अफ्रिकी खेलाडीहरु उत्रिने र नेपालका उत्कृष्ट भनिएका ए डिभिजनका क्लबविरुद्ध कडा टक्कर दिने हुनाले उक्त टोलीको लिन अहिले जिल्लका क्लबहरू लालायित देखिन्छन्। त्यसमध्येको एक सहारा क्लब पोखराका अध्यक्ष केशव थापा भन्छन्, " दर्शकमा नयाँ स्वाद पनि हुने र विदेशी क्लब पनि हुने भएकोले हामीले दाउफिन्सलाई निम्त्याएका थियौँ।"
समस्या
मान्यता नपाएको क्लबलाई खेल्न दिनु मै क्लबहरू समस्या देख्छन् । मौसमी टोली भएकोले नियममा नखेल्ने तथा उनीहरुमा कारबाहीको डर नहुने हुँदा खेल भावना अनुरुप नखेल्ने भन्दै क्लबहरूले चिन्ता व्यक्त गरेको देखिएको हो। ए डिभिजनको थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले भने, " उनीहरू नियममा बाँधिएका छैनन्। डर पनि छैन। मैले देखेँ नेपाली सेनाविरुद्ध उनीहरूले खेल भन्दा झगडा गर्नमा नै समय बिताए।" "सेनाका खेलाडीहरू घाइते भए। यस्तोमा राष्ट्रिय टोलीका खेलाडीहरूलाई असर पुग्ने मलाई डर छ। कि एन्फाले उनीहरूलाई मान्यता दिएर नियमभित्र ल्याउनुपर्‍यो की कारबाही गर्नुपर्‍यो।" विषय गम्भीर देखिए पनि एन्फाले दाउफिन्सलाई खेल्नबाट रोकेको छैन। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार जिल्लाका क्लबहरूलाई दाउफिन्सलाई सहभागी नगराउने मौखिक रूपमा भनिसकिएको छ। अध्यक्ष शेर्पाले कारबाही चाँडै नै गरिने बताउँदै भने, "दाउफिन्सको बारेमा अफ्रिकी फुटबल निकायमा जानकारी मागिएको र त्यो आउँदैछ। तर अहिले धेरै गुनासो आइसकेकोले हामी एकदुई दिनमा नै कारबाही अगाडि बढाउनेछौँ।" क्लब फुटबलमा यो नौलो अभ्यास भने होइन। अफ्रिकन ११ को नाममा पहिले पनि एक पटक अफ्रिकी खेलाडीको एउटा टोलीले जिल्लाका प्रतियोगिताहरू खेलेको थियो। एन्फा पदाधिकारीहरूका अनुसार विदेशी क्लबको सहभागिताका लागि एन्फामा स्पष्ट नियम नभएकोले अर्को वर्ष यस विषयमा नयाँ नियम बनाइने अध्यक्ष शेर्पा बताउँछन्। तर सामुन्ने आइसकेको समस्यामा एन्फाले स्पष्ट धारणा नराखेको भन्दै कतिपयले असन्तुष्टि जारी राखेको देखिन्छ। bbc nepali

थ्रीस्टारले भारतको युनाइटेड ब्रदर्शलाई ३–२ गोलले हराउँदै फाइनलमा

खेलकुद-गतिविधी
ललितपुरको रुस्लान थ्रीस्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा थ्रीस्टारले भारतको युनाइटेड ब्रदर्शलाई ३–२ गोलले हराउँदै फाइनलमा पुगेको हो । युनाइटेडमाथि दवदवापूर्ण प्रदर्शन गरेको थ्रीस्टारले १७ औं मिनेटमा दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । रन्जन विष्टले २० औं मिनेटमा गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाए । युनाइटेडले ३२ औं मिनेटमा पहिलो गोल फर्काएको थियो । ८२ औं मिनेटमा थ्रीस्टारका बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । त्यसपछि दोस्रो हाफाको इन्ज्युरी समयमा युनाइटेडले दोस्रो गोल फर्काएपनि हार टार्न सकेन । फाइनलमा थ्रीस्टारले भुटानको पारो क्लबसँग खेल्नेछ । पारोले नेपालको त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

प्रथम यल ललितपुर महानगर अन्तर वडास्तरीय मेयर कप टेवल टेनिस प्रतियोगिता सम्पन्न

खेलकुद-गतिविधी
ललितपुर,टेवल टेनिस संघ तथा इखाछें टोल सुधार समितिको संयुक्त आयोजनामा प्रथम यल ललितपुर महानगर अन्तर वडास्तरीय मेयर कप टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको वडा नं११ इखाछेंमा माघ ११ गते शुक्रबारबाट सुरु भएको प्रतियोगिता यही माघ १५ गते सम्पन्न भएको हो। यस प्रतियोगितामा महिलातर्फ वडा नं ६ कि सुपला बज्राचार्य र पुरुषतर्फ वडा नं १३ का आयुष भट्टराई उदयमान खेलाडी घोषित भए । ५ दिनसम्म चलेको प्रतियोगितामा महिला र पुरुष गरी १५० खेलाडीहरुले भाग लिएका थिए । अण्डर १६ बर्ष उमेर समूहमा महिलातर्फ वडा नं २० की सर्मिला श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भइन । त्यस्तै वडा नं १२ कि रोनिषा महर्जनले दोस्रो स्थानमै चित्त बुझाउनु प¥यो । त्यस्तै अण्डर १६ बर्ष उमेर समूहमा पुरुषतर्फ वडा नं. ८ का रुबिन महर्जनले प्रथम स्थान हासिल गर्न सफल भए । त्यस्तै वडा नं ७ का एलेन महर्जनले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो । ४० बर्षभन्दा माथि उमेर समुहमा वडा नं ११ का राजेन्द्र बज्राचार्यले प्रथम स्थान हासिल गर्न सफल भए। त्यस्तै वडा नं ७ को निकेश जोशीले भने दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो। ५० बर्षभन्दा माथि उमेर समुहमा वडा नं. ९ का किरण बज्राचार्यले प्रथम स्थान हासिल गर्न सफल भए। त्यस्तै वडा नं. १६ का प्रकाश धाख्वाले भने दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो। पुरुषतर्फ खुलामा वडा नं १९ का निशान प्रधानले प्रथम स्थान हासिल गरेका छन् . त्यस्तै वडा नं १९ कै निकेन प्रधानले दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। महिलातर्फ खुलामा वडा नं. ५ कि लसता महर्जनले प्रथम स्थान हासिल गर्न सफल भइन। त्यसैगरी वडा २० की सर्मिला श्रेष्ठले दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन। पुरुषतर्फ खुला ए समूहमा वडा नं १६ का संयोग कपालीले प्रथम स्थान हासिल गरेका छन्, त्यस्तै वडा नं ७ का दिकेन महर्जनले दोस्रो स्थान हासिल गर्न सफल भएका छन। प्रतियोगिताको उद्धघाटन अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द राज बैद्यले गरेका थिए । प्रतियोगिताको समापन समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन । पुरस्कार बितरण समारोहमा मन्तव्य राख्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्न स्थानीय संघ र संस्थाहरुलाई प्रेरित गर्ने वताए । उनले अन्तर्रा्ष्ट्रिय खेलमा विजेता भइ मेडल हासिल गर्नेलाई नगद पुरस्कार प्रदान गरेर हौसला बढाउने बताए ।

बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

खेलकुद-गतिविधी
यहि माघ २५ गतेबाट काठमाडौमा सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार उद्घघाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने छन् । समूह ए’ मा रहेको झम्सिखेल र ब्वाइजबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । ए’ डिभिजन लिग सकिए लगत्तै एन्फाले ’बी’ डिभिजन प्रतियोगीता हुन लागेको हो । ’बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगमा घटुवा बढुवा हुने छैनन् । तर, १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह विभाजन अनुसार समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नया“ बस्ती युवा क्लब, व्वाईज युनियन क्लब छन् । त्यस्तै समूह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् ।

विश्वकप २०१८ को उपाधि फ्रान्सले जिते

Main News
फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । सोमबार लुजिन्हकी स्टेडियममा भएको खेलमा युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमले क्रोएशियालाई ४–२ गोलले पराजित गर्दे दोस्रो पटक विश्वकप ट्रफीमाथि आफनो कब्जा गरेको हो । २० बर्षपछि फेरी विश्वकपमा कब्जा गरेको फ्रान्सको लागी पहिलो गोल १८ औ मिनेटमा मारियो मैडजुकिचको हेडर मार्फत आत्मघाती गोलबाट भएको हो । ठिक त्यसको १० मिनेटपछि क्रोएशियाले म्याचमा त्यो बेला फर्कियो जब २८ औ मिनेटमा इवान पेरिसिचले उत्कृष्ट गोल गरे । इवान पेरिसिचको ह्याण्डबल फाउलबाट मिलेको पेनाल्टिलाई कतिपनि मिस नगर्दे ग्रीजम्यानले फ्रान्सलाई २–१ के अग्रता दिलाए । पहिलो हाफसम्ममा फ्रान्स २–१ के स्कोरसँग क्रोएशिया भन्दा अगाडि थियो । दोस्रो हाफ शुरु भएसँगै ५९ औ मिनेटमा पाँल पोग्बा र ६५ औ मिनेटमा युवा खेलाडी एमबाप्पे ले शानदार गोल गर्दे फ्रान्सलाई ४–१ के अग्रता दिलाए । यद्यपी यसको केही मिनेटमै फ्रान्सको गोलकिपर लारिसको गल्तीको फाइदा उठाउदै क्रोएशियाका मारियो मैडजुकिचले एक सामान्य गोल गर्दे आफनो टिमलाई खेलमा फर्काउने कोशिष गरे । तर यसपछि क्रोएशियाले कुनै पनि चमत्कार गर्न सकेन र आफनो पहिलो विश्कप फाइनलमा चुक्न पुग्यो जसको फइदा उठाउदै फ्रान्स दोस्रो पटक विश्वकप च्याम्पियन हुन पुग्यो । दुबै टिम ४–२–३–१ के संयोजनसँग मैदानमा उत्रेको थियो । क्रोएशियाले इङल्याण्ड विरुद्ध जित हासिल गर्न जुन रणनिति अपनाएको थियो त्यसमा कुनै पनि हेरफेर गरेको थिएन भने फ्रान्सेली कोच डिडियर डेसच्याम्पले आफनो रक्षापंक्तिलाई निकै मजबुत बनाउनमा ध्यान दिए । क्रोएशियाले राम्रो शुरुवात गर्यो, पहिलो हाफमा न केबल बलमा अधिक कब्जा गर्यो उसले आक्रमक रणनीती पनि अपनायो तर भाग्यले फ्रान्सलाई साथ दियो जसले बिना कुनै प्रयास दुई गोल गर्यो ।

राजसंस्थाView All

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद […]

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना […]

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत […]

बाैध्द-गतिविधिView All

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ । शिलान्यासमा बौद्ध […]

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, […]

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज “धम्माचरिय” ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् । सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय […]

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर […]

राजनीतिView All

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन्। कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका […]

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]
/ राजनीति

प्रदेश सांसद शोभा शाक्यले भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला

साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्। ‘कोभिड […]

पुज्यपाद धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा

श्रद्धेय धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा भएकाे छ र श्रद्धेय धम्मवती गुरुमाबाट नवनियुक्त शहरी बिकास मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठजुलाई आशिर्वाद दिनु […]

सामाजिकView All

/ सामाजिक

चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने वाच डे २०२० मनाए

उपत्यका सहित नेपालमा रहेका चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने योजना सहित स्थापित चीभाः चैत्य संस्थाबाट गत शनिवार वाच डे २०२० मनाएका छन् । हन । वल्ड मोनुमेन्ट्स […]
/ सामाजिक

नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न

बुद्ध शान्त पार्क निर्माण समितिको आयोजनामा अनलाइनको माध्यमबाट नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । बौद्ध भजनको माध्यमबाट नयाँ प्रतिभा […]
/ सामाजिक

मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाढी पहिरो पिडित खाद्यान्न लगायतका सामाग्री वितरण

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल […]
/ सामाजिक

अनला वा अधिकमास एक महिनामा हुने मच्छेनारायण काे मेला काेराेना संक्रमणकले याे साल नहुने

चन्द्रमास अनुसार वर्षकाे ३५४ दिन र सौरमास अनुसार ३६५ दिन हुन्छ । याे गिन्ति अनुसार सौरमासमा वर्षकाे ११ दिन बढी हुन्छ भने प्रत्येक साढे दुई बर्ष पुग नपुग हुँदा एक […]
Go to Top