Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

वारिस भनेकाे के हो, को हुन सक्दछ र वारिस को अधिकारहरु के के हो

Main News
अधिवक्ता बिसान्त शाक्य
आफूलाई मुद्दा पर्दाका बखत वा आफूले मुद्दा हालेको बखत अदालतमा मुद्दा दर्ता गर्ने, हाजिर हुने, तारिख लिने, मुद्दाको पूर्पक्ष गर्ने र अन्य धेरै कामहरु हुने गर्दछन् तर आफ्नो काम व्यस्तताको कारण वा अन्य कुनै कारणले हामी सो कामहरु गर्न असमर्थ हुन्छौ त्यसैले हाम्रो सो कामहरु गर्न हामी वारिस नियुक्त गर्दछौं ।
मुद्दामा वारिसको भूमिका पक्षको सरह नै हुनेछ र वारिसबाट गरिएका कार्यहरु पनि पक्षले गरेको सरह नै हुनेछ । वारिसको लापरवाहीका कारण मुद्दा हार्ने पनि घट्नाहरु घटेको हामी सुन्ने गर्छौं त्यसैले वारिसको भूमिका निकै अहम् नै हुने गर्दछ । मुद्दामा कुनै वारिस नियुक्त गर्दा आफ्नो भरोसाको मान्छे नियुक्त गर्नु पर्दछ । वारिस को हो, को हुन सक्दछ र वारिसको अधिकारहरु के के हो सो सम्बन्धी व्यवस्था मुलुकी देवानी कार्यविधि संहिता २०७४ ले व्यवस्था गरेको छ ।
वारिस नियुक्त गर्न सक्ने ः मुद्दाको कुनै पक्षले आप्mनो तर्पmबाट अदालतमा मुद्दासँग सम्बन्धित कुनै काम गर्न वा कुनै उल्लिखित खास कामका लागि कुनै व्यक्तिले अर्को कुनै व्यक्तिलाई आफनाे प्रतिनिधि नियुक्त गर्न सक्नेछ । त्यस्तो प्रतिनिधि नियुक्ति भएकोमा वारिस नियुक्त गरिएको मानिनेछ ।
वारिस हुने व्यक्तिको योग्यता ः देहायको योग्यता पुगेको व्यक्ति वारिस हुन सक्नेछ ः–
(क) कानून बमोजिम करार गर्न योग्य,
(ख) फैसला बमोजिम सरकारी बिगो, फैसला कार्यान्वयन गरे बापत अदालतलाई तिर्नु पर्ने कुनै दस्तुर, अदालती शुल्क वा कुनै दण्ड वा जरिबाना तिर्न बाँकी नरहेको,
(ग) कीर्ते, जालसाजी वा भ्रष्टाचार वा नैतिक पतन देखिने कसूरमा सजाय नपाएको ।
एकभन्दा बढी मुद्दा वा व्यक्तिको वारिस हुन सक्ने ः एउटै व्यक्ति एकै पटक एकभन्दा बढी मुद्दाको वारिस हुन वा एउटै मुद्दामा एकभन्दा बढी व्यक्तिहरूबाट निज वारिस नियुक्त हुन सक्नेछ । तर कुनै मुद्दामा एकै पटक एउटै व्यक्ति पक्ष र विपक्ष दुवैको वारिस नियुक्त हुन सक्ने छैन ।
पक्ष वारिस हुन सक्ने ः कुनै मुद्दामा एउटै पक्षका दुई वा सोभन्दा बढी व्यक्ति बादी वा प्रतिबादी भएकोमा त्यस्ता व्यक्तिहरूमध्ये कुनै एक व्यक्तिलाई सोही मुद्दामा वारिस नियुक्त गर्न सकिनेछ ।
एकभन्दा बढी अदालतमा वारिस नियुक्त हुन सक्ने ः कुनै एक अदालतमा विचाराधीन रहेको मुद्दामा वारिस नियुक्त भएको व्यक्ति अर्को अदालतमा विचाराधीन रहेको अर्को मुद्दामा वारिस नियुक्त हुन सक्नेछ । वारिसको अधिकार ः वारिसको अधिकार मुद्दाका पक्षले वारिस नियुक्त गर्दाका बखत अख्तियारनामामा लेखिए बमोजिम हुनेछ ।
अधिकृत वारिस सम्बन्धी व्यवस्था ः कसैले आफ्नो तर्फबाट कुनै मुद्दा किटान गरी वा नगरी फिराद गर्न, प्रतिउत्तरपत्र दर्ता गर्न, फिराद दाबी फिर्ता गर्न, मिलापत्र गर्न वा अन्य कानूनी काम कारबाहीका लागि अख्तियारनामाको कागज लेखी कुनै व्यक्तिलाई अधिकृत वारिस नियुक्त गर्न सक्नेछ ।
अधिकृत वारिस मार्फत गर्न सकिने कामहरु ः
क) आफनाे हक र स्वामित्वको कुनै अचल सम्पत्ति किटान गरी बिक्री वितरण वा सट्टापट्टा गर्न
ख) हालैको बकसपत्र गरिदिने वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्ने
ग) कानून बमोजिम रजिष्ट्रेशन गर्नु पर्ने लिखत पारित गराउन सकिनेछ ।
के फौजदारी मुद्दामा पनि वारिस नियुक्त हुन सक्दछ ?
मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ ले फौजदारी मुद्दाहरु पनि वारिस नियुक्त गर्न सकिने व्यवस्था गरेको छ ।
वारिस नियुक्त हुन सक्ने ःमुद्दाको कुनै पक्ष उजुरी, पुनरावेदनपत्र वा प्रतिउत्तरपत्र दिन, प्रमाण पेश गर्न, फैसला बमोजिम बिगो क्षतिपूर्ति वा अन्य कुनै कुरा भराई लिन वा मुद्दा सम्बन्धी अन्य कुनै आवश्यक काम कारबाही गर्न आफु उपस्थित हुन नसक्ने भएमा त्यसको कारण खुलाई त्यस्तो पक्षले आफनाे तर्फबाट वारिस नियुक्त गर्न सक्नेछ ।
( अधिक जानकारी चाहिएमा अधिवक्ता बिसान्त शाक्यसंग सम्पर्क गर्नुकोलागी उहाँको मो. नं ९८४३१०१५२४ ) इमेल ः bisant.shakya@gmail.com

कस्ता प्रकारका विवाहहरु कानूनी रुपमा बदर हुन्छ

Main News
अधिवक्ता बिसान्त शाक्य
विवाह सम्बन्धी कसूर
विवाह भनेको एउटा पुरुष र महिला बीचको पति पत्नीको सम्बन्धलाई सामाजिक, रितिरिवाजवाट स्वीकृत गरिएको बन्धन हो । विवाह गर्नु एउटा स्वतन्त्र र कानुनी हक हो तर कहिल्यै काहिँ विवाह गर्दा वा गराएमा पनि सजाय हुन्छ । मुलुकी फौजदारी संहिता २०७४ ले कस्तो विवाह गर्दा वा कुन कुन अवस्थामा विवाह गर्दा सजाय हुने भन्ने विभिन्न व्यवस्थाहरु गरेको छ । त्यस्तो कसुर भएमा जरिवाना वा कैद सजाय वा दुवै सजाय पनि हुन सक्नेछ ।
मञ्जुरी विना विवाह गर्न नहुने ः
विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन । यदि कसैको मञ्जुरी विना विवाह भएमा त्यस्तो विवाह बदर हुनेछ ।
त्यस्तो कसूर गर्ने व्यक्तिलाई दुई वर्ष सम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ । तर २० वर्ष उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।
हाडनातामा विवाह गर्न नहुने ः
कसैले परम्परा अनुसार चली आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउन हुँदैन । यदि कसैले हाडनाता को विवाह हो भनि थाहा नपाई गरेकोे रहेछ भने त्यस्तो विवाह बदर हुनेछ ।
तर कसैले हाडनाताको विवाह हो भनि थाहा पाइ जानीजानी विवाह गरेको रहेछ भने त्यस्तो विवाह गर्नेलाई हाडनाता करणीको कसूरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो विवाह स्वतः वदर हुनेछ ।
बाल विवाह गर्न नहुने ः
विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । कसैले उमेर नपुगी विवाह गरेमा वा कसैले उमेर नपुगेको व्यपक्तिलाई विवाह गराइदिएमा त्यस्तो विवाह स्वतः बदर हुनेछ । त्यसरी उमेर नपुगी विवाह गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
विवाहमा लेनदेन गर्न नहुने ः
आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन ।
त्यसरी कुनै लेनदेन शर्त राखि विवाह गर्न वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ सँम्म जरिबाना वा दुवै सजाय हुनेछ । कसैले विवाह गरी सकेपछि कुनै चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन । यदि त्यस्तो कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसँ म्म जरिबाना वा दुवै सजाय हुनेछ । यदि कुनै व्यक्तिले विवाह पश्चात त्यसरी कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
वहुविवाह गर्न नहुने ः
विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन । कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन । तर पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ । यदि कसैले जानीजानी पुरुष वा महिला विवाहित छ भनि थाहा पाइकन पनि विवाह गरेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ । त्यसरी गरेको विवाह स्वतः बदर हुनेछ ।
विवाह सम्बन्धी मुद्दा दायर गर्ने हदम्याद ?
यदि कुनै व्यक्तिले विवाह सम्बन्धी कसूर भए गरेको कुरा थाहा पाएमा सो मितिले तीन महिना नाघेपछि उजुर गरेमा लाग्ने छैन ।
( अधिक जानकारी चाहिएमा अधिवक्ता बिसान्त शाक्यसंग सम्पर्क गर्नुकोलागी उहाँको मो. नं ९८४३१०१५२४ ) इमेल ः bisant.shakya@gmail.com

अपुताली भनेको के हो ? अपुतालीको धन र सम्पत्ति कसले कसरी पाउँछ ?

कानुन सम्बन्घि जानकारी
अधिवक्ता बिसान्त शाक्य
अपुताली सम्बन्धी व्यवस्था
अपुताली भन्नाले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्यलाई बुझिन्छ ।
अपुताली परेको मानिने ः
कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिनेछ ।
हकवालाले अपुताली पाउने ः
कुनै व्यक्तिको अपुताली खुला भएमा निजको नजिकको हकवालाले त्यस्तो अपुताली पाउनेछ । अपुताली पाउने हकवालाको प्राथमिकताक्रम ः
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा, छोरी, विधवा बुहारी,
(ग) सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा छोरी तर्फका नाति, नातिनी, नातिनी बुहारी,
(घ) भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा,
(ङ) भिन्न भएका छोरातर्फका नाति, नातिनी,
(च) भिन्न भएका बाजे, बज्यै,
(छ) सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी
(ज) सगोलका काका, काकी, भतिजा, भतिजी,
(झ) भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी ।
एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएमा निजहरू सबैले समानरूपमा अपुताली पाउनेछन् ।
टाढाको हकवालाले अपुताली पाउने ः
कुनै व्यक्ति नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउनेछ ।
स्याहारसम्भार गर्ने हकवालाले अपुताली पाउने ः
कुनै व्यक्तिलाई नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहारसम्भार गर्ने हकवालाले पाउनेछ ।
भिन्न भएको हकवालाले अपुताली पाउने ः
सगोलको हकवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामा मृत्यु भएमा निजको अपुताली त्यस्ता भिन्न भएका हकवालाले पाउनेछ ।
स्याहार सम्भार गर्ने व्यक्तिले अपुताली पाउने ः
मृतकको स्याहार सम्भार हकवालाले नगरी अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यसरी स्याहार सम्भार गर्ने व्यक्तिले पाउनेछ ।
अपुताली स्वीकार गर्न कर नलाग्ने ः
कुनै पनि व्यक्तिलाई अपुताली स्वीकार गर्न कर लाग्ने छैन । तर निजले मृतकको रीत, परम्परा अनुसार सद्गत गर्नु पर्नेछ ।
अपुताली नपाउने ः
कसैले कुनै रिस इबि वा अपुताली पाउने वद्नियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउनेका हकवालाले मृतक वा निजको हकवालाको अपुताली पाउने छैन । अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकार ः
(१) अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) मृतकको रीत परम्परा अनुसार सद्गत तथा किरिया गर्नु वा गराउनु पर्ने,
(ख) मृतकले लिएको ऋण साहूलाई भुक्तानी गर्नु पर्ने,
(ग) मृतकले दिएको ऋण तथा लगानी गरेको सम्पत्ति माथि निजको अधिकार हुने
साहूले ऋण भराई लिन सक्ने ः
कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका साहू भएमा त्यस्ता साहूले अपुताली पाउनेबाट ऋण तथा दायित्व भराई लिन सक्नेछ ।
अपुतालीको सम्पत्ति स्थानीय तहको हुने ः
कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सदगत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहू भए साहूको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित थानीय तहको हुनेछ ।
नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्तिको अपुताली ः
नेपालभित्र मृत्यु भएको कुनै विदेशीको नेपालभित्र कोही हकवाला रहेनछ तर सम्पत्ति रहेछ भने निजको सद्गत गर्ने वा हरहिसाब राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त नजिकको स्थानीय तहलाई दिनु पर्नेछ ।
अपताली सम्बन्धी मुद्दा दायर गर्ने हदम्याद ?
अपुताली खुला भएको मितिले तीन वर्षभित्र नालिस गर्न सकिनेछ ।
( अधिक जानकारी चाहिएमा अधिवक्ता बिसान्त शाक्यसंग सम्पर्क गर्नुकोलागी उहाँको मो. नं ९८४३१०१५२४ ) इमेल ः bisant.shakya@gmail.com

यस्ताे छ घर बहालमा राख्ने र हटाउने सम्बन्धि नेपालको कानूनी व्यवस्था

Main News
अधिवक्ता बिसान्त शाक्य
घर बहाल सम्बन्धी व्यवस्था
धेरै जस्तो मानिसहरुले आफ्नो घर अरु मानिसलाई बहालमा दिने गरिन्छ । घर बहालमा लिदा दिदा विभिन्न शर्तहरुको अधिनमा रही सम्झौता गरिन्छ र त्यसपछि त्यहाँ घरधनी र बहालवालाको दायित्व र अधिकारहरु को सृजना हुन्छ ।
मुलुकी देवानी संहिता २०७४ ले घर बहाल सम्बन्धी विभिन्न प्रकारका व्यवस्थाहरु गरेको छ जसमा कस्तो अवस्थाहरुमा घर बहालमा दिन सक्ने र कस्तो अवस्थामा घर बहालको प्रयोजनको अन्त्य हुने भनि उल्लेख गरेको छ । कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ ।
असुरक्षित घर बहालमा दिन, लिन नहुने ः
कसैले पनि मानव बसोबास गर्नको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन ।
घर बहालको अवधि ः
घर बहालको अवधि पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ ।
तर घर बहालको अवधि समाप्त भएपछि घर बहालमा लिने दिने व्यक्तिहरूको सहमतिमा त्यस्तो अवधि पटक पटक थप गर्न सकिनेछ ।
घरधनीको दायित्व ः
घर बहालमा दिने घरधनीको दायित्व देहाय बमोजिम हुनेछ ः–
(क) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनु पर्ने,
(ख) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने,
(ग) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्ने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालना गर्ने ।
बहालमा लिने व्यक्तिको दायित्व ः
बहालमा लिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ ः–
(क) निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने,
(ख) बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने,
(ग) आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने ।
बहाल बुझाउने तरिका र प्रक्रिया ः
बहालमा लिने व्यक्तिले सम्झौतामा लेखिएको तरिका र प्रक्रिया बमोजिम घरधनीलाई बहाल बुझाउनु पर्नेछ ।
यदि सम्झौतामा कुनै तरिका र प्रक्रिया उल्लेख नभएकोमा बहालमा लिने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र घरधनीलाई बहाल बुझाउनु पर्नेछ । सो बहाल बुझाउँदा चेक वा नगदै रूपमा बुझाउन सकिनेछ । घरधनीले नगदै बहाल बुझेकोमा त्यसको भरपाई गरी बहाल बुझाउने व्यक्तिलाई दिनु पर्नेछ ।
कर तथा अन्य दस्तुर बुझाउने दायित्व ः
सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ ।
घरको बीमा गराउनु पर्ने ः
औद्योगिक वा व्यावसायिक प्रयोजनको लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाको लागि घरको बीमा गराउनु पर्नेछ । बहालमा लिएको घरको मर्मत तथा सम्भार ः
सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्ने दायित्व बहालमा लिने व्यक्तिको हुनेछ ।
स्वीकृति बिना संरचना हेरफेर गर्न नहुने ः
सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक घर बहालमा लिने व्यक्तिले घर धनीको लिखित स्वीकृति बिना बहालमा लिएको घरको कुनै संरचना भत्काउन, हटाउन, बिगार्न वा घरमा कुनै भाग थप गर्न वा अन्य कुनै किसिमले हेरफेर गर्न पाउने छैन । यदि त्यस्तो कुनै काम गरी बहालमा लिएको व्यक्तिले घरधनीलाई कुनै नोक्सानी पु¥याएमा घरधनीले बहालमा बस्ने व्यक्तिबाट आफूलाई परेको नोक्सानीको क्षतिपूर्ति भराई लिन पाउनेछ ।
बहालमा लिएको घर छाड्न सक्ने ः
बहालमा लिने व्यक्तिले देहायका कुनै अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमा लिएको घर छाड्न सक्नेछ ः–
(क) घरधनीले आफ्नो दायित्व पूरा नगरेमा,
(ख) जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो कामको लागि निजलाई घर नचाहिने
भएमा तर सो को जानकारी कम्तीमा पैँतीस दिन अगावै घरधनीलाई लिखित रूपमा सूचना दिनु पर्नेछ ।
(ग) घरधनीले सम्झौता विपरीत कुनै काम गरेमा ।
बहालमा लिने व्यक्तिलाई हटाउन सक्ने ः
देहायका कुनै अवस्थामा घरधनीले बहालमा लिने व्यक्तिलाई घरबाट हटाउन सक्नेछ ः–
(क) बहालमा बस्ने व्यक्तिले आफ्नो दायित्व पूरा नगरेमा,
(ख) बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध गरेको कसूरजन्य कुनै क्रियाकलाप गरेमा,
(ग) घर धनी आफैँलाई घर आवश्यक भएमा, तर घरधनीले कम्तीमा पैँतीस दिनको अग्रिम लिखित सूचना दिनु पर्नेछ ।
(घ) घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा,
(ङ) प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा,
(च) घर बहालको अवधि समाप्त भएमा,
(छ) बहालमा बस्ने व्यक्तिले सम्झौता विपरीत कुनै काम गरेमा,
घर बहाल सम्बन्धी मुद्दा दायर गर्ने हदम्याद ?
काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम भए गरेको मितिले ६ महिना भित्र नालिस गर्न सक्नेछ ।
( अधिक जानकारी चाहिएमा अधिवक्ता बिसान्त शाक्यसंग सम्पर्क गर्नुकोलागी उहाँको मो. नं ९८४३१०१५२४ ) इमेल ः bisant.shakya@gmail.com

मोही लागेको जग्गा भनेकाे के हाे र जग्गा बाँडफाँड कसरी गरिन्छ ?

कानुन सम्बन्घि जानकारी
अधिवक्ता बिसान्त शाक्य
मोही ः
भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नोे वा आफ्नोे परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ ।
मोहीको हक प्राप्त हुने अवस्थाः
कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा मोहीको हक प्राप्त हुनेछ । कसैले कुनै जग्गावालाको जग्गा कुनै शर्तमा कमाए बापत त्यस्तो व्यक्तिलाई सो जग्गामा मोहियानी हक प्राप्त हुने छैन । कस्ता व्यक्तिहरुले मोहीको हक प्राप्त गर्न नसक्ने ? देहायका व्यक्तिहरु मोही हुन नसक्ने
(क) घरवारीको जग्गा कमाउने व्यक्ति, वा
(ख) गैर नेपाली नागरिक, वा
(ग) नेपाल सरकारको स्वामित्व भएको जग्गा कमाउने व्यक्ति, वा
(घ) औद्योगिक व्यवसायको निमित्त नेपाल सरकारले तोकिदिएको जग्गा कमाउने व्यक्ति ।
मोहीको हक र दायित्व ः मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाती, नातिनी, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ ।
मोहीले कमाई रहेको जग्गा नरबेसी भै वा खोलाले छाडी बढी हुन आए त्यस्तो बढमा अन्य दफाहरूको अधिनमा रही मोहीको हक निजलाई प्राप्त हुनेछ । मोहीले सम्बन्धित जग्गाको खेतीको लागि आवश्यक आली धुरी, बार, पर्खाल, ढल, पुल, कुलो, इनार जस्ता कच्ची पक्की चीजहरू र कुरुवा छाप्रो समेत बनाउन हुन्छ । तर खेतीलाई आवश्यक नभएको घर इत्यादि जग्गावालाको मन्जूरी नलिई बनाउन हुँदैन ।
मोहीले कमाई आएको कुनै जग्गामा यस ऐन बमोजिम निजको मोहीयानी हक टुट्ने भएमा निजले सो जग्गामा जोडेको अचल सम्पत्ति बाहेक अरू सम्पत्ति निजको सो जग्गामा हक टुटेको ३० दिनभित्र हटाउन पाउनेछ । तर गाउँपालिका वा नगरपालिकाले तोकेको बिगो जग्गावालाले मोहीलाई दिन्छ भने जग्गाको स्थायी उन्नत्तिको निमित्ति बनेको कुनै चीज वस्तु हक टुट्ने भएको जग्गाबाट हटाउन पाउने छैन । मनासिव टुटफुट वा दैवी परी वा मोहीको सामथ्र्यभन्दा बाहिरको कारणबाट हेरफेर भएकोमा बाहेक मोहीले जग्गा छोड्दा निजले जग्गा कमाउन लिंदाको अवस्थाभन्दा बिगे्रको अवस्थामा जग्गा छोड्न हुँदैन । जग्गावाला र मोहीको बीच उब्जनी बालीको बाँडफाँड हुनु अगावै आगामी वर्षको लागि चाहिने बीउ मोहीले कटाई लिन पाउनेछ । यस प्रकार कटाइएको बीउ वापत जग्गावालले मोहीसंग व्याज लिन पाउनेछैन । जग्गावालाले आफ्नोे कुनै जग्गा बेच बिखन, दान दातव्य वा अंश बण्डा गर्दा सो सम्बन्धी लिखतमा मोहीको नाम, थर, वतन र मोहीसंग भएको शर्त कबुलियतको उल्लेख गर्नुको साथै त्यस्तो शर्त कबुलियतको लिखत भए सो लिखतको प्रमाणित नक्कल पनि त्यस्तो लिखतसाथ नत्थी गर्नुपर्छ ।
कुनै जग्गा बेचबिखन, दान दातव्य वा अंश बण्डा भएकोमा सो सम्बन्धी लिखत भएको १५ दिन भित्र जग्गावालाले जुन व्यक्तिलाई सो जग्गा बेचबिखन, दान दातव्य वा अंश बण्डा गरी दिएको हो सो व्यक्तिको नाम, थर वतन खुलाई मोही र गाउँपालिका वा नगरपालिकालाई सो कुराको सूचना दिनुपर्छ ।
जग्गावाला र मोहीले संयुक्त निवेदन दिन सक्नेः
मोही लागेको जग्गाका जग्गावाला र मोही दुवैजनाले आपसी सहमतिद्वारा मोही लागेको जग्गा बाँडफाँड गरी लिन दिन चाहेमा वा त्यसरी आफूले लिन मञ्जुर गरेको जग्गा वापतको प्रचलित दरभाउले हुने मूल्य बराबरको रकम लिई जग्गावाला वा मोही मध्ये कसैलाई पूरै जग्गा छाडी मोही लगत कट्टा गर्न चाहेमा सो कुराको सम्पूर्ण विवरण खुलाई आफूसंग भएको प्रमाणहरू संलग्न गरी तोकिएको अधिकारी समक्ष संयुक्त निवेदन दिनु पर्नेछ ।
मोहीयानी हकको समाप्ति हुने अवस्थाहरु ः
(१) दैवी परी वाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजूर दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्कासन गर्ने आदेश दिन सक्नेछ ।
(२) देहायको कुनै अवस्था परी जग्गावालाले निवेदन दिएमा जिल्ला अदालतले मोहीलाई जग्गाबाट निष्कासन गर्ने आदेश जारी गर्न सक्नेछः–
(क) जानी बुझी जग्गाको मोल वा उब्जा घट्ने गरी कुनै काम गरेको वा मनासिव रेखदेख नपु¥याएको कारणले जग्गाको मोल वा उब्जा घटेमा, वा
(ख) आफ्नोे काबू भन्दा बाहिरको परिस्थितिमा बाहेक १ वर्षसम्म खेती नगरेमा वा खेतीमा हेलचक्र्याइँ गरेमा ।
जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हदः
कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले नेपालमा जम्मा १० बिगहामा नबढ्ने गरी देहायको क्षेत्रमा देहायको हदसम्म मात्र जग्गा राख्न पाउनेछः
(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा– १० बिगहा ।
(ख) काठमाडौं उपत्यकामा– २५ रोपनी ।
(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा– ७० रोपनी । तर कुनै व्यक्ति वा निजको परिवारले देहायमा लेखिएको हदमा नबढ्ने गरी घरबारीको निमित्त आवश्यक भएजति थप गरी राख्न सक्नेछः
(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा– १ बिगहा ।
(ख) काठमाडौं उपत्यकामा– ५ रोपनी ।
(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा– ५ रोपनी ।
मोहीको हैसियतले कमाउन पाउने जग्गाको अधिकतम हदः कुनै व्यक्ति वा निजको परिवारले मोहीको हैसियतले देहायको हदसम्म मात्र जग्गा कमाउन पाउनेछः–
(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा – ४ बिगाहा ।
(ख) काठमाडौं उपत्यकामा – १० रोपनी ।
(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा – २० रोपनी । तर कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले कुनै जग्गा राखेको भए सो समेत गरी तोकिएको अधिकतम हदमा नपुग जग्गासम्म मोहीको हैसियतले कमाउन पाउनेछ ।
जग्गा प्राप्त गर्नमा प्रतिबन्ध ः
अंश वा अपुताली परेकोमा बाहेक कसैले जग्गावालको हैसियतले तोकिएको अधिकतम हदमा बढ्ने गरी आफ्नोे वा अरू कसैको नाउँमा कुनै तवरले कुनै जग्गा प्राप्त गर्न हुँदैन । कसैले कुनै तवरले जग्गा लिई रजिष्टे«शन पास गर्न आएमा सो जग्गा लिने व्यक्तिले आफ्नोे वा अरू कसैको नाउँबाट नेपालभित्र जग्गावालाको हैसियतले तत्काल राखेको जग्गाको कूल क्षेत्रफल यति छ भनी फाँटवारी लेखी रजिष्टे«शन गर्ने अधिकारी छेउ दाखिल नगरेसम्म त्यस्तो लेनदेनको लिखित पास हुने छैन ।
कसैले माथि उल्लेख भए बमोजिम दाखिल भएको फाँटवारीबाट अधिकतम हुन जाने गरी लिएको जग्गा वा लिन खोजेको देखिएमा रजिष्टे«शन पास गर्ने अड्डाले त्यस्तो लेनदेनको लिखित पास गर्न हुँदैन । दण्ड सजायः
कुनै मोहिले कसैले अंश वा अपुताली परेकोमा बाहेक सो दफामा तोकिएको अधिकतम हदमा बढ्ने गरी मोहीको हैसियतले कुनै जग्गा कमाउन लिनु हुँदैन । लिएमा निजलाई तोकिएको अधिकारीको आदेशले रु.५००।– पाँचसयसम्म जरिवाना हुनेछ र त्यस्तो अधिकतम हद भन्दा बढी कमाए जति जग्गाबाट निष्कासन समेत गरिनेछ ।
तर भूमि सम्बन्धी ऐन प्रारम्भ हुुनुभन्दा अघि देखि नै अधिकतम हदभन्दा बढी जग्गा कमाईराखेको रहेछ भने त्यस्तो बढ जग्गा जतिको मोहीयानी हक र अंश वा अपुताली परी उक्त अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त हुन आएमा त्यस्तो बढी जग्गा जतिको मोहीयानी हक समेत नेपाल सरकारले तोकिए बमोजिम प्राप्त गरी तोकिए बमोजिम विक्री वितरण गर्नेछ । कुनै खास क्षेत्रको जग्गाको सम्बन्धमा त्यसको मोहीयानी हक प्राप्त गरिएकोमा त्यसको क्षतिपूर्ति सम्बन्धित मोहीलाई दिनुपर्छ भन्ने नेपाल सरकारलाई लागेमा तोकिएको दरले क्षतिपूर्ति दिने दिलाउने व्यवस्था समेत नेपाल सरकारले गर्न गराउन सक्नेछ । कुनै जग्गावालाले अधिकतम जग्गा प्राप्त गरेमा निजलाई तोकिएको अधिकारीको आदेशले रु.१०००।– एकहजार सम्म जरिवाना हुनेछ र त्यसरी प्राप्त गरेको जग्गामध्ये निजले राख्न पाउने हदभन्दा बढी भए जति जग्गा जफत हुनेछ ।
( अधिक जानकारी चाहिएमा अधिवक्ता बिसान्त शाक्यसंग सम्पर्क गर्नुकोलागी उहाँको मो. नं ९८४३१०१५२४ ) इमेल ः bisant.shakya@gmail.com

चेक अनादर (बाउन्स) अवस्थामा अवलम्वन गर्न सकिने कानूनी बाटोहरु

कानुन सम्बन्घि जानकारी
अधिवक्ता बिसान्त शाक्य
पैसा अथवा नगदको सुरक्षित र प्रभावकारी बैकल्पिक उपायको रुपमा प्रयोग गरिने एक माध्यम चेक हो । व्यापार व्यवसाय कारोबारमा चेकले धेरै ठूलो भूमिका खेलेको छ । कुनै भुक्तानीको लागि एउटा सुरक्षित बाटो भनेको चेक हो । सामान्य अर्थमा चेक भन्नाले बैकमा खाता खोलेर जम्मा गरेको रकम झिक्ने कागजात अथवा पुर्जा बुझिन्छ । तर, त्यतिले मात्रै चेकलाई परिभाषित गर्दा पर्याप्त हुँदैन ।
चेक भनेको के हो ?
विनिमय अधिकारपत्र ऐन, २०३४ ले चेक भन्नाले माग्नासाथ भुक्तानी दिनू भनी कुनै बैक उपर खिचिएको विनिमेय पत्रलाई मानेको छ । विनिमेय पत्र भन्नाले फलानो मितिमा, यति अवधिपछि, मागेका बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्ति, निजले अह्राएकोलाई अथवा सो पत्र लिई आउनेलाई यति रुपैयाँ दिनू भनी एकले अर्कोलाई विना शर्त निर्देश गरी दस्तखत गरिएको लिखत सम्झनुपर्छ । चेक एउटा विनिमयपत्र हो । यसलाई सामान्य अर्थमा लेखिएको व्यक्तिलाई यति रुपैयाँ भुक्तानी दिनू भनी कुनै एक व्यक्तिले बैक उपर खिचेको एउटा विनिमयपत्रका रूपमा बुझ्न सकिन्छ । चेक बंैकलाई रकम भुक्तानी दिने लिखित आदेश हो यो विना शर्त हुनुपर्छ ।
चेकसँग संलग्न पक्षहरु ?
साधारणतया एउटा चेकमा चेक खिच्ने (ड्रयर), चेकको भुक्तानी दिने (ड्रयी), चेकको भुक्तानी लिने (पेयी) गरी तीनओटा पक्षहरु रहन्छन् ।
पछिल्ला दिनमा व्यापार–व्यवसाय एवम् लेनदेनमा समेत चेकको प्रयोग व्यापक बन्दै गएको छ । भौतिक रूपमा रुपैयाँ–पैसाको कारोबार गर्दा सुरक्षा जोखीमसमेत हुने भएकाले चेकको प्रयोगमा व्यापकता आएको हो । चेकको प्रयोगमा व्यापकता आउनुमा सर्वसाधारणको बैक तथा वित्तीय संस्थामा सहज पहुँच हुनु पनि हो । जुन रूपमा चेकको प्रयोग बढेको छ, त्यसै अनुपातमा चेकको माध्यमबाट हुने ठगीका घटना पनि बढेका छन् । नेपालको सन्दर्भमा पर्याप्त निक्षेप नभएका कारण चेकबाट भुक्तानी नपाएपछि त्यस्ता उजुरी लिएर विभिन्न निकायमा धाउनेको संख्या पनि प्रशस्तै देखिन थालेको छ । अनधिकृत ढुकुटीको कारोबार, घरजग्गा कारोबारमा आएको मन्दी, पछिल्ला वर्षहरूमा शेयर कारोबारमा आएको गिरावटजस्ता कारणले पनि चेक अनादर (बाउन्स) को घटना बढ्नुमा थप मद्दत पुगेको छ ।
चेक अनादर (बाउन्स) भनेको के हो ?
स्वीकृतिको लागि प्रस्तुत गरिएको चेक गर्नुपर्ने ड्रयीले स्वीकार नगरेमा वा कुनै शर्तमा मात्र स्वकिार गर्न मञ्जुर गरेमा चेक अनादर भएको मानिनेछ । जब आफूले प्राप्त गरेको चेक लिएर रकम निकाल्न बैक पुग्दा रकम नभएको जानकारी बैंकले दिन्छ त्यसलाई चेक अनादर भनिन्छ ।
चेक अनादरको अवस्थामा अवलम्वन गर्न सकिने बाटोहरु ?
यस्तो अवस्था सृजना हुँदा २ ओटा बाटो अवलम्वन गर्न सकिने व्यवस्था छ । पहिलो प्रहरीमा गएर उजुरी दिने, प्रहरीले यो विषय मुलुकी ऐन ठगीको महल अन्तर्गतको कसुर हो भनी ठगीमा कारबाही अगाडि बढाउने गरिन्थ्यो र उसले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा चलाइथ्यो । यो ऐन अन्तर्गत मुद्दा चलाउँदा फौजदारी मुद्दाको रुपमा चल्ने गरिन्छ । दोस्रो विनिमय अधिकारपत्र ऐन, २०३४ बमोजिम चेक अनादर मुद्दा लिएर सम्बन्धित व्यक्ति जिल्ला अदालत जाने गरिन्थ्यो । विनिमेय अधिकारपत्र ऐन, २०३४ ले खातावालाको पर्याप्त निक्षेप भएको अवस्थामा प्रस्तुत चेक रीतपूर्वक छ भने त्यस्तो चेकको भुक्तानी दिने दायित्व बैकको हुन्छ । त्यस्तो चेकको भुक्तानी बैकले नदिएबाट ड्रअर वा धारकलाई कुनै हानिनोक्सानी भएमा बैकले त्यसको क्षतिपूर्ति दिनुपर्छ ।
बैकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैक समक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएका कारण बैकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई ३ महीनासम्म कैद, ३ हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुने सक्ने प्रावधान छ ।
कुन बाटो उपयुक्त हुने ?
चेक अनादरसम्बन्धी विवादका लागि हालै सर्वोच्च अदालतले गण्ेश बहादुर रावल वि. निर्मला सोदरी को फैसलाबाट चेक वाउन्सका मुद्दाहरु विनिमेय अधिकारपत्र ऐन, २०३४ अन्तर्गत चल्ने व्यवस्था गरेको छ । यो ऐन बाट मुद्दा चलाउँदा पिडितले क्षतिपूर्ति पनि पाउने व्यवस्था छ जब कि बैकिङ कसुर तथा सजाय ऐन, २०६४ मा त्यस्तो कुनै व्यवस्था गरेको पाइदैन । मुलुकी ऐनले विषयविषयमा छुट्टाछुट्टै बनेका कानूनमा लेखिएजतिमा सोही कानून बमोजिम हुने र विषयविषयमा छुट्टाछुट्टै कानून नभएकोमा मात्र मुलुकी ऐनबमोजिम हुने प्रावधान छ । त्यसैले, विनिमय अधिकारपत्र ऐन, २०३४ छुट्टै कानून भएकाले यो मुलुकी ऐनअन्तर्गतको ठगीको कसुरमा कारबाही हुने विषय होइन ।
त्यसैगरी बैकिङ कसुर तथा सजाय ऐन २०६४ ले आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिने वा दिने कार्यलाई बैकिङ कसुर मानेको छ । बैकिङ कसुर तथा सजाय ऐन २०६४ ले बैंकले भुक्तानी दिन नमिल्ने अवस्थामा पनि भुक्तानी दिएमा सजाय हुने व्यवस्था गरेको देखिन्छ ।
चेक अनादरमा रकम भुक्तानी गर्ने कार्य भएको हुँदैन । त्यसैले, चेक अनादरको विषय बैकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कारबाही गर्ने प्रक्रिया पनि उपयुक्त होइन । सबैभन्दा उपयुक्त उपचारको बाटो भनेको विनिमेय अधिकारपत्र ऐन, २०३४ ले निर्धारण गरेको कानूनी प्रक्रियाअनुसार चेक अनादर मुद्दा लिएर ऐनले तोकेको जिल्ला अदालतबाट कानूनी उपचार लिनु नै हो । चेक अनादर (बाउन्स) सम्बन्धी मुद्दा दायर गर्ने हद्म्याद ?
कुनै काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम भए गरेको मितिले ५ वर्षभित्र नालिस गर्न सक्नेछ ।
( अधिक जानकारी चाहिएमा अधिवक्ता बिसान्त शाक्यसंग सम्पर्क गर्नुकोलागी उहाँको मो. नं ९८४३१०१५२४ ) इमेल ः bisant.shakya@gmail.com

गोपनीयता भनेको के हो ? गोपनीयता भंग गरेमा कस्तो सजायको व्यवस्था गरिएको छ ?

कानुन सम्बन्घि जानकारी
गोपनियता विरुद्ध कसुर
अर्काको कुरा सुन्न वा ध्वनी अंकन गर्न नहुने ः
कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बिचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरी विना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अंकन गर्न हुँदैन ।
माथि उल्लेखित कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । तर सार्वजनिक रुपमा गरिएको भाषण वा वक्तव्यको हकमा कुनै कसुर गरिएको मानिने छैन ।
गोप्य कुरा प्रकट गर्न नहुने ः
कसैले आफ्रनाे व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानूनले वाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्न हुँदैन ।
माथि उल्लेखित कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसँ सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुने ः
कसैले कुनै व्यक्तिको अनुमति विना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन हुँदैन ।
माथि उल्लेखित बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन ।
त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुने ः
कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमति विना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन ।
माथि उल्लेखित कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसँ म्म जरिबाना वा दुवै सजाय हुनेछ ।
चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने ः
अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमति विना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बिचमा सुन्न वा ध्वनी अंकन गर्न हुँदैन ।
माथि उल्लेखिते कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
विद्युतीय माध्यमद्वारा गोपनीयता भंग गर्न नहुने ः
कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनीयता भंग गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन ।
माथि उल्लेखित कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने ः
(१) कसैले आप्mनो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन ।
माथि उल्लेखित बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुने ः कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले कुनै चिठ्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्क्याउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्न वा गराउन हुँदैन ।
माथि उल्लेखित कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
अरुको शरीर खानतलासी गर्न नहुने ः
कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश वा सुरक्षाको प्रयोजनका लागि खटिएको व्यक्तिले अधिकार प्राप्त अधिकारीको अनुमतिले बाहेक कसैले सम्बन्धित व्यक्तिको स्वीकृति विना अरुको शरीर, सवारी साधन वा निजी प्रयोगका वस्तुहरुको खानतलासी गर्न वा गराउन हुँदैन ।
माथि उल्लेखित बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुने ः
कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेशले बाहेक कसैले अरुको घरमा सम्बन्धित घर धनीको स्वीकृति विना अनधिकृत रुपमा प्रवेश गर्न, घर धनी वा निजको परिवारको गोप्यता भंग गर्न वा त्यस्तो घरको खानतलासी गर्न वा गराउन हुँदैन ।
घर भन्नाले कुनै व्यक्तिले बसोबास गरेको घर, निवास, आवास, कोठा र सो शब्दले त्यस्तो व्यक्तिले रात विताउने गरी बसेको होटेल कोठा, शिविर र पाल समेतलाई जनाउँछ ।
माथि उल्लेखित कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसँ म्म जरिबाना वा दुवै सजाय हुनेछ ।
क्षतिपूर्ति भराई दिनु पर्ने ः
यदि माथि उल्लेखित कुनै कसूर गरी कसैले कुनै लाभ प्राप्त गरेको वा कसैलाई कुनै किसिमको हानि, नोक्सानी, हैरानी वा क्षति पु¥याएको रहेछ भने कसूरबाट त्यस्तो लाभ, हानि, नोक्सानी, हैरानी वा क्षतिको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।
गेपनियता बिरुद्ध सम्बन्धी कसुर सम्बन्धी मुद्दा हाल्ने हदम्याद ः
कुनै कसूर भए गरेको मितिले तीन महिना भित्र उजुर गर्नु पर्नेछ ।
( अधिक जानकारी चाहिएमा अधिवक्ता बिसान्त शाक्यसंग सम्पर्क गर्नुकोलागी उहाँको मो. नं ९८४३१०१५२४ ) इमेल ः bisant.shakya@gmail.com

राजसंस्थाView All

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]

राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने

कोरोना संक्ररमण उपत्यकामा तिब्ररूपमा बढ्रदै गएकाेलाइ मध्यनजर गरिबक्सँदै राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगरिबक्सने भएकाे छ । अाज संम्बाद […]

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ । मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना […]

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ । आज मौसुफबाट जारी एक बिज्ञप्तिमा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सदै उक्त कुरा बताईबक्सँदै निरन्तर साधनारत […]

बाैध्द-गतिविधिView All

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा बिहार भवन निर्माण सुरु

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा े बिहार भवन निर्माण सुरु भएको छ । हिजो १३ गते विहीबारका दिन शुभ मूहर्तमा भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएकोछ । शिलान्यासमा बौद्ध […]

पुज्यपाद भिक्षु मैत्री महास्थविर लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, एसियाली बौद्ध सम्मेलनका लागि नेपाल (एबीसीपी) नेपालका संस्थापक अध्यक्ष, पुज्यपाद भिक्षु मैत्री महास्थविरलाई नेपाल सरकारले लुम्बिनी बिकास कोषको आध्यात्मिक सल्लाहकारमा नियुक्त गरिएको छ । संस्कृति, […]

म्यानमारकाे शासनधज धम्माचरिय उपाधि परीक्षामा चार जना नेपाली भिक्षु तथा अनगारीकाहरू सफल

म्यानमारकाे अत्यन्तै प्रतिष्ठित तथा उच्च तह शासनधज “धम्माचरिय” ( धर्म आचार्य) उपाधी परिक्षामा चारजना नेपाली भिक्षु तथा अनगारीकाहरू उत्तिर्ण हुन सफल भएका छन् । सन् २०२० काे म्यानमारकाे शासनधज धम्माचरिय […]

हस्तलेखनबाट निर्बाण प्राप्त गर्ने तरिका सिकाउँदै भिक्षु मंगल महास्थविर

शाक्यमुनी बुद्धले उपदेश गर्नु भएको जन्म, जरा ब्याधी दुखबाट मुक्त हुने निर्बाण सुखलाई हस्तलेखनबाट पनि प्राप्त गर्न सकिन्छ भन्दै यसको प्रचारमा लाग्नु भएको छ करुणामैत्री विहारका प्रमुख भिक्षु मंगल महास्थविर […]

राजनीतिView All

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन्। कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका […]

आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाेः राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव

राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना […]
/ राजनीति

प्रदेश सांसद शोभा शाक्यले भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला

साझा पार्टीको तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने जनाएकी छन्।सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्। ‘कोभिड […]

पुज्यपाद धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा

श्रद्धेय धम्मवती गुरुमाबाट आर्शिवाद लिन नवनियुक्त शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ धर्मकिर्ति विहारमा भएकाे छ र श्रद्धेय धम्मवती गुरुमाबाट नवनियुक्त शहरी बिकास मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठजुलाई आशिर्वाद दिनु […]

सामाजिकView All

/ सामाजिक

चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने वाच डे २०२० मनाए

उपत्यका सहित नेपालमा रहेका चीभाः र चैत्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने योजना सहित स्थापित चीभाः चैत्य संस्थाबाट गत शनिवार वाच डे २०२० मनाएका छन् । हन । वल्ड मोनुमेन्ट्स […]
/ सामाजिक

नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न

बुद्ध शान्त पार्क निर्माण समितिको आयोजनामा अनलाइनको माध्यमबाट नेपालभाषा र नेपाली भाषाका भजन प्रतिभा खोज्ने बुद्ध शान्त पार्क अनलाइन ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । बौद्ध भजनको माध्यमबाट नयाँ प्रतिभा […]
/ सामाजिक

मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाढी पहिरो पिडित खाद्यान्न लगायतका सामाग्री वितरण

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल […]
/ सामाजिक

अनला वा अधिकमास एक महिनामा हुने मच्छेनारायण काे मेला काेराेना संक्रमणकले याे साल नहुने

चन्द्रमास अनुसार वर्षकाे ३५४ दिन र सौरमास अनुसार ३६५ दिन हुन्छ । याे गिन्ति अनुसार सौरमासमा वर्षकाे ११ दिन बढी हुन्छ भने प्रत्येक साढे दुई बर्ष पुग नपुग हुँदा एक […]
Go to Top