Support Buddhavani Saptahik by promoting your company's product. Contact 9866429659/9841379528 for more detail

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

बौद्ध शिक्षामा चार ब्रम्हविहार

/ बुध्दबाणी
भगवान् बुद्धको धर्म संस्कृति कस्तो थियो त भनी विचार गर्दा यसमा चार कुराहरू स्पष्ट रुपमा देखिन आएका छन् । भगवान् बुद्धले जसरी सबै प्राणीप्रति दया र करुणा देखाएर आफुले प्राप्त गरेको परमशान्ति सुख निर्वाणलाई गाउँ गाउँमा बाँड्दै हिंड्नुभयो । त्यसैगरी सबैले सबै प्राणीप्रति
१) मैत्री, २) करुणा, ३) मुदिता र ४) उपेक्षाको भावना राखेर बस्नु पर्दछ भन्दै यसैमा सुख र शान्ति छ भन्ने कुराको सन्देश पनि सबैलाई दिनु भएको छ । यसैलाई बौद्ध शिक्षामा चार ब्रम्हविहार पनि भनिन्छ । चार ब्रम्हविहारको यसरी व्याख्या गरिएको छ ः–
मैत्री ब्रह्मविहार ः
मैत्री भन्नाले सबै प्राणीप्रति मित्रताको भावना राख्नु हो, अर्थात् कसैलाई पनि आफ्नो पराई सम्झेर काखापाखा नगर्नु अथवा कसैलाई पनि पराई नसम्झनु हो । सबैलाई आफ्नै परिवार सरह सम्झनु सबैसँग समान तरिकाले व्यवहार गर्नु र सबैको समान तरिकाले नै रक्षा गर्नु हो । भगवान बुद्ध भन्नु हुन्छ ः– “हामीहरू यो संसारमा सुखपूवर्क निश्चय पनि बाँच्न सक्छौं, वैरभाव राख्ने मानिसमा पनि अवैरको भावना गरेर” । फेरी तथागत भन्नुहुन्छ ः यसको लागि सहनशीलताको खाँचो छ । यसरी मानिसले सबैप्रति मैत्रीभाव राखेर विहार गर्दा कसैप्रति पनि शत्रुताको भाव रहँदैन र सबैसित एकै साथ मिलेर बसी सुखपूर्वक बाँच्न सकिन्छ ।
करुणा ब्रह्मविहार ः
अरुको दुःखमा दुखित हुनु, दुःखमा साथ दिनु, सहयोग गर्नु, दुःख हटाउन मद्दत गर्नु, करुणाको भावना हो । मानिसमा करुणाको भावना आउनासाथ ऊ आनन्दित हुन्छ । उसको चित्तमा शान्ति आउँछ । यो अनुभव गर्ने कुरा पनि हो, जब–जब हामीहरू अरुको दुःख निवारण गर्न सक्षम हुन्छौ, हामीलाई तुरुन्त सुखको अनुभव हुन्छ । यसरी मनमा करुणाको भावना जगाउनाले र शरीर, मन र वचनलाई परहिततिर अग्रसर गरी भोकालाई खाना, गरीबलाई धन, रोगीलाई औषधी, नाङ्गालाई कपडा, अशिक्षितलाई ज्ञान दिन सक्यौं भने हामीहरूलाई आप्mसे आफ आनन्दको अनुभूति हुन्छ । जसको कारणले गर्दा आप्mनो र अरुको पनि कल्याण हुन जान्छ । यसरी आफ्नो र पर हितमा ध्यान दिई मन, बचन र कर्मलाई सबै प्राणीप्रति दया करुणाले युक्त भएको कार्यमा लगाई राख्नु नै करुणा ब्रह्मविहारको अभ्यास हो ।
मुदिता ब्रह्मविहार ः
अरुको सफलतामा अरुको उन्नतीमा आफूलाई पनि खुसी र प्रसन्न बनाउन सक्नु मुदिताको भावना हो । मनमा इष्र्या पाल्नाले आफैलाई जलाउँछ र पिडा दिन्छ । जस्ले अरुको उन्नतीमा आफुलाई प्रसन्न राख्न जानेको छ, अरुको दुःखमा दुखित हुनु, दुःखमा साथ दिनु, सहयोग गर्नु, दुःख हटाउन मद्दत गर्नु, करुणाको भावना हो । मानिसमा करुणाको भावना आउँना साथ ऊ आनन्दित हुन्छ । उसको चित्तमा शान्ति आउँछ । यो अनुभव गर्ने कुरा पनि हो, जब–जब हामीहरु अरुको दुःख निवारण गर्न सक्षम हुन्छौ, हामीलाई तुरुन्त सुखको अनुभव हुन्छ । जस्लाई आप्mनो कर्म र कर्मफलमा विश्वास छ, जस्को अज्ञानता हटिसकेको छ र सम्यक दृष्टि छ ऊ सधैं आनन्दित हुन्छ । साथै उसलाई अरुको सुखमा पनि आफ्नै सुखमा जस्तै नै आनन्द आउँछ । यसै गरि कर्ममा विश्वास गर्ने मानिसले आफूमा भएको दुःखलाई पनि सहन गर्ने क्षमता राखेको हुन्छ । यही नै मुदिता ब्रह्मविहारको अभ्यास हो ।
उपेक्षा ब्रह्मविहार ः
उपेक्षा भावना जीवनलाई सुखमय बनाउने अर्को उपाय हो । चाहे दुःख होस् या सुख, लाभ होस् या हानी, यस होस् या अपयस, निन्दा होस् या प्रसंसा यि आठ लोक धर्ममा चित्तलाई विचलित नगर्नु उपेक्षा भावना हो । बुद्घपुरुषहरूको भनाई छ “आफुले राम्रो काम गर्दै जानुपर्छ र प्राप्त भएर आएका राम्रा र नराम्रा फलहरू जस्तो भए पनि स्वीकार्नु पर्छ” । मानिसलाई सधैंभरी सुख पनि हुँदैन सधै भरी दुःख पनि हुँदैन । यि सबै कुराहरू आउने जाने गर्दछ ।” जन्म भए पछि मृत्यु हुन्छ यसलाई पनि स्वीकार्नु पर्छ । पढे पछि फेल पनि हुन्छ पास पनि हुन्छ यसलाई पनि स्वीकार्नु पर्छ । राम्रो पछि नराम्रो पनि यसैमा छ, यसलाई पनि स्वीकार्नै पर्छ । दिन–रात, घाम– पानी, जन्म–मृत्यु यहि नै प्रकृतिको नियम हो । प्रकृतिको स्वभाव नै विपरित धर्ममा आधारित छ । कसैले पनि प्रकृतिको नियम विपरित, स्वभाव विपरित र धर्म विपरित जाने प्रयास गर्दा दुःख हुन्छ । यस्तो प्रकृतिको यथास्थितिको अवस्था बुझ्न र जान्न सक्नु र त्यही अनुसार हिड्नुमा नै सुख छ । बुद्धकाे संस्कृति भनेको पनि यथार्थवादि संस्कृति हो । यसमा पाप कर्म नगर्ने र धर्मका कामहरू मात्र गर्ने भनेर मात्र पनि पुग्दैन । मुख्य कुरा चित्तशुघ्दी गर्ने कुरामा बढी ध्यान दिनु पर्दछ । अधिकांश मानिसहरूले चित्त शुद्घि कसरी हुन्छ र यसलाई धर्ममा किन यति साह्रै महत्व दिने गरिएको छ भन्ने कुरा बुझेका पनि छैनन् । यसको बारेमा बुझ्न त्यति सजिलो छैन ।
मानिसहरू आत्म शुघ्दी चित्त शुघ्दी र पाप पखाल्ने नाममा तिर्थ, व्रत, नदी स्नान, यज्ञ होमादि कार्यहरू गरिराखेका हुन्छन् । धेरै जसो परम्परागत धर्ममा विश्वास गर्ने मानिसहरू नदी स्नान गर्दा र दान यज्ञ आदि कर्मले मात्र पाप पखालिएर जान्छ भन्ने ठानेका हुन्छन् । तर यसरी पाप पखालिने कुरामा कुनै आधार छैन । यो विश्वास गर्न सकिने र भरपर्दो कुरा पनि होइन । पाप भनेको राग, द्वेष, मोह र अहंकार र घृणाको कारणले उत्पन्न हुने कुरा हो । यी राग, द्वेष, लोभ, ईष्र्या, मोह अथवा मुढताको अवस्था, मान–सम्मानको चाहना र अहंकारहरू जति सबै मनबाट उत्पति हुन्छ अथवा चित्तमा उत्पति हुन्छन् । त्यसपछि मानिसले वचनले, शरीरले, मनले पापकर्महरू गर्न थाल्दछ अर्थात् उसका कायीक वाचीक र मानसिक कार्यहरू दुषित बन्न गई उसको पापकर्मको राशी बढ्न थाल्दछ । त्यसैले पाप कर्मबाट बच्न र पुण्यलाई बढाउन सबभन्दा पहिले मनलाई राग, द्वेष, मोहबाट बचाउनु पर्दछ । यसको लागि त्यागको भावना जगाई सबैप्रति मैत्री करुणा र प्रेमको भावना बढाउनु पर्छ र साथै अन्धविश्वास र अज्ञानतालाई हटाएर सम्यक दृष्टिकोणको विकास गरी पुण्यको संञ्चय गर्ने काममा पनि लागिरहनु पर्दछ ।
`
Tags:

Latest

Flower

यस महामारीबाट सबै प्राणी मुक्त हाेउन भनी सबैले बुद्ध बचन रतनसुत्रको पाठ गर्नु र गराउनु आवश्यक छ

अहिले विश्वभर कोरोना भाइरसको महामारीले मानव समाजलाई दुख दिइरहेको छ । यस भाइसरले लाखौं मानिस पिडित छन् भने हजारौं मानवहरुको ज्यान लिइसकेको छ । यस्तो अवस्थामा विज्ञान यसकोलागी आवश्यक औषधी […]
Flower

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]
Flower

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
Flower

किन भगवान बुद्धले होली पर्वलाई मुर्ख, असंस्कारी (ग्राम्य uncivilized) पर्व भनिए

बालनक्खत उत्सव( घोषक कथा) भगवान बुद्धले होली जस्तो पर्वलाई मुर्ख, असंस्कारी (ग्राम्य uncivilized) पर्व भन्नु भएको छ । किन भगवान बुद्धले होली पर्वलाई यस्तो भनिएको हो भने बुद्धकालीन समयमा श्रावस्तीमा […]
Flower

कम्मठानाचार्य श्रद्धेय प्रज्ञाश्री महास्थविरबाट “ सम्यक दृष्टि”बारे धर्म देशना

कम्मठानाचार्य श्रद्धेय प्रज्ञाश्री महास्थविरबाट धर्म देशना गर्नु भएको छ । आज डिएभी कलेजको बुुद्ध हलमा आयोजना गरिएको धर्म देसना कार्यक्रममा श्रद्धेय भन्तेबाट “ सम्यक दृष्टि”को बारेमा अत्यन्तै सरल सहज भाषामा […]

राजसंस्थाView All

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ आज राजाबाट प्रमुख सचिब पशुपति भक्त महर्जन ज्यूलाई पठाइबक्सेर टिचिंग अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री केपी […]

राजारानी भारत भ्रमणबाट स्वदेश फिर्ति सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर विक्रम शाह देव तथा रानी काेमलराज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फिर्ति सवाारी हाेइबक्सेकाे छ । अाज आइतबार दिउँसो राजारानी भारत […]

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

बाैध्द-गतिविधिView All

बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न अखिल नेपाल भिक्षु महासंघकाे आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह समेत गरिएकाे महासंघका महासचिव भिक्षु काेण्डन्यले बताए । सरकारले कोरोना सर्तकताका लागि […]

भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट “अकुशल कर्म“ विषयमा धर्मदेशना

श्रध्देय भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट कर्मविवपाक र पुनर्भव अन्तर्गत “अकुसल कर्म“विषयमा धर्मदेशना गर्नु भएको छ । युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा भगवान बुद्ध बुद्ध भइसकेपछि सर्वप्रथम कपिलवस्तु नगरमा गमन गर्नु […]

अनगारीका संघबाट कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित बौद्ध स्थूपामा परित्राण पाठ

कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित धार्मिक पवित्रस्थल बौद्ध स्थूपामा परित्राण पाठ गरिएको छ । थेरवाद अन्र्तराष्टिय अनगारीका संघको आयोजनामा हिजो शुक्रवार बौद्ध स्थूपामा अनगारीका गुरुमाँहरुबाट नोबल […]

कोरोना भाइरसले सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति […]

राजनीतिView All

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
/ राजनीति

आवास क्षेत्रमै विधुतीय शवदाहको योजना विरोधमा उत्रिए, स्थानीय

ललितपुरको शंखमूलमा आवास क्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयवासीहरु संघर्षमा उत्रिएका छन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुले सोमबार ललितपुर महानगरपालिका र वडा नं ११ कार्यालयमा घेराउ गरी नाराबाजी […]
/ राजनीति

नेपालकाे पहिचान भनेकाे नै लुम्बिनी हाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई हिजाे बुद्धवार सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन […]

सामाजिकView All

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिए

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका […]
/ सामाजिक

बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट […]
/ सामाजिक

सत्यमोहन लोक साहित्य भवन बनाउन जगकाे शिलान्यास

सत्यमोहन लोक साहित्य भवन बनाउन आज चैत ६ गते विहिवार बखुं बहाल स्थित सत्यमोहन जोशीको घर पुननिर्माणकोलागी जग राख्ने काम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाजु महर्जनको उपस्थितिमा लोक […]
/ सामाजिक

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवस

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवसको उपलक्ष्यमा डा. अनोजा गुरुमांको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम थथुबही , जयकीर्ति महाविहारमा सम्पन्न […]
Go to Top