Support Buddhavani Saptahik by promoting your company's product. Contact 9866429659/9841379528 for more detail

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

न्याखाचोकमा भिक्षु महासंघबाट महापरित्राण पाठ

/ बाैध्द-गतिविधि
ललितपुरको १६ वडा स्थित न्याखाचोकमा महापरित्राण पाठ सम्पन्न भएको छ ।
हिजो शनिवार सबै टोलवासि, ज्ञाति बन्धुहरूको सहित सबै सत्वहरूको सुखशान्ति र निरोगी कामना गरि पुजनीय भिक्षु महासंघबाट “ महापरित्राण पाठ “गराइएको हो ।
न्याखोकबाट बुद्धमूर्तिलाई बाजागाजा सहित विभिन्न टोलहरु परिक्रममा गराई पुन न्याखोकमा नै आएर बुद्धमुर्तिलाई महापत्रिाणको मण्डपमा राखिए पछि श्रद्धेय भिक्षु शीलभद्र महास्थविरबाट पंचशील प्रदान गर्नुभई महापरित्राणपाठको कार्य सुरु भएको थियो । दिनभर नै भएको महापरित्राण पाठमा भिक्षु तपस्सीधम्म महास्थविरबाट बुद्धपुजा गराउनु भएको थियो । महापरित्राण पाठ संयोजक भिक्षु भद्दिय महास्थविरबाट कार्यक्रम सुरु गर्नु भएको थियो ।
न्याखाचोक निवासी बुद्धरत्न शाक्य तथा सपरिवारबाट आयोजना गरिएको महापरित्राणमा, महापरित्राण पाठ कार्यक्रमका संयोजक भिक्षु भद्दीय महास्थविरबाट धर्मदेशना गर्नु भएको थियो । उहाँले धर्मदेशना गर्नुहुँदै भन्नुभयो ः हामीले आफुलाई गरेको गुणलाई हामीले सम्झिने गर्नु पर्दछ । चाहे त्यो आमा बुबाको होस चाहे दाजु भाईको होस वा जसले आफुलाई गुण गरेको छ त्यसलाई सम्झने गर्नु पर्दछ । गुणलाई सम्झिने मात्र हाम्रो घर परिवार, समाजमा शान्ति सुख हुने बताउनु भयो ।
त्यसैगरि उहाँले भन्नुभयो ः रुखमा भएको फल रुखले खाँदैन सारा प्राणीहरुलाई ख्वाउने गर्दछ । तसर्थ रुखले जसरी आफुले नखाएर अरुलाई ख्वाइरहेको छ त्यसरी नै हामीलेपनि अरुलाई उपकार गर्नु पर्दछ भनेर रुखले हामीलाई सिकाइरहेको छ । भगवान बुद्धले पनि आफ्नो चक्रवर्ति हुने सौभाग्यलाई सारा प्राणीको उद्धार गर्न गृहत्याग गरेर बुद्ध हुनु भयो भन्नु हँुदै हामी पनि सबैको उपकार गर्ने कार्यमा ाग्नु पर्ने बताउनु भयो ।
मुख्य दाता शाक्यले महापरित्राण पाठ आयोजनाबारे जानकारी दिनु हँुदै भन्नुभयो ः हामीहरुले पुण्यसंचय भन्ने एउटा संस्था खालेका थियौं । त्यसबाट समय समयमा विहारमा गएर भोजन दान गर्ने गर्दै आइरहेका थियो । यसैक्रममा हालै नागबहालमा भएको महापरित्राण पाठ, काठमाडौंमा भएको महापरित्राणमा सहभागी हुँदा मलाई पनि महापरित्राण गर्ने इच्छा भएर आएको थियो । साथै यस कार्यले सर्बैलाई दान गर्ने , परित्राण सुन्न अवसर प्राप्त हुने र सबैको मन पनि प्रशन्न तथा सफा हुनेछ भन्ने उद्देश्य सहित महापरित्राण पाठको आयोजना गरिएको हो।
महापरित्राण भनेको के हो ?
महापरित्राणमा बुद्धकालिन पाली भाषामा संग्रहित त्रिपिटक अन्तर्गत सुत्र पिटकमा रहेका मौलिक बुद्ध वचनका ३० वटा सुत्र उपदेशहरु रहेका छन् । यसै सुत्र उपदेशलाई नै भिक्षु महासंघबाट दिनभर अटुत रुपले पाठ गर्ने कार्यलाई नै महापरित्राण पाठको रुपमा लिइआएको छ ।
यस महापरित्राण अन्र्तगत रहेका ३० वटा सूत्रहरु यस प्रकार रहेको छन ।
१.सरणगमन,ं २. दशस्क्खिापदानि, ३. सामणेर पञ्हो, ४.द्वतिंसाकारो, ५( पच्चवेक्खणा, ६. दसधम्म सुत्तं, ७. महामंगल सत्तं, ८. सतन सत्तं, ९. करणीय मेत्त सुत्तं, १०. खन्ध परितं, ११. मेत्त सुतं, १२. मेत्तानिसंस, १३.मोर परित्तं,१४. चन्द परित्तं, १५. सुरिय परित्तं, १६. धजग्ग परितं, १७. महाकस्सपत्थेर बोज्झगं सुत्तं, १८. महामोग्गल्लानत्थेर बोज्झगं सुत्तं, १९. महाचुन्दत्थेर बोज्झगं सुत्तं, २०. गिरिमानन्द सुत्तं, २१. इसिगिलि सुत्तं, २२.धम्मचक्कपवत्तन सुत्तं, २३.महासमय सुत्तं, २४.आलवक सुत्तं, २५.कसीभारद्वाज सुत्तं, २६. पराभव सुत्तं, २७. वसल सुत्तं, २८.सच्चविभंग सुत्त,ं २९. आतानाटिय सुत्तं (क), ३०. आतानाटिय सुत्तं (ख) ।







`
Tags:

Latest

Flower

बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न अखिल नेपाल भिक्षु महासंघकाे आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह समेत गरिएकाे महासंघका महासचिव भिक्षु काेण्डन्यले बताए । सरकारले कोरोना सर्तकताका लागि […]
Flower

भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट “अकुशल कर्म“ विषयमा धर्मदेशना

श्रध्देय भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट कर्मविवपाक र पुनर्भव अन्तर्गत “अकुसल कर्म“विषयमा धर्मदेशना गर्नु भएको छ । युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा भगवान बुद्ध बुद्ध भइसकेपछि सर्वप्रथम कपिलवस्तु नगरमा गमन गर्नु […]
Flower

अनगारीका संघबाट कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित बौद्ध स्थूपामा परित्राण पाठ

कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित धार्मिक पवित्रस्थल बौद्ध स्थूपामा परित्राण पाठ गरिएको छ । थेरवाद अन्र्तराष्टिय अनगारीका संघको आयोजनामा हिजो शुक्रवार बौद्ध स्थूपामा अनगारीका गुरुमाँहरुबाट नोबल […]
Flower

कोरोना भाइरसले सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति […]
Flower

कम्मठानाचार्य श्रद्धेय प्रज्ञाश्री महास्थविरबाट नागबहाल टोलमा सद्धर्मको महत्व”को बारेमा धर्म देशना

कम्मठानाचार्य श्रद्धेय प्रज्ञाश्री महास्थविरबाट धर्म देशना गर्नु भएको छ । विहिवार नागबहाल टोलमा आयोजना गरिएको धर्म देसना कार्यक्रममा श्रद्धेय भन्तेबाट “ सद्धर्मको महत्व”को बारेमा अत्यन्तै सरल सहज भाषामा सबैले बुझ्ने […]

राजसंस्थाView All

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ आज राजाबाट प्रमुख सचिब पशुपति भक्त महर्जन ज्यूलाई पठाइबक्सेर टिचिंग अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री केपी […]

राजारानी भारत भ्रमणबाट स्वदेश फिर्ति सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर विक्रम शाह देव तथा रानी काेमलराज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फिर्ति सवाारी हाेइबक्सेकाे छ । अाज आइतबार दिउँसो राजारानी भारत […]

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

बाैध्द-गतिविधिView All

बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न अखिल नेपाल भिक्षु महासंघकाे आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह समेत गरिएकाे महासंघका महासचिव भिक्षु काेण्डन्यले बताए । सरकारले कोरोना सर्तकताका लागि […]

भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट “अकुशल कर्म“ विषयमा धर्मदेशना

श्रध्देय भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट कर्मविवपाक र पुनर्भव अन्तर्गत “अकुसल कर्म“विषयमा धर्मदेशना गर्नु भएको छ । युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा भगवान बुद्ध बुद्ध भइसकेपछि सर्वप्रथम कपिलवस्तु नगरमा गमन गर्नु […]

अनगारीका संघबाट कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित बौद्ध स्थूपामा परित्राण पाठ

कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित धार्मिक पवित्रस्थल बौद्ध स्थूपामा परित्राण पाठ गरिएको छ । थेरवाद अन्र्तराष्टिय अनगारीका संघको आयोजनामा हिजो शुक्रवार बौद्ध स्थूपामा अनगारीका गुरुमाँहरुबाट नोबल […]

कोरोना भाइरसले सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति […]

राजनीतिView All

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
/ राजनीति

आवास क्षेत्रमै विधुतीय शवदाहको योजना विरोधमा उत्रिए, स्थानीय

ललितपुरको शंखमूलमा आवास क्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयवासीहरु संघर्षमा उत्रिएका छन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुले सोमबार ललितपुर महानगरपालिका र वडा नं ११ कार्यालयमा घेराउ गरी नाराबाजी […]
/ राजनीति

नेपालकाे पहिचान भनेकाे नै लुम्बिनी हाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई हिजाे बुद्धवार सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन […]

सामाजिकView All

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिए

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका […]
/ सामाजिक

बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट […]
/ सामाजिक

सत्यमोहन लोक साहित्य भवन बनाउन जगकाे शिलान्यास

सत्यमोहन लोक साहित्य भवन बनाउन आज चैत ६ गते विहिवार बखुं बहाल स्थित सत्यमोहन जोशीको घर पुननिर्माणकोलागी जग राख्ने काम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाजु महर्जनको उपस्थितिमा लोक […]
/ सामाजिक

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवस

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवसको उपलक्ष्यमा डा. अनोजा गुरुमांको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम थथुबही , जयकीर्ति महाविहारमा सम्पन्न […]
Go to Top